शेरबहादुर देउवा

नेपाली काँग्रेस पार्टीका सभापति

शेरबहादुर देउवा नेपाली कांग्रेसका सभापति तथा नेपालका वर्तमान प्रधानमन्त्री हुन।[४] देउवा नेपाली काँग्रेसको संसदीय दलको समेत नेतृत्व गर्दै वि.सं. २०५२ सालमा पहिलोपटक नेपालको प्रधानमन्त्री बनेका थिए। पटक पटक गरी देउवा ५[५] पटक प्रधानमन्त्री बन्न सफल रहेका छन्।

Lodey ka
शेरबहादुर देउवा
Sher bahadur.jpg
४३ औँ प्रधानमन्त्री (नेपाल)[१] [२]
पद बहाली
वि.सं. २०७८।०३।२९
राष्ट्रपतिविद्यादेवी भण्डारी
पूर्वाधिकारीकेपी शर्मा ओली
कार्यकाल
वि.सं. २०७४।०२।२४ – २०७४।११।०३
राष्ट्रपतिविद्यादेवी भण्डारी
पूर्वाधिकारीपुष्पकमल दाहाल प्रचण्ड
उतराधिकारीकेपी शर्मा ओली
कार्यकाल
२०५२ भदौ २७ – २०५३ फागुन २९
शासकराजा वीरेन्द्र
पूर्वाधिकारीमनमोहन अधिकारी
उतराधिकारीलोकेन्द्रबहादुर चन्द
कार्यकाल
२०५८ साउन ११ – २०५९ असोज १८
शासकज्ञानेन्द्र शाह
पूर्वाधिकारीगिरिजा प्रसाद कोइराला
उतराधिकारीराजा ज्ञानेन्द्र शाह
कार्यकाल
२०६१ जेठ २१ – २०६१ माघ १९
शासकराजा ज्ञानेन्द्र
पूर्वाधिकारीसूर्यबहादुर थापा
उतराधिकारीराजा ज्ञानेन्द्र शाह
व्यक्तिगत विवरण
जन्म (१९४६-०६-१३) १३ जुन १९४६ (उमेर ७५)
२००३ जेठ ३१[३]
जीवन साथी(हरू)आरजु राणा देउवा

नेपाली काँग्रेसको विभाजन पछि उनी नेपाली कांग्रेस (प्रजातान्त्रिक)को सभापति थिए। काँग्रेस पुनर्मिलन पश्चात् उनी आफ्नो पार्टीसँगै नेपाली काँग्रेसमा गाभिएका छन्। शेरबहादुर देउवा चार पटक प्रधानमन्त्री रहिसकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुरा जिल्ला क्षेत्र नं. १ र कञ्चनपुर जिल्ला क्षेत्र नं. ४ बाट संविधानसभामा प्रतिनिधित्व गर्दछन्। वि.सं. २०४८,२०५१ र २०५६ का संसदीय निर्वाचनहरूमा डडेलधुरा जिल्ला क्षेत्र नं. १ बाट विजयी देउवाले गृहमन्त्रीको समेत जिम्मेवारी सम्हालिसकेका छन्। उनी माओवादी समस्या समाधानका लागि गठित उच्चस्तरीय समितिका अध्यक्ष थिए। प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका देउवा नेपाल विद्यार्थी सङ्घ (ने. वि. संघ)का प्रथम सभापति थिए र सुदूर पश्चिममा नेपाली कांग्रेसका सर्वाधिक प्रभावशाली व्यक्तित्व मानिन्छन्। राजनीतिक संघर्षका क्रममा उनले नौ वर्ष जेल जीवन बिताएका छन्। देउवाले नेतृत्व गरेको जननिर्वाचित सरकारलाई तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ सालमा "असक्षम"को आरोप लगाई विघटन गरेका थिए भने उनैले दुई वर्ष पछि वि.सं. २०६१ सालमा पुनः प्रधानमन्त्री नियुक्त गरेका थिए। पार्टीको अन्तरिक द्वन्द्वका क्रममा देउवाले आफ्नो नेतृत्वमा वि.सं. २०५९ सालमा नेपाली कांग्रेस (प्रजातान्त्रिक)को गठन गरेका थिए भने वि.सं. २०६४ सालमा सो पार्टीको नेपाली कांग्रेससँग एकीकरण भयो र उनी वरिष्ठ नेतामा स्थापित भए। प्रजातन्त्र प्रतिको अटुट लगाव र तदनुरूप संघर्ष तथा व्यक्तित्व र आचरणका कारण जनताले आफूलाई सधैँ विजयी गराउँदै आएको मान्ने देउवा संविधान सभामा लोकतन्त्रको संस्थागत विकासका लागि क्रियाशील हुने बताउछन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एम्. ए. गरेका उनी देउवा सोही विषयमा लन्डन स्कूल अफ इकोनमिक्सका रिसर्च फेलो रहिसकेका छन्। देउवा hun हुन् र उनकी श्रीमती आरजु राणा देउवा पनि संविधान सभा सभासद् थिए।[६]

