ढाका
ढाका (बङ्गाली: ঢাকা) बङ्गलादेशको राजधानी हो । यो सहर बुढी गङ्गा नदीको तटनेर स्थित यो देशकै सबैभन्दा ठुलो सहर हो । राजधानी हुनु बाहेक यो बङ्गलादेशको औद्यौगिक तथा प्रशासनिक केन्द्र पनि हो । ढाकामा मुख्य रूपमा धान, उखु तथा चियाको व्यापार गरिन्छ । ढाकाको जनसङ्ख्या लगभग १.४३ करोड रहेको छ जुन कि संसारकै सहरहरू मध्येको ११औँ सबैभन्दा बढी हो । ढाकाको आफ्नो बेग्लै इतिहास रहेको छ तथा यसलाई संसारमा मस्जिदको सहरको नामले पनि चिनिने गरिन्छ । मुगल सल्तनतको समयमा यस सहरलाई १७औँ शताब्दीमा जहांगिर नगरको नामले चिनिने गरिन्थ्यो । यो सहर त्यस समयमा पनि एउटा प्रादेशिक राजधानी थियो र यहाँ निर्मित हुने मखमलको व्यापारमा यस सहरको नाम पुरै विश्वमा रहेको थियो । आधुनिक ढाकाको निर्माण तथा विकास ब्रिटिश शासनको समयमा उन्नाइसौ शताब्दीमा भयो र यस सहरले छिट्टै भारतको कोलकाता पछि पुरै बङ्गालको दोस्रो ठुलो सहरको रूपमा विकसित भयो ।
ढाका
ঢাকা | |
---|---|
राजधानी तथा महानगरपालिका | |
ढाका सहरका सम्पदाहरू
| |
उपनाम(हरू): मस्जिदको सहरसँगै विश्व रिक्साको राजधानी | |
देश | ![]() |
प्रान्त | ढाका प्रान्त |
जिल्ला | ढाका जिल्ला |
स्थापना | १६०८ |
सहरको लागि प्रस्तावित | सन् १९४७ |
क्षेत्रफल | |
• राजधानी तथा महानगरपालिका | ३०६.३८ किमी२ (११८.२९ वर्ग माइल) |
• पानी | ४८.५६ किमी२ (१८.७५ वर्ग माइल) |
• महानगर | २१६१.१७ किमी२ (८३४.४३ वर्ग माइल) |
उन्नतांश | ४ मिटर (१३.१२ फिट) |
जनसङ्ख्या (२०१३)[२] | |
• राजधानी तथा महानगरपालिका | १४,३९९,००० |
• घनत्व | ४५,०००/किमी२ (११५,२००/वर्ग माइल) |
• महानगर | ७,०००,९४० (२००८) |
• साक्षरता दर | ७२.७६% |
समय क्षेत्र | युटिसी+६ (बङ्गलादेश समय) |
हुलाक कोड | १०००, ११००, १२xx, १३xx |
राष्ट्रिय टेलिफोन कोड | +८८० |
फोन कोड | ०२ |
कुल घरेलु उत्पादन (२०१३ ) | $१४० बिलियन[३] |
वेबसाइट | आधिकारिक ढाका वेबसाइट |
भारतको विभाजन पछि सन् १९४७ मा ढाका पूर्वी पाकिस्तानको प्रशासनिक राजधानी बन्यो र सन् १९७२ मा बङ्गलादेश एउटा स्वतन्त्र राष्ट्रको रूपमा अस्तित्व पाएपछि यसलाई देशको राष्ट्रिय राजधानी घोषित गरियो । आधुनिक ढाका देशको राजनीति, अर्थव्यवस्था, तथा संस्कृतिको मुख्य केन्द्र हो । ढाका मात्रै देशको सबैभन्दा साक्षर (६३%) सहर नभएर बङ्गलादेशको सहरहरूमध्येको सबैभन्दा बढी विविधता रहेको वा पाइने सहर पनि हो । तथापि आधुनिक ढाकाको सहरी आधारभूत ढाँचा देशको सबैभन्दा विकसित भएतापनि यहाँको प्रदूषण, यातायात असन्तुलन, गरीबी, अपराध जस्तो समस्याहरू यस सहरको लागि ठुलो चुनौती रहेको छ । सम्पूर्ण देशवाशीहरूको ढाकामा बसाई सर्ने प्रवृति पनि यहाँको सरकारको लागि एउटा ठुलो समस्याको रूपमा लिइदै आएको छ ।
इतिहास
मुगल शासन कालमा ढाकालाई जहांगीर नगरको नामले चिनिन्थ्यो । त्यस समय यो बङ्गाल प्रान्तको राजधानी थियो । वर्तमान ढाकाको निर्माण १९औँ शताब्दीमा अङ्ग्रेजहरूको अधीनमा भएको हो । बिभाजनपछि ढाका पूर्वी पाकिस्तानको राजधानी बन्यो र सन् १९७२ मा यो बङ्गलादेशको राजधानी बनेको हो ।
भूगोल तथा मौसम
प्रशासन
जनसाङ्ख्यिकी
संस्कृति
पर्यटन स्थल
खेलकूद
बङ्गलादेशको प्रमुख फुटबल रङ्गशाला बंगबन्धु राष्ट्रिय रंगशाला पनि ढाकामा भएकाले बङ्गलादेशमा आयोजना हुने प्रमुख अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता पनि ढाकामा हुने गर्दछ । फुटबलको साथै यहाँ अन्तर्राष्ट्रिय स्तरका फुटबल तथा अन्य खेलकुदका प्रतियोगिताहरू समेत ढाकामा नै हुने गर्दछ ।
बाह्य कडीहरू
सन्दर्भ सामग्री
- ↑ "Dhaka, Bangladesh Map", National Geographic Channel, अन्तिम पहुँच २००९-०९-०६।
- ↑ "No. 1: Dhaka, Bangladesh - In Photos: The World's Densest Megacities", Forbes, अन्तिम पहुँच २२ जुन २०१३।
- ↑ http://www.ukmediacentre.pwc.com/imagelibrary/downloadMedia.ashx?MediaDetailsID=1562
- ↑ [१].