बङ्गाली जाति (बङ्गाली: বাঙালি জাতি) दक्षिण एसियाको एक विशेष हिन्द-आर्य जातीय समूहको नाम हो। बङ्गाली जातिको स्थानीय जनसङ्ख्या बङ्गलादेशभारतको पश्चिम बङ्गाल, त्रिपुरा, बाराक उपत्यका, तल्लो आसाममणिपुरका केही भागहरूमा विभाजित छन्।[२८] तिनीहरूमध्ये अधिकांशले बङ्गाली भाषा बोल्दछन् जुन हिन्द-इरानी भाषाहरूको एक विशेष भाषा हो।

बङ्गाली
जम्मा जनसङ्ख्या
२८.५ करोड [१][२]
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
 बङ्गलादेश १६,७८,८५,६८९[३]
 भारत १०,७२,२८,९१७[४][५]
 पाकिस्तान५०,००,०००[६][७][८][९]
 साउदी अरब१३,०९,००४[१०]
 संयुक्त अरब इमिरेट्स१०,८९,९१७[११]
 संयुक्त अधिराज्य४,५१,०००[१२]
 कतार२,८०,०००[१३]
 संयुक्त राज्य अमेरिका२,५७,७४०[१४][१५]
 मलेसिया२,२१,०००[१६]
 कुवेत२,००,०००[१७]
 इटाली१,३५,०००[१८]
 सिङ्गापुर१,००,०००[१९]
 बहराइन९७,११५[२०]
 क्यानडा६९,४९०[२१]
 अस्ट्रेलिया५४,५६६[२२]
 नेपाल२१,०६१[२३]
 जापान१७,४६३[२४]
 दक्षिण कोरिया१३,६००[२५]
 इन्डोनेसिया८,०००[२६]
 आयरल्यान्ड८,०००[२७]
भाषाहरू
बङ्गाली र यसको उपभाषा
अरबी বা संस्कृत (धार्मिक क्षेत्रमा)
अङ्ग्रेजी, उर्दु[क]
धर्महरू
इस्लाम - १९.२ करोड(६७%)
हिन्दु - ९.१ करोड (३२%)
अन्य बौद्ध , इसाई - ०.५ करोड (१%)
सम्बन्धित जातीय समूह
हिन्द-आर्य जाति

चिनियाँ र अरबी जाति बाहेक बङ्गालीहरू विश्वको तेस्रो ठूलो जातीय समूह हो र तिनीहरू हिन्द-युरोपेलीहरूमध्ये सबैभन्दा ठूलो जातीय समूह हुन्।[२९]अण्डमान र निकोबार द्वीपको जिन्जिरामा आफ्नो पैतृक क्षेत्रबाहेक बङ्गालीहरूको बाहुल्यता भारतको केही क्षेत्रहरूमा रहेको छ। नेपालको कोशी प्रदेश, भारतको अरुणाचल प्रदेश, दिल्ली, उडिसा, छत्तीसगढ, झारखण्ड, मेघालय, मिजोरम, नागाल्याण्ड, उत्तराखण्डमा बङ्गालीहरूको ठूलो जनसङ्ख्या रहेको छ।[३०] मध्यपूर्व, पाकिस्तान, बर्मा, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका, मलेसिया, इटाली, सिङ्गापुर, माल्दिभ्स, क्यानडा, अस्ट्रेलिया, जापानदक्षिण कोरियामा बङ्गालीको सुस्थापित समाजहरू रहेका छन्।

बङ्गाली धार्मिक सम्बद्धता र अभ्यासको हिसाबले एक विविध जातीय समूह हो। हाल ६७ प्रतिशत बङ्गालीहरू इस्लाम धर्मको पालन गर्दछन् भने यसबाहेक त्यहाँ इसाईबौद्ध समुदायहरूको साथसाथै ठूलो हिन्दु अल्पसङ्ख्यक पनि रहेको छ। इतिहासका हरेक प्रमुख राष्ट्रजस्तै बङ्गालीहरूले पनि कला र वास्तुकला, भाषा, लोककथा, साहित्य, राजनीति, सेना, व्यापार, विज्ञानप्रविधिजस्ता विभिन्न क्षेत्रमा ठूलो प्रभाव र योगदान दिएका छन्।

नामको व्युतपत्ती

सम्पादन गर्नुहोस्
 
चार्यपल, बङ्गाली भाषाको प्रारम्भिक सङ्केत

बङ्गाली शब्दले त्यस्तो व्यक्तिको वर्णन गर्दछ जसको भाषिक, वंशाणुगत र साँस्कृतिक पहिचान मुख्यतया बङ्गालसँग सम्बन्धित छ। यो हिन्द-आर्य जाति अन्य गैर-हिन्द आर्य जातिभन्दा फरक छ। बङ्गाली शब्दको उत्पत्ति बङ्गला नामक एक फारसी शब्दबाट भएको हो जसले बङ्गला नामक एक क्षेत्रलाई जनाउँदछ। मुसलमानहरूको फैलावट हुनुपूर्व बङ्गला भनिने कुनै क्षेत्र नभएको र यो क्षेत्र धेरै भू-राजनीतिक उप-राज्यहरूमा विभाजित थियो। यस्ता क्षेत्रहरू दक्षिणमा बङ्ग (जसको नामबाट बङ्गाल शब्द आएको विश्वास गरिन्छ), पश्चिमी क्षेत्रमा राट, उत्तरमा पुण्ड्रवर्धन वा वरेन्द्र र पूर्वी क्षेत्रमा समतट वा हरिकेलमा विभाजित थियो। प्राचीन कालमा यस क्षेत्रका मानिसहरूले यी विभाजनहरूको नामकरण गरेर आफ्नो साँस्कृतिक पहिचान दिने गर्दथे। महाभारत जस्ता वैदिक ग्रन्थहरूमा पुण्ड्र नामक राष्ट्रको उल्लेख गरिएको छ।

इब्राहिमी र भारतीय धर्मका इतिहासकारहरू प्राचीन बङ्गाल साम्राज्यको स्थापना बङ्ग नामका एक व्यक्ति थिए जो यस क्षेत्रमा बसोबास गर्थे भनेर विश्वास गर्छन्। इब्राहिमी वंशावलीकारहरू बङ्ग नूहका छोरा र हामका नाति हुन् भनी विश्वास गर्थे।[३१][३२] 'बङ्ग' शब्दको पहिलो उल्लेख ईसापूर्व ३० मा 'ऐतरेय अरण्यक' पुस्तकमा पाइन्छ। मुगल बादशाह अकबरका सभासद अबुल फजल इबन मुबारकले आफ्नो पुस्तक ऐनेे-अकबरीमा देशबाचक बङ्गला शब्दको प्रयोग गरेका थिए। भारतीय इतिहासकार गोलम हुसेन सेलिमको रियाजस सलातीनमा पनि बङ्गाल श्ब्दको उत्पत्ति बारे वर्णन गरिएको छ।[३१][३२]

सन् १३५२ मा शमसुद्दिन इलियास नामक एक मुस्लिम कुलीन व्यक्तिले शाही बङ्गाल नामक सल्तनतको स्थापना गर्दै यसको विभाजित क्षेत्रलाई पहिलोपटक एकताबद्ध गरेका थिए। इलियास शाहले बङ्गाली उपाधि ग्रहण गर्दा यस युगमा बङ्गाली भाषा राज्यको सहयोगमा साहित्यिक विकासलाई प्रमाणित गर्ने पहिलो भाषा बनेको थियो।[३३][३४] यसरी इलियास शाहले यस क्षेत्रका जनताको सामाजिक र भाषिक पहिचानलाई औपचारिक रूपमा "बङ्गाली" नाममा रूपान्तरण गरेका थिए।

