नेपालको प्रशासनिक विभाजन

नेपालको प्रशासनिक विभाजन नेपालका उपराष्ट्रिय प्रशासनिक एकाइहरू हुन्। नेपालको पहिलो तहका विभाजन भनेको प्रदेशहरू हुन् । प्रत्येक प्रदेशलाई जिल्ला, प्रत्येक जिल्लालाई नगरपालिका वा गाउँपालिका र ती प्रत्येक गाउँपालिका वा नगरपालिकालाई वडामा विभाजन गरिएको छ। वि.सं २०७२ अघि प्रदेशहरूको सट्टा नेपाललाई विकासक्षेत्र र प्रशासनिक क्षेत्रमा (अञ्चल) मा विभाजन गरिएको थियो।

वि.सं २०७२ मा नेपालको नयाँ संविधानको आवश्यकता पूरा गर्दै सबै पुराना नगरपालिका र गाउँ विकास समितिहरू (३९०० भन्दा बढी) लाई ७५३ नयाँ नगरपालिका र गाउँपालिकामा पुनर्संरचना गरिएको थियो। पूर्व ७५ जिल्ला विकास समितिहरूलाई पनि ७७ नयाँ जिल्ला समन्वय समितिहरूले प्रतिस्थापन गरेका थिए जसमा जिल्ला विकास समितिको तुलनामा धेरै कम शक्ति छ। हाल ६ महानगर, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका रहेका छन् ।

सङ्घीय सरकार
प्रदेश (उदाहरण कर्णाली)
७७ जिल्ला (उदाहरण नुवाकोट)
महानगरपालिका (उदाहरण भरतपुर)११ उपमहानगर (उदाहरण धरान)२७६ नगरपालिका (उदाहरण रत्ननगर)४६० गाउँपालिका (उदाहरण इच्छाकामना)

प्रदेशसम्पादन

 
नेपालका सात प्रदेशहरू

नेपालका सात प्रदेशहरू रहेका छन्।[१] प्रदेशहरूलाई नेपालको संविधान २०७२ को अनुसूची ४ अनुसार परिभाषित गरिएको छ। विद्यमान जिल्लाहरूलाई एकसाथ मिलाएर प्रदेश गठन गरिएको थियो। नेपालका दुई जिल्लाहरूलाई टुक्राएर दुई जिल्ला थप गरिएको थियो।[२]

प्रदेश राजधानी क्षेत्रफल (वर्ग किलोमिटर) जनसङ्ख्या (वि.सं २०६८)[३]
प्रदेश नं. १ विराटनगर २५,९०५ ४,५३४,९४३
प्रदेश नं. २ जनकपुर ९,६६१ ५,४०४,१४५
बागमती हेटौँडा २०,३०० ५,५२९,४५२
गण्डकी पोखरा २१,५०४ २,४०३,७५७
लुम्बिनी देउखुरी २२,२८८ ४,७४१,७१६
कर्णाली वीरेन्द्रनगर नगरपालिका २७,९८४ १,३२७,९५७
सुदूरपश्चिम गोदावरी[४] १९,५३९ २५,५२,५१७

जिल्लासम्पादन

 
नेपालको ७७ जिल्ला

नेपालका सात प्रदेशहरूलाई २०७४ सालमा ७७ बनाइएको थियो। [५] प्रत्येक जिल्लालाई जिल्ला समन्वय समितिद्वारा प्रशासित गरिएको छ।

