विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/हरिमन्दिर साहिब

हरिमन्दिर साहिब सम्पादन गर्नुहोस्

दरवार साहिब

श्री हरिमन्दिर साहिब (पञ्जाबी भाषा: ਹਰਿਮੰਦਰ ਸਾਹਿਬ; हरिमन्दर साहिब, हरमन्दिर साहिब), जसलाई दरबार साहिब वा संवरण मन्दिर पनि भनिन्छ, एक सिख धर्मावलम्बीको पावनतम धार्मिक स्थल वा प्रमुख गुरूद्वार हो । यो मन्दिर भारतको राज्य पञ्जाबको अमृतसर शहरमा स्थित छ र यहाँको सबैभन्दा ठुलो आकर्षण पनि हो । पुरा अमृतसर शहर स्वर्ण मन्दिरको चौतर्फि रहेको छ । स्वर्ण मन्दिरमा प्रति दिन हजारौं श्रद्धालु तथा पर्यटक आउने गर्दछन । अमृतसरको नाम वास्तवमा उन सरोवरको नाममा राखिएको हो, यसको निर्माण गुरू रामदासले स्वयंम आफ्नो हातले गरेका थिए । यो गुरूद्वारा यहि सरोवरको बीच स्थित छ । यस गुरूद्वारको बाहिरी भाग सुनले बनाइएको छ, त्यसैले यसलाई स्वर्ण मन्दिर तथा गोल्डन टेम्पलको नामले पनि चिनिन्छ । श्री हरिमन्दिर साहिबलाई दरबार साहिब को नामले पनि ख्याति हासिल छ । हुन त यो सिखहरूको गुरूद्वारा हो, तर यसको नाममा मन्दिर शब्दको जोडिनु यो स्पष्ट गर्छ कि भारतमा सबै धर्मलाई एक समान मानिन्छ ।(पूरा  पढ्नुहोस्...)

प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने

उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु । कुरा गर्ने ०४:१८, २८ सेप्टेम्बर २०१६ (युटिसी(UTC))

प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --

- भारतीय लेखको अपूर्ण उल्था भएको तथा कति शब्दहरू उल्था गर्न बाँकी रहेको तथा अपुरो लेख भएकोले । कुरा गर्ने ०४:१०, २८ सेप्टेम्बर २०१६ (युटिसी(UTC))