मृणाल सेन
मृणाल सेन (बङ्गाली: মৃণাল সেন मृणाल् शेन्) भारतीय चलचित्र जगतका एक प्रसिद्ध निर्माता तथा निर्देशक हुन् । उनका धेरै जसो फिल्महरु बङ्गाली भाषामा रहेका छन् । उनको जन्म फरीदपुर नामको शहरमा ( जो अहिले बङ्गलादेश रहेको छ ।) सन् १९२३ मे १४ मा भएको थियो ।
मृणाल सेन মৃনাল সেন | |
---|---|
जन्म | फरीदपुर, पूर्वी बङ्गाल, ब्रिटिस भारत | १४ मे १९२३
मृत्यु | ३० डिसेम्बर २०१८[१] कोलकाता, पश्चिम बङ्गाल, भारत | (उमेर ९५)
मृत्युको कारण | हृदयघात |
राष्ट्रियता | भारतीय |
पेशा | फिल्म निर्माता |
कार्यकाल | १९५५–२००२ |
जीवनसाथी | गीता शोमे (१९५२–२०१७; उनको मृत्यु) |
सन्तान | कुनाल सेन |
पुरस्कार | पद्म भुषण (१९८३) अडर अफ फ्रेन्डसिप (२०००) |
उनका समकालीन सत्यजित राय र ऋत्विक घटकसँग संगै, उनलाई वैश्विक स्तर मा बङ्गाली समानान्तर सिनेमामा एक महान राजदूतका रूपमा मानिन्छन् ।[२]
शुरुवाती जीवन
सम्पादन गर्नुहोस्सेन को सन १९२४ में १४ मा फरीदपुर सहर (अहिले बङ्गलादेश मा) एक हिन्द्दू् परिवारमा जन्म भएको थियो । उनले हाई स्कू्ल शिक्षा पूरा गरे पछि, बिद्यार्थी को रूपमा कलकत्ता जान घर छोडे । उनले त्यहाँ नाम चलेको इसकटिस चर्च कलेज मा भौतिक शास्त्र अध्ययन गरे ।
चलचित्र निर्देशन
सम्पादन गर्नुहोस्सन् १९५५ मा मृणाल सेन ले आफ्नो पहिलो फिचर चलचित्र 'रातभोर' बनाएका थिए । उनको दोस्रो चलचित्र 'नील आकाशेर नीचे' ले उनलाई एक पहिचान दियो र उनको तेस्रो चलचित्र 'बाइशे श्रावण' ले अन्तर्राष्ट्रीय प्रसिद्धि दिलाएको थियो ।
सेन र भारतमा उनका चलचित्रहरू
सम्पादन गर्नुहोस्मृणाल सेनले अरु पाँच चलचित्रहरू बनाए पछि भारतीय सरकार को सानो सहयोग रासीको 'भुवन शोम' नामको चलचित्र बनाए, जसले उनलाइ ठुला चलचित्रकारहरू को श्रेणीमा ल्याएर राखिदियो र उनलाई रास्ट्रिय अन्तररास्ट्रिय ख्याती प्रदान गर्यो । 'भुवन शोम' चलचित्रले भारतीय चलचित्र जगतमा क्रान्ति नै ल्याइदियो र कम लगानीमा यथार्थपरक चलचित्रहरुका 'नयाँ चलचित्र' वा 'समानान्तर चलचित्र' नाम ले नयाँ युगको शुरुवात भयो ।[३]
सामाजिक सन्दर्भ तथा राजनैतिक प्रवाह
सम्पादन गर्नुहोस्मृणाल सेन ले जतिपनि चलचित्रहरू बनाए, ति चलचित्र राजनीतिबाट प्रेरित र प्रवाभित थिए । जसकारण उनी मार्क्सवादी कलाकारका रूपमा परिचित हुन् पुगे । त्यो समय भारतमा राजनैतिक हिसावले उतार चढावको समय थियो । विशेष गरी कलकत्तातथा त्यसको आसपासमा क्षेत्रहरूमा ज्यादा प्रभावित थियो, जसले नक्सलवादी विचारधारा को जन्म दियो । त्यो समय कोहि यस्ता चलचित्रहरू आए जसले उनको मध्यमवर्गीय समाज मा असन्तोषको आवाज आयो । यो निर्विवाद रूपमा उनको यो समय रचनात्मक समय थियो ।
राष्ट्रिय पुरस्कार र सम्मान
सम्पादन गर्नुहोस्मृणाल सेन लाइ भारत सरकार द्वारा सन् १९८१ मा कला क्षेत्रमा पद्म भूषणले सम्मानित गरिएको थियो । भारत सरकार ले उनको 'पद्म विभूषण' पुरस्कार एवं सन् २००५ मा 'दादा साहब फाल्के' पुरस्कार प्रदान गरेको थियो । फ्रान्स सरकारले उनलाई 'कमान्डर अफ द आर्ट द आर्ट एड्लेटर्स' उपाधि र रसियन सरकारले 'अडर अफ फ्रेन्डशिप' सम्मान प्रदान गरिएको थियो ।
प्रसिद्ध चलचित्रहरू
सम्पादन गर्नुहोस्- रातभोर
- नील आकाशेर नीचे
- बाइशे श्रावण
- पुनश्च
- अवशेष
- प्रतिनिधि
- अकाश कुसुम
- मतीरा मनीषा
- भुवन शोम
- इच्छा पुराण
- इंटरव्यू
- एक अधूरी कहानी
- कलकत्ता १९७१
- बड़ारिक
- कोरस
- मृगया
- ओका उरी कथा
- परसुराम
- एक दिन प्रतिदिन
- आकालेर सन्धाने
- चलचित्र
- खारिज
- खण्डहर
- जेनसिस
- एक दिन अचानक
- सिटी लाईफ-कलकत्ता भाइ एल-डराडो
- महापृथ्वी
- अन्तरीन
- १०० ईयर्स अफ सिनेमा
- आमार भुवन
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Rakesh Sharma (डिसेम्बर ३०, २०१८), "The Dadasaheb Phalke award-winning film director Mrinal Sen Passed away on Sunday at the age of 95", Bollywood Galiyara, BollywoodGaliyara.com, अन्तिम पहुँच डिसेम्बर ३०, २०१८। वेब्याक मेसिन अभिलेखिकरण जनवरी १, २०१९ मिति
- ↑ "Memories from Mrinalda", Rediff, रेडिफ डट कम, फेब्रुअरी १, २००५, अन्तिम पहुँच जनवरी २७, २०१०।
- ↑ Vasudev, Aruna (१९८६), The New Indian Cinema, म्याकमिलन भारत, आइएसबिएन 0-333-90928-3।