सत्यमेव जयते
सत्यमेव जयते ( संस्कृत : देवनागरी : सत्यमेव जयते, पूर्वी नागरी : सत्यमेव जयते, तेलुगु : సత్యమేవ జయతే, उच्चारण [s̪ɐt̪jɐ.meːʋɐ ˈd͡ʑɐ.jɐ.t̪eː]) सन् १९५० मा भारत स्वतन्त्र भएपछि अपनाइएको राष्ट्रिय आदर्श वाक्यांश हो। [१] यो भारतीय राष्ट्रिय प्रतीकको तल्लो भागमा देवनागरी लिपिमा अङ्कित गरिएको हुन्छ। यो वाक्यांश भारतीय मुद्रा र राष्ट्रिय दस्तावेजहरूमा पनि अङ्कित गरिएको हुन्छ।
सत्यमेव जयतेको अनुवादहरू | |
---|---|
संस्कृत | सत्यमेव जयते |
असमिया | সত্যমেব জয়তে |
बङ्गाली | সত্যমেব জয়তে |
गुजराती | સત્યમેવ જયતે |
हिन्दी | सत्यमेव जयते |
कन्नड | ಸತ್ಯಮೇವ ಜಯತೇ |
मलयालम | സത്യമേവ ജയതേ |
मराठी | सत्यमेव जयते |
उडिया | ସତ୍ୟମେବ ଜୟତେ |
पन्जाबी | ਸਤ੍ਯਮੇਵ ਜਯਤੇ |
तमिल | ஸத்யமேவ ஜயதே |
तेलगु | సత్యమేవ జయతే |
शब्दावली |
उत्पत्ति
सम्पादन गर्नुहोस्आदर्श वाक्यको मूल मुण्डकोपनिषद हो। मन्त्र निम्न अनुसार छ:
सत्यमेव जयते नानृतं सत्येन पन्था विततो देवयानः ।
येनाक्रमन्त्यृषयो ह्याप्तकामा यत्र तत् सत्यस्य परमं निधानम् ॥[२]
लोकप्रिय अर्थहरू
सम्पादन गर्नुहोस्यो वाक्यांशलाई विभिन्न रुपमा अनुवाद गर्ने र अर्थाउने प्रयास गरिएको छ। निम्न रूपमा सामान्यतय यो वाक्यांशलाई अर्थाइन्छ।
- सत्य अजेय छ
- सत्यको मात्र जित हुन्छ, झुटको होइन
- सत्य प्रबल हुन्छ, असत्य होइन[३]
- 'Veritas Vincit', ल्याटिन अनुवाद
- सत्यले मात्र जित्छ, असत्यलाई होइन [४]
- भयमेय भेलम ( तमिल : வாய்மையே வெல்லும்)
पण्डित मदन मोहन मालवीयले यो मन्त्रलाई आफु भारतीय राष्ट्रिय काङ्ग्रेसको अध्यक्ष भएको बेला लोकप्रिय बनाएका थिए र राष्ट्रिय शब्दकोशमा ल्याएका थिए। [५]
सन्दर्भ सामाग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Motto for State Emblem", Press Information Bureau of India - Archive।
- ↑ "Mundaka Upanishad", IIT Kanpur, अन्तिम पहुँच २०२०-०६-०४। वेब्याक मेसिन अभिलेखिकरण २०२०-०६-०४ मिति
- ↑ (Max Muller (SBE 15))
- ↑ (Radhakrishnan, The Principal Upanishads) - citations from Mehendale
- ↑ "Minutes of the first meeting of the National Committee for Commemoration of 150th Birth Anniversary of Mahamana Pandit Madan Mohan Malaviya 26 July 2011 at 6.00 pm - 7, Race Course Road, New Delhi."।