प्राचीन इतिहास

सम्पादन गर्नुहोस्

पुरातत्त्वविद्हरूले बृहत्तर बङ्गाल क्षेत्रमा ४,००० वर्षभन्दा पुरानो ताम्रापाषण युगका सभ्यताहरू फेला पारेका छन् र उनीहरूको अनुसार यो खोज यस क्षेत्रमा बसोबासको प्रारम्भिक सङ्केतहरू मध्ये एक हो भनेर विश्वास गरेका छन्। राङ्गमाटी जिल्ला र फेनी जिल्लामा ढुङ्गाबाट बनाइएका औजारहरू तथा हाते बन्चरोहरू धेरै पुरानो पाषणयुग अन्तर्गत बस्तीहरूमा फेला गरेका थिए। पुरातात्विक तथ्यहरूले हालको नरसिङ्दी क्षेत्रमा वारी-बटेश्वर सभ्यताको विकास ईसापूर्व २००० भएको हो भनेर जनाउँदछ।[३५] नदीबाट केही टाढा बन्दरगाह-सहर प्राचीन रोम, दक्षिणपूर्व एसिया र अन्य क्षेत्रहरूसँग विदेशी व्यापारमा संलग्न भएको विश्वास गरिन्छ। यस सभ्यताका मानिसहरू इँटाभट्टाका घरहरूमा बस्थे, चौडा गल्लीहरूमा हिंड्थे, चाँदीका सिक्काहरू र फलामका हतियारहरू प्रयोग गर्दथे। यो बङ्गालको सबैभन्दा पुरानो सहर र सम्पूर्ण उपमहाद्वीपको पूर्वी भागमा मानिन्छ।

दक्षिण बङ्गालमा बङ्गाल राज्यको स्थापनाको समयमा लगभग १००० ईसापूर्वमा, बङ्ग नामक एक व्यक्ति यस क्षेत्रमा बस्न थालेपछि भएको विश्वास गरिन्छ। अथर्ववेद र हिन्दू महाकाव्य महाभारतमा उत्तर बङ्गालको पुण्ड्रा राज्यसँगै यस राज्यको पनि उल्लेख गरिएको छ। मौर्य साम्राज्यको विस्तार र सम्राट अशोकद्वारा बौद्ध धर्मको प्रचार-प्रसारले ईसापूर्व दोस्रो शताब्दीदेखि यस क्षेत्रका मानिसहरूमा बढ्दो बौद्ध समाजको विकास गरेको थियो।[३६] मध्य प्रदेशको सान्चीको स्तूपसम्म धेरै मौर्य स्मारकहरूले यस क्षेत्रका मानिसहरूलाई बौद्ध धर्मको अनुयायीको रूपमा उल्लेख गरेका छन्। यस क्षेत्रका बौद्धधर्मावलम्बीहरूले केही गुम्बाहरू निर्माण गरे र दक्षिण भारतको नागार्जुनकोन्डासम्म उनीहरूको धार्मिक प्रतिबद्धताहरूको लागि मान्यता प्राप्त गरेका थिए।[३७]

विदेशी लेखनमा बङ्गालको पहिलो उल्लेख लगभग १०० ईसापूर्व युनानीहरूको लेखनमा देख्न सकिन्छ। गङ्गाको मैदानी इलाकामा बसोबास गर्ने गङ्गारिदाई (गङ्गाको हृदय) नामक राष्ट्रको वीरताको बारेमा सुनेर महावीर सिकन्दर बिपाशाको पश्चिमी किनाराबाट आफ्नो विश्व विजयलाई अधुरो छोडेर फर्केको वर्णन गरिएको छ।

भौगोलिक विस्तार

सम्पादन गर्नुहोस्
 
शेख दीन मुहम्मदलाई युरोपेलीहरूसँग स्याम्फु प्रवर्तन गर्ने श्रेय दिइन्छ।
 
बङ्गालीहरूको ठूलो सङ्ख्या लन्डनको ब्रिक लेनमा बसोबास गर्दछ।
 
मिर्जा शेख इतेशामुद्दीन युरोपको भ्रमण गर्ने पहिलो उच्च शिक्षित बङ्गाली तथा दक्षिण एसियाली व्यक्ति थिए।

बङ्गलादेशमा बङ्गालीहरू सबैभन्दा ठूलो जातीय समूह हो जसले कुल जनसङ्ख्याको ९८ प्रतिशत ओगटेको छ। भारतको जनगणनाले जातीयतालाई मान्यता नदिएपनि सिआइए फ्याक्टबुकको अनुमानअनुसार भारतमा १० करोड बङ्गालीहरू रहेका छन् जुन देशको कुल जनसङ्ख्याको ७% हो।[३८] पश्चिम बङ्गाल बाहेक, बाराक उपत्यका र आसामको तल्लो क्षेत्रहरू, साथै त्रिपुरामणिपुरका केही भागहरूमा बङ्गालीहरूको जनसाङ्ख्यिकीय बहुमत रहेको छ।[३९] त्रिपुरा र बङ्गालको खाडीमा अवस्थित अण्डमान र निकोबार द्वीपसमूहहरूमा बङ्गाली बहुल जनसङ्ख्याको आवास क्षेत्र हो जसमध्ये अधिकांश पूर्वी बङ्गालबाट (हाल बङ्गलादेश) आएका हिन्दूहरूका वंशजहरू हुन् जो सन् १९४७ मा भारतको विभाजनपछि त्यहाँ बसाइँ सरेका थिए।[४०][४१][४२] भारत सरकारको राज्य-वित्तपोषित उपनिवेशीकरण परियोजनामार्फत यी क्षेत्रहरूमा बङ्गाली हिन्दूहरूको पहुँच बढेको थियो।

मूल क्षेत्र भन्दा बाहिरका बङ्गाली समाजहरू मुख्यतया उपमहाद्वीपका अन्य भागहरूमा जस्तै मध्य पूर्व र पश्चिमा देशहरूमा पाइन्छन्। बङ्गाली आप्रवासीहरूबाट बनेको एक महत्त्वपूर्ण जनशाङ्खिकि साउदी अरब, पाकिस्तानसंयुक्त अधिराज्यमा अवस्थित छ जहाँ उनीहरू एक करोड भन्दा बढी जनसङ्ख्याका साथ स्थापित समूदायको गठन गरिसकेका छन्। हिन्दु धर्ममा (काला पानीको नामले परिचित) समुद्री यात्रा निषेधित भएका कारण विदेशी बङ्गाली प्रवासीहरू इस्लाम धर्मका छन्।[४३]

बङ्गालीहरूको मुख्य धार्मिक विश्वास इस्लाम धर्ममा आधारित भएकाले यसले अरब देशसँग सम्बन्ध सिर्जना गरेको छ भने मुसलमानहरूले हज पूरा गर्न जीवनकालमा एक पटक यस साउदी अरबमा जानुपर्ने हुन्छ। बङ्गाली सुल्तानहरूले हिजाज नामक क्षेत्रमा इस्लामी मदरसाहरूका लागि आर्थिक सहयोग गरेका थिए जुन अरबहरूका लागि अल-मदारिस अल-बाङालिया नामले चिनिएको थियो। कथित रूपमा, चौधौँ शताब्दीका नुर कुतुब आलम नाम गरेका एक बङ्गाली अलिम धेरै पटक हजमा सहभागी भएका थिए। बङ्गालीहरू अरब देशहरूमा कहिलेदेखि बस्न थाले भन्ने कुरा अज्ञात भएतापनि हाजी शरियतुल्लाह र उस्ताद मओलाना मुराद बीसौँ शताब्दीको सुरुमा मक्का सहरका स्थायी रूपले बस्दथे भन्ने तथ्य ज्ञात छ। ओमानका कुरानका विद्वान् जहुरुल हक र जोर्डनका शाहजादा हसन बिन तलालकी श्रीमती शरबत अल-हसन मध्यपूर्वमा बसोबास गर्ने उल्लेखनीय बङ्गाली व्यक्तित्वहरू हुन्।

