आवेदन सारांश तालिका

सम्पादन गर्नुहोस्
महिना     प्रमुख लेखको आवेदन      मुख्य सम्पादक  आवेदक समर्थन ↑ विरोध ↓ प्रमुख लेख समन्वय समिति
जनवरी २०१६ दीपिका पादुकोण नबिन सापकोटा तथा बिप्लब आनन्द बिप्लब आनन्द मतदानको आधारमा प्रमुख लेखको रूपमा छनौट । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १३:०१, ३१ डिसेम्बर २०१५ (युटिसी(UTC))
फेब्रुअरी २०१६ सचिन तेन्दुलकर निर्मल दुलाल तथा बिप्लब आनन्द बिप्लब आनन्द मतदानको आधारमा प्रमुख लेखको रूपमा छनौट । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ००:४३, १ फेब्रुअरी २०१६ (युटिसी(UTC))
मार्च २०१६ बैतडी जिल्ला राजेश पाण्डे, रमेश सिंह बोहरा रमेश सिंह बोहरा मतदानको आधारमा प्रमुख लेखको रूपमा छनौट । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस)
अप्रिल २०१६ झापा जिल्ला Krish Dulal, Devraj poudel Devraj poudel मतदानको आधारमा प्रमुख लेखको रूपमा छनौट । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस)
मे २०१६ गंगा नदी Nepaboy, भवानी गौतम र बिप्लब आनन्द बिप्लब आनन्द मतदानको आधारमा प्रमुख लेख बन्नको लागि अयोग्य घोषित । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस)
मे २०१६ शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज कृस दुलाल, नबिन सापकोटा र बिप्लब आनन्द बिप्लब आनन्द मतदानको आधारमा प्रमुख लेखको रूपमा छनौट । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस)
जुन २०१६ क्षेत्रप्रताप अधिकारी कृस दुलाल र नबिन सापकोटा बिप्लब आनन्द मतदानको आधारमा प्रमुख लेखको रूपमा छनौट । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस)
जुलाई २०१६ नारायणगोपाल गुरूवाचार्य Shivakhanal, Ganesh Paudel निर्जल श्रेष्ठ मतदानको आधारमा प्रमुख लेखको रूपमा छनौट । कुरा गर्ने ११:००, ३० जुलाई २०१६ (युटिसी(UTC))
अगस्त २०१६ लियोनेल मेस्सी Nirmal Dulal, Biplab Anand निर्जल श्रेष्ठ मतदानको आधारमा प्रमुख लेखको रूपमा छनौट । कुरा गर्ने
सेप्टेम्बर २०१६ राजेश हमाल Devraj poudel, Janak Bhatta राजा उप्रेती मतदानको आधारमा प्रमुख लेखको रूपमा छनौट । कुरा गर्ने १२:५४, ३१ अगस्त २०१६ (युटिसी(UTC))
अक्टोबर २०१६ हरिमन्दिर साहिब राजा उप्रेती राजा उप्रेती मतदानको आधारमा प्रमुख लेख बन्नको लागि अयोग्य घोषित । राजा उप्रेती (कुरा गर्ने)
अक्टोबर २०१६ दशैँ Yadavb, Ramesh S.Bohara Ramesh S.Bohara मतदानको आधारमा प्रमुख लेख बन्नको लागि अयोग्य घोषित । राजा उप्रेती (कुरा गर्ने)
अक्टोबर २०१६ सिक्किम Parasmani shama, विजय बान्तवा, Bhawani Gautam निर्जल श्रेष्ठ मतदानको आधारमा प्रमुख लेख बन्नको लागि अयोग्य घोषित । राजा उप्रेती (कुरा गर्ने)
अक्टोबर २०१६ नेपाली काँग्रेस राजा उप्रेती, कृष दुलाल राजा उप्रेती मतदानको आधारमा प्रमुख लेख बन्नको लागि अयोग्य घोषित । राजा उप्रेती (कुरा गर्ने)
अक्टोबर २०१६ गङ्गा नदी Nepaboy, भवानी गौतम र बिप्लब आनन्द बिप्लब आनन्द मतदानको आधारमा प्रमुख लेखको रूपमा छनौट । राजा उप्रेती (कुरा गर्ने)
नोभेम्बर २०१६ भीमसेन थापा Aaniyo र बिप्लब आनन्द बिप्लब आनन्द मतदानको आधारमा प्रमुख लेखको रूपमा छनौट । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १४:११, ३१ अक्टोबर २०१६ (युटिसी(UTC))
डिसेम्बर २०१६ मिला कुनिज Nabin K. Sapkota र Learnerktm Learnerktm मतदानको आधारमा प्रमुख लेखको रूपमा छनौट ।- Saroj Uprety (कुरा गर्ने) १५:४६, १९ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

सम्पादन

प्रमुख लेखका लागि प्राप्त आवेदनहरू

आवेदन सङ्गालोः सन् २०१४  • सन् २०१५  • सन् २०१६  • सन् २०१७  • सन् २०१८  • सन् २०१९  • २०७६ • २०७७  • २०७८  • २०७९

दीपिका पादुकोण

सम्पादन गर्नुहोस्

दीपिका पादुकोण (हिन्दुस्तानी उच्चारण: [d̪iːpɪkaː pəɖʊkoːɳ]; जन्म ५ जनवरी १९८६) एक भारतीय अभिनेत्री र मोडल हुन । उनी बलिउड चलचित्र उद्योगकी सबैभन्दा चर्चित अभीनेत्रीहरू मध्ये एक र सर्वाधिक नगद लिने भारतीय महिला अभिनेत्री हुन । उनले आफ्नो जीवन यात्रा बलिउडमा स्थापित गरिन र हालसम्म दुई फिल्मफेयर पुरस्कार प्राप्त गरिसकेकी छिन् ।

