ज्योति बसु (सन् १९१४ जुलाई ८ - सन् २०१० जनवरी १७)[१] भारतीय कम्युनिस्ट पार्टी, मार्क्सवादीको एक लोकप्रिय राजनीतिज्ञ थिए। उनले सन् १९७७ देखि सन् २००० सम्म पश्चिम बङ्गाल राज्यको मुख्यमन्त्री भएर भारतको सबैभन्दा लामो समयसम्म सेवा गर्ने मुख्यमन्त्रीको कीर्तिमान स्थापित गरेका थिए।[२][३][४] उनी सन् १९६४ देखि सन् २००० सम्म सिपिएम पोलिट ब्युरोका सदस्य थिए।[५]

ज्योति बसु
জ্যোতি বসু
ज्योति बसु
पश्चिम बङ्गालको ७औँ मुख्यमन्त्री
कार्यकाल
सन् १९७७ जुन २१ – सन् २००० नोभेम्बर ६
पूर्वाधिकारीसिद्धार्थ शङ्कर राय
उतराधिकारीबुद्धदेव भट्टाचार्य
विधायक
कार्यकाल
सन् १९८७ – सन् २०११ मे १३
निर्वाचन क्षेत्रजाधवपुर
व्यक्तिगत विवरण
जन्म
ज्योतिरिन्द्र बसु

(१९१४-०७-०८)८ जुलाई १९१४
कलकत्ता, बङ्गाल रियासत, ब्रिटिस भारत
मृत्यु१७ जनवरी २०१०(2010-01-17) (उमेर ९५)
कोलकाता, पश्चिम बङ्गाल, भारत
मृत्युुको  कारणन्युमोनिया
राष्ट्रियताभारतीय
जीवन साथी(हरू)
बसन्ती बसु
(
वि १९४०; मृत्यु १९४२)

कमला बसु
(
वि १९४८; मृत्यु २००३)
सन्तान(हरू)

बाल्यकाल तथा शिक्षा सम्पादन गर्नुहोस्

ज्योति बसुको जन्म सन् १९१४ जुलाई ८ मा ज्योति किरण बसुको रूपमा कलकत्तामा एक उच्च मध्यम वर्ग बङ्गाली परिवारमा भएको थियो। उनका बुवा निशिकान्त बसु ढाका जिल्ला, पूर्वी बङ्गाल (अहिले बङ्गलादेशमा) को बर्डी गाउँमा डाक्टर थिए, जबकि उनकी आमा हेमलता बसु गृहिणी थिइन्। बसुको प्रारम्भिक विद्यालय शिक्षा सन् १९२० मा धर्मतला, कलकत्ता (अहिले कोलकाता) मा लोरेटो स्कुलमा सुरु भयो, जहाँ उनको बुवाले उनको नाम छोटो गरि ज्योति बसु राखेका थिए। बसुले सन् १९२५ मा सेन्ट जेभियर्स स्कुल पढ्नुभन्दा पहिले हिन्दू कलेज (१८५५ मा प्रेसिडेन्सी कलेजमा रूपान्तरण) बाट अङ्ग्रेजीमा स्नातक पूरा गरेका थिए। सन् १९३५ मा, बसु कानून विषयमा उच्च शिक्षाको लागि इङ्ल्यान्डको लागि गएका थिए, जहाँ उनी ग्रेट ब्रिटेनको कम्युनिस्ट पार्टीसँग सम्पर्कमा आए पछि राजनीतिक क्षेत्रमा प्रवेश गरे। भारतका प्रसिद्ध वामपन्थी दार्शनिक र लेखक रजनी पाम दत्तबाट उनी प्रेरित भएका थिए। सन् १९४० मा, बसुले आफ्नो शिक्षा पूरा गरे र मिडिल टेम्पलबाट एक ब्यारिस्टरको रूपमा प्रवेश पाएका थिए। त्यही वर्ष उनी भारत फर्किए। सिपिआईले उनलाई सन् १९४४ मा रेल कर्मचारीहरू बीच काम गर्न आग्रह गरे र तत् पश्चात बसु ट्रेड युनियन गतिविधिहरूमा संलग्न भएका थिए। बिएन रेलवे कर्मचारी सङ्घ र बिडी कर्मचारी सङ्घको विलयपछि, बसु एकीकृत सङ्घको महासचिव बनेका थिए।

राजनीतिक करियर सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Obituary: Jyoti Basu वेब्याक मेसिन अभिलेखिकरण १८ जनवरी २०१० मिति 17 January 2010 BBC News.
  2. "Jyoti Basu: The Communist patriarch", NDTV, १७ जनवरी २०१०। 
  3. Kanjilal, Pratik (२२ जनवरी २०१०), "The statesman, not his politics", Hindustan Times (अङ्ग्रेजीमा)। 
  4. "Tough, yet gentle", Frontline (magazine) (अङ्ग्रेजीमा), The Hindu, १२ फेब्रुअरी २०१०, मूलबाट १५ जुन २०२०-मा सङ्ग्रहित। 
  5. "Jyoti Basu will continue on Central Committee", The Hindu (Kolkata: The Hindu), ४ अप्रिल २००८, मूलबाट १ नोभेम्बर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ जनवरी २०१० 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्