युरोपेली महादेशमा बङ्गालीहरूको १६औँ शताब्दीमा इङ्ल्यान्डका राजा जर्ज तृतीयको शासनकालमा पहिलोपटक बसेका थिए।[४४] सन् १७६५ मा मुगल साम्राज्यको कूटनीतिज्ञका रूपमा आफ्ना नोकर मोहम्मद मुकिमसँग पहिलोपटक नादियाका बङ्गाली मौलभी शेख इतशमुद्दीन युरोप आएका थिए।[४५] आजको दिनसम्म आइसक्दा बङ्गाली मुलका बेलायतीहरूले संयुक्त अधिराज्यमा एक राम्रो स्थापित समाजको निर्माण गरिसकेका छन् भने उनीहरूले देशको दक्षिण एसियाली कुल रेस्टुरेन्टहरू मध्ये ९० प्रतिशत रेस्टुरेन्टहरू चलाउँदछन्।[४६]

भाषा तथा सामाजिक गठन

सम्पादन गर्नुहोस्
 
बङ्गालीहरूको सामाजिक स्तरीकरणको प्रमुख निर्धारक क्षेत्रीय भाषाहरू हुन्।

बङ्गालीहरू आफ्नो मातृभाषाको रूपमा प्रयोग बङ्गाली भाषालाई प्रयोग गर्नु उनीहरूको एक एकीकृत विशेषता हो जुन हिन्द-इरानी भाषाहरू अन्तर्गत पर्दछ।[४७] विश्वमा २२ करोड ६० लाख बङ्गालीका मातृभाषी र विश्वव्यापी रूपमा ३० करोड जनसङ्ख्याको हाराहारीमा बोलिने भाषा भएकाले यो विश्वको छैटौँ सबैभन्दा ठूलो भाषा बनेको छ। बङ्गाली भाषा प्रायः बङ्गाली लिपिमा लेखिएको हुन्छ जुन लगभग १०-१२०० ईस्वीमा मगधी प्राकृतबाट विकसित भएको थियो।[४८][४९][५०] थुप्रै प्रयोजनका लागि बङ्गाली भाषा प्रचलित छ र यसले बङ्गालको एकताको लागि आवश्यक प्रभाव प्रदान गर्दछ। बङ्गाली भाषाको विकासक्रमको यी विभिन्न रूपहरूलाई तीन भागमा विभाजन गर्न सकिन्छ:

  • सन्त भाषा - एक ऐतिहासिक रूप जुन विशेषगरी साहित्यको लागि मात्र प्रयोग हुने गर्दथ्यो।
  • मानक वा वर्तमान भाषा - एक आधुनिक साहित्यिक रूप हो। (जुन अब ठूलो कुष्टियानदिया जिल्लामा विभाजित छ) यो आधिकारिक रूपमा थुप्रै प्रयोजनका जस्तै बोलिचाली, भाषण, रेडियो, समाचार जस्ता माध्यमहरूमा दिनहुँ प्रयोगमा आउने गर्दछ।
  • क्षेत्रीय भाषाहरू - कुल वक्ताहरूको सबैभन्दा ठूलो रूप। बङ्गालका विभिन्न क्षेत्रहरूमा विभिन्न क्षेत्रीय भाषाहरू रहेका छन्।

बङ्गालीहरू मुख्यतया भाषिक र उप-साँस्कृतिक कारणहरूले गर्दा उप-समूहहरूमा विभाजित छन्।

  • बङ्गाली: पूर्वी बङ्गालका बासिन्दाहरू हुन्। अधिकांश बङ्गालीहरू यस समूह अन्तर्गत पर्दछन्। यिनीहरू मुख्यतया विशाल ढाका, मयमनसिंह, कुमिल्ला, बरिशाल, तल्लो आसाम र त्रिपुरामा बस्छन्। बङ्गालीहरूबीच पनि उप-समूहहरू छन् जसको पूर्वी बङ्गालको संस्कृतिको साथ-साथै आफ्नै उप-संस्कृति रहेको छ।
  • घटी: पश्चिम बङ्गालका मूल निवासीहरू हुन् तर पुरुलियाका बासिन्दाहरू पनि घटीको एक उप-समूह अन्तर्गत पर्दछन्।
  • उत्तरिया: उत्तर बङ्गालका बासिन्दाहरू जो बरिन्दरी र रङ्पुरी भाषा बोल्छन्। उनीहरू आंशिक रूपमाा आसाममा पनि बस्ने गर्दछन् भने उनीहरूको एउटा उपसमूह बिहारको सेरसाबदियासम्म फैलिएको छ।
 
कलकत्तामा दुर्गा पूजा
बङ्गालीहरूको धार्मिक विश्वास[५१]
धर्महरू प्रतिशत
इस्लाम
६६
हिन्दु
३३
अन्य

बङ्गालमा प्रचलित सबैभन्दा ठूलो धर्म इस्लामहिन्दू धर्म हो।[५२] बङ्गालीहरूको कुल जनसङ्ख्याको दुई तिहाइभन्दा बढीमा मुसलमानहरूको बाहुल्यता रहेको छ जसमध्ये बहुसङ्ख्यक मानिसहरू सुन्नी सम्प्रदायलाई पछ्याउँछन् भने त्यहाँ शियाहरूको सानो अल्पसङ्ख्यक पनि रहेको पाइन्छ।[५३] बङ्गलादेशमा बङ्गाली मुसलमानहरूको ९०.४% बाहुल्यता रहेको छ भने सम्पूर्ण भारतमा बङ्गाली जातिको ३०% अल्पसङ्ख्यक रहेको छ।[५४][५५][५६][५७][५८] पश्चिम बङ्गालको मुर्शिदाबाद जिल्लामा बङ्गाली मुसलमानहरूले कुल जनसङ्ख्याको ६६.८८%, मालदामा ५१.२७% बाहुल्यता राख्दछन् भने २४ परगनाहरूमा उनीहरूको जनसङ्ख्या ५४,८७,७५९ भन्दा बढी रहेको छ।[५९]

सबै बङ्गालीहरूमध्ये एक तिहाइभन्दा कम मात्र हिन्दु धर्मका छन् (मुख्यतया, शाक्त र वैष्णवहरू) भने पश्चिम बङ्गालमा (सन् २०११ को जनगणना अनुसार) उनीहरूको ७०.५४% बहुमत छ र बङ्गलादेशमा ८.५४% अल्पसङ्ख्यक रहेको छ।[५७][६०] बङ्गलादेशमा हिन्दूहरू प्राय: सिलेट विभागमा केन्द्रित छन् जहाँ उनीहरूले जनसङ्ख्याको १७.८% भाग ओगटेका छन्। बङ्गाली हिन्दुहरू प्राय: चट्टोग्राह विभागमा बसोबास गर्छन् जहाँ उनीहरूको सङ्ख्या ३० लाखभन्दा बढी रहेको छ। दाकोप उपजिल्लामा ५६.४१%, कोटालीपारा उपजिल्लामा ५१.६९% र सुल्लाह उपजिल्लामा ५१.२२% हिन्दूहरूको बाहुल्यता रहेको छ। जनसङ्ख्याको हिसाबले भारतनेपालपछि बङ्गलादेश विश्वको तेस्रो ठूलो हिन्दू बहुल देश हो।[६१] यमन, जोर्डन, ताजिकिस्तान, सिरिया, ट्युनिसिया, ओमान र अन्य मुस्लिम बाहुल्य देशहरूको जनसङ्ख्याभन्दा बङ्गलादेशमा कुल हिन्दू जनसङ्ख्या बढी छ। साथै बङ्गलादेशमा कुल हिन्दू जनसङ्ख्या युनानबेल्जियमको कुल जनसङ्ख्याको लगभग बराबर छ।[६२]

अन्य धार्मिक समूहहरूमा बौद्ध धर्मावलम्बीहरू (बङ्गलादेशको जनसङ्ख्याको लगभग १%) र बङ्गाली इसाईहरू पर्दछन्। बङ्गाली इसाईहरूको ठूलो सङ्ख्या पोर्तुगाली यात्रीहरूको वंशज हो।[५८] बङ्गाली बौद्ध धर्मावलम्बीहरूको ठूलो भाग बङ्गाली भाषी बरुआहरू हुन् जो चट्टोग्राम र राखिनमा बस्दछन्।