पारिवारिक पृष्ठभूमि[७]सम्पादन

डडेल्धुरा जिल्लाको पश्य गर्खा क्षेत्रमा एक सम्पन्न परिवारको रूपमा रहेको शेर बहादुर देउवाको परिवारलाई डडेल्धुरा क्षेत्रमा ठकुरी देउवा परिवार भनेर चिन्दछन। डोटी पचनाली, लुलानी मल्ल, डोटी बोगटानी बम र बोगटी रजवारसंग मात्र बैबाहिक सम्बन्ध गर्ने यो परिवार सम्पन्न र जागिरदार परिवारको रूपमा ऐतिहासिक कालदेखि चिनिदै आएको परिवार हो। डोटी राज्यकालमा डडेल्धुराको "पश्यगर्खा क्षेत्र" यिनैको अधिनमा थियो । चन्द्रवंशी, कश्यप गोत्रीय यी देउवाको कुलको देवता बडालको गन्याप लाटो (गणेश) र अशिग्राम केदार हो। जानकारी भए अनुसार डोटी राज्यकालमा चर्चित बनेका कुसलसिंह देउवा रजवारका दुई पुत्र जेठा गोमनसिंह देउवा रजवार र कान्छा बहादुर सिंह देउवा रजवार हुन्। जेठा गोमन सिंह देउवा रजवारका एक पुत्र उदैसिंह देउवा रजवार भए उदैसिंह देउवा रजवारका एक पुत्र प्रसादसिंह देउवा रजवार हुन्। प्रशादसिंह देउवा रजवारका दुई श्रीमती (डडेल्धुरा गणेशपुर मैरोड़ाका मल्लकुलकी छोरी धनादेबी (मल्ल) देउवा र डोटी बोगटानका बम कुलकी छोरी द्रोपती (बम) देउवा)बाट ३/३ छोराहरु गरेर ६ छोराहरु क्रमश शेरबहादुर देउवा, लोकबहादुर देउवा, गणेशबहादुर देउवा, प्रेमबहादुर देउवा, ललितबहादुर देउवा र बलबहादुर देउवाको जन्म भयो । यी ६ भाइ मध्ये जेष्ठ पुत्र शेरबहादुर देउवा राजनीतिमा सफल व्यक्तित्व बन्न पुगे शेरबहादुर देउवाका एक पुत्र जयबिर देउवा छन्। शेरबहादुरका भतिजा शिवबहादुर देउवा नेपाली सेनामा बरिष्ट क्याप्टन हुँदै मेजरको रूपमा लोकप्रिय अधिकृत भएर सेवा दिरहेका छन्। माईला लोकबहादुर देउवाका पुत्र भानबहादुर देउवा (भानु देउवा) शेरबहादुर देउवाका पिए (स्वकीय) सचिब छन्। निडर, निस्कपटी भावना भएका शेरबहादुर देउवा नेपालको प्रधानमन्त्री र एउटा ठूलो राजनीतिक पार्टीको प्रमुख ब्यक्ति बन्न सफल भएर आफ्नो पुर्खाको बीरताले भरिएको, वीरगाथा, चैत गीत धमारीमा समेटिएको देउवा कुलकै गौरव र इतिहास बचाउन पनि सफल बने भन्ने मान्यता जानकारहरु राख्दछन। देउवाहरु डडेल्धुराको रुवाखोला, कुमाऊ बंडालु, पिथौड़ागड, सोर, चंदेनी र डोटी गड्सेरा देउवान क्षेत्रमा गरी झन्डै ५०० परिवारको संख्या (कुमाऊ क्षेत्रमा -२००, डोटी गड्सेरा देउवान क्षेत्रमा १५०, र रुवाखोला क्षेत्रमा १५०)मा फैलिएर रहेका छन् । कुमाऊमा भारतीय सेनाका अधिकृत, डाक्टर, इन्जिनियर छन्। नेपालमा आफ्नो कुलको व्यक्ति शेरबहादुर देउवा देशको प्रधानमन्त्री बनेकोमा गौरव गर्छन।

