नेपालका विकास क्षेत्रहरू
नेपाललाई वि.सं. २०१९ मा १४ अञ्चलमा बर्गिकरण गरीएकोछ र उक्त अञ्चलहरूलाई ७५ जिल्लामा बर्गिकरण गरीएको छ । १४ प्रशासकीय अञ्चलहरूलाई ५ समूहमा बिभाजित गरी वि.सं. २०२९ र २०३१ मा ५ विकास क्षेत्रहरूको निर्माण गरिएको थियो। ४ विकास क्षेत्रहरूमा ३-३ अञ्चलहरू छन् भने १ विकास क्षेत्रमा २ वटा मात्र अञ्चलहरू छन् । विकास क्षेत्रहरूको निर्माण गर्दा सम्पूर्ण विकास क्षेत्रहरूमा हिमाल, पहाड र तराईको भू-भाग पर्ने गरी अञ्चलहरूलाई समेटिएको छ ।

सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र
मध्य-पश्चिमाञ्चल विकास क्षेत्र
पश्चिमाञ्चल विकास क्षेत्र
मध्यमाञ्चल विकास क्षेत्र
पूर्वाञ्चल विकास क्षेत्र
क्रम संख्या | विकास क्षेत्र | अङ्ग्रेजीमा नाम | सदरमुकाम |
---|---|---|---|
१ | पूर्वाञ्चल विकास क्षेत्र | Eastern Development Region | धनकुटा |
२ | मध्यमाञ्चल विकास क्षेत्र | Central Development Region | काठमाडौँ |
३ | पश्चिमाञ्चल विकास क्षेत्र | Western Development Region | पोखरा |
४ | मध्य-पश्चिमाञ्चल विकास क्षेत्र | Mid-Western Development Region | बिरेन्द्रनगर |
५ | सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र | Far-Western Development Region | दिपायल |
विकास क्षेत्रका सदरमुकाम सम्पादन गर्नुहोस्
हेर्नुहोस् सम्पादन गर्नुहोस्
सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्
विकिमिडिया कमन्समा नेपालका विकास क्षेत्रहरू सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।