पादुकोण, ब्याडमिन्टन खेलाडी प्रकाश पादुकोणकी छोरी हुन । उनको जन्म कोपनहेगनमा भएको हो र हुर्काई बेङ्गलोरमा भएको हो । वाल्यवस्थामा उनी राष्ट्रिय स्तरको ब्याडमिन्टन च्याम्पियनसिप खेलेकी छन् तर फ्यासन मोडल बन्नका लागि उनले ब्याडमिन्टन खेल छाडेकी थिइन । मोडलिङ क्षेत्रबाट प्रवेश गरेकी उनले चाँडै चलचित्रमा अभिनय गर्ने अवसर प्राप्त गरिन । सन् २००६ मा कन्नड चलचित्र ऐश्वर्यमा मुख्य भूमिकामा उनले चलचित्र जगतमा पदार्पण गरिन । पादुकोण त्यसपछि दोहोरो भूमिकामा उनको पहिलो बलिउड ब्लकबस्टर सन् २००७ मा प्रदर्शित ओम शान्ति ओम बाट गरिन जसले उनलाई फिल्मफेयर उत्कृष्ट नयाँ महिला कलाकारको लागि पुरस्कार दिलाएको थियो । पादुकोणद्वारा अभिनित लभ आज कल (२००९) र  लफङ्गे परिन्दे (२०१०) चलचित्रमा गरिएको दमदार अभिनयको लागि उनले निकै चर्चा पाइन । साथै त्यसै समयमा उनीद्वारा अभिनित बच्ना ए हसिनो (२००८) र हाँस्य चलचित्र हाउसफुल (२०१०) चलचित्रले नाकारात्मक समीक्षा पाएको थियो । (पूरा  पढ्नुहोस्...)

  • मुख्य सम्पादक: नबिन सापकोटा ,बिप्लब आनन्द
  • आवेदनकाे कारणहरू: लेखको आधार
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
  • उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु ।
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --  बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:१०, २८ डिसेम्बर २०१५ (युटिसी(UTC))

 
सम्पादकहरूको मतदानको आधारमा जनवरी महिनाको लागी प्रमुख लेखको रूपमा स्विकृत गरिएको छ ।-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १३:०१, ३१ डिसेम्बर २०१५ (युटिसी(UTC))

फेब्रुअरी २०१६

सम्पादन गर्नुहोस्

सचिन तेन्दुलकर

सम्पादन गर्नुहोस्

सचिन तेन्दुलकर (/ˌsəɪn tɛnˈdlkər/ (  ); जन्म २४ अप्रिल १९७३) भारतको मुम्बईमा भएको हो। सचिन विश्व क्रिकेटको इतिहासमा विश्वकै सर्वश्रेष्ठ ब्याट्सम्यानहरूमा गनिन्छन् । उनले सन् १९८९ मा पाकिस्तान बिरुद्ध कराचीमा भएको टेस्ट खेलबाट आफ्नो खेल जीवनको प्रारम्भ गरेका थिए। उनले टेस्ट तथा एकदिवसीय क्रिकेट गरी दुवैमा सर्वाधिक रन तथा शतक बनाएका छन् । उनले टेस्ट क्रिकेटमा ४९ शतक तथा एकदिवसीय क्रिकेटमा ५१ शतक बनाएका छन् । उनी पुरुष समूहको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोहोरो शतक बनाउने पहिलो खेलाडी हुन् । उनी टेस्ट क्रिकेटमा सबैभन्दा धेरै १५,९२१ रन बनाउने एक मात्र खेलाडी हुन् । एकदिवसीय म्याचहरूमा पनि उनलाई सर्वाधिक रन बनाउने कीर्तिमान प्राप्त छ । उनले आफ्नो पहिलो प्रथम श्रेणी क्रिकेट म्याच मुम्बईको लागि १४ वर्षको उमेरमा खेलेका थिए ।

सन् २००२ मा आफ्नो करियरको आधा बाटोमै विज्डन क्रिकेटर्स अल्मानाकले उनलाई टेस्ट क्रिकेटको सबैभन्दा महान ब्याट्सम्यानको सूचीमा दोस्रो स्थानमा राखेको थियो, उनीभन्दा अगाडी अस्ट्रेलियाका डन ब्र्याडम्यान थिए । (पूरा  पढ्नुहोस्...)

  • मुख्य सम्पादक: निर्मल दुलाल ,बिप्लब आनन्द
  • आवेदनकाे कारणहरू: लेखको आधार
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
  • उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु ।
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --  बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:०५, ३१ जनवरी २०१६ (युटिसी(UTC))
 
समर्थनको आधारमा प्रमुख लेख चयन - बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ००:४३, १ फेब्रुअरी २०१६ (युटिसी(UTC))