 
मुर्शिदावादमा बङ्गालको नबाबको शाही मयुर बर्जको एक मूर्ति

कला तथा वास्तुकला

सम्पादन गर्नुहोस्
 
जामदानी बुन्ने परम्परागत विधि

बङ्गालमा कलाको दस्तावेजीकृत इतिहास १३औँ शताब्दी ईसापूर्वमा पाउन सकिन्छ जहाँ विषेश प्रकारको माटोबाट मूर्तिहरू बनाइएका थिए। शाही बङ्गलाको वास्तुकलाले गुम्बजयुक्त मस्जिदहरूको एक विशिष्ट शैली देखाउँछ जसमा जटिल स्तम्भहरू रहेतापनि मीनार भने नभएको हुन्छ। बङ्गाली कलामा हात्तीको दाँत, भाँडाकुँडा र पित्तलका सामानहरू पनि व्यापक थिए।

 
कालो शेरवानी लगाएका एक बङ्गाली युवक
 
पञ्जाबी र साडीमा सजिएका एक बङ्गाली हिन्दू दम्पती

उत्तर भारतीय पहिरन पोशाक बङ्गाली पोशाकसँग मिल्दोजुल्दो छ। साधारणतया महिलाहरूले साडी, सलवार र कमिज लगाउने गर्दछन्। परम्परागत रूपमा बङ्गाली पुरुषहरूले परम्परागत पोशाक लगाउने गर्दथे यद्यपि सलवार वा पजामा जस्ता पञ्जाबी पहिरनहरू पनि पछिल्लो तीन शताब्दीमा यता अधिक लोकप्रिय भएका थिए। साधारणतया बङ्गालीहरूमाझ फतुआ नामक छोटो माथिल्लो पोशाक पनि लोकप्रियता रहेको छ। धोती, लुङ्गी र गम्छा ग्रामीण बङ्गाली पुरुषहरूको लागि एक सामान्य पोशाक हो। विशेष अवसरहरूमा बङ्गाली महिलाहरूले सामान्यतया साडी, सलवार कमीज लगाउँछन् र मुस्लिम महिलाहरूले हिजाब वा कपाल ढाक्ने बुर्का लगाउँछन्। मुस्लिम पुरुषहरूले पञ्जाबी पोशाकहरू जस्तै टोपी, टाकी, पगडी र रुमालले लगाउँछन् जसले टाउको ढाक्ने गर्दछ।

मुगल बङ्गालको सबैभन्दा प्रसिद्ध कलात्मक परम्परा मलमलमा जामदानी बुन्नु थियो जसलाई हाल युनेस्कोद्वारा अमूर्त साँस्कृतिक सम्पदाको रूपमा वर्गीकृत गरिएको छ। पूर्वी बङ्गालका जमदानी बुन्नेहरूले राजाको संरक्षण पाएका थिए।[६३][६४]

बङ्गाली साहित्यले बङ्गाली भाषाको लेखक मूललाई बुझाउँछ जुन १३औँ शताब्दीको समयमा विकसित भएको थियो। बङ्गाली साहित्यमा सबैभन्दा पुरानो साहित्यिक लेखन १०औँ र ११औँ शताब्दीका बौद्ध रहस्यमय भजनहरूको सङ्ग्रह चर्यापदमा पाउन सकिन्छ। सन् १९०७ मा हरप्रसाद शास्त्रीले नेपालको शाही दरबार पुस्तकालयमा यिनीहरूको खोजी गरेका थिए। बङ्गाली साहित्यको समयरेखालाई तीन कालखण्ड; प्राचीन (सन् ६५०-१२००), मध्ययुग (सन् १२००-१८००) र आधुनिक (सन् १८०० देखि हालसम्म) विभाजन गरिएको छ। मध्यकालीन बङ्गाली साहित्यमा विभिन्न काव्यात्मक विधाहरूले इस्लामी महाकाव्यहरू जस्तै अब्दुल हकीम, सैयद सुल्तान र अलाओलको लेखनलाई समावेश गरेको छ। बङ्गाली लेखकहरूले धर्म, तमदुन, सृष्टिवाद, प्रेम र इतिहास जस्ता विषयहरूलाई आख्यान र महाकाव्यहरूको माध्यमबाट अन्वेषण गरेका थिए। शाही बङ्गला र आराकान राज्य जस्ता शाही दरबारहरूको बङ्गाली लेखकहरू; शाह मुहम्मद सगीर, दौलत काजी र दौलत वजीर बाहराम खानलाई संरक्षण दिएका थिए।

बङ्गाल पुनर्जागरणले १९औँ र २०औँ शताब्दीको सुरुमा भएको एक सामाजिक-धार्मिक सुधार आन्दोलनलाई बुझाउँछ जुन कलकत्ता सहरको वरिपरि केन्द्रित थियो र मुख्यतया ब्रिटिस राजको संरक्षणमा उच्च जातिका बङ्गाली हिन्दूद्वारा नेतृत्व गरिएको थियो। यस पुनर्जागरणले ब्रह्म समाज नामक सुधारवादी आन्दोलन पनि सिर्जना गरेका थिए। इतिहासकार नितिश सेनगुप्ताका अनुसार बङ्गाल पुनर्जागरण राजा राममोहन रायबाट सुरु भएर एसियाका पहिलो नोबेल पुरस्कार विजेता रवीन्द्रनाथ ठाकुरबाट समाप्त भएको थियो।[६५] बङ्गाल पुनर्जागरणले मुख्यतया ब्रिटिस उपनिवेशवादीहरूसँगको सम्बन्धको कारण हिन्दू समुदायको प्रतिनिधित्व गरेको थियो। तथापि यस युगमा आधुनिक मुसलमान लेखकहरूका उदाहरणहरू पनि थिए। मीर मोसर्रफ होसेन आधुनिक युगका पहिलो प्रमुख लेखक थिए जो बङ्गाली मुस्लिम समाजबाट उदाएर बङ्गाली भाषाका सर्वश्रेष्ठ गद्य लेखकहरू मध्ये एक बनेका थिए। उनको विशाद सिन्धु नामक कृति बङ्गाली पाठकहरू बीच लोकप्रिय रहेको छ।[६६] आफ्नो सक्रियता र विरोधी साहित्यको लागि प्रसिद्ध कवि काजी नजरुल इसलाम हुन् जसलाई "विद्रोही कवि" को रूपमा वर्णन गरिएको थियो र उनलाई बङ्गलादेशको राष्ट्रिय कविको रूपमा चिनिन्छ। बेगम रोकेया त्यस समयको अग्रणी महिला बङ्गाली लेखिका थिइन् जसले सुल्तानाको सपना नामक एक उत्कृष्ट उपन्यास, जसलाई पछि धेरै भाषाहरूमा अनुवाद गरिएको थियो।

विवहा समारोह

सम्पादन गर्नुहोस्
 
कन्याको हातमा मेहन्दी लगाइदिनु, बङ्गाली हिन्दू र मुस्लिम दुवै समुदायमा प्रचलित छ।
 
