विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/क्षेत्रप्रताप अधिकारी

क्षेत्रप्रताप अधिकारीसम्पादन

क्षेत्रप्रताप अधिकारी

क्षेत्रप्रताप अधिकारी (अङ्ग्रेजी: Kshetra Pratap Adhikary;(१९९९-२०७०) नेपालका एक बहुप्रतिभाशाली साहित्यकार तथा गीतकार हुन्। जीवनको उत्तरार्धमा गीतकारका रूपमा धेरै चर्चा परिचर्चा कमाएका उनलाई नारायण गोपालले गाएको म त लालीगुराँस भएछु..., मलाई छोडी मेरो छाया..., गोपाल योञ्जनले गाएको शान्तिभन्दा पर अर्को भेट्नुपर्ने बुद्ध छैन..., कुन्ती मोक्तानले गाएको गोठालो जाँदा... र पछिल्लो पटक रामकृष्ण ढकालले गाएको जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ, सबैभन्दा ठूलो कुरा मर्न बाँकी छ बोलको गीतले नेपालीका घर–घर र मन–मनमा पुर्‍यायो। पेशागतरुपमा महीनामा ३० रुपैयाँ तलब पाउने हुलाकको पियनबाट जागीर शुरु गरेका उनी साझा बसको कन्डक्टरदेखि साझा प्रकाशनको अध्यक्षसम्म भए।मूलतः गामवेसीका शब्दशिल्पी र मानवीय चाहतका कोमल प्रवक्ता अधिकारीले पंचायतको उत्तरार्द्धमा शिक्षा सहायकमन्त्रीको पदबाहर समेत समालेका थिए।

गीतकारका रूपमा प्रशिद्धि कमाएका अधिकारीले कवितासङ्ग्रह समेत प्रकाशित गरेका छन्। रहर लागेर (२०२४), गामबेसीका गीत (२०३४), पहाडेखि पहाडसम्म (२०४३), नफुलेका फूलहरू (२०५३), फेरि एउटा परिवर्तन (२०५५), तर देश हारिरहेछ (२०५७), अकविता (२०५८), युद्ध र छाया (२०६४) यिनका प्रकाशित कृतिहरू हुन्। (पूरा  पढ्नुहोस्...)

  • मुख्य सम्पादक: कृस दुलाल, नबिन सापकोटा
  • आवेदनकाे कारणहरू: लेखको आधार
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --

Symbol support vote.svg समर्थनसम्पादन

Symbol oppose vote.svg असमर्थनसम्पादन