युवावस्थासम्पादन

एउटा विकट सिथानमा जन्मेर पनि शेर बहादुर देउवाले आफ्नो जीवन गरिव, पिछडिएको समाज, जाति, बर्ग, देशको निम्ति समर्पण गरेको पाइन्छ । डडेल्धुरा जिल्ला अशिग्राम गाउँ विकास समितिको रुवाखोला जस्तो बिकट स्थानमा जन्मेका शेर बहादुर काठमाडौँ अध्यन गर्ने सिलसिलामा प्रजातन्त्रको निम्ति संघर्ष गर्दा तत्कालीन पंचायती राज्यको शिकार भएका थिए। उनले आफ्नो युवा अवस्था प्रवासमै बिताउनु पर्यो। युवा अवस्थाको अन्तिम जवानीमा नेपाल फर्केका शेर बहादुर देउवाको लागि नेपाली कांग्रेसको राजनीति सफल बन्यो उनी देशको गृहमन्त्री हुँदै प्रधानमन्त्रीसम्म बन्न सफल भए। यही राजनीतिले गर्दा योग्य शिक्षित पढेलेखेकी जीवन संगिनीसंग वहाको लगन गाठो जोडियो।

राजनीतिक जीवनसम्पादन

देउवा कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको प्रेरणाबाट राजनीतिमा होमिएका थिए । खासगरी वि. सं. २०१७ को राजनीतिक घटनाक्रम पछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर रूपमा सक्रिय उनी नेपाल विद्यार्थी संघका प्रथम निर्वाचित सभापति एवम् संस्थापक सदस्य हुन् । वि. सं. २०२८ मा उनी नेपाल विद्यार्थी संघको सभापतीमा चुनिएका थिए । वि. सं २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा डडेल्धुरा जिल्लाबाट निर्वाचित उनी वि. सं २०६४ र वि. सं २०७० सालमा भएको संविधान सभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर जिल्लाकैलाली जिल्लाबाट समेत विजयी भएका थिए ।[८]

प्रतिपक्षी दलका नेता (२०५१-५२ )सम्पादन

२०५१ मा गिरिजा प्रसाद कोइरालाले संसद विघटन गरि मध्यावधि निर्वाचन घोषणा गरे। २०५१ को मध्यावधी निर्वाचनमा नेपाली कांग्रेस दोस्रो भएपछी शेरबहादुर देउवा संसदीय दलको नेता भए। कुनै पार्टीको स्पष्ट बहुमत नआए पछि २०५१ मंसिर १४ मा सबैभन्दा ठूलो दल नेकपा एमालेको तर्फबाट संसदको सबैभन्दा टूलो दलको हैसियतले मनमोहन अधिकारीले अल्पमतको सरकारको नेतृत्व गरे। [९] २०५२ जेठ ३० मा प्रधानमन्त्री अधिकारीले राजा वीरेन्द्र समक्ष २०५२ मंसिर ७ मा प्रतिनिधि सभाको निर्वाचन मिती तोकेर संसद विघटनको प्रस्ताव गरे। अघिकारीले सरकारलाई काम गर्न नदिइएकाले सार्वभौम सत्ता सम्पन्न जनतामा जानुपर्ने राजनैतिक आवश्यकता रहेको तर्क दिएका थिए। प्रधानमन्त्रीको सिफारिसमा संसद विघटन भयो।[१०] यो कदम विरुद्ध सर्वोच्च अदालतमा मुद्धा पर्‍यो। २०५२/ भाद्र /१२ मा अदालतले सरकारको निर्णय उल्ट्यायो।[११] त्यसपछी २०५२/ भाद्र /२५ मा अघिकारीले राजीनामा दिए।[१२]

पहिलो प्रधानमन्त्रीकाल (बि.सं. २०५२-५३)सम्पादन

२०५२ भदौ २६ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा देउवा पहिलो पटक प्रधानमन्त्री भएका थिए। सो पार्टीले समर्थन फिर्ता गरेपछि २०५३ फागुन २६ मा देउवा प्रधानमन्त्री पदबाट हटेका थिए।

