भारतका आधिकारिक भाषाहरू
भारतको आधिकारिक भाषा, हिन्दी हो र अङ्ग्रेजी सहायक वा गौण आधिकारिक भाषा हो; भारतका राज्यहरु आफ्नो आधिकारिक भाषा(हरु) कानुनी रूपले घोषित गर्न सक्छन्। भारतीय संविधान, र न कुनै भारतीय कानुन कुनै राष्ट्रभाषालाई परिभाषित गर्दछ।
जुन बेला संविधान लागु गरियो, त्यस बेला अङ्ग्रेजी आधिकारिक रूपले केन्द्र र राज्य दुइटै स्तरमा उपयोगमा थियो। संविधान द्वारा यो परिकल्पित गरिएको थियो कि आउँदा १५ वर्षमा अङ्ग्रेजीलाई चरणबद्ध रूपले हटाउन विभिन्न भारतीय भाषाहरु, विशेष गरी हिन्दीलाई उपयोगमा ल्याइनेछ, तर तब पनि संसदलाई यो अधिकार दिइएको थियो कि त्यो विधिक रूपले त्यसको पछि पनि अङ्ग्रेजीको उपयोग हिन्दीका साथ केन्द्र स्तरमा र अन्य भाषाहरुका साथ राज्य स्तरमा चालू राख्न सक्तछ।
संघका आधिकारिक भाषाहरुसम्पादन
भारतीय संविधान द्वारा, १९५० मा, देवनागरी लिपिमा लिखित हिन्दीलाई संघको आधिकारिक भाषा घोषित गरियो। यदि संसद द्वारा अन्यथा निर्णय लिएन भनें १५ वर्षहरू पछि अर्थात २६ जनवरी, १९६५ लाई अङ्ग्रेजीको उपयोग आधिकारिक कार्यहरुका लागि समाप्त हुनु थियो। तर अहिन्दी-भाषी राज्यहरूमा बदलावको सम्भावनालाई चौकस गरियो। परिणामस्वरूप संसद द्वारा आधिकारिक भाषा ऐन लाई अभिनीत गरिएको, जसमा आधिकारिक कार्यहरुका लागि अङ्ग्रेजीको उपयोगलाई हिन्दीका साथ-साथ १९६५ का पछि पनि जारी राख्ने स्वीकृति दिइयो।
बाह्य कडीहरूसम्पादन
- राजभाषा विभाग - गृह मंत्रालय (भारत सरकार)
- भारतीय भाषा संस्थान - भारत सरकारको एक विस्तृत जालस्थल जस पर भारतीय भाषाहरूको सम्पूर्ण जानकारी छ