जय गोस्वामी (बङ्गाली: জয় গোস্বামী जन्म: १० नोभेम्बर १९५४) एक विश्वप्रसिद्ध आधुनिक बङ्गाली कवि हुन् जो बीसौँ शताब्दीको अन्ततिर देखा परेका थिए। भारतीय पश्चिम बङ्गालका यी कविलाई बङ्गाली भाषाको जीवनान्द कालको सबैभन्दा लोकप्रिय कवि मानिन्छ। उनलाई दुई पटक आनन्द पुरस्कारद्वारा सम्मानित गरिएको थियो।[१]

जय गोस्वामी
Joy Goswami
जन्म (1954-11-10) १० नोभेम्बर १९५४ (उमेर ६९)
रानाघाट, नदिया, पश्चिम बङ्गाल
राष्ट्रियताभारतीय
पेशाकवि
चिनारीको कारणकवि, साहित्यकार
जीवनसाथीकाबिरी गोस्वामी

जीवनी सम्पादन गर्नुहोस्

जय गोस्वामीको जन्म सन् १९५४ नोभेम्बर १० का दिन भारतको पश्चिम बङ्गालको प्रसिद्ध सहर कोलकाता भएको थियो। सानो छँदा उसको परिवार रानाघाटमा सरेको थियो। त्यसबेलादेखि उसको स्थायी निवास त्यहाँ रहेको थियो। उनका बुबा मधु गोस्वामी बेलायती बिरूद्ध क्रान्तिकारी राजनीतिमा संलग्न थिए। गोस्वामीलाई उनको बुबा, मधु गोस्वामीले कविताको सम्मानमा परिचय दिन्थे जुन यस क्षेत्रका प्रख्यात स्वतन्त्रता सेनानी थिए। उनले छ वर्षको उमेरमा आफ्नो बुबा गुमाएका थिए। उनले आफ्नो पहिलो कविता १३-१४ वर्षको उमेरमा लेखेका थिए। उनले १६ देखि १९ वर्षको उमेरमा नियमित कविता लेख्न सुरु गरेका थिए। उनको बाल्यकालदेखि नै सङ्गीत प्रति रूचि रहेको थियो। गीतबाट आएका शब्दहरूले उनलाई धेरै आकर्षित गरेका थिए। यस आकर्यणले उनलाई कविता लेख्न प्रेरणा मिल्यो भने कलिलो उमेरमा, उनले कविताको वाचन सुनेसँगै र कविताको संरचना, शैली र सामग्रीसम्बन्धी उनका परम्परागत विचारहरू आमूल परिवर्तन आएको थियो। [२]

जय गोस्वामी औपचारिक पढाइ समाप्त भयो जब उनी एघारौँ कक्षामा पढरहेका थिए भने तात्कालिक समयमा सन् १९७० को दशकमा उनले कविता लेख्न सुरु गरेका थिए। उनले पत्रिका र साहित्यिक पत्रिकामा कविता लेखेका थिए। यसैले धेरै दिन पछि उनका कविताहरू देश पत्रिकामा प्रकाशित भए। चाँडै नै उनको प्रतिष्ठा विश्वव्यापी रूपमा फैलिएको थियो। केही दिनपछि उनको पहिलो कविता सङ्ग्रह, क्रिसमास ओ सनेटगुच्छ प्रकाशित भएको थियो। सन् २००० अगष्टमा उनी सहित पागोली तोमारलाई अकादेमी पुरस्कारद्वारा सम्मानित गरिएको थियो।

प्रकाशित पुस्तकहरू सम्पादन गर्नुहोस्

उनको पहिलो कविता पुस्तक, 'क्रिसमास ओ शीतेर सनेटेगुच्छ सन् १९७६ मा प्रकाशित भएको थियो जुन आठ कविताहरूको सङ्ग्रह थियो। यस कविता सङ्ग्रह प्रकाशन गर्नका लागि कुल १४५ रुपैयाँ खर्च गरीएको थियो। त्यसपछि उनको आमाको खर्चमा उनले दोस्रो प्रतिभा नामक दोस्रो कविता प्रकाशित गरिएको थियो। त्यस्तैगरि उनकन्ह आल्या ह्रद (सन् १९८१), उन्मादेर पाठक्रम (सन् १९८६), भुतुमभगबान (सन् १९८८), नुन, घुमियेछो झाउपाता? (सन् १९८९), आज जदि आमाके जिज्ञेस कारो आदि कृतिहरू प्रकाशित भएको थियो।


सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "FIR registered against Aparna Sen", The Hindu, २५ जनवरी २००९, अन्तिम पहुँच ९ जुलाई २०१० 
  2. বাংলাদেশের কালের কণ্ঠ পত্রিকাকে দেয়া সাক্ষাৎকার