नेपालका अञ्चलहरू
वि.सं २०७२ मा सात वटा नयाँ प्रदेशहरूको स्थापना हुनुअघिसम्म नेपाललाई १४ अञ्चलहरूमा र ७५ जिल्लामा विभाजन गरिएको थियो। १४ अञ्चलहरूलाई पाँच विकास क्षेत्रहरूमा विभाजन गरिएको थियो। प्रत्येक जिल्लाको नेतृत्व प्रमुख जिल्ला अधिकारीले गरेका थिए, जसले शान्ति सुव्यवस्था कायम गर्ने र सरकारका विभिन्न मन्त्रालयका विभागहरूको कामको समन्वय गर्ने जिम्मेवारी पाएका थिए।[१]
नेपाल अधिराज्य | |
---|---|
नेपालको अञ्चलहरू | |
वि.सं २०१८–वि.सं २०७२ | |
साविकका अञ्चलहरू | |
राजधानी | काठमाडौँ |
इतिहास | |
इतिहास | |
• गठन | वि.सं २०१८ |
• विघटन | वि.सं २०७२ |
सूची
सम्पादन गर्नुहोस्पूर्व देखि पश्चिम सम्म
- पूर्वाञ्चल विकास क्षेत्र:
- मेची अञ्चल, मेची नदीको नामबाट नामकरण गरिएको
- कोशी अञ्चल, कोशी नदीको नामबाट नामकरण गरिएको
- सगरमाथा अञ्चल, सगरमाथाको नामबाट नामकरण गरिएको
- मध्यमाञ्चल विकास क्षेत्र:
- जनकपुर अञ्चल, जनकपुर सहरको नामबाट नामकरण गरिएको
- बागमती अञ्चल,बागमती नदीको नामबाट नामकरण गरिएको
- नारायणी अञ्चल, नारायणी नदीको नामबाट नामकरण गरिएको
- पश्चिमाञ्चल विकास क्षेत्र:
- गण्डकी अञ्चल, गण्डकी नदीको नामबाट नामकरण गरिएको
- लुम्बिनी अञ्चल, भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको नामबाट नामकरण गरिएको
- धौलागिरी अञ्चल, धौलागिरी हिमालको नामबाट नामकरण गरिएको
- मध्यपश्चिमाञ्चल विकास क्षेत्र:
- राप्ती अञ्चल, राप्ती नदीको नामबाट नामकरण गरिएको
- कर्णाली अञ्चल, कर्णाली नदीको नामबाट नामकरण गरिएको
- भेरी अञ्चल, भेरी नदीको नामबाट नामकरण गरिएको
- सुदूरपश्चिमाञ्चल विकास क्षेत्र:
- सेती अञ्चल, सेती नदीको नामबाट नामकरण गरिएको
- महाकाली अञ्चल, महाकाली नदीको नामबाट नामकरण गरिएको
नक्सा
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "नेपाल सरकारको आधिकारिक पोर्टल"। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०८-२१ मिति
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्- नेपालका विकास क्षेत्रहरू (साविकको)
- नेपालका जिल्लाहरू
- नेपालका गाउँ विकास समितिहरूको सूची (साविकको)