राजेश हमाल

नेपाली चलचित्र अभिनेता

राजेश हमाल (सुन्ने, जन्म: २०२१ साल जेठ २८ गते, पाल्पा, तानसेन) नेपालका एक चर्चित अभिनेता हुन्।[४] उनको पहिलो र सफल चलचित्र युगदेखि युगसम्म हो। उनलाई नेपाली चलचित्र उद्योगमा व्यवसायिकता ल्याउन प्रमुख भूमिका रहेको व्यक्तिका रूपमा पनि लिइन्छ। राजेश हमालले २ दशक भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरिसकेका छन्। उनले नेपाली चलचित्र क्षेत्रमा गरेको योगदानको लागि धेरै पुरस्कारहरूले सम्मानित भइसकेका छन् जसमा राष्ट्रिय चलचित्र पुरस्कार (१९८८-२०१४) रहेको छ। उनलाई यसै कारण महानायक भन्ने गरिएको छ। अभिनय क्षेत्र बाहेक समाजसेवामा पनि उनको सहभागिता रहेको छ। उनले अहिलेसम्मकै रोमान्चक भूमिकामा चलचित्र 'सकुन्तला'मा एउटी सशक्त महिलाको भूमिका निभाएका छन्।[५]

राजेश हमाल
राजेश हमाल सन् २०२२ मा
जन्मराजेश हमाल [१]
(1964-06-09) ९ जुन १९६४ (उमेर ५९)
पाल्पा, तानसेन, नेपाल
वासस्थानकाठमाडौँ, नेपाल
राष्ट्रियतानेपाली
अन्य नाम
  • राजेश दाई
  • शङ्कर
  • महानायक
शिक्षाभानुभक्त मेमोरियल स्कूल
चण्डीगढ विश्वविद्यालय (एम.ए)
पेशाअभिनेता, टेलिभिजन प्रस्तोता, समाज सेवी
कार्यकाल१९८५  – वर्तमान
जीवनसाथीमधु भट्टराई हमाल (सन् २०१४–हाल)[२][३]
पुरस्कारराष्ट्रिय नागरिक गोल्डेन अवार्ड
राष्ट्रिय चलचित्र पुरस्कार

सुरूवाती जीवन

उनी एक सम्पन्न नेपाली परिवारमा जन्मिएका हुन् । उनका पिता विभिन्न देशका लागि नेपालको तर्फबाट राजदुत भएका थिए । राजेश हमालले आफ्नो विद्यालय स्तरिय शिक्षा मस्कोबाट र उच्च शिक्षा (एम. ए अङ्ग्रेजी) भारतको पञ्जाब विश्वविद्यालयबाट पुरा गरेका हुन् । नेपालमा कक्षा ८ सम्म सेन्ट जेभियर स्कूलमा उनले अध्ययन गरेका थिए ।

अभिनय यात्रा

सर्वप्रथम सन् १९८५ मा भारतको फेसन नेट म्यागजिनमा र सन् १९८६ मा नेपालको काठमाडौँमा र्‍यापमा हिँडेर ग्ल्यामरमा प्रवेश सुरू गरेका थिए । एक वर्षमा उनले औसत १०-१२ वटा सम्म चलचित्रहरूमा उनले अभिनय गर्ने गरेका छन् भने सन् १९९४ मा उनले १६ वटा चलचित्र सम्ममा अभिनय गरेका थिए । १७० भन्दा बढी नेपाली र १ पाकिस्तानी चलचित्रमा उनले अभिनय गरेका छन् । आफूले गरेका चलचित्र मध्ये देवता र वसन्ती उनलाई सबैभन्दा मनपर्ने चलचित्रहरू हुन् । उनी नेपाली चलचित्रका महानायक मानिन्छन् ।

व्यक्तिगत जीवन

राजेशको जीवनमा धेरै जनासँग नाम जोडिए पनि (सन् २०१४) मात्र उनी विवाह बन्धनमा बाँधिएका छन् ।[६]

चलचित्रहरू

फोटो ग्यालरी

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Full Biography of Rajash Hamal :- https://www.youtube.com/watch?v=JgtNhQ-rLy0