मुख्य सूची खोल्नुहोस्

बुद्ध धर्म एक अनिश्वरवादी धर्म हो। ऐतिहासिक रुपमा यो धर्म शाक्यमुनि बुद्ध (गौतम बुद्ध) र उनका अनुयायीहरुका शिक्षामा आधारित धर्म हो। बुद्ध धर्मको परम्परामा भने गौतम बुद्धलाई वर्तमान कल्पको चौथो सम्यक सम्बुद्धको रूपमा मानिन्छ । उनी छैंटौं देखि पाँचौं शताब्दी ईसा पूर्व सम्म जीवित थिए । उनी बितेको अर्को पाँच शताब्दीहरूमा बौद्ध धर्म सारा भारतीय उपमहाद्वीपमा फैलियो, र अर्को दुई हजार बर्षहरूमा मध्य, पूर्वी र दक्षिण-पूर्वी जम्बू महाद्वीपमा पनि फैलिन गयो । आज, बौद्ध धर्ममा तीन मुख्य संघ छन्: थेरवाद, महायानवज्रयान। बौद्ध धर्मलाई पैंतीस करोड भन्दा अधिक मानिसहरू मान्दछन् र यो दुनियाको चौथो सबैभन्दा ठूलो धर्मको रूपमा रहेको छ ।

बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ। जो व्यक्ति आफ्नै प्रयासले विना गुरु बुद्धत्व प्राप्त गर्दछन् र अरू प्राणीहरूलाई दु:खनिरोधको मार्गदर्शन गर्दछन् उनलाई सम्यक सम्बुद्ध भनिन्छ । भनिन्छ कि गौतम बुद्धभन्दा अघि अनेक सम्यक सम्बुद्धहरू उत्पन्न भइसके र भविष्यमा पनि अनेकौं सम्यक सम्बुद्धहरू उत्पन्न भई दु:खनिरोधको सनातन शिक्षा दिनेछन । बौद्ध धर्मको अन्तिम लक्ष्य हो दुःखबाट सदाका लागि मुक्ति । बुद्धले दु:खमुक्तिसँग सरोकार नराख्ने दार्शनिक प्रश्नहरूलाई महत्व दिदैंनथे । उनी भन्दथे, "भिक्षुहरू म केवल एउटा कुरा मात्र सिकाउंछु: दु:ख र दु:खनिरोधको उपाय ।" शीलको जगमा रहेर ध्यानद्वारा समाधि पुष्ट गर्दै पज्ञा उत्पन्न् गराउन सकेमा नै दु:खमुक्तिको अवस्था निर्वाणको साक्षात्कार गर्न सकिन्छ भन्ने उनको मूल शिक्षा हो ।

विषयसूची

लुम्बिनीको परिचयःसम्पादन

 
मायादेवी मन्दिर, नेपाल

लुम्बिनी भगवान गौतम बुद्धको पवित्र जन्मस्थल हो । इ.पू.६२३ मा यहाँको सुन्दर र पवित्र बगैंचामा माता मायादेवीका कोखबाट बुद्ध धर्मका प्रणेता शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्म भएको थियो उनले जन्मने बित्तिकै सात पाइला हिंड्दै मनुष्य जातिका लागि यसै ठाउँबाट युगान्तकारी उद्गार प्रकट गरेका थिए । यो पावनभूमी अहिले संसारभरिका बौद्धमार्गी लगायत शान्तिप्रेमी सबै मानिसहरु बीच विश्व शान्तिको मुहानका रुपमा प्रसिद्ध छ । सन् १९९७ देखि यो स्थल विश्व सम्पदा सूचीमा समेत सूचिकृत गरिएको छ । हरेक वर्ष संसारभरबाट लाखौंको संख्यामा तिर्थालु पर्यटकहरु तथा अध्ययेताहरु लुम्बिनीको भ्रमण गर्छन् ।

