गण्डकी अञ्चल नेपालको चौध अञ्चलहरू मध्ये एक थियो। गोरखा, कास्की, लमजुङ, मनाङ, स्याङ्जा र तनहुँ गरी छ जिल्लाहरू मिलेर बनेको थियो। यसको सदरमुकाम पोखरा हो। गण्डकी नदीको नामबाट यसको नामकरण गरिएको थियो। यो नेपालको पश्चिमाञ्चल विकास क्षेत्रमा पर्दछ।

गण्डकी अञ्चल
को अवस्थिति
देश नेपाल
विकास क्षेत्रपश्चिमाञ्चल विकास क्षेत्र
सदरमुकामपोखरा
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

प्रशासनिक उपविभाजन

सम्पादन गर्नुहोस्

गण्डकी अञ्चल छ जिल्लाहरूमा विभाजित थियो। यसका सबै जिल्लाहरू हाल गण्डकी प्रदेशमा पर्दछन्।

जिल्ला प्रकार सदरमुकाम हालको भाग
गोरखा पहाड गोरखा गण्डकी प्रदेश
कास्की पहाड पोखरा
लमजुङ पहाड बेसीसहर
मनाङ हिमाल चामे
स्याङ्जा पहाड पुतलीबजार
तनहुँ पहाड दमौली

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्