बैतडी जिल्ला

सम्पादन गर्नुहोस्

बैतडी नेपालको महाकाली अञ्चलको एक जिल्ला हो । यो जिल्ला नेपालको पहाडमा पर्दछ । बैतडी जिल्लाले १५१९ किमि क्षेत्रफल ओगटेको छ र विसं २०६८ को जनगणना अनुसार यहाँको जनसङ्ख्या २,५०,८९८ रहेको छ । यो जिल्ला नेपालका अमर शहीद दशरथ चन्दको जन्मभूमि हो । बाइसे, चौबिसे कालमा यो जिल्ला डोटी अन्तर्गत पर्दथ्यो । यो जिल्लामा हाल ५६ गाविस र २ नगरपालिका अवस्थित छन् । यो जिल्ला नेपाल अधिराज्यको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको महाकाली अञ्चलमा पर्ने चार वटा जिल्ला मध्ये एक पहाडी जिल्ला हो । विभिन्न साना ठूला पहाड, खोचर वेशीहरुवाट निर्मित यो जिल्लाको पश्चिममा महाकाली नदीले भारतको सिमाना छुट्याएको छ र सो नदीको पारिपट्टी भारतको उत्तराखण्डको पिथौरागढ जिल्ला पर्दछ । यसको उत्तरमा दार्चुला, पूर्वमा बझाङडोटी एवं दक्षिणमा डडेल्धुरा जिल्लाहरू पर्दछन् । यस जिल्लाको कुल क्षेत्रफल १४५१.१३ वर्ग किलोमिटर छ, जुन नेपाल अधिराज्यको कुल क्षेत्रफलको ०.६८ प्रतिशत भू-भाग पर्न आउछ । यो जिल्ला जलश्रोत, वनजङ्गल, जडीबुटी र वन्यजन्तु आदि प्राकृतिक सम्पदाको दृष्टिकोणले धनी मानिन्छ । खाद्यान्न उत्पादनमा हालसम्म आत्मनिर्भर रहन नसके पनि केहि कृषिजन्य उत्पादनहरू जस्तै फलफूल, तरकारी, भटमास, घ्यू, मह आदि जिल्ला बाहिर निर्यात हुने गर्दछन् भने जिल्लामा आवश्यक पर्ने खद्यान्न वाहिरबाट आयात गरी परिपूर्ति गरिन्छ । यो जिल्लामा शिक्षा, स्वास्थ्य, खानेपानी, यातायातसञ्चार जस्ता सेवा सुविधाहरू क्रमशः विस्तार हुदै गएका छन् । (पूरा  पढ्नुहोस्...)

प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
  • उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु । प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- रमेश सिंह बोहरा इमेल पठाउने(✉✉) ०८:३४, ४ फेब्रुअरी २०१६ (युटिसी(UTC))


 
सम्पादकहरूको मतदानको आधारमा मार्च महिनाको लागी प्रमुख लेखको रूपमा स्विकृत गरिएको छ ।-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:०२, २४ फेब्रुअरी २०१६ (युटिसी(UTC))

झापा जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको, मेची अञ्चलमा पर्ने अत्याधिक उर्वर तथा घना वस्ती भएको जिल्ला हो । यसको उत्तरी भाग पहाडी पर्वतमालाले सजिएको छ भने अतिरिक्त सम्पूर्ण भूभाग तराई पर्दछ । २०६८ सालको जनगणना अनुसार यहाँको जनसँख्या ८१,२६५० रहेको छ । यो जिल्लाको क्षेत्रफल १६०६ बर्ग कि.मी. रहेको छ । यो जिल्लाको पूर्वमा मेची नदीले भारतको पश्चिम बङ्गालसँग सिमाना छुट्याएको तथा यस जिल्लाको दक्षिणमा भारतको बिहार राज्य रहेको छ । उत्तरमा इलाम, पश्चिममा मोरङ जिल्ला रहेका छन् । यस जिल्लामा ३३ गाउँ विकास समितिहरू, ८ नगरपालिकाहरू, ७ संसदीय निर्वाचन क्षेत्रहरू, १७ इलाकाहरू, एवं १९३४ वस्तीहरू रहेका छन् । मानव विकास समग्र सूचकाङ्कमा तेस्रो स्थानमा रहेको यस जिल्लाको सदरमुकाम चन्द्रगढी हो, जुन पूर्व पश्चिम राजमार्गको बिर्तामोडबाट १३ कि.मी. दक्षिणमा पर्दछ । नेपालको सबभन्दा होचो भू-भाग केचनाकवल -५८ मी. र नेपालको सबभन्दा लामो पक्की पुल कन्काई (७०२ मी.) पनि यसै जिल्लामा पर्दछ। देशको केन्द्रीय राजनीतिमा मुख्य भूमिका खेल्दै आएको झापा जिल्ला खाद्यान्न उत्पादनको लागि पनि महत्वपूर्ण जिल्ला हो । यहाँका प्रमुख व्यापारिक सहरहरू बिर्तामोड नगरपालिका, दमक नगरपालिकाकाकरभिट्टा हुन् । यस जिल्लाका प्रसिद्ध पर्यटकीय एवं तीर्थस्थलहरूमा कन्काई धाम कोटीहोम, अर्जुनधारा,जामुनखाडी सिमसार क्षेत्र, किच्चक वध, केचनाकवल, सतासीधाम आदि पर्दछन् । झापाका प्रमुख नदी भनेर कनकाई नदी, बिरिङ नदी, रतुवा नदी, मावा नदीमेची नदीलाई जानिन्छ । (पूरा  पढ्नुहोस्...)