धार्मिक महत्व तथा ऐतिहासिक पृष्ठभूमिःसम्पादन

विश्वभरका बौद्ध धर्मावलम्बीहरुका लागि लुम्बिनी अत्यन्त महत्वपूर्ण तिर्थस्थल हो । मायादेवी र भगवान बुद्धप्रति अगाध आस्था राख्ने भएकाले हिन्दुहरु समेतको लागि लुम्बिनी महत्वपूर्ण धार्मिक गन्तव्य बनेको छ । लुम्बिनीमा रहेका पुरातात्विक तथा ऐतिहासिक अवशेषहरुले शताब्दिऔं देखि विभिन्न व्यक्तित्वहरुले लुम्बिनीको तिर्थाटन गरेका तथ्यहरु उजागर गर्दछन् । प्रसिद्धमौर्य सम्राट अशोकले आफ्नो आध्यामिक गुरु उपगुप्तको मार्ग दर्शनमा इ.पु.२४९ मा लुम्बिनीको तिर्थ यात्रा गरेका थिए । उनले “हिंद बुधे जाते शाक्यमुनीति” (यहाँ शाक्यमुनि बुद्ध जन्मनु भएको थियो) भन्ने शिलालेख सहितको ढुङ्गाको स्तम्भ खडा गरे जसलाई हालत प्रसिद्ध अशोक पिल्लाराका रुपमा लुम्बिनीमा पाउन सकिन्छ । सम्राट अशोकले सिद्धार्थ गौतम जन्मनु भएको यही अवस्थिति चिनाउने स्मारकशिला र जन्मेपछि उहाँलाई शुद्धिकरणका लागि नुहाइएको पवित्र पोखरीको पूजा गरे । साथै उनले कपिलवस्तु, रामग्राम, देवदह जस्ता ऐतिहासिक ठाउँहरुको भ्रमण समेत गरे । प्राप्त ऐतिहासिक तथ्यहरका आधारमा सम्राट अशोकपछि लुम्बिनीको भ्रमण गर्नेहरुमा चिनियाँ यात्रीहरु त्सेङ साई, पायिहयान र हुयेन साड्ड थिए । त्सेङ साईले चौथो शताब्दीमा, फाहियानले पाँचौ शताब्दीमा र हुयेन साड्डले सातौं शताब्दीमा लुम्बिनीको भ्रमण गरेका थिए । यी यात्रीहरुमा हुयेन साड्डको यात्रा विवरणहरुले लुम्बिनीको बारेमा बिस्तृत विवरणहरु दिन्छन् । उनले लुम्बिनीमा जन्मबृक्षको ठूटो, एउटा चैत्य, अशोक स्तम्भ, पवित्र पोखरी, तेलार नदी, चिसो र तातो पानीका मुहानहरु भएको कुवा देखेको उल्लेख गरेका छन् । सन् १३१२ मा पश्चिम नेपाल कर्णाली क्षेत्रका राजा रिपु मल्लले लुीम्बनीको भ्रमण गरी आफ्नो यात्राको स्मरण गराउन अशोक स्तम्भमा “ॐ मणि पद्मे हुङ रिपु मल्ल चिर जयतु” भनी लेखे । त्यसपछि भने इतिहासको लामो कालसम्म लुम्बिनी विस्मृतिमा रहन पुग्यो । पछि सन् १८९६ मा पाल्पाली गभर्नर जनरल खड्ग शम्शेर र अंग्रेज भारतका पुरातात्विक सर्भेयर एलोइस फुहररले अशोक स्तम्भ पुनः पत्ता लगाएपछि लुम्बिनी फेरी चासो र सरोकारको विषय बन्यो । सन् १९९९ मा पि.सि. मुखर्जीले भगवान बुद्धको जन्मस्थलमा उत्खनन् गरी मायादेवीको मूर्ति पहिचान गर्नुका साथै मन्दिरका केही भग्नावशेषहरु बाहिर देखाए । फेरि सन् १९३० को दशकमा केशर शम्शेर राणाले मायादेवी मन्दिर परिसरमा उत्खनन् गरे । भारतीय पुरातत्वविद् श्रीमती देवला मित्राले सन् १९६२ मा अन्वेषणको कार्य गरिन् । सन् १९६० को दशकदेखि भने संयुक्त राष्ट्र संघका साथै विभिन्न राष्ट्रिय अत्नर्राष्ट्रिय संघसंस्थाहरुको समेत सहयोग र सहकार्यमा नेपाल सरकारले विशेष महत्वका साथ विभिन्न निकायहरु निर्माण गरी लुम्बिनीको उत्खनन्, संरक्षण र सम्वद्र्धनमा नेतृत्वदायी भूमिका खेल्दै आएको छ । सन् १९७० मा भवन तथा भौतिक योजना विभाग अन्तर्गत लुम्बिनी विकास परियोजना र सन् १९७५ मा लुम्बिनी विकास समितिको गठन गरी लुम्बिनीको जिम्मेवारी दिइएको थियो । १९८५ देखि स्वायत निकायका रुपमा लुम्बिनी विकास कोषको गठन भए पश्चात् लुम्बिनी क्षेत्रको उत्खनन्, संरक्षण र प्रवर्द्धनको काम कोषले नै गर्दै आएको छ । सन् १९९२ देखि १९९६ सम्म कोष, नेपाल सरकार पुरातत्व विभाग र जापान बौद्ध महासंघले संयुक्त रुपमा मायादेवी मन्दिर परिसरमा उत्खनन कार्य गरेका थिए । हाल लुम्बिनी विश्वभरका लाखौं मानिसहरुको धार्मिक, आध्यात्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा स्थापित भइसकेको र सुन्दर, शान्त वाटिकाका रुपमा विकसित हुँदै गइरहेको छ ।

