जोमसोम
जोमसोम नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको धौलागिरी अञ्चल अन्तर्गतको मुस्ताङ जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो।[२] जोमसोम मुस्ताङ जिल्लाको सदरमुकाम हो। यो २,८०० मिटरको उचाईमा काली गण्डकीको किनारमा अवस्थित छ। यो ठाउँबाट यसको दक्षिणी भेकमा पर्ने धौलागिरी तथा निलगिरी हिमालको राम्रो दृश्य देखिन्छ। यो ठाउँ प्रख्यात तीर्थस्थल मुक्तिनाथ तथा लोमान्थाङ जाने प्रवेश द्वारको रूपमा लिन सकिन्छ। जोमसोम अन्नपूर्ण संसक्षण क्षेत्र भित्र पर्दछ।[३]
जोमसोम | |
---|---|
![]() मुस्ताङ जिल्लामा अवस्थित जोमसोम गाउँ को एक दृश्य | |
देश | ![]() |
विकास क्षेत्र | पश्चिमाञ्चल |
अञ्चल | धौलागिरी अञ्चल |
जिल्ला | मुस्ताङ जिल्ला |
जनसङ्ख्या (नेपालको राष्ट्रिय जनगणना वि.सं. २०६८)[१] | |
• जम्मा | १,३७० |
समय क्षेत्र | युटिसी+5:45 (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-६९ |
जनसङ्ख्यासम्पादन
नेपालको राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार जोमसोम गाँउ विकास समितिको कूल जनसङ्ख्या १,३७० मध्ये ७०२ पुरुष र ६६८ महिलाहरू ४३० व्यक्तिगत घरधुरीमा बसोबास गर्दछन।[१]
नामाकरणसम्पादन
तिब्बती भाषामा जोङ्साम भन्नाले नयाँ किल्ला भन्ने जनाउँछ। त्यही शब्द अपभ्रंश भएर जोमसोम शब्द बन्न गएको हो। स्थानीय नेपाली भाषामा यसलाई झुम्सा पनि भनिन्छ।[३]
भौगोलिक स्थितिसम्पादन
जोमसोम अन्नपूर्ण हिमश्रृङ्खलाको उत्त पट्टी रहेको हुनाले यहाँ अत्यन्त कम मात्रामा पानी पर्दछ। उच्च हिमाली भेक भएको हुनाले दिउसको समयमा उच्च बेगले हावा बहने गर्दछ।[३]
सञ्चार तथा यातायातसम्पादन
जोमसोममा जोमसोम एअरपोर्ट छ जहाँबाट पोखरा सम्म सिधा हवाई सम्पर्क हुने गर्दछ। त्यसका साथै यहाँबाट काली गण्डकी नदीको तीरै तीर हुँदै गोरेटो बाटोले दक्षिणमा बेनी तथा बाग्लुङ बजार सम्म यसलाई जोड्ने गर्दछ। हाल बेनीबाट जोमसोमलाई जोड्न एक सडक पनि निर्माण हुँदै छ।[४]
चित्र दीर्घासम्पादन
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२।
- ↑ "गाउँ विकास समिति", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार।
- ↑ ३.० ३.१ ३.२ "जिल्ला विकास समिति, मुस्ताङ (जिल्ला परिचय)", जिल्ला विकास समिति, मुस्ताङ, http://www.ddcmustang.gov.np/leftall_blank.php?page=intro_detail।
- ↑ "पोखरा–जोमसोम सिधा बस सेवा सुरु", रिपोर्टर्स नेपाल, रिपोर्टर्स नेपाल, २ चैत, २०७१, अन्तिम पहुँच २ चैत।
बाह्य कडीहरूसम्पादन
यो पनि हेर्नुहोससम्पादन
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |