पूर्वाञ्चल विकास क्षेत्र

नेपालका बिकास क्षेत्र

पूर्वाञ्चल विकास क्षेत्र नेपालको पाँच विकास क्षेत्रहरू मध्य एउटा विकास क्षेत्र हो। यो नेपालको सबैभन्दा पूर्वमा स्थित छ। यसको पूर्वमा भारतको सिक्किम तथा पश्चिम बङ्गालको दार्जीलिङ तथा पश्चिममा नेपालको मध्यमाञ्चल तथा उत्तरमा चीनको तिब्बत तथा दक्षिणमा भारतको बिहार स्थित छ। पूर्वाञ्चलको मुख्यालय धनकुटामा स्थित छ। पूर्वाञ्चलमा ३ वटा अञ्चल तथा १६ वटा जिलाहरू छन्।

पूर्वाञ्चल विकास क्षेत्र
Purwānchal Bikās Kshetra
वर्षाको मौसममा धनकुटा
वर्षाको मौसममा धनकुटा
नेपालको नक्शामा पूर्वाञ्चलको अवस्थिती (रातो)
नेपालको नक्शामा पूर्वाञ्चलको अवस्थिती (रातो)
देश नेपाल
विकास क्षेत्रपूर्वाञ्चल विकास क्षेत्र
क्षेत्रीय सदरमुकामधनकुटा, धनकुटा जिल्ला, कोशी अञ्चल
क्षेत्रफल
 • जम्मा२८,४५६ किमी (१०,९८७ वर्ग माइल)
जनसङ्ख्या
 (२०५८ जनगणना)
 • जम्मा५,३४४,४७६
 • घनत्व१९०/किमी (४९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
पूर्वाञ्चल विकास क्षेत्र
क्रम संख्या अञ्चलहरू जिल्लाहरू सदरमुकाम
मेची ४ वटा इलाम
कोशी ६ वटा बिराटनगर
सगरमाथा ६ वटा राजबिराज
जम्मा ३ वटा १६ वटा

यो क्षेत्र नेपालको तेश्रो सबभन्दा ठुलो विकास क्षेत्र हो तर जनसङ्ख्याको हिसाबले नेपालको दोश्रो सबभन्दा ठुलो जनसङ्ख्या भाको विकास क्षेत्र हो। यस क्षेत्रको क्षेत्रफल २८,४५६ किमी (१०,९८७ वर्ग माइल) छ र जनसङ्ख्या ५८११५५५ जना छ। यस क्षेत्रको जनसङ्ख्या घनत्व २०४.२ व्यक्ति/किमा छ।

प्रकृति र भूगोलसम्पादन

पारिस्थितीक रूपले यो क्षेत्र तीन क्षेत्रमा बाँडियेको छ: पर्वत, पहाड़ र तराई। यस क्षेत्रको तथा सम्पुर्ण विश्वको सबभन्दा अग्लो पर्वत सगरमाथा हो। यो सगरमाथा अञ्चलको सोलुखुम्बु जिल्लामा पर्छ।

पूर्वाञ्चल क्षेत्रमा सबभन्दा प्रमुख नदीहरूमा कोशी नदी हो जुन कि गंगाको सहायक नदी हो र मेची नदी भने महानन्दा नदीको सहायक नदी हो। नेपालको ठुलै नदी प्रणाली हो कोशी नदी र यसको अग्लो झरना प्रपात ह्यात्रुंग झरना तेह्रथुम जिल्लामा अवस्थित छ।[१] ह्यात्रुंग झरना प्रपात (२७°१४′१७″उ॰ ८७°३३′४६″पू॰ / २७.२३८०६°N ८७.५६२७८°E / 27.23806; 87.56278) ३६५ मी (१,१९८ फिट) अग्लो छ।

यो क्षेत्रजैव विविधतामा धनी मानिन्छ, उदाहरणस्वरुप नेपालमा ३१ जातिका गुराँस पाईन्छन जसमाबाट २८ जाति का गुराँस तीनजुरे-मिल्के-जल्जले क्षेत्रमा मात्र पाईन्छ।[१]

प्रमुख सहरहरूसम्पादन

यस क्षेत्रका प्रमुख शहरहरु हुन बिराटनगर, धरान, धनकुटा, इटहरी, इनरुवा, राजबिराज, बेलबारी, तेलकुडी-कसेनी बिर्तामोडदमक. अन्य शहरहरु हुन नाम्चे बजार (सगरमाथाको छेउमा बेस क्याम्प नजिक), गाईघाट, लहान, ईलाम, संखुवासभा खादबारी, रेसुङ्गा, काँकरभिट्टा आदि।

प्रशासनिक विभाजनसम्पादन

पूर्वाञ्चलमा जम्मा ३ अञ्चल र १६ जिल्लाहरू छन् पूर्वाञ्चल विकास क्षेत्र

यी पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. १.० १.१ "An overview of the Eastern Region of Nepal" (pdf), Biratnagar, Nepal: United Nations Nepal Information Platform, १४ मार्च २०१३, अन्तिम पहुँच २६ अक्टोबर २०१३ 

बाह्य कडीहरूसम्पादन