  • मुख्य सम्पादक: Krish Dulal, Devraj poudel
  • आवेदनकाे कारणहरू: लेखको आधार, प्रयाप्त पर्यटकीय क्षेत्र भएकोले
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
  • उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्द छु । प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --तुल्सी भगत (वार्तालाप) ०६:२६, २९ मार्च २०१६ (युटिसी(UTC))
 
सम्पादकहरूको मतदानको आधारमा अप्रिल महिनाको लागी प्रमुख लेखको रूपमा स्विकृत गरिएको छ ।-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:०८, ३० मार्च २०१६ (युटिसी(UTC))

गङ्गा नदी (हिन्दुस्तानी: [ˈɡəŋɡaː]), वा गंगे (/ˈɡænz/ GAN-jeez) भारतको एउटा महत्वपूर्ण तथा विश्वका सम्पूर्ण हिन्दूहरूको आस्थाको एउटा केन्द्र हो। जसले भारत र बंगलादेशमा मिलाएर २,५१० किमीको दूरी तय गर्दै उत्तराखण्डमा हिमालयबाट लिएर बंगालको खाडीको सुन्दरवनसम्मको विशाल भू -भागलाई सिंचित गर्दछ । यो भारतको प्राकृतिक सम्पदा मात्र हैन, जन जनको भावनात्मक आस्थाको आधार पनि हो। २,०७१ किमी सम्म भारत तथा बंगलादेशमा आफ्नो लामो यात्रा गर्दै यो सहायक नदीहरूको साथै दस लाख वर्ग किलोमिटर क्षेत्रफलको अति विशाल उपजाऊ मैदानको रचना गर्छ। सामाजिक, साहित्यिक, सांस्कृतिक र आर्थिक दृष्टिबाट अत्यन्त महत्त्वपूर्ण गङ्गाको यो मैदान आफ्नो घनो जनसङ्ख्याको कारण पनि जानिन्छ। १०० फिट (३१ मी)को अधिकतम गहिराई भएको यो नदी भारतमा पवित्र मानिन्छ तथा यसको उपासना माँ र देवीको रूपमा गरिन्छ। भारतीय पुराण र साहित्यमा आफ्नो सौन्दर्य र महत्वका कारण पटक-पटक आदरका साथ वन्दित गङ्गा नदीको प्रति विदेशी साहित्यमा पनि प्रशंसा र भावुकतापूर्ण वर्णन गरिएको छ।

यस नदीमा माछा तथा सर्पको अनेक प्रजातिहरू त पाईछन् नै मीठा पानीका दुर्लभ डल्फिन पनि पाइन्छन्। यो कृषि, पर्यटन, साहसिक खेलहरू तथा उद्योगहरूको विकासमा महत्त्वपूर्ण योगदान दिन्छ तथा आफ्नो तटमा बसेका सहरहरूको जलापूर्ति पनि गर्छ। यसको तटमा विकसित धार्मिक स्थल र तीर्थ भारतीय सामाजिक व्यवस्थाका विशेष अङ्ग हुन्। यसको माथि बनेका पुल, बाँध , नदी परियोजनाहरू भारतको बिजुली, पानी र कृषिसँग सम्बन्धित आवश्यकतालाई पूरा गर्छ। वैज्ञानिकहरू भन्छन् कि यो नदीको जलमा ब्याक्टिरियोफेज नामक विषाणु हुन्छन् जो जीवाणुहरू र अन्य हानिकारक सूक्ष्मजीवहरूलाई जीवित रहन दिदैनन्। गङ्गाको यस असीमित शुद्धीकरण क्षमता र सामाजिक श्रद्धा रहेता पनि यसको प्रदूषण रोक्न सकिएको छैन ।(पूरा  पढ्नुहोस्...)

  • मुख्य सम्पादक: Nepaboy, भवानी गौतम र बिप्लब आनन्द
  • आवेदनकाे कारणहरू: लेखको आधार, प्रयाप्त पर्यटकीय क्षेत्र भएकोले
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु । प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:०३, ३० अप्रिल २०१६ (युटिसी(UTC))

 -- प्रमुख लेख बन्नको लागि अयोग्य घोषित ।-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:०७, १ मे २०१६ (युटिसी(UTC))

  असमर्थन अयोग्य लेख- Has data without references and remaining of Hindi translation. _ DULAL (मसँग कुरा गर्नुहोस्) १७:५१, ३० अप्रिल २०१६ (युटिसी(UTC))

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज

सम्पादन गर्नुहोस्

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको स्थापना वि.सं. २०५८ (सन् २००२) सालमा गरिएको हो । यस निकुञ्ज नेपालको मध्य पहाडी क्षेत्र काठमाडौंको उत्तरी किनारामा पर्दछ । यसको क्षेत्रफल १५९ वर्ग कि.मि (शिवपुरी १४४ व.कि.मी, नागार्जुन १५ वर्ग कि.मी) रहेको छ । यस निकुञ्जले काठमाडौं, नुवाकोट र सिन्धुपाल्चोकको भूभाग ओगटेको छ । नेपालको मध्यपहाडी क्षेत्रमा अवस्थित पारिस्थितिकीय प्रणालीको प्रतिनिधित्व गर्ने एकमात्र राष्ट्रिय निकुञ्ज हो । काठमाडौंको रत्नपार्कदेखि निकुञ्ज मुख्यालय बुढानीलकण्ठ पानीमुहान सम्मको दुरी १२ कि.मि. छ । यस क्षेत्रको संरक्षणको इतिहासलाई हेर्दा सन १९७६ मा जलाधार संरक्षण क्षेत्रको रुपमा शिवपुरी जलाधार संरक्षण वोर्डद्वारा संरक्षण सुरु गरि १९७८ मा शिवपुरी संरक्षीत जलाधार क्षेत्र कायम भएको पाइन्छ। त्यसैगरी सन १९८४ मा शिवपुरी जलाधार तथा वन्यजन्तु आरक्ष घोषणा भएको थियो। यसै नामानुसार यस क्षेत्रको आवस्यक संरक्षण तथा व्यवस्थापनका कार्यहरु हुदै जाँदा यो क्षेत्रको महत्वलाई अझै बढि मूल्याङ्कन गरी सन् २००२ मा नेपाल सरकारबाट शिवपुरी राष्ट्रिय निकुञ्जको रुपमा राजपत्रमा सूचना प्रकाशित भएको थियो। (पूरा  पढ्नुहोस्...)