विवाहको समयमा प्रार्थना गर्नु बङ्गाली मुस्लिम समुदायको एक विशेष अनुष्ठान हो।
 
बङ्गाली हिन्दुको विवाह समारोहको एक तस्वीर

विवाहको समयमा बङ्गालीहरूबीच एक वा एक भन्दा बढी समारोह हुने गर्दछ। औपचारिक विवाह बङ्गालीहरू बीच विवाहको सबैभन्दा सामान्य रूप हो र यसलाई समाजको परम्परा पनि मानिन्छ। यद्यपि बहुविवाह पनि केही ग्रामीण भेगहरूमा देख्न सकिन्छ।[६७] यो बिलातीको कब्जा भन्दा पहिले बहुविवहा मुस्लिमहिन्दु दुवैमा ऐतिहासिक रूपमा प्रचलित भने यसलाई समृद्धिको सङ्केत मानिन्थ्यो। विवाहलाई दुई जनाको मात्र नभई दुई खान्दान बीचको मिलनका रूपमा लिइन्छ। परिवार र गाउँहरूबीच सामाजिक बन्धन विकास र कायम राख्न विवाहले ठूलो भूमिका खेल्ने गर्दछ।[६८][६९] विवहा पूर्व दुई परिवार एक समारोहलाई सहभागी भएपछि कन्या पक्षबाट सामान्य खानपिनको आयोजना गरिन्छ। यस अवसरमा दुलहाको परिवारबाट सलामी ग्रहण गरी विवाहको मिति तय गरिन्छ। परम्परागत बङ्गाली खाना, पान, चिया र मिठाइ जस्ता खानेकुराहरू यस अवसरमा प्रयोग गरिन्छ। त्यसपछि दुलहीलाई मेहन्दी लगाउने काम गरिन्छ। त्यसबाहेक मुख्य कार्यक्रम वालिमा (अरबी परम्परा अनुसार विवहाको भोज) हजारौँ अतिथिहरूलाई भोजन गराइन्छ। त्यसपछि इस्लामी परम्परा अनुसार एक विवहा सम्झौता पत्रमा हस्ताक्षर गरिएको गरिन्छ।[७०] यस अवसरमा काजी वा इमाम सामान्यतया यहाँ उपस्थित हुन्छन् र कुरान पाठ गरि दम्पतीको लागि प्रार्थना गर्दछन्। त्यसपछि ज्वाईले श्रीमतीलाई महर दिनुपर्दछ। फिराजात्रा वा फिरखवामा छोरी आमाबाबुको घर फर्कन्छ जसलाई नय्यरको रूपमा चिनिन्छ। त्यहाँ खीर र दूधको परिकारहरूको भोजन गर्न चलन छ। अन्य कार्यक्रमहरूमा केटा पक्षको घरमा आयोजित भोजन कार्यक्रम पनि समावेश छ।

 
जगदीश चन्द्र बोस बङ्गालको विज्ञान जगतका एक प्रख्यात वैज्ञानिक हुन्। उनी बीबीसीद्वारा आयोजित २० महान बङ्गालीहरूको सूचीमा सातौँ स्थानमा छन्।।
 
बायोमेडिकल पदार्थविद खन्दोकार सिद्दिक-इ-रब्बानी
 
काजी आजिजुल हक, आधुनिक औँठाछाप प्रविधि विकासमा यसको योगदानको लागि मान्यता प्राप्त

आधुनिक विज्ञानमा बङ्गालीहरूको योगदान विश्वको सन्दर्भमा अभूतपूर्व छ। काजी आजिजुल हक एक आविष्कारक थिए जसले औँठाछाप वर्गीकरण प्रणालीको पछाडि गणितीय आधार सिर्जना गरे जुन अपराध अनुसन्धानका लागि सन् १९९० सम्ममा प्रयोगमा आइसकेको थियो।[७१] आब्दुस सात्तार खानले अन्तरिक्ष यान], जेट इन्जिन, रेलमार्ग इन्जिन र औद्योगिक ग्याँस टर्बाइनका लागि चालीस भन्दा बढी विभिन्न उच्च स्तरीय धातुहरूको आविष्कार गरेका थिए। सन् २००६ मा आबुल हुससामले आर्सेनिक फिल्टरको आविष्कार गरेका थिए र उनी सन् २००७ को दिगोपनका लागि ग्रेन्जर च्यालेन्ज पुरस्कारका प्राप्तकर्ता थिए। बायोमेडिकल वैज्ञानिक परवेज ह्यारिसलाई स्ट्यानफोर्ड विश्वविद्यालयले विश्वका एक लाख वैज्ञानिकमध्ये सूचीकृत गरेको थियो।[७२] खन्दोकार सिद्दीक-इ-रब्बानीले केन्द्रित प्रतिबाधा मापन विकसित गरेका थिए जुन उन्नत क्षेत्र स्थानीयकरणको माध्यमबाट मानव शरीरमा विद्युत प्रतिरोधको मात्रा निर्धारण गर्ने प्रविधि हो।[७३][७४]

उत्सव तथा पर्वहरू

सम्पादन गर्नुहोस्
 
दुर्गापूजा, बङ्गाली हिन्दु समुदायको एक प्रमुख धार्मिक उत्सव हो।
 
ईद, मुस्लिम समुदायको एक प्रमुख धार्मिक उत्सव हो।

बङ्गालीहरूले आफ्नो धर्मको आधारमा मुसलमानहरूले इस्लामी बिदा र हिन्दुहरूले हिन्दु चाडहरू मनाउने गरेका छन्। ईद-उल-अजहा र ईद-उल-फित्र जस्ता प्रमुख इस्लामी पर्वहरूमा गरीवहरूलाई जकात र सदाकाह र बालबालिकाहरूलाई पैसा दिइने गरिन्छ।[७५] यस समयमा साथीभाइ तथा छरछिमेकहरू गाउँको परिक्रमा गर्नेे र खाना तथा मिठाइ साटासाट गर्छन्। हिन्दू धर्मावलम्बीका मुख्य चाडहरू जस्तै दुर्गा पूजा, दीपावली, डोलजात्रा, जन्माष्टमी आदि विशेष बिदाका दिनहरू हुन्।[७६] यसबाहेक दुर्गा पूजाको समयमा नयाँ कपडाहरू किनेर आफन्तलाई दिइने गरिन्छ।

उल्लेखनीय साँस्कृतिक समारोहहरू समुदायद्वारा वार्षिक रूपमा मनाइने गरिन्छ। बङ्गाली पात्रो अनुसार सर्वप्रथम वैशाख महिना पर्दछ भने यस समय रमाइलो साँस्कृतिक मेलाहरू सहित अन्य ग्रीष्मकालिन पर्वहरू मनाइन्छ। फाल्गुन वसन्त जस्ता चाडहरू पनि सबै धर्मका मानिसहरूद्वारा देशव्यापी रूपमा मनाइन्छ।[७७] ढाकामा बङ्गालीहरूले वार्षिक रूपमा चङ्गा पर्व मनाउँछन्। नबान्न एक बङ्गाली उत्सव हो जुन पश्चिमी विश्वको खेती काट्ने उत्सवसँग मिल्दोजुल्दो छ।

 
टाङ्गाइलमा लाठी खेलाको आयोजना गरिएको थियो।
 
वार्षिक रूपमा आयोजना हुने डुङ्गा प्रतियोगिता

परम्परागत बङ्गाली खेलहरूमा विभिन्न मार्सल कलाका खेलहरू र कुस्ती खेल समावेश थिए यद्यपि क्रिकेटफुटबल विदेशी खेलको रूपमा भित्रिएपनि हाल बङ्गालीहरू बीच यी खेल सबैभन्दा लोकप्रिय खेलहरू हुन्।[७८] ऐतिहासिक रूपमा लाठीद्वारा खेलिने लाठी खेल बङ्गालीहरू बीच प्रचलित थियोे जसमा लाठीद्वारा युद्धको अभ्यास गरिन्थ्यो। यो खेल ऐतिहासिक रूपमा भूमि र धनको रक्षा गर्न वा अरूको भूमिधन कब्जा गर्ने एक तरिका थियो। बङ्गालका जमिनदारहरूले तालिम प्राप्त लठियालहरूलाई जनताहरूबाट जबर्जस्ती कर उठाउने साधनको रूपमा प्रयोग गरेका थिए। सन् १९८९ सम्म प्रत्येक वर्ष कुष्टियामा राष्ट्रव्यापी लाठी खेल प्रतियोगिता आयोजना हुँदै आएकोमा हाल यसको प्रचलन घट्दै गएको र यो खेल केही चाडपर्व र उत्सवहरूमा मात्र सीमित बनेको छ।[७९] कुस्ती अर्को लोकप्रिय खेल हो जसका विभिन्न क्षेत्रीय रूपहरू छन्। उदाहरणका लागि; सन् १८८९ मा चट्टोग्रामका जमिनदार कादिर बख्सले बोलिखेला (कुस्ती जस्तै खेल) भनिने एक खेलको सुरुवात गरेका थिए। अब्दुल जब्बारको नामले परिचित एक व्यापारीले सन् १९०७ मा बङ्गालीहरूलाई विदेशी आक्रमणकारीहरू विरुद्ध लड्न बाध्य पार्ने खेलको विकास गर्ने उद्देश्यले बोलिखेलाको रूपान्तरण गरेका थिए। हाल यसलाई जब्बारको बोलिखेला भनेर चिनिन्छ।[८०][८१] सन् १९७२ मा कबड्डी बङ्गलादेशको राष्ट्रिय खेल बनेको थियो तर त्यससमय यस खेलमा कुनैपनि विशिष्ट नियमहरू बनाइएको थिएन। बङ्गलादेश कबड्डी महासङ्घको स्थापना सन् १९७३ मा भएको थियो।[८२]

