विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/सचिन तेन्दुलकर

सचिन तेन्दुलकर सम्पादन गर्नुहोस्

सचिन तेन्दुलकर

सचिन तेन्दुलकर (/ˌsəɪn tɛnˈdlkər/ ( ); जन्म २४ अप्रिल १९७३) भारतको मुम्बईमा भएको हो। सचिन विश्व क्रिकेटको इतिहासमा विश्वकै सर्वश्रेष्ठ ब्याट्सम्यानहरूमा गनिन्छन् । उनले सन् १९८९ मा पाकिस्तान बिरुद्ध कराचीमा भएको टेस्ट खेलबाट आफ्नो खेल जीवनको प्रारम्भ गरेका थिए। उनले टेस्ट तथा एकदिवसीय क्रिकेट गरी दुवैमा सर्वाधिक रन तथा शतक बनाएका छन् । उनले टेस्ट क्रिकेटमा ४९ शतक तथा एकदिवसीय क्रिकेटमा ५१ शतक बनाएका छन् । उनी पुरुष समूहको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोहोरो शतक बनाउने पहिलो खेलाडी हुन् । उनी टेस्ट क्रिकेटमा सबैभन्दा धेरै १५,९२१ रन बनाउने एक मात्र खेलाडी हुन् । एकदिवसीय म्याचहरूमा पनि उनलाई सर्वाधिक रन बनाउने कीर्तिमान प्राप्त छ । उनले आफ्नो पहिलो प्रथम श्रेणी क्रिकेट म्याच मुम्बईको लागि १४ वर्षको उमेरमा खेलेका थिए ।

सन् २००२ मा आफ्नो करियरको आधा बाटोमै विज्डन क्रिकेटर्स अल्मानाकले उनलाई टेस्ट क्रिकेटको सबैभन्दा महान ब्याट्सम्यानको सूचीमा दोस्रो स्थानमा राखेको थियो, उनीभन्दा अगाडी अस्ट्रेलियाका डन ब्र्याडम्यान थिए । (पूरा  पढ्नुहोस्...)

  • मुख्य सम्पादक: निर्मल दुलाल ,बिप्लब आनन्द
  • आवेदनकाे कारणहरू: लेखको आधार
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
  • उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु ।
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:०५, ३१ जनवरी २०१६ (युटिसी(UTC))
समर्थनको आधारमा प्रमुख लेख चयन -बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ००:४३, १ फेब्रुअरी २०१६ (युटिसी(UTC))