बरिशाल
बारिसाल (बङ्गाली: বরিশাল) बङ्गलादेशको एक प्रमुख सहर हो जुन क्रितनखोला नदिको किनारमा रहेको छ । यो सहर बङ्गलादेशको दक्षिण-मध्य क्षेत्रमा अवस्थित छ । यो सबैभन्दा ठूलो सहर हो र दुवै बरिसाल जिल्ला र बरिसाल विभागको प्रशासनिक मुख्यालय र सबैभन्दा ठूलो सहर हो । यो बङ्गलादेशको सबैभन्दा पुरानो नगरपालिका र नदी बन्दरगाह रूपमा रहेको छ । बिरसल नगरपालिका १९७६ मा ब्रिटिश राजको समयमा स्थापना भएको थियो र २५ जुलाई २००२ मा नगरपालिका निगममा स्थान अभिब्रिद्घी गरियको थियो । सन् २०११ को राष्ट्रिय जनगणना अनुसार यस सहरको जनसङ्ख्या ३२८,२७८ रहेको छ र यस सहरमा ३० वार्डहरू र ५० वटा महलहरू छन् । यस सहरको कुल क्षेत्रफल ५८ वर्ग किलोमिटर रहेको छ ।
बरिसाल
বরিশাল | |
---|---|
सहर | |
बरिसालका सम्पदाहरू | |
उपनाम: पूर्वको भेनिस | |
विभाग | बरिसाल विभाग |
जिल्ला | बरिसाल |
नगरपालिकाको स्थापना | १८७६ |
सहर निगम | २००२ |
सहर | १९ अप्रिल २००१[१] |
सरकार | |
• प्रकार | मेयर परिसद |
• अङ्ग | बरिसाल परिसर निगम |
क्षेत्रफल | |
• सहरी | ५८ किमी२ (२२ वर्ग माइल) |
उन्नतांश | १ मिटर (४ फिट) |
जनसङ्ख्या (२०११)[३] | |
• सहर | ३२८,२७८ |
• घनत्व | १०,५२४/किमी२ (२७,२६०/वर्ग माइल) |
• महानगर | ३८५,०९३ |
समय क्षेत्र | युटिसी+६ (बङ्गलादेशी समय) |
हुलाक कोड | ८२०० |
टोलिफोन कोड | ०४३१ |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसाङ्ख्यिकीसम्पादन
२०११ राष्ट्रिय जनगणनाको अनन्त परिणामको अनुसार बरिसालको जनसङ्ख्या (बरिसाल नगर निगमको अधिकार क्षेत्र अन्तर्गत) ३२८,२७८ रहेको छ जसमध्ये परुषको जनसङ्ख्या ५१.६३ र ४८.३७ % महिला को जनसङ्ख्या रहेको छ ।
बरिसालको सहरीया मानिसको साक्षरता दर ७५.३ % रहेको छ जुन राष्ट्रिय औसत ५६.५ % भन्दा अधिक छ । बरिसालमा लगभग सबै मानिसहरू बङ्गाली हुन ।
भूगोलसम्पादन
बरिसला जिल्ला कुल क्षेत्रफल २७९०.५१ वर्ग किलोमिटर रहेको छ जुन मदारीपुर ,लक्ष्मीपुर ,चाँदपुर ,शरियतपुर जिल्लाले उत्तर तर्फबाट धेरेको छ भने पटुवाखाली ,बर्जुना र झालोकोटी जिल्लाले दक्षण तर्फबाट धेरेको छ र भोला जिल्लाले पुर्वीमा र पिरोजपुर ,झालोकोटी र गोपालगंजले पश्चिम तर्फबाट धेरेको छ । खोरदबाद , एरियल खान ,कमलीजरा र क्रितनखोला यस सहरका प्रमुख नदिहरू हुन् ।
अर्थतन्त्रसम्पादन
बरिसाल बङ्गलादेशको सबैभन्दा धेरै धान उत्पादन गर्ने सहर हो । यस सहरमा बलाम (एक प्रकारको बासमती धान) यहाँको लोकप्रिय धान हो । यो सहर पानको लागि प्रख्यात छ । सहरलाई नदिहरूले धेरेको हुँदा यहाँ माछा पनि धेरै मात्रमा पाईन्छ । नरिवल यस सहरको एक प्रमुख फलफुल हो । सहरले हालसम्म हल्सा माछा ,सिमेन्ट ,धान ,अौसधीहरू आयात गर्दै आएको छ ।
खेलकुदसम्पादन
यस सहरमा क्रिकेट र फुटबल अत्याधिक रुचाइएको खेल हो भने कब्ड्डी र टेनिस पनि प्रख्यात रहेको छ। यस सहरको बरिशाल विभागीय रङ्गशाला अन्तर्राष्ट्रिय रङ्गशाला हो जसमा विभिन्न किसिममा खेलहरू खेलिँदै आएको छ भने यस रङ्गशालाको कुल क्षमता १५,००० रहेको छ। हाल यो रङ्गशालालाई क्रिकेट खेलहरूको लागि प्रयोग गरिन्छ। यो फुटबल र अन्य खेलकुदहरूको लागि पनि प्रयोग गरिँदै आएको थियो। विभिन्न खेलहरू बाहेक त्यहाँ कहिलेकाहीँ खेल सम्बन्धि कार्यक्रमहरू पनि गरिँदै आएको छ।
उल्लेखनीय व्यक्तित्वहरूसम्पादन
- वीरश्रेष्ठ महिउद्दिन जाहाङ्गीर -स्वतन्त्रता युद्ध सेनानी (वीरश्रेष्ठ);
- अश्वीनिकुमार दत्त - समाजसेवक;
- जीवनानन्द दास - कवि तथा साहित्यकार
- आब्दुल रहमान विश्वास - पूर्व राष्ट्रपति ;
- शओकत होसेन हिरन - पूर्व नगरप्रमुख;
- आबुल काशेम फलजुल हक- राजनीतिक व्यक्तित्व
- सुफिया कामाल-कवि
- कामिनी राय-कवि
- निर्मलकुमार रायचौधुरी, चिकित्सक तथन समाजसेवी
सन्दर्भ सामग्रीसम्पादन
- ↑ "बरिसाल सहरको अग्रिम योजना -", बङ्गलादेश सरकार, मूलबाट १४ अप्रिल २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ अप्रिल २०१५।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "बरिसाल सहर परिसद, बङ्गलादेश", अन्तिम पहुँच १२ अप्रिल २०१५।
- ↑ "२०११ राष्ट्रिय जनगणना , बङ्गलादेश", बङ्गलादेश राष्ट्रिय तथ्याङ्क विभाग, पृ: ३८, मूलबाट ८ डिसेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ डिसेम्बर २०१५।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता)