कुन्ती मोक्तान

नेपली गायिका

कुन्ती मोक्तान (सुन्दास) नेपाली गायिका हुन्। नेपाली लोक शैलीलाई आधार बनाएर आधुनिक गीत गाउने कुन्ती मोक्तानका खुट्टा तान्दै गर, माथि माथि सैलुङ्गेमानिष्ठुरी मायालु जस्ता गीतहरूले निकै मनपराईएका गीतहरू हुन।

कुन्ती मोक्तान
कुन्ती मोक्तान एक कार्यक्रममा आफ्नो श्रीमानको साथमा
व्यक्तिगत विवरण
वास्तविक नामकुन्ती सुन्दास
जन्म२०१९ असार २७
दार्जीलिङ, भारत
विधालोक, आधुनिक
पेशागायिका
सक्रिय वर्ष२०३३–हाल

शिलाबहादुर मोक्तानसँग विवाहित कुन्तीको सफलताका भाग शिलाबहादुर मोक्तान पनि हुन्, जसको सृजनाले उनल गाएका गीतहरू उत्कृष्ट मानिएका छन्।

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

कुन्ती मोक्तानको जन्म भारतको दार्जिलिङमा भएको थियो। उनी १९८३ मा सङ्गीतमा आफ्नो कार्यकाल शुरु गर्नको लागि नेपालको राजधानी काठमाडौँ आइन्। पछि उनले नेपाली सङ्गीतकार एवम् गीतकार शिलाबहादुर मोक्तानसँग विवाह गरिन्। उनका दुई छोरीहरू शीतल र शुबानी मोक्तान पनि सङ्गीत क्षेत्रमै कार्यरत छन्।[१]

सङ्गीतीक कार्यकाल सम्पादन गर्नुहोस्

कुन्तीले सानो उमेरबाटनै गायन क्षेत्रमा रुचि राख्दथिन्। उनले आफ्नो सङ्गीत यात्रा, भारतको दिलाराम स्थित सेन्ट जेभियर्स विद्यालयबाट शुरु गरेकी थिइन्।[२] कक्षा ८ मा, उनले दार्जिलिङको कुर्सियाङ्गमा रहेको आकाशवाणी नामक रेडियो स्टेसनमा स्वर परीक्षण पार गरेकी थिइन् र १५ वर्षको उमेरमा आकाशवाणी (अखिल भारतीय रेडियो)सँग पहिलो गीत र रेडियो नेपालमा दोस्रो गीत १९८० मा १८ वर्षको उमेर छँदा रेकर्ड गराएकी थिइन्।[३] दुबै कुन्ती र उनका श्रीमान शिलाबहादुरले सोनादाका जगदीश चन्द्र राईबाट सङ्गीत सिकेका थिए। भारत, संयुक्त राज्य अमेरिका, जापान, बेलायत, हङकङ, जर्मनी, स्विट्जरल्याण्डदक्षिण कोरिया गरी कुन्तीले अहिलेसम्म लगभग २० वटा भन्दा बढी देशहरूमा आफ्नो प्रस्तुति दिइसकेकि छिन्।[४] गायन बाहेक, उनी हार्मोनियम बजाउन पनि अब्बल छिन्। उनका केही लोकप्रिय गीतहरूमा खुट्टा तान्दै गर, चोली राम्रो पाल्पाली ढाकाको, सुनकै भाउ छ, भन्छन् कोही जिन्दगी यो, माथि माथि सैलुङ्गेमाडाली डालीमा आदि पर्दछन्।

एल्बमहरू सम्पादन गर्नुहोस्

  • कहिले काँही
  • मायालु लाई
  • मेरो मन
  • कृति
  • कुसुम
  • कमेरो
  • सैलुङ्गे
  • मनको सपना
  • चोली राम्रो
  • निष्ठुरी मायालु

पुरस्कारहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "पारिवारिक जानकारी", वेभ म्याग, अन्तिम पहुँच ११ मार्च २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०१-२७ मिति
  2. "कुन्ती मोक्तान", वेभ म्याग, अन्तिम पहुँच ११ मार्च २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१०-०७-०७ मिति
  3. "यस्तो छ लोकप्रिय गायिका कुन्ती मोक्तानको जीवनकथा", २ अषाढ २०७५, अन्तिम पहुँच ६ फागुन २०७५ [dead link]
  4. "कुन्ती मोक्तानको कुसुम एल्बम", नेपाली म्याटर्स, अन्तिम पहुँच ११ मार्च २०१२ 
  5. "छिन्नलता *पुरस्कार", सङ्गीत संसार डटकम, अन्तिम पहुँच ११ मार्च २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०५-०५ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्