 
मोहम्मद सलिम विदेशी क्लबबाट खेल्ने पहिलो दक्षिण एसियाली फुटबल खेलाडी थिए, खाली खुट्टा खेल्ने गरेकाले जिमी म्याकमेनीद्वारा खुट्टामा पट्टी बाँध्दै गरेको एक तस्वीर
 
सौरभ गाङ्गुली भारत राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा बिसिसिआईका वर्तमान अध्यक्ष हुन्।

डुङ्गा दौड एक बङ्गाली नौसैनिक दौड प्रतियोगिता हो जुन वर्षायाममा खेलिने गरिन्छ। यस बाहेक बङ्गालका विभिन्न क्षेत्रहरूमा विभिन्न प्रकारका खेलहरू पनि खेलिन्छन्। घोडा दौडलाई विशेष गरी नाटोरका दिघापातिया राजाहरूले संरक्षण दिएका थिए र उनीहरूको चलन अनुसार घोडा दौड शताब्दियौँदेखि हरेक वर्ष आयोजना हुँदै आएको छ।

 
क्रिकेट खेलाडी साकिब आल हासान एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटका लागि हाल विश्वकै उत्कृष्ट अलराउन्डर हुन्[८३][८४][८५][८६][८७][८८][८९][९०]

कलकत्ताका मोहम्मद सलिम सन् १९३६ मा युरोपेली फुटबल क्लबका लागि पहिलो दक्षिण एसियाली खेलाडी बनेका थिए। स्कटल्यान्डमा सेल्टिक फुटबल क्लब लागि आफ्नो दुई उपस्थितिमा उनले सम्पूर्ण खेलहरू खाली खुट्टा खेल्दै थुप्रै गोल गरेका थिए।[९१] एस्टन भिल्लाका रक्षापङ्क्तिका खेलाडी नेइल टेलर र लेस्टर सिटीका मध्यपङ्क्तिका खेलाडी हम्जा चौधुरी प्रिमियर लिग खेल्ने बङ्गाली मूलका पहिला खेलाडीहरू हुन्।[९२] चौधुरीले इङ्ल्यान्डको २१ वर्ष मुनिको राष्ट्रिय टोलीबाट पनि खेलिसकेका छन् र उनी इङ्ल्यान्ड राष्ट्रिय फुटबल टोलीका लागि खेल्ने पहिलो दक्षिण एसियाली खेलाडी हुने अनुमान गरिएको छ।[९३]

बङ्गालीहरू बोर्ड तथा घरेलु खेलहरू जस्तै लुडो, घुर्रा, क्यारम बोर्ड, चोर-पुलिस, कनामाछी र शतरन्जको सन्दर्भमा निकै प्रतिस्पर्धी देखिन्छन्। रानी हमिद विश्वको सबैभन्दा सफल शतरन्ज खेलाडीमध्ये एक थिइन् जसले एसियायुरोपमा धेरै पटक उपाधिहरू जितेकी थिइन्। रामनाथ विश्वास एक क्रान्तिकारी सिपाही थिए जसले १९औँ शताब्दीमा तीन पटक विश्व-यात्रा गरेका थिए।

प्रख्यात व्यक्तिहरू

सम्पादन गर्नुहोस्

बीबीसी सर्वेक्षणको सबै समयको २० शीर्ष बङ्गालीहरू

सम्पादन गर्नुहोस्
क्रम नाम
प्रथम बङ्गबन्धु शेख मुजिबुर रहमान
द्वितीय विश्वकवि रवीन्द्रनाथ ठाकुुर
तृतीय काजी नजरुल इसलाम
चौँथो एके फजलुल हक
पाँचौँ नेताजी सुभाषचन्द्र बोस
छैटौँ बेगम रोकेया
सातौँ जगदीश चन्द्र बोस
आठौँ ईश्वरचन्द्र विद्यासागर
नवौँ माओलाना आबदुल हासिम खान भासानी
दशौँ राजा राममोहन राय
एघारौँ तितुमीर
बाह्रौँ लालन
तेह्रौँ सत्यजित राय
चौधौँ अमर्त्य सेन
पन्ध्रौँ भाषा सहिदहरू
सोह्रौँ मुहम्मद शहीदुल्लाह
सत्रौँ स्वामी विवेकानन्द
अठारौँ अतीश दीपङ्कर
उन्नाइसौँ जियाउर रहमान
बीसौँ होसेन सहिद सोहरावार्दी

विगतका शासकहरू

सम्पादन गर्नुहोस्

समुद्र सेन र चन्द्र सेन (महाभारत)

स्वतन्त्रता सेनानी

सम्पादन गर्नुहोस्

बङ्गलादेश स्वतन्त्रता योद्धा

सम्पादन गर्नुहोस्

बङ्गाली वीरश्रेष्ठ

सम्पादन गर्नुहोस्
क्रम नाम पदवी क्षेत्र सङ्ख्या मृत्यु मिति
०१ महिउद्दिन जाहाङ्गीर कप्तान बङ्गलादेशी सेना ०१ १४ डिसेम्बर १९७१
०२ हामिदुर रहमान सिपाही बङ्गलादेशी सेना ०२ २८ अक्टोबर १९७१
०३ मोस्तफा कामाल सिपाही बङ्गलादेशी सेना ०३ १८ अप्रिल १९७१
०४ मोहाम्मद रुहुल आमिन बङ्गलादेशी नौसेना ०४ १० डिसेम्बर १९७१
०५ मतिउर रहमान उडान उपसेनानी बङ्गलादेश विमान सेना ०५ २० अगस्ट १९७१
०६ मुन्सी अब्दुर रउफ लान्स नायक सीमा रक्षक ०६ ८ अप्रिल १९७१
०७. नूर मोहम्मद शेख लान्स नायक सीमा रक्षक ०७ ५ सेप्टेम्बर १९७१

