फिफा (फ्रान्सिसी: Fédération Internationale de Football Association) अन्तर्राष्ट्रिय फुटबल सम्मेलन महासङ्घको संक्षिप्त रूप हो, जुन एउटा अन्तराष्ट्रिय सङ्घ हो जसले अन्तराष्ट्रिय फुटबल खेलमाथि नियन्त्रण राख्दछ । (यसलाई फुटबल सङ्घ पनि भन्छन)। यसको मुख्य कार्यालय ज़्यूरिख़, स्वीट्जरल्याण्डमा छ, र हाल यसको अध्यक्ष जियानी इन्फान्टिनो हुन । फिफाले अन्तराष्ट्रिय फुटबलको ठूला ठूला प्रतियोगिताको आयोजन गर्छ, र त्यस मध्ये प्रख्यात रहेको एउटा प्रतियोगिता हो फिफा विश्वकप, जुन सन् १९३० मा शुरु गरियो । फिफाको स्थापना मे २१,१९०४ मा पेरिसमा भएको थियो र यसमा २०८ अन्तराष्ट्रिय सङ्गठनहरू सदस्य छन् । यस संघको अधिकारिक भाषाहरू अङ्ग्रेजी, फ्रान्सिसी, जर्मन र स्प्यानिस रहेका छन् । फिफको धेरै शक्तिशाली अङ्ग हो फिफा कंग्रेस, जुन एउटा सभा हो, हरेक संघको एक प्रतिनिधीको सदस्यताबाट बनेको छ । यस संघको कंग्रेसले प्रति वर्ष एउटा सभाको आयोजन गर्छ, र १९९८ देखि यसले एउटा अर्को सभा प्रति वर्ष गर्दै आएको छ । कंग्रेसले मात्र फिफाको नियममा परिवर्तन गर्ने अधिकार राख्दछ ।

अन्तर्राष्ट्रिय फुटबल सम्मेलन महासङ्घ
फुटबल महासंघका अनुसार तीनका सदस्य राष्ट्रहरु
सङ्क्षिप्त नामफिफा
आदर्श वाक्यखेलको लागि,विश्वको लागि
गठनसन् १९०४ मे २१
प्रकारखेल महासङ्घ
प्रधान कार्यालयज़्यूरिख़, स्वीट्जरल्याण्ड
निर्देशाङ्कहरू४७°२२′५३″उ॰ ८°३४′२८″पू॰ / ४७.३८१३९°N ८.५७४४४°E / 47.38139; 8.57444निर्देशाङ्कहरू: ४७°२२′५३″उ॰ ८°३४′२८″पू॰ / ४७.३८१३९°N ८.५७४४४°E / 47.38139; 8.57444
सेवा क्षेत्र
बिश्वब्यापी
सदस्यता
२०९ सदस्य राष्ट्र
आधिकारिक भाषा
अङ्ग्रेजी,फ्रेन्च,जर्मन तथा स्प्यानिस[१]
अध्यक्ष
जियानी इन्फान्टिनो
उपाध्यक्ष
जिम बोयेस, राजकुमार अलि बिन अल-हुसैन
सम्बद्धताअन्तर्राष्ट्रिय ओलम्पिक सङ्घ
वेबसाइटwww.fifa.com

इतिहास सम्पादन गर्नुहोस्

विश्व जुडान संगै २० औ शताब्दीको शुरुमा खेलहरूमाथि दृष्टि राख्ने एउटा निकायको खाँचो देखियो । फिफाको स्थापना २१ मे १९०४ मा पेरिसमा भएको थियो । यस संघलाई स्थापना गर्ने सदस्यहरू बेल्जियम, डेनमार्क, फ्रान्स, नेदरल्यान्ड, स्पेन, स्विडेनस्वीट्जरल्याण्ड थिए र त्यही दिन जर्मन सङ्गठनले टेलीग्राम पठाएर सदस्यता बारे आफ्नो इच्छा जाहेर गर्‍यो । यसको सर्वप्रथम अध्यक्ष रबर्ट ग्युरिन बने।

ग्युरीन पछि सन् १९०६ मा इंगल्याण्डका डेनियल ब्युर्ली वुलफाल फिफाको अध्यक्षको रूपमा मनोनित भए । त्यसपछिको विश्वकप फुटबल प्रतियोगिता सन् १९०८ मा लण्डनमा भएको थियो र धेरै सफलता हासिल गरेको थियो । व्यावसायिक खेलाडीहरूको उपस्थिति हुँदा पनि फिफाको सिद्धान्त खोज्न प्रतिकूल स्थिति थियो । यस संघमा दक्षिण अफ्रिका सन् १९०८ मा, अर्जेन्टिनाचिली सन् १९१२ मा र क्यानाडा अनि संयुक्त राज्य सन् १९१३ मा, आवेदन संगै फिफाको सदस्यता युरोपभन्दा बाहिरको देशहरूमा फैलिदै गयो । प्रथम विश्वयुद्धको बेला धेरै खेलाडीहरूलाई विश्वयुद्धमा पठाइयो र विश्वयुद्धले गर्दा धेरै ठाउँहरूमा यातायातको साधनहरू प्रभावित भए र विश्व जुडानमा बाधा उत्पन्न भयो । त्यस समयमा केही अन्तर्राष्ट्रिय आबद्दता र सङ्गठनहरूको अस्तित्वमा विभेद थियो तथा वुलफालको मृत्यु पछि सङ्गठनको सञ्चालन एक डचपुरुष कार्ल हर्समन्नले सम्भालनु भयो र यस संघलाई विलुप्त हुनबाट बाचाउनु भयो । युद्धपछि गृह राष्ट्रले आफ्नो सदस्यता फिर्ता लियो र बिपक्षी राष्ट्रहरूसँग खेल्न तैयार भएन तर पछि फेरी गृह राष्ट्रले पुन: सदस्यता पायो ।

सन्दर्भ सुची सम्पादन गर्नुहोस्

हेर्नुहोस सम्पादन गर्नुहोस्

बाहिरी लिन्कहरू सम्पादन गर्नुहोस्

  1. FIFA Statutes Aug 2009, see 8:1. Arabic, Russian and Portuguese are additional languages for the Congress. In case of dispute, English language documents are taken as authoritative.