  • मुख्य सम्पादक: कृस दुलाल, नबिन सापकोटा र बिप्लब आनन्द
  • आवेदनकाे कारणहरू: लेखको आधार
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
  • उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु ।
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --  बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:२४, १ मे २०१६ (युटिसी(UTC))
*
 
मतदान प्रक्रियामा कुनै पनि प्रयोगकर्ताले भाग नलिएको र मुख्य लेख निर्वाचित गर्नुपर्ने भएकोले स्वीकृत गरियो।- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०१:२६, २ मे २०१६ (युटिसी(UTC))

क्षेत्रप्रताप अधिकारी

सम्पादन गर्नुहोस्

क्षेत्रप्रताप अधिकारी (१९९९-२०७०) नेपालका एक बहुप्रतिभाशाली साहित्यकार तथा गीतकार थिए । जीवनको उत्तरार्धमा गीतकारका रूपमा धेरै चर्चा परिचर्चा कमाएका उनलाई नारायण गोपालले गाएको म त लालीगुराँस भएछु..., मलाई छोडी मेरो छाया..., गोपाल योञ्जनले गाएको शान्तिभन्दा पर अर्को भेट्नुपर्ने बुद्ध छैन..., कुन्ती मोक्तानले गाएको गोठालो जाँदा... र पछिल्लो पटक रामकृष्ण ढकालले गाएको जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ, सबैभन्दा ठूलो कुरा मर्न बाँकी छ बोलको गीतले नेपालीका घर–घर र मन–मनमा पुर्‍यायो। पेशागतरुपमा महिनामा ३० रुपैयाँ तलब पाउने हुलाकको पियनबाट जागीर आरम्भ गरेका उनी साझा बसको कन्डक्टरदेखि साझा प्रकाशनको अध्यक्षसम्म भए। मूलतः गामवेसीका शब्दशिल्पी र मानवीय चाहतका कोमल प्रवक्ता अधिकारीले पंचायतको उत्तरार्द्धमा शिक्षा सहायकमन्त्रीको पदबाहर समेत समालेका थिए। (पूरा  पढ्नुहोस्...)

  • मुख्य सम्पादक: कृस दुलाल र नबिन सापकोटा
  • आवेदनकाे कारणहरू: लेखको आधार
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
  • उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु ।
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --  बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०५:५०, १ जुन २०१६ (युटिसी(UTC))
*
 
मतदान प्रक्रिया तत्कालै सम्भव नभएको हुनाले र मुख्य लेख निर्वाचित गर्नुपर्ने आवश्यकता भएकोले स्वीकृत गरियो।- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०५:५०, १ जुन २०१६ (युटिसी(UTC))

नारायणगोपाल गुरूवाचार्य

सम्पादन गर्नुहोस्

नारायणगोपाल (वि सं १९९६ असोज १८ - २०४७ मङ्सीर १९)(इ.सं.१९३९ अक्टोबर ४ - इ.सं.१९९० डिसेम्बर ५), पूरा नाम नारायणगोपाल गुरुवाचार्य, सबैभन्दा सफल तथा ख्याती प्राप्त नेपाली आधुनिक गायक हुन्। उनलाई नेपालको स्वर सम्राटको उपाधिले सम्मान गरिएको छ। यद्यपि सम्राट बन्नेले राज्यकोषबाट भत्ता पाउने भएकाले यो सम्मान उनको अपहेलना हो भनेर केहीले विरोध पनि गरेका छन्। नारायणगोपाल नेपाली भाषाका पहिलो पुस्ताका गायक हुन् जसले गायनलाई पेशाको रूपमा अङ्गाले। उनले करीव १ सय ३६ वटा नेपाली गीतहरू गाएका छन्। उनका गीतहरू नेपाली चलचित्र तथा नाटकहरूमा पनि प्रयोग गरिएका छन् (पूरा  पढ्नुहोस्...)

  • मुख्य सम्पादक: Shivakhanal, Ganesh Paudel
  • आवेदनकाे कारणहरू: साँगीतिक क्षेत्रका महान व्यक्तित्व हुनाले
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने

उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु ।

प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --   कुरा गर्ने १४:३०, १५ जुन २०१६ (युटिसी(UTC))
 
सम्पादकहरूको मतदानको आधारमा अप्रिल महिनाको लागी प्रमुख लेखको रूपमा स्विकृत गरिएको छ ।--   कुरा गर्ने १४:३३, १५ जुन २०१६ (युटिसी(UTC))

लियोनेल मेस्सी

सम्पादन गर्नुहोस्

लियोनेल एन्ड्रेस मेस्सी (जन्मः २४ जुन, १९८७) अर्जेन्टिनाको फुटबल खेलाडी हुन, जो हाल ला लिगा टिम बार्सिलोनाअर्जेन्टिनाको लागि खेल्छन् । मेस्सी आफ्नो पुस्ताका सर्वश्रेष्ठ फुटबल खेलाडीहरू मध्ये एक मानिन्छन्, मेस्सीले २१ वर्षको उमेरमा नै बेलोन डी' ओरफिफा सर्वश्रेष्ठ वर्षको खेलाडीको उपाधि प्राप्त गरे । उनको खेल शैली र क्षमताको कारणले गर्दा उनलाई फुटबलको बादशाह भनेर चिनिने म्याराडोनासँग तुलना हुन लाग्यो, जसले आफै मेस्सीलाई आफ्नो "उत्तराधिकारी" घोषित गरेका थिए (पूरा  पढ्नुहोस्...)