नोबेल पुरस्कार विजेता

सम्पादन गर्नुहोस्

बङ्गाली दार्शनिक দার্শনিক

सम्पादन गर्नुहोस्

चलचित्र निर्देशक

सम्पादन गर्नुहोस्

गायक तथा सङ्गीतकार

सम्पादन गर्नुहोस्
  1. मूलतः पाकिस्तानी बङ्गालीहरूद्वारा बोलिने
  1. "General Assembly hears appeal for Bangla to be made an official UN language"। United Nations। २७ सेप्टेम्बर २०१०। सङ्ग्रह मिति २१ मे २०१५ 
  2. "Countries and Their Cultures"। Everyculture। २७ सेप्टेम्बर २०१०। सङ्ग्रह मिति २१ मे २०१५ 
  3. "Bangladesh Population 1950-2022"। 2021 Bangladesh Bureau of Statistics। सङ्ग्रह मिति २८ जुन २०२१ 
  4. https://www.worldatlas.com/articles/who-are-the-bengali-people.html
  5. "Scheduled Languages in descending order of speaker's strength – 2011", Registrar General and Census Commissioner of India, २९ जुन २०१८। 
  6. "Five million illegal immigrants residing in Pakistan"Express Tribune 
  7. "Homeless In Karachi"। Outlook (magazine)। सङ्ग्रह मिति २ मार्च २०१० 
  8. "Falling back"Daily Times। १७ डिसेम्बर २००६। सङ्ग्रह मिति २५ अप्रिल २०१५ 
  9. van Schendel, Willem (२००५)। "The Bengal Borderland: Beyond State and Nation in South Asia"। Anthem Press। पृष्ठ 250। 
  10. Migration Profile - Saudi Arabia
  11. Migration Profile - UAE
  12. "2011 Census: Ethnic group, local authorities in the United Kingdom"। Office for National Statistics। ११ अक्टोबर २०१३। सङ्ग्रह मिति २८ फेब्रुअरी २०१५ 
  13. "Population of Qatar by nationality - 2017 report"। सङ्ग्रह मिति ७ फेब्रुअरी २०१७ 
  14. US Census Bureau American Community Survey (2009-2013) See Row #62
  15. "ASIAN ALONE OR IN ANY COMBINATION BY SELECTED GROUPS: 2015"। U.S. Census Bureau। सङ्ग्रह मिति १५ अक्टोबर २०१५ 
  16. "More than 1.7 million foreign workers in Malaysia; majority from Indonesia"। New Straits Times। २७ जुलाई २०१७। सङ्ग्रह मिति २२ अक्टोबर २०१७ 
  17. "Kuwait restricts recruitment of male Bangladeshi workers"Dhaka Tribune। सङ्ग्रह मिति ७ सेप्टेम्बर २०१६ 
  18. "In pursuit of happiness"। Korea Herald। ८ अक्टोबर २०१२। 
  19. "Bangladeshis in Singapore"High Commission of Bangladesh, Singapore 
  20. "Bahrain: Foreign population by country of citizenship"gulfmigration.eu। सङ्ग्रह मिति १ जनवरी २०१५ 
  21. "NHS Profile, Canada, 2011, Census Data"Government of Canada, Statistics Canada। सङ्ग्रह मिति ४ फेब्रुअरी २०१५ 
  22. "Census shows Indian population and languages have exponentially grown in Australia"SBS Australia। सङ्ग्रह मिति २८ जुन २०१७ 
  23. "Population Monograph of Nepal Volume II (Social Demography)" (PDF)www.nepal.unfpa.org 
  24. "バングラデシュ人民共和国(People's Republic of Bangladesh)"Ministry of Foreign Affairs (Japan) (जापनी भाषा)। सङ्ग्रह मिति २९ अक्टोबर २०१७ 
  25. "K2WebWizard"www.k2web.co.kr (कोरियाली भाषा)। सङ्ग्रह मिति २०२१-१०-१८ 
  26. "बङ्गाली जाति" 
  27. "Bangladesh - Department of Foreign Affairs" 
  28. Khan, Muhammad Chingiz (१५ जुलाई २०१७), "Is MLA Ashab Uddin a local Manipuri?", Tehelka (अङ्ग्रेजीमा) 14: 36–38। 
  29. बङ्गलादेशमा लगभग १६ करोड ३० लाख र भारतमा १० करोड (सिआइए फ्याक्टबुक सन् २०१४ को अनुमान, तीव्र जनसङ्ख्या वृद्धिको अधीनमा रहेको सङ्ख्या); मध्यपूर्वमा करिब ३० लाख, पाकिस्तानमा २० लाख र बेलायतमा ४ लाख बङ्गालीहरू रहेका छन्
  30. "50th REPORT OF THE COMMISSIONER FOR LINGUISTIC MINORITIES IN INDIA" (PDF)Ministry of Minority Affairs (अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति २ नोभेम्बर २०१८ 
  31. ३१.० ३१.१ Firishta (१७६८), Alexander Dow, सम्पादक, History of Hindostan, पृ: 7–9। 
  32. ३२.० ३२.१ Thomas Trautmann (२००५), Aryans and British India, Yoda Press, पृ: ५३। 
  33. Eaton, Richard M. (१९९३), The Rise of Islam and the Bengal Frontier, 1204–1760, University of California, आइएसबिएन 978-0-520-20507-9, अन्तिम पहुँच १३ जुलाई २०१७ 
  34. Rabbani, AKM Golam (७ नोभेम्बर २०१७), "Politics and Literary Activities in the Bengali Language during the Independent Sultanate of Bengal", Dhaka University Journal of Linguistics 1 (1): 151–166, मूलबाट ११ अक्टोबर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ नोभेम्बर २०१७ – www.banglajol.infoद्वारा। 
  35. "4000-year old settlement unearthed in Bangladesh", Xinhua, १२ मार्च २००६, मूलबाट १० मे २००७-मा सङ्ग्रहित। 
  36. "History of Bangladesh", Bangladesh Student Association @ TTU, मूलबाट २६ डिसेम्बर २००५-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ अक्टोबर २००६ 
  37. "বেলাব উপজেলার পটভূমি", Belabo Upazila (बङ्गालीमा), मूलबाट ३० सेप्टेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ फेब्रुअरी २०२२  वेब्याक मेसिन अभिलेखिकरण ३० सेप्टेम्बर २०२१ मिति
  38. "বাংলাদেশকে জানুন" (बङ्गालीमा), National Web Portal of Bangladesh, मूलबाट १६ फेब्रुअरी २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ फेब्रुअरी २०१५ 
  39. Kumar, Jayant. Census of India. 2001. 4 September 2006. Indian Census
  40. "The state of human development", Tripura human development report 2007, Government of Tripura, २००७, २ मे २०१३-को मूल सङ्ग्रहित|archiveurl= |url= आवश्यक (सहायता), अन्तिम पहुँच १९ मार्च २०१२ 
  41. Karmakar, Rahul (२७ अक्टोबर २०१८), "Tripura, where demand for Assam-like NRC widens gap between indigenous people and non-tribal settlers", The Hindu 
  42. Shekhar, Sidharth (१९ अप्रिल २०१९), "When Indira Gandhi said: Refugees of all religions must go back", Times Now news  वेब्याक मेसिन अभिलेखिकरण २३ जनवरी २०२१ मिति
  43. "Crossing the Kala Pani to Britain for Hindu Workers and Elites", American Historical Association, ४ जनवरी २०१२, अन्तिम पहुँच २ फेब्रुअरी २०१२ 
  44. C.E. Buckland, Dictionary of Indian Biography, Haskell House Publishers Ltd, 1968, p.217
  45. Colebrooke, Thomas Edward (१८८४), "First Start in Diplomacy", Life of the Honourable Mountstuart Elphinstone, पृ: 34–35, आइएसबिएन 9781108097222 
  46. Khaleeli, Homa (८ जनवरी २०१२), "The curry crisis", The Guardian 
  47. সারা আঞ্জুম বারী (१२ अप्रिल २०१९), "A Tale of Two Languages: How the Persian language seeped into Bengali", The Daily Star (Bangladesh) 
  48. "What are the top 200 most spoken languages?"Ethnologue (अङ्ग्रेजी भाषा)। २०१८-१०-०३। सङ्ग्रह मिति २०२१-१०-१८ 
  49. Islam, Sirajul (२००३), বাংলাপিডিয়া: বাংলাদেশ জাতীয় জ্ঞানকোষ, Dhaka, Bangladesh: Asiatic Society of Bangladesh, आइएसबिएन 978-984-32-0576-6 
  50. Asiatic Society of Bangladesh (२००८), "Banglapedia: national encyclopedia of Bangladesh." (बङ्गालीमा), ढाका: Asiatic Society of Bangladesh, ओसिएलसी 883871743 
  51. "Bengali | people | Britannica" 
  52. McDermott, Rachel Fell (२००५), "Bengali religions", in Lindsay Jones, Encyclopedia of Religion: 15 Volume Set 2 (2nd संस्करण), Detroit, Mi: MacMillan Reference USA, पृ: 824–832, आइएसबिएन 0-02-865735-7 
  53. 2014 US Department of State estimates
