रणबहादुर शाह

रणबहादुर शाह नेपालका शाहबंशीय राजा थिए। राजा प्रताप शाहको देहान्तपछि उनका अढाई वर्षका बालक छोरा रणबहादुर शाह नेपालको राजा भए। उनकी माता राजेन्द्रलक्ष्मीले अभिभावकका रूपमा नयाबी पद ग्रहण गरेर शासनको वागडोर हातमा लिइन्। राजेन्द्रलक्ष्मीको देहान्तपछि रण बहादुर शाहका काका तथा बडामहाराजाधिराज पृथ्वीनारायण शाहका महिला छोरा राजकुमार बहादुर शाहले रणबहादुरको नायवी ग्रहण गरे। रणबहादुर शाहलाई इतिहासकारहरूले अविवेकी, हतार गर्ने स्वभावका, सत्य असत्य छुट्टयाउने विवेक नभएका, अदूरदर्शी भनी टिप्पणी गरेका छन्। तर जीवनको उत्तरार्द्धमा यिनमा राजनीतिक व्यवहार विकसित भएको थियो।[स्रोत नखुलेको] १८६३ साल वैशाख महिनामा आफ्नै सहोदर भाइ शेरबहादुर शाहले हानेको खुकुरीको चोटबाट यिनको मृत्यु भयो।

रणबहादुर शाह
नेपालका राजा
Rana Bahadur Shah.jpg
शासनकाल१८३४ मंसिर ४ – १८५५ फाल्गुण २६
राज्याभिषेक१८३४ पौष[१]
पुर्वाधिकारीप्रतापसिंह शाह
उत्तराधिकारीगीर्वाणयुद्ध विक्रम शाह
वंशशाह वंश
पिताप्रतापसिंह शाह
माताराजेन्द्र लक्ष्मी देवी शाह
जन्म१८३२ जेठ १३
वसन्तपुर, नेपाल
मृत्यु१८६३ बैशाख १४ (३० बर्ष)
वसन्तपुर, नेपाल
धर्महिन्दु


नेपालको इतिहासमा बढ्ता भूल गर्ने राजा रणबहादुर शाह नै मानिन्छन् । उनको कार्यकालमा नेपालले लामो समयसम्म पीडा भोग्नुपर्यो । परराष्ट्र सम्बन्धको सन्तुलन बिग्रन गयो, नेपालको निर्माण गर्ने वीरहरूले कुनै सारपूर्ण कामबिना ज्यान गुमाउनु परेको थियो ।[२]

जीवनसम्पादन

बडा महाराजाधिराज पृथ्वीनारायण शाह का नाती तथा राजा प्रताप सिँह शाह का छोरा राजा रण बहादुर शाह सानैमा नेपालको राजा भएका थिए भने अत्यन्तै सन्की स्वभावका थिए।

राजेन्द्र लक्ष्मीको नायवीसम्पादन

यिनको बाल्यकालमा यिनकी माता रानी राजेन्द्र लक्ष्मीले यिनको नायबी ग्रहण गरी पश्चिममा तनहू, लम्जुंग तथा कास्कीको एकिकरण अभियान सञ्चालन गरेकी थिइन।

बहादुर शाहको नायवीसम्पादन

 
रणबहादुर शाहको तस्बार

रानी राजेन्द्रलक्ष्मीको देहान्त पछि रण बहादुर शाहका काका तथा बडामहाराजाधिराज पृथ्वीनारायण शाहका महिला छोरा राजकुमार बहादुर शाहले रणबहादुरको नायवी ग्रहण गर्दै नेपालको एकिकरण अगाडि बढाए। राजकुमार बहादुर शाहले पश्चिम नेपालको शक्तिशाली पाल्पा राज्यका राजाकी बहिनी सँग वैवाहिक संबन्ध बनाइ पश्चिम पर्वत देखि गुल्मी, अर्घा, खांची, रूकुम प्युठान, सल्यान, जाजरकोट, दैलेख, दुल्लु, जुम्ला, डोटी, अछाम, बझाङ, हुदै कुमाउ गढवाल हुदै सतलज नदी पारी गोरखाली पुगेका थिए। नेपाल एकिकरणको अभियानमा बहादुर शाहको नेतृत्वकाललाई स्वर्ण काल मानिन्छ। तर पछि बहदुर शाह जस्ता वीर र सुझबुझ पूर्ण नेतृत्व क्षमता भएका राजकुमारको रण बहादुर शाहको लहडबाजीमा जेलमा हाली मृत्यु गराइयो।

स्वतन्त्र राजा रणबहादुरसम्पादन

बहादुर शाहको हत्या पछी शासन आफ्नो हातमा लिएका रणबहादुरले शासन गर्न जानेनन् । उनी चंचल मतिका थिए । पछी छोरा गीर्वाणयुद्ध विक्रमलाई राजा बनाई जोगी बनेर हिंडे । जोगी बने पनि यिनी राजनीतिबाट अलग हुन् सकेनन् ।

मुख्तियार रणबहादुर शाहसम्पादन

रानीहरुसम्पादन

रणबहादुर शाहका तिनजना रानीहरु थिए । जेठी पत्नी राजराजेश्वरी, माइली पत्नी सुवर्णप्रभा, साइँली पत्नी कान्तिमति, काइँली पत्नी चन्द्रवती र कान्छी पत्नी ललितत्रिपुरसुन्दरी । ब्राह्मणकि छोरी कान्तिमतिप प्रती यिनको बढी प्रेम भएकोले यिनकै इच्छा अनुसार वि.सं.१८५५ आश्विन १९ गते गिर्वाणयुद्द विक्रम शाहलाई राजा घोषित गरि आफु काशीतिर लागे ।

मृत्युसम्पादन

१८६३ वैशाख १४ गते शुक्ल सप्तमी बिहीबारका दिन रातको १० बजे आर्थिक हिनामिना गरेको विषयमा भारदारी कचहरी त्रिभुवन खवासको घरमा राती बसेको थियो । रणबहादुरले दोषी देखिएका त्रिभुवन खवासलाई काट्न र आफ्नै भाइ शेरबहादुर शाहको आँखा फोर्न आदेश दिए ।[३] रिसको झोकमा रणबहादुर शाह उनकै भाइ शेरबहादुर शाहबाट काटिए भने शेरबहादुर शाहलाई तत्कालै रणबहादुर शाहका अंगरक्षक बम शाहकाजी बालनरसिंह कुँवरले ढाले र घिच्रो रेटे। त्यसै बेला भीमसेन थापा भात खाएर आइपुगे।

रणबहादुर शाहको लाससँगै १४ जना र पछि २ जना सती गए ।


सन्दर्भ सामग्रीहरूसम्पादन

  1. Royal Ark
  2. नेपालको तथ्य इतिहास राजाराम सुवेदी पृष्ठ १९०
  3. नेपालको तथ्य इतिहास राजाराम सुवेदी पृष्ठ २०२

बाह्य सूत्रहरूसम्पादन