  • मुख्य सम्पादक: Nirmal Dulal, Biplab Anand
  • आवेदनकाे कारणहरू: उत्कृष्ट फुटबल खेलाडी भएकोले
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने

उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु ।

प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --   कुरा गर्ने १०:५६, ३० जुलाई २०१६ (युटिसी(UTC))
 
मापदण्ड अनुसार १५ दिनसम्म मतदानको लागी राख्न समय नपुग भएको तथा सम्पादकहरूको मतदानको आधारमा अगस्त महिनाको लागी प्रमुख लेखको रूपमा स्विकृत गरिएको छ ।   कुरा गर्ने १३:१५, ३१ जुलाई २०१६ (युटिसी(UTC))

सेप्टेम्बर २०१६

सम्पादन गर्नुहोस्

राजेश हमाल (जन्म: ९ जुन, १९६४ पाल्पा, तानसेन, नेपाल) नेपालका एक चर्चित अभिनेता हुन्। उनको पहिलो र सफल चलचित्र युगदेखि युगसम्म हो। उनलाई नेपाली चलचित्र उद्योगलाई व्यवसायिकतामा ल्याउन प्रमुख भूमिका रहेको व्यक्तिका रूपमा पनि लिइन्छ। राजेश हमालले नेपाली चलचित्रमा २ दशक भन्दा बढी अभिनय गरिसकेका छन्।

उनले नेपाली चलचित्र क्षेत्रमा गरेको योगदानको लागि धेरै पुरस्कारहरूले सम्मानित भइसकेका छन् जसमा राष्ट्रिय चलचित्र पुरस्कार (१९८८-२०१४) रहेको छ । उनलाई यसै कारण महानायक भन्ने गरिएको छ । अभिनय क्षेत्र वाहेक समाज सेवामा पनि उनको सहभागिता रहेको छ । (पूरा  पढ्नुहोस्...)

  • मुख्य सम्पादक: Devraj poudel, Janak Bhatta
  • आवेदनकाे कारणहरू:नेपाली चलचित्र क्षेत्रका महान व्यक्तित्व हुनाले
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने

उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु ।

प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --  बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०३:४०, ३१ अगस्त २०१६ (युटिसी(UTC))
 
समुदायको सम्पादकहरूको मतदानको आधारमा सेप्टेम्बर महिनाको लागी प्रमुख लेखको रूपमा स्विकृत गरिएको छ ।-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ११:५३, ३१ अगस्त २०१६ (युटिसी(UTC))

अक्टोबर २०१६

सम्पादन गर्नुहोस्

हरिमन्दिर साहिब

सम्पादन गर्नुहोस्

श्री हरिमन्दिर साहिब (पञ्जाबी भाषा: ਹਰਿਮੰਦਰ ਸਾਹਿਬ; हरिमन्दर साहिब, हरमन्दिर साहिब), जसलाई दरबार साहिब वा संवरण मन्दिर पनि भनिन्छ, एक सिख धर्मावलम्बीको पावनतम धार्मिक स्थल वा प्रमुख गुरूद्वार हो । यो मन्दिर भारतको राज्य पञ्जाबको अमृतसर शहरमा स्थित छ र यहाँको सबैभन्दा ठुलो आकर्षण पनि हो । पुरा अमृतसर शहर स्वर्ण मन्दिरको चौतर्फि रहेको छ । स्वर्ण मन्दिरमा प्रति दिन हजारौं श्रद्धालु तथा पर्यटक आउने गर्दछन । अमृतसरको नाम वास्तवमा उन सरोवरको नाममा राखिएको हो, यसको निर्माण गुरू रामदासले स्वयंम आफ्नो हातले गरेका थिए । यो गुरूद्वारा यहि सरोवरको बीच स्थित छ । यस गुरूद्वारको बाहिरी भाग सुनले बनाइएको छ, त्यसैले यसलाई स्वर्ण मन्दिर तथा गोल्डन टेम्पलको नामले पनि चिनिन्छ । श्री हरिमन्दिर साहिबलाई दरबार साहिब को नामले पनि ख्याति हासिल छ । हुन त यो सिखहरूको गुरूद्वारा हो, तर यसको नाममा मन्दिर शब्दको जोडिनु यो स्पष्ट गर्छ कि भारतमा सबै धर्मलाई एक समान मानिन्छ ।(पूरा  पढ्नुहोस्...)

प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने

उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु ।  कुरा गर्ने ०४:१८, २८ सेप्टेम्बर २०१६ (युटिसी(UTC))

प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --

- भारतीय लेखको अपूर्ण उल्था भएको तथा कति शब्दहरू उल्था गर्न बाँकी रहेको तथा अपुरो लेख भएकोले ।  कुरा गर्ने ०४:१०, २८ सेप्टेम्बर २०१६ (युटिसी(UTC))

'दसैँ वा बडा दसैँ (अन्य नाम: दशहरा, विजया दशमीनवरात्र ' आयुध-पूजा नेपालीहरूको प्रमुख चाड मानिन्छ । राष्ट्रिय चाड समेत मनिने दशैँ(नवरात्र) हिन्दु धर्मवलम्बीहरुले आश्र्विन शुक्ल प्रतिपदादेखि नवमी सम्म(नवरात्रभर)शक्तिको आराधना गरी दशौं दिन विहान दशमीका दिन टीका-प्रसाद ग्रहण र विशेष रुपमा पुर्णिमा सम्म (प्रसाद ग्रहणका लागि)मनाउने गर्छन्। आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)मा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येकदिन फरक देवीहरूको पूजा हुन्छ (पूरा  पढ्नुहोस्...)