  54. Comparing State Polities: A Framework for Analyzing 100 Governments By Michael J. III Sullivan, pg. 119
  55. "BANGLADESH 2015 INTERNATIONAL RELIGIOUS FREEDOM REPORT", अन्तिम पहुँच ३० डिसेम्बर २०१९ 
  56. Andre, Aletta; Kumar, Abhimanyu (२३ डिसेम्बर २०१६), "Protest poetry: Assam's Bengali Muslims take a stand", Aljazeera, Aljazeera, अन्तिम पहुँच २६ जनवरी २०१७, "Total Muslim population in Assam is 34.22% of which 90% are Bengali Muslims according to this source which puts the Bengali Muslim percentage in Assam as 29.08%" 
  57. ५७.० ५७.१ Bangladesh- CIA World Factbook
  58. ५८.० ५८.१ "C-1 Population By Religious Community – West Bengal", census.gov.in, मूलबाट २५ अगस्ट २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २ डिसेम्बर २०१९ 
  59. Population by religious community: West Bengal. 2011 Census of India.
  60. "Population Housing Census", मूलबाट ३ सेप्टेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० डिसेम्बर २०१९  वेब्याक मेसिन अभिलेखिकरण ३ सेप्टेम्बर २०१७ मिति
  61. "[Analysis] Are there any takeaways for Muslims from the Narendra Modi government?", DNA, २७ मे २०१४, मूलबाट ६ जनवरी २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ मे २०१४ 
  62. Haider, M. Moinuddin; Rahman, Mizanur; Kamal, Nahid (६ मे २०१९), "Hindu Population Growth in Bangladesh: A Demographic Puzzle", Journal of Religion and Demography (अङ्ग्रेजीमा) 6 (1): 123–148, आइएसएसएन 2589-7411, डिओआई:10.1163/2589742X-00601003 [dead link]
  63. Khandker, Hissam (३१ जुलाई २०१५), "Which India is claiming to have been colonised?", The Daily Star (Op-ed)। 
  64. "In Search of Bangladeshi Islamic Art", The Metropolitan Museum of Art, i.e. The Met Museum, मूलबाट १२ अगस्ट २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ सेप्टेम्बर २०१७ 
  65. নীতীশ সেনগুপ্ত (२००१), History of the Bengali-speaking People, UBS Publishers' Distributors, पृ: २११, आइएसबिएन 978-81-7476-355-6, "The Bengal Renaissance can be said to have started with Raja Ram Mohan Roy (1775-1833) and ended with Rabindranath Tagore (1861-1941)." 
  66. Nitish Sengupta (२००१), History of the Bengali-speaking People, UBS Publishers' Distributors, पृ: २१३, आइएसबिएन 978-81-7476-355-6 
  67. "6 Places In The World Where Arranged Marriages Is Traditional & Historically Practiced", Elite Daily 
  68. "A Bangladeshi Wedding Journal", The Daily Star (अङ्ग्रेजीमा), ११ नोभेम्बर २०१४, अन्तिम पहुँच १७ जनवरी २०२० 
  69. Kottak, Conrad Phillip, author. (४ अक्टोबर २०१९), Mirror for humanity : a concise introduction to cultural anthropology, आइएसबिएन 978-1-260-56570-6, ओसिएलसी 1132235649 
  70. Faruque, Nafisa (१३ नोभेम्बर २०२१), "Those 'paan-chini' days", The Daily Star (Bangladesh) 
  71. National Academies Press Release, accessed 5 February 2007.
  72. "বিশ্বের শীর্ষ বিজ্ঞানীদের তালিকায় প্রফেসর পারভেজ হারিস : আর্সেনিক নিয়ে গবেষণা সাড়া জাগিয়েছে", britbangla24 (बङ्गालीमा), २३ जनवरी २०२१, अन्तिम पहुँच २५ जनवरी २०२१ 
  73. Rabbani, KS; Sarker, M; Akond, MH; Akter, T (२० अप्रिल १९९९), "Focused impedance measurement (FIM). A new technique with improved zone localization", Annals of the New York Academy of Sciences 873 (1): 408–20, डिओआई:10.1111/j.1749-6632.1999.tb09490.x, पिएमआइडी 10372184, बिबकोड:1999NYASA.873..408R 
  74. "BAS Gold Medal Award Ceremony 2011", Bangladesh Academy of Sciences, मूलबाट २९ जुलाई २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जुन २०१६  वेब्याक मेसिन अभिलेखिकरण २९ जुलाई २०१३ मिति
  75. Sarah C., White (१९९२), Arguing with the Crocodile: Gender and Class in Bangladesh, पृ: ३०, आइएसबिएन 978-1-85649-085-6 
  76. Eade, John; Fremeaux, Isabelle; Garbin, David (२००२), "The Political Construction of Diasporic Communities in the Global City", in Gilbert, Pamela K., Imagined Londons, State University of New York, पृ: १७०, आइएसबिएन 0-7914-5501-7 
  77. "Banglatown spices it up for the new year", The Londoner, मूलबाट १ मे २००६-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ जुलाई २००८  वेब्याक मेसिन अभिलेखिकरण १ मे २००६ मिति
  78. ঈদ উৎসবের নানা রং वेब्याक मेसिन अभिलेखिकरण ३ नोभेम्बर २०१३ मिति,সাইমন জাকারিয়া, দৈনিক প্রথম আলো। ঢাকা থেকে প্রকাশের তারিখ: আগস্ট ০২, ২০১৩
  79. "Lathi Khela to celebrate Tangail Free Day", dhakamirror.com, १३ डिसेम्बर २०११, अन्तिम पहुँच ९ जुन २०१३ 
  80. Zaman, Jaki (१० मे २०१३), "Jabbarer Boli Khela: Better Than WWE", The Independent (Dhaka), मूलबाट ४ नोभेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जुन २०१३ 
  81. "Jabbarer Boli Khela tomorrow", The Daily Star, २४ अप्रिल २०१३, अन्तिम पहुँच ८ जुन २०१३ 
  82. "Seminar on Butthan Combat Sports & Co-competition system held", United News of Bangladesh, १३ अक्टोबर २०१९, अन्तिम पहुँच २० मे २०२० 
  83. "Bangladeshi Player Shakib Al Hasan named best all-rounder in all formats by ICC: Some interesting facts about the cricketer", India Today (New Delhi, India), २७ जुन २०१५। 
  84. "Why Shakib Al Hasan is one of cricket's greatest allrounders", ESPNcricinfo (अङ्ग्रेजीमा), २३ मार्च २०२०, अन्तिम पहुँच २३ मार्च २०२१ 
  85. "Where does Shakib rank among the greatest all-rounders?", Business Standard], १५ जुलाई २०२०, अन्तिम पहुँच २३ मार्च २०२१ 
  86. Cricfrenzy.com, Z. Ahmed (१ अगस्ट २०२०), ""I don't play to be the best all-rounder of all time": Shakib Al Hasan", cricfrenzy.com (en-USमा), अन्तिम पहुँच २३ मार्च २०२१ 
  87. "Why Shakib Al Hasan is one of cricket's greatest allrounders", ESPN (अङ्ग्रेजीमा), २४ मार्च २०२०, अन्तिम पहुँच २३ मार्च २०२१ 
  88. Parida, Bastab K. (५ जुलाई २०१९), "Greatest all-rounder of 21st century debate – where does Shakib Al Hasan stand?", SportsCafe.in (अङ्ग्रेजीमा), अन्तिम पहुँच २३ मार्च २०२१ 
  89. "Best All-Rounders in Cricket History", TheTopTens (अङ्ग्रेजीमा), अन्तिम पहुँच २३ मार्च २०२१ 
  90. "Is Shakib Al Hasan a greater allrounder than Garry Sobers?", ESPNcricinfo (अङ्ग्रेजीमा), अन्तिम पहुँच २५ अप्रिल २०२१ 
  91. Breck, A. Alan Breck's Book of Scottish Football. Scottish Daily Express, 1937, cited in "Salim, Mohammed", All time A to Z of Celtic players, thecelticwiki.org, २९ मे २००६, अन्तिम पहुँच १५ अप्रिल २०१३  See also, "Barefooted Indian who left Calcutta to join Celtic", The Scotsman, १२ डिसेम्बर २००८, अन्तिम पहुँच १५ अप्रिल २०१३ 
  92. Scottish Daily Express, 29 August 1936, cited in Majumdar, B. and Bandyopadhyay, K. A Social History Of Indian Football: Striving To Score. Routledge, 2006, p. 68.
  93. Trehan, Dev (२ सेप्टेम्बर २०१९), "Hamza Choudhury can be first British South Asian to play for England, says Michael Chopra", Sky Sports 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्