जनकपुर अञ्चल
जनकपुर अञ्चल नेपालको चौध अञ्चलहरू मध्ये एक थियो। धनुषा, महोत्तरी, सर्लाही, दोलखा, रामेछाप र सिन्धुली गरी छ जिल्लाहरू मिलेर बनेको थियो।
जनकपुर अञ्चल | |
---|---|
देश | नेपाल |
विकास क्षेत्र | मध्यमाञ्चल विकास क्षेत्र |
क्षेत्रफल | |
• जम्मा | ९,६६९ किमी२ (३७३३ वर्ग माइल) |
जनसङ्ख्या (२०६८) | |
• जम्मा | २,५५७,००४ |
• घनत्व | २६४.५/किमी२ (६८५/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
जनकपुर अञ्चलको सदरमुकाम र यसको मुख्य सहर जनकपुर थियो। भारतीय सीमानजिक रहेको यो हिन्दू धर्मको ऐतिहासिक सहर हो। यो सहर अयोध्याका तत्कालीन राजा दशरथका छोरा भगवान रामका ससुरा राजा जनकको राजधानी भएको विश्वास गरिन्छ। त्यस समय यस सहरलाई 'मिथिला नगरी' भनिन्थ्यो। जनकपुर क्षेत्रको नाम ऐतिहासिक राजा गेडीगाड र उनको राजधानी जनकपुरसँग सम्बन्धित छ।
जनकपुर अञ्चलभित्र सहरहरूमा कमलामाई (भित्री तराई), मन्थली (पहाड र तराई), भीमेश्वर (हिमालय) र बर्दिवास, ढल्केबर, जलेश्वर, मलङ्गवा, हरिवन, लालबन्दी, गौशालाबजार र मटिहानी (बाहिरी तराई) रहेका छन्।
प्रशासनिक उपविभाजन
सम्पादन गर्नुहोस्जनकपुर अञ्चललाई छवटा जिल्लाहरूमा विभाजन गरिएको थियो र वि.सं २०७२ मा, नयाँ संविधान जारी भएपछी यसका उत्तरी भागमा पर्ने जिल्लाहरूलाई बागमती प्रदेश र दक्षिणी भागमा पर्ने जिल्लाहरूलाई मधेश प्रदेश मा समावेश गरिएको थियो।
जिल्ला | प्रकार | सदरमुकाम | हालको भाग |
---|---|---|---|
धनुषा | बाहिरी तराई | जनकपुर | मधेश प्रदेश |
महोत्तरी | बाहिरी तराई | जलेश्वर | |
सर्लाही | बाहिरी तराई | मलङ्गवा | |
दोलखा | हिमाल | चरीकोट | बागमती प्रदेश |
रामेछाप | पहाड र तराई | मन्थली | |
सिन्धुली | भित्री मधेश | कमलामाई |
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्- नेपालका विकास क्षेत्रहरू (साविकको)
- नेपालका अञ्चलहरू (साविकको)
- नेपालका जिल्लाहरू