प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
  • उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु । -- Ramesh S.Bohara इमेल✉(कुरा गर्ने) ०१:४७, २७ सेप्टेम्बर २०१६ (युटिसी(UTC))
  •  
    उपराेक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार नरहेकोले पेश आवेदनलार्इ खारेज गर्दछु । -- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:४४, २८ सेप्टेम्बर २०१६ (युटिसी(UTC))
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --

सिक्किम भारतको एक पहाडी राज्य हो। सिक्किम सबैभन्दा कम जनसंख्या भएको भारतको राज्य हो तथा क्षेत्रफल गोआ पछि न्यूनतम छ । सिक्किम नामग्याल राजतन्त्रद्वारा शासित एक स्वतन्त्र राज्य थियो, तर प्रशासनिक समस्याहरूको कारण तथा भारतमा विलयको जनमतको कारण सन १९७५मा एक जनमत-संग्रहको आधारमा भारतमा विलीन भयो । यसै जनमत संग्रहपछि राजतन्त्रको समाप्ति तथा भारतीय संवैधानी व्यवस्था अन्तर्गत सिक्किमको सम्प्रभुता समाप्त भयो । बुढी औंलाको आकारको यो राज्य पश्चिममा नेपाल, उत्तर तथा पूर्वमा चीन तिब्बत स्वायत्त क्षेत्र तथा दक्षिण-पूर्वमा भूटानसग जोडिएको छ। भारतको पश्चिम बंगाल राज्य यसको दक्षिणमा छ । (पूरा  पढ्नुहोस्...)

  • मुख्य सम्पादक: Parasmani shama, विजय बान्तवा, Bhawani Gautam
  • आवेदनकाे कारणहरू: प्रसिद्ध पर्यटकीय स्थान भएकोले
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
  • उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु ।   कुरा गर्ने ०४:३४, २८ सेप्टेम्बर २०१६ (युटिसी(UTC))
  •   उपरोक्त लेख प्रमुख लेख हुनको लागी आवश्यक मत नपुगेकोले गर्दा मतदानको आधारमा आवेदन खारेज गरिएको छ । राजा उप्रेती (कुरा गर्ने) १३:५७, ३० सेप्टेम्बर २०१६ (युटिसी(UTC))
  • आवेदनकर्ताकाे रूपमा समर्थन.   कुरा गर्ने ०४:३३, २८ सेप्टेम्बर २०१६ (युटिसी(UTC))

नेपाली काँग्रेस

सम्पादन गर्नुहोस्

नेपाली काँग्रेस नेपालको एउटा समाजवादी-जनवादी राजनैतिक दल हो । यो दलको स्थापना सन् १९५० मा नेपाल राष्ट्रिय काँग्रेस र नेपाल प्रजातान्त्रिक काँग्रेसको एकिकरणबाट भएको थियो। हाल यो दलको सभापति शेरबहादुर देउवा हुन्। यो दलको युवा सँगठन नेपाल तरुण दल हो र विद्यार्थी संघ नेपाल विद्यार्थी संघ हो । दलले सन् १९९९को संसदीय निर्वाचनमा ३२१४७८६ मतले (३७.१७%,१११ क्षेत्रहरूमा) जितेको थियो । यो दल समाजवादी इन्टरनेसनलसँग आबद्ध छ ।

नेपालमा 'राष्ट्रियताको संरक्षण र सर्ंवर्धन गर्दै प्रजातान्त्रिक समाजवाद' स्थापना गर्ने सिङ्गो आन्दोलनको अर्को नाम 'नेपाली कांग्रेस' हो। वर्तमान सर्न्दर्भमा राष्ट्रियता, लोकतन्त्र, समाजवादको आदर्श एवं सिद्धान्त अनुरूप संघीय लेगणतन्त्रात्म राज्य, बहुलवादमा आधारित बहुदलीय व्यवस्था, तथा संसदीय शासन प्रणालीको माध्यमबाट नेपालमा न्याय पूर्ण गतिशील र शान्तिपूर्ण समाजको निर्माण गरी सामाजिक, राजनैतिक तथा आर्थिक विकाश गर्ने उद्देश्य बोकेको, नेपाली जनताको अगाद श्रद्धा र सम्मान पाएको यो नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी हो। (पूरा  पढ्नुहोस्...)

प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --
  •   असमर्थन कुनै राजनीतिक पार्टीको लेख मुख्यलेख राख्न उचित नहोला । Ramesh S.Bohara इमेल✉(कुरा गर्ने) ११:५१, २८ सेप्टेम्बर २०१६ (युटिसी(UTC))

गङ्गा नदी (हिन्दुस्तानी: [ˈɡəŋɡaː]), वा गङ्गे (/ˈɡænz/ GAN-jeez) भारतको एउटा महत्वपूर्ण तथा विश्वका सम्पूर्ण हिन्दूहरूको आस्थाको एउटा केन्द्र हो। जसले भारतबङ्गलादेशमा कुल २,५१० किमीको दूरी तय गर्दै उत्तराखण्डमा हिमालयबाट लिएर बङ्गालको खाडीको सुन्दरवनसम्मको विशाल भू -भागलाई सिचाई गर्दछ । यो भारतको प्राकृतिक सम्पदा मात्र हैन, जन जनको भावनात्मक आस्थाको आधार पनि हो। २,०७१ किलोमिटरसम्म भारत तथा बंगलादेशमा आफ्नो लामो यात्रा गर्दै यो सहायक नदीहरूसँग मिसेर दश लाख वर्ग किलोमिटर क्षेत्रफलको अति विशाल उब्जाउ मैदानको रचना गर्छ। सामाजिक, साहित्यिक, सांस्कृतिक र आर्थिक दृष्टिबाट अत्यन्त महत्त्वपूर्ण गङ्गाको यो मैदान आफ्नो बाक्लो जनसङ्ख्याको कारण पनि चिनिने गरिन्छ। १०० फिट (३१ मी)को अधिकतम गहिराई भएको यो नदी भारतमा पवित्र मानिन्छ तथा यसको उपासना आमा र देवीको रूपमा गरिन्छ। भारतीय पुराण र साहित्यमा आफ्नो सौन्दर्य र महत्वका कारण पटक-पटक आदरका साथ वर्णित गङ्गा नदी प्रति विदेशी साहित्यमा पनि प्रशंसा र भावुकतापूर्ण वर्णन गरिएको छ।