उनको पहिलो कार्यकाल पजेरो काण्ड, सुरासुन्दरी काण्ड, सांसदलाई बैंकक पुर्याएको जस्ता घटनाले बदनाम भएको थियो। नेपाल र भारत बीचको महाकाली सन्धी उनकै कार्यकालमा भएको थियो। यो सन्धि संसदबाट पास गर्ने सन्दर्भमा प्रतिपक्षी नेकपा एमालेमा बिभाजन आयो।

दोस्रो प्रधानमन्त्रीकालसम्पादन

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजालाई थाहा नै नदिई माओवादी विरुद्ध सेना परिचालन गरेका थिए। प्रधानसेनापतिले सो कुरा राजामा जाहेर गरे। त्यो कुरा थाहा पाएर राजा ज्ञानेन्द्र गिरिजाप्रसाद कोइरालासँग आक्रोशित भए र गिरिजाको राजिनामा माग गरे। गिरिजाप्रसाद कोइरालाको राजीनामा पछि २०५८ साउन ७ मा शेरबहादुर देउवा प्रधानमन्त्री भए।

उनको प्रधानमन्त्रीकालमा सङ्कटकाल घोषणा भयो र माओवादी विरुद्ध सेना परिचालन भयो।

संकटकालसम्पादन

२०५८ मंसिर ८ माओवादीले सेनामाथि पहिलो हमला गरे। दाङको घोराही माओवादी छापामारले सेना, प्रहरी र निजामती अड्डाहरूमा एकसाथ आक्रमण गरे। त्यसक्रममा मेजर नरेश उप्रेती सहित १४ सैनिक, सात प्रहरी र सात माओवादी मारिए। झन्डै २२५आधुनिक हातहतियार, पचासौं हजार गोली, ८० क्विन्टल जिलेटिन सहित १२ गाडी सामान लुटेर लैजान माओवादी सफल भए। त्यसैल रात माओवादीले स्याङ्जामा र तीन दिनपछि सोलुखुम्बुमा हमला भयो।

सेनामाथि हात हालेपछि विद्रोहीलाई सरकारले आतङ्ककारी घोषित गर्दै देशव्यापी सङ्कटकाल लगायो र फौजी कारबाही शुरु गर्यो।

संसद विघटनसम्पादन

संसदले सङ्कटकाल नलम्बाउने र देउवा माथि अविस्वास प्रस्ताव ल्याउने तयारी गर्दै गर्दा उनले राजा ज्ञानेन्द्र समक्ष २०५९ जेठ ८ संसद विघटन गर्न सिफारिस गरे।

पार्टी विभाजनसम्पादन

राजा समक्ष संसद विघटन सिफारिस गरेपछि नेपाली कांग्रेसले देउवालाई साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्कासन गर्यो। गिरिजाप्रसाद कोइराला पार्टी सभापति थिए। कोइरालाले पार्टीको निर्णयविपरीत संसद विघटन गरेको भन्दै देउवालाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिदिए।

नेपाली काङ्ग्रेस भित्रको अन्तरिक द्वन्द्वका क्रममा देउवाले आफ्नो नेतृत्वमा वि.सं. २०५९ सालमा नेपाली कांग्रेस (प्रजातान्त्रिक)को गठन गरेका थिए भने वि.सं. २०६४ सालमा सो पार्टीको नेपाली कांग्रेससँग एकीकरण भयो र उनी वरिष्ठ नेतामा स्थापित भए।

तेस्रो प्रधानमन्त्रीकाल (२०६१-२०६१)सम्पादन

देउबा २०६१ जेठ २१ मा तेस्रोपटक प्रधानमन्त्री बनेका थिए। त्यतिबेला देउबाले "गोर्खाली राजाबाट न्याय पाएं" भनेर खुसी व्यक्त गरेका थिए। उनीमाथि चुनाव गराउने जिम्मेवारी थियो। नेकपा एमाले पनि त्यति बेला प्रतिगमन आधा सच्चियो भनेर सरकारमा सामेल भएको थियो।

बर्खास्तसम्पादन

तर देशमा भइरहेको सशस्त्र द्वन्द्वका कारण चुनाव हुन सकेन र राजा ज्ञानेन्द्रले देउबालाई चुनाव गर्न असक्षम भन्दै १९ माघ २०६१ मा बर्खास्त गरे।