# प्रदेश जिल्ला सदरमुकाम क्षेत्रफल (वर्ग किलोमिटर) जनसङ्ख्या (वि.सं २०६८)[३]
प्रदेश नं १ ताप्लेजुङ जिल्ला ताप्लेजुङ ३,६४६ १२७,४६१
पाँचथर जिल्ला फिदिम १,२४१ १९१,८१७
इलाम जिल्ला इलाम १,७०३ २९०,२५४
झापा जिल्ला भद्रपुर १,६०६ ८१२,६५०
मोरङ जिल्ला विराटनगर १,८५५ ९६५,३७०
सुनसरी जिल्ला इनरूवा १,२५७ ७६३,४८७
धनकुटा जिल्ला धनकुटा ८९१ १६३,४१२
तेह्रथुम जिल्ला म्याङलुङ ६७९ १०१,५७७
सङ्खुवासभा जिल्ला खाँदबारी ३,४८० १५८,७४२
१० भोजपुर जिल्ला भोजपुर १,५०७ १८२,४५९
११ सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड ३,३१२ १०५,८८६
१२ ओखलढुङ्गा जिल्ला सिद्धिचरण १,०७४ १४७,९८४
१३ खोटाङ जिल्ला दिक्तेल १,५९१ २०६,३१२
१४ उदयपुर जिल्ला त्रियुगा २,०६३ ३१७,५३२
१५ प्रदेश नं. २ सप्तरी जिल्ला राजविराज १,३६३ ६३९,२८४
१६ सिराहा जिल्ला सिराहा १,१८८ ६३७,३२८
१७ धनुषा जिल्ला जनकपुर १,१८० ७५४,७७७
१८ महोत्तरी जिल्ला जलेश्वर १,००२ ६२७,५८०
१९ सर्लाही जिल्ला मलङ्गवा १,२५९ ७६९,७२९
२० बारा जिल्ला कलैया १,१९० ६८७,७०८
२१ पर्सा जिल्ला वीरगञ्ज १,३५३ ६०१,०१७
२२ रौतहट जिल्ला गौर १,१२६ ६८६,७२२
२३ बागमती सिन्धुली जिल्ला कमलामाई २,४९१ २९६,१९२
२४ रामेछाप जिल्ला मन्थली १,५४६ २०२,६४६
२५ दोलखा जिल्ला भीमेश्वर २,१९१ १८६,५५७
२६ सिन्धुपाल्चोक जिल्ला चौतारा २,५४२ २८७,७९८
२७ काभ्रेपलान्चोक जिल्ला धुलिखेल १,३९६ ३८१,९३७
२८ ललितपुर जिल्ला ललितपुर ३८५ ४६८,१३२
२९ भक्तपुर जिल्ला भक्तपुर ११९ ३०४,६५१
३० काठमाडौँ जिल्ला काठमाडौँ ३९५ १,७४४,२४०
३१ नुवाकोट जिल्ला विदुर १,१२१ २७७,४७१
३२ रसुवा जिल्ला धुन्चे १,५४४ ४३,३००
३३ धादिङ जिल्ला नीलकण्ठ १,९२६ ३३६,०६७
३४ मकवानपुर जिल्ला हेटौँडा २,४२६ ४२०,४७७
३५ चितवन जिल्ला भरतपुर २,२१८ ५७९,९८४
३६ गण्डकी गोरखा जिल्ला गोरखा ३,६१० २७१,०६१
३७ लमजुङ जिल्ला बेसीसहर १,६९२ १६७,७२४
३८ तनहुँ जिल्ला व्यास १,५४६ ३२३,२८८
३९ स्याङ्जा जिल्ला पुतलीबजार १,१६४ २८९,१४८
४० कास्की जिल्ला पोखरा २,०१७ ४९२,०९८
४१ मनाङ जिल्ला चामे २,२४६ ६,५३८
४२ मुस्ताङ जिल्ला जोमसोम ३,५७३ १३,४५२
४३ म्याग्दी जिल्ला बेनी २,२९७ ११३,६४१
४४ नवलपुर जिल्ला कावासोती १,०४३.१ ३११,६०४
४५ पर्वत जिल्ला कुश्मा ४९४ १४६,५९०
४६ बाग्लुङ जिल्ला बाग्लुङ १,७८४ २६८,६१३
४७ लुम्बिनी गुल्मी जिल्ला रेसुङ्गा १,१४९ २८०,१६०
४८ पाल्पा जिल्ला तानसेन १,३७३ २६१,१८०
४९ नवलपरासी जिल्ला रामग्राम ६३४.८८ ३३१,९०४
५० रुपन्देही जिल्ला सिद्धार्थनगर १,३६० ८८०,१९६
५१ कपिलवस्तु जिल्ला कपिलवस्तु १,७३८ ५७१,९३६
५२ अर्घाखाँची जिल्ला सन्धिखर्क १,१९३ १९७,६३२
५३ प्युठान जिल्ला प्युठान १,३०९ २२८,१०२
५४ रोल्पा जिल्ला लिवाङ १,८७९ २२४,५०६
५५ पूर्वी रुकुम जिल्ला रुकुमकोट १,१६१.१३ ५३,१८४
५६ बाँके जिल्ला नेपालगञ्ज २,३३७ ४९१,३१३
५७ बर्दिया जिल्ला गुलरिया २,०२५ ४२६,५७६
५८ दाङ जिल्ला त्रिभुवननगर २,९५५ ५५२,५८३
५९ कर्णाली पश्चिम रुकुम जिल्ला मुसीकोट १,२१३.४९ १५५,३८४
६० सल्यान जिल्ला शारदा १,४६२ २४२,४४४
६१ सुर्खेत जिल्ला वीरेन्द्रनगर २,४५१ ३५०,८०४
६२ दैलेख जिल्ला नारायण १,५०२ २६१,७७०
६३ जाजरकोट जिल्ला खलङ्गा २,२३० १७१,३०४
६४ डोल्पा जिल्ला दुनै ७,८८९ ३६,७००
६५ जुम्ला जिल्ला चन्दननाथ २,५३१ १०८,९२१
६६ कालिकोट जिल्ला मान्मा १,७४१ १३६,९४८
६७ मुगु जिल्ला गमगढी ३,५३५ ५५,२८६
६८ हुम्ला जिल्ला सिमकोट ५,६५५ ५०,८५८
६९ सुदूरपश्चिम बाजुरा जिल्ला मार्तडी २,१८८ १३४,९१२
७० बझाङ जिल्ला जयपृथ्वी ३,४२२ १९५,१५९
७१ अछाम जिल्ला मङ्गलसेन १,६८० २५७,४७७
७२ डोटी जिल्ला दिपायल सिलगढी २,०२५ २११,७४६
७३ कैलाली जिल्ला धनगढी ३,२३५ ७७५,७०९
७४ कञ्चनपुर जिल्ला भीमदत्त १,६१० ४५१,२४८
७५ डडेल्धुरा जिल्ला अमरगढी १,५३८ १४२,०९४
७६ बैतडी जिल्ला दशरथचन्द १,५१९ २५०,८९८
७७ दार्चुला जिल्ला अपी २,३२२ १३३,२७४