चार आर्य सत्यसम्पादन

१. दुःख : यस दुनियामा सबै केही दुःख छ। जन्ममा, बूढो हुनेमा, रोगमा, मृत्युमा, प्रियतम भन्दा टाढा हुनमा, मन नपर्ने चीजहरू सहितमा, चाहिकोलाई न पाउनुमा, सबैमा दुःख छ ।
२. दुःख प्रारम्भ : तृष्णा, या चाहना, दुःखको कारण छ र फेरी सशरीर गरेर संसारलाई जारी रख्दछ ।
३. दुःख निरोध : तृष्णाबाट मुक्ति पाएमा जान सक्दछ ।
४. दुःख निरोधको मार्ग : तृष्णाबाट मुक्ति आर्य अष्टांग मार्गका अनुसार बाँच्नबाट पाएमा जान सक्दछ ।

बुद्धको पहिले धर्मोपदेश, जुन उनले आफ्नो साथका केही साधुहरूलाई दिएका थिए, यी चार आर्य सत्यहरूका बारेमा थिए ।

बुद्ध धर्मको विशेषता :-:-

१. पनु: जन्ममा विश्वास राख्ने ।

२. दया, करूना र मानवतामा आधारित रहने ।

३. उदार र लचकता मा आधारित रहेको ।

४. आधारमा रहेको धमव हो ।

५. अरू धमवर िांस्कृसत प्रसत िकरात्मक दृसष्टकोण हुनु।

६. पाँच र्टा िबप्रदायहरूबाट अगासड बिेको ।

७. पजुा, आरधना गनेकायवचैत्य र गुबबामा गररन्छ र्नेईश्वरतर्ामसुतवपजाको सर्रोधगररन्छ।

८. मसहला प्रसत िकरात्मक दृसष्टकोण पाइन्छ र्नेहत्या सहांिार


३.बौद्ध धर्मका सम्प्रदायहरू


बौद्ध धमवको सर्काि िगै यिका सर्सर्न्न िबप्रदायको सर्काि र्एको पाइन्छ । बौद्ध धमवको

िमयमा स्र्यम बद्धु

लेआफ्नो दशवनको व्याख्या र सर्श्लेर्ण गरर अगासड बिाइएको पाईन्छ

। यिरी सर्काि र्एको कारण यिलाई अझ बझु

नको लासग यिको सर्सर्न्न िबप्रदायको

सर्काि गररएको छ जिलाई सनबन प्रस्त

त गररएको छ ।

१. सहनयान िबप्रदाय

२. महायान िबप्रदाय

३. बज्रयान िबप्रदाय

४. तन्रयान िबप्रदाय

५. लामा िबप्रदाय

यी ५ िबप्रदाय मध्य प्रमख

तीन िबप्रदायलाई सनबम ब्याख्या गररएको छ ।

बोधिसम्पादन

गौतम बुद्धबाट पाएको ज्ञानतालाई बोधि भनिन्छ । मानिन्छ कि बोधि पाए पछि नैं संसारबाट छुटकारा पाइनछ । सारा पारमिताहरू (पूर्णताहरू)को निष्पत्ति, चार आर्य सत्यहरूको सारा सोच, र कर्मका निरोधबाट नैं बोधि पाएर जान सकिन्छ । त्यस समय, लोभ, दोष, मोह, अविद्या, तृष्णा, र आत्मांमा विश्वास सबै गायब भएर जान्छन् । बोधिका तीन स्तर हुन्छन्: श्रावकबोधि, प्रत्येकबोधि, र सम्यकसंबोधि। सम्यकसंबोधि बौध धर्मको सबै भन्दा उन्नत आदर्श मानिन्छ ।


बुद्ध धर्मको साम्प्रदायिक शाखाहरूसम्पादन

  • श्रावकयान
  • प्रत्येकबुद्धयान
  • बोधिसत्त्वयान
  • बोधिसत्त्वसुत्रयान
  • बोधिसत्त्वतन्त्रयान / वज्रयान

सन्दर्भ सामग्रीसम्पादन