चौथो प्रधानमन्त्रीकाल (२०७४-२०७४)सम्पादन

वि.सं २०७४ जेष्ठ २४ बुधवार ,शेरबहादुर देउवा  प्रधानमन्त्री निर्वाचित भए ।[१३] देउवाको उम्मेदवारीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल , नेपाल लोकतान्त्रिक फोरम ,सङ्घीय समाजवादी फोरम, नेपाल र अन्य सङ दलले समर्थन गरेका थिए भने सबैभन्दा ठुलो सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) थियो । सपथ ग्रहण पछि, देउवाले सहयोगी दलहरूको साथमा नया सरकार गठन गरे । वि.सं २०७४ असोज ३१, प्रतिनिधिसभा निर्वाचन, २०७४ को अगाडि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) सँग सहकार्य गर्ने निर्णय गर्यो । त्यसपछी प्रधानमन्त्री देउवाले सो दलका सबै मन्त्रिहरूलाई जिम्मेवारी बिहिन बनाए ।[१४][१५]

प्रतिपक्षी दलका नेता (२०७५-२०७८)सम्पादन

केपी ओलीको दोस्रोतेस्रो मन्त्रीमण्डलमा देउवा प्रतिपक्षी दलका नेता निर्वाचित भएका थिए। राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री नियुक्तिको आह्वान गर्दा देउवाले नेकपा एमालेका विद्रोही सांसद सहित १४९ सांसद को समर्थनमा प्रधानमन्त्रीमा दावी गरेका थिए। तर नेकपा एमालेबाट केपी ओलीको पनि दाबी रहेपछि रास्ट्रपतिले दुवै दाबीलाई खारेज गरी केपी ओलीलाई नै प्रधानमन्त्री कायम गरिन्।

पाँचौ प्रधानमन्त्रीकाल (२०७८-)सम्पादन

 
२०७८ असार २९ मा शेरबहादुर देउवा पाँचाैंपटक प्रधानमन्त्री नियुक्त [१६]

बि.सं २०७८ जेठ ७ मा ओली मन्त्रीमण्डलले प्रतिनिधि सभा बिघटन सिफारिस गर्यो। १४९ सांसदले देउवालाइ प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरियोस् भनेर सर्वोच्च अदालतमा रिट दायर गरे। २०७८ जेठ २८ मा संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको प्रधानमन्त्रीका लागि आह्वान भएपछि १ सय ४९ सांसदको हस्ताक्षरसहित दाबी गरेका आधारमा देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको थियो। २०७८ असार २९ अपरान्ह ५ बजेभित्र देउवालाई नियुक्त गरिसक्न राष्ट्रपति कार्यालयका नाममा परमादेश जारी गरेको थियो।

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "शेरबहादुर देउवा: विद्यार्थी राजनीतिदेखि पाँचौँ पटक प्रधानमन्त्रीसम्म", https://www.bbc.com/nepali, अन्तिम पहुँच १३ जुलाई २०२१ 
  2. "देउवा प्रधानमन्त्री नियुक्त, सपथको तयारी", https://www.setopati.com/, अन्तिम पहुँच १३ जुलाई २०२१ 
  3. http://lokaantar.com/biswo/14881/ सिंहदरबारमा चौथो इनिङ, को हुन् शेरबहादुर देउवा ?
  4. https://www.bbc.com/nepali/news-57803101
  5. "देउवा प्रधानमन्त्री नियुक्त, ६ बजे शपथ", https://ekantipur.com/, अन्तिम पहुँच १३ जुलाई २०२१ 
  6. संविधान सभा निर्वाचन पोर्टल
  7. सम्माननीय श्री शेरबहादुर देउवा, उनका सहोदर माईला भाइ लोकबहादुर देउवा,उनका पुरोहित र रोखोला, डोटी कुमाऊ क्षेत्रको मान्यता र बास्तबिकता अनुसार
  8. "कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित", अनलाइनखबर, अनलाइनखबर, अन्तिम पहुँच २०७४ जेठ २३ 
  9. २०५१ मंसिर १४ को राजपत्र
  10. २०५२ जेठ ३० को राजपत्र
  11. निर्णय नं. ०२ - उत्प्रेषणयुक्त परमादेश
  12. २०५२ भाद्र २५ को राजपत्र]
  13. [१] देउवा प्रधानमन्त्री निर्वाचित
  14. https://www.kantipurdaily.com/ampnews/2017-10-03/20171003134609.html एमाले–माओवादी तालमेल घोषणा आज ५ बजे
  15. http://www.khabarabhiyan.com/?p=7740 किन एकाएक रोकिए माओवादी मन्त्री ?
  16. "देउवा प्रधानमन्त्री नियुक्त, ६ बजे शपथ" 

बाह्य कडीहरूसम्पादन