यस नदीमा माछा तथा सर्पका अनेक प्रजातिहरूका साथै गुलियो पानीको दुर्लभ डल्फिन पनि पाइन्छन्। (पूरा  पढ्नुहोस्...)

  • मुख्य सम्पादक: Nepaboy, भवानी गौतम र बिप्लब आनन्द
  • आवेदनकाे कारणहरू: लेखको आधार, प्रयाप्त पर्यटकीय क्षेत्र भएकोले
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
* उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु । प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:४४, २९ सेप्टेम्बर २०१६ (युटिसी(UTC))

नोभेम्बर २०१६

सम्पादन गर्नुहोस्

भीमसेन थापा (सन् १७७५ अगस्ट - सन् १८३९ अगस्ट ५) नेपालको दोस्रो तथा सबैभन्दा लामो समयसम्म पदमा रहेका नेपालका मुख्तियार (प्रधानमन्त्री सरह) तथा राष्ट्रिय विभूति हुन्। राजा रणबहादुर शाहका अङ्गरक्षक तथा व्यक्तिगत सचिव भएपछी भीमसेनको उदय भएको हो। सन् १८०० मा रणबहादुर अधित्याग गरेर निर्वासित जीवन बिताउन वाराणसी जाँदा भीमसेन पनि सँगै गएका थिए। यसै कृतज्ञताका कारण, रणबहादुरले भीमसेनलाई नयाँ विस्तारित सरकारमा काजी (मन्त्री सरहको पद) को पदमा नियुक्त गरे। सन् १८०६ मा रणबहादुरको हत्या उनकै सौतेनी भाईद्वारा भएपश्चात भीमसेनले ९३ जनाको हत्या गरेर स्वयं आफू मुख्तियार बने।

भीमसेनको प्रधानमन्त्रीकालमा गोरखा साम्राज्यको निक्कै विस्तार भएको थियो। यसको प्रमाण यसबाट लगाउन सकिन्छ कि त्यससमयमा यस साम्राज्यको सिमाना पश्चिममा सतलज नदी र पूर्वमा टिस्टा नदी सम्म पुगेको थियो। तर, सन् १८१४-१८१६ सम्म नेपाल विनाशकारी अङ्ग्रेज-नेपाल युद्धमा फस्यो, जसको फलस्वरूप नेपालले सुगौली सन्धि गरेर आफ्नो एक तिहाई जमीन इस्ट इन्डिया कम्पनीलाई बुझाउनु परेको थियो। यस युद्धको कारण नेपालमा ब्रिटिशहरूको स्थायित्व समेत भएको थियो। (पूरा  पढ्नुहोस्...)

  • मुख्य सम्पादक: Aaniyo र बिप्लब आनन्द
  • आवेदनकाे कारणहरू: लेखको आधार तथा राष्ट्रिय विभूति भएकोले
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
* उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु । प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:३६, २९ अक्टोबर २०१६ (युटिसी(UTC))

डिसेम्बर २०१६

सम्पादन गर्नुहोस्

सन् १९८३ मा युक्रेनमा जन्मिएकी मिला कुनिज लस एन्जलसमा हुर्किएकी अमेरिकाली अभिनेत्री हुन् । पन्ध्र वर्ष नपुग्दै कुनिजले "ड्याड्स सेभेन्टि सो" बाट अभिनय थालेकी हुन् । 'म्याक्स प्यान', 'बुक्स अफ एली', 'फ्रेन्डस विथ बेनिफिट्स', 'टेड' र 'ओज, द ग्रेट एन्ड पओरफुलमा' जस्ता चलचित्रहरूमा उनको भूमिका प्रशंसायोग्य मानिएको छ । "ब्ल्याक स्वान" (२०१०) ले उनको सहायक भूमिकामा उनले ६७औँ भेनिस अन्तराष्ट्रिय चलचित्र महोत्सवमा 'बेस्ट योङ एयाक्टरेस' जित्न सफल भएकी थिइन् । सन् २०१२ मा उनले एस्टन कुचरसँग विवाह गरिन् । जुन २०१६ मा उनी अभिनति चलचित्र "ब्याड मम्स" रिलिज भएको थियो । (पूरा  पढ्नुहोस्...)

  • मुख्य सम्पादक: Nabin K. SapkotaLearnerktm
  • आवेदनकाे कारणहरू: लेखको आधार तथा चलचित्र क्षेत्रका महान व्यक्तित्व हुनाले
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु । प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ११:०६, १३ नोभेम्बर २०१६ (युटिसी(UTC))
  •  
    समुदायको मतदानको आधारमा डिसेम्बर महिनाको प्रमुख लेखमा निर्वाचित --  कुरा गर्ने ११:४२, २४ नोभेम्बर २०१६ (युटिसी(UTC))