नगरपालिकासम्पादन

नगरपालिकासम्पादन

नगरपालिका जनसङ्ख्या र पूर्वाधारको कम्तीमा केही न्यूनतम मापदण्ड भएका र सरकारद्वारा नगरपालिकाको रूपमा घोषणा गरिएका ठाउँहरू हुन्। नेपालमा २९३ वटा नगरपालिकाहरू रहेका छन् ।

सहरी नगरपालिकालाई ३ तहमा विभाजन गरिन्छ:

  • महानगरपालिका
  • उपमहानगरपालिका
  • नगरपालिका

नेपालमा ६ वटा महानगरपालिकाहरू रहेका छन् जसमा राजधानी सहर अर्थात् काठमाडौँ, भरतपुर, विराटनगर, ललितपुर, वीरगञ्ज, पोखरा रहेका छन्। नेपालमा ११ उपमहानगरपालिका र २७६ नगरपालिका रहेका छन्।

गाउँपालिकासम्पादन

गाउँपालिका नेपालमा २०७३ सालमा स्थापना गरिएका थिए जसले गाउँ विकास समितिलाई प्रतिस्थापन गरेको थियो।

गाउँपालिकाको मुख्य उदेश्य गाउँ विकास समितिको जस्तो छ तर राजश्व सङ्कलन र कर सङ्कलनमा यसको बढी अधिकार रहेको छ र यसको वार्षिक बजेट गाउँ विकास समितिको भन्दा उच्च रहेको छ। थुप्रै गाउँ विकास समितिलाई प्रायः प्रत्येक नयाँ गाउपालिकामा गाभिएको थियो। नेपालमा ४६० गाउँपालिकाहरु छन्।

पूर्व विकास क्षेत्र र अञ्चलसम्पादन

२०७२ भदौ २४ अघि नेपाललाई पाँच विकास क्षेत्र र चौध वटा प्रशासनिक क्षेत्र अर्थात् अञ्चलमा विभाजन गरिएको थियो। २०६८ को जनगणनाको समयमा यसलाई अझ पचहत्तर जिल्लामा विभाजन गरिएको थियो। जिल्लालाई गाउँ विकास समिति र नगरपालिकामा विभाजन गरिएको थियो। २०५८ को जनगणनामा नेपालमा ३,९१५ वटा गाउँ विकास समिति र २८ वटा नगरपालिकाहरू रहेका थिए।[६]

विकास क्षेत्र:

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "संघीय नेपालका सात प्रदेश : एक चर्चा", इआदर्श (नेपालीमा), अन्तिम पहुँच २०१८-०४-०७ 
  2. "अब नेपालमा ७५ हैन ७७ जिल्ला" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति ७ अगस्ट २०२१ 
  3. ३.० ३.१ २०६८ जनगणना जिल्ला स्तरीय प्रतिवेदन वेब्याक मेसिन अभिलेखिकरण २०१८-०९-०२ मिति, केन्द्रीय तथ्याङ्क विभाग।
  4. "प्रदेश नम्बर ७ को नाम ‘सुदूरपश्‍चिम’, राजधानी कैलालीको ‘गोदावरी’", अन्नपूर्ण पोस्ट, ५ मार्च २०१९, अन्तिम पहुँच २४ अक्टोबर २०२० 
  5. "नेपालमा अब ७७ जिल्ला !", हिमाल पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०१८-०४-०७ 
  6. केन्द्रीय तथ्याङ्क विभाग, नेपाल (२०५८), प्रशासनिक विभाजन, काठमाडौँ, मूलबाट २ सेप्टेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ सेप्टेम्बर २०१८