नाटोर जिल्ला

नाटोर (बङ्गाली: নাটোর) बङ्गलादेशको उत्तरी भागमा पर्ने एक जिल्ला हो। यो जिल्ला राजशाही विभाग अन्तर्गत पर्दछ। [१][२][३]

नाटोर

নাটোর
Natore Uttara GanoBhaban1 (Prime Minister's Residence).JPG
बङ्गलादेशको नक्सामा नाटोरको अवस्थिति
बङ्गलादेशको नक्सामा नाटोरको अवस्थिति
निर्देशाङ्क: २४°२५′N ८८°५६′E / २४.४१°N ८८.९३°E / 24.41; 88.93निर्देशाङ्कहरू: २४°२५′N ८८°५६′E / २४.४१°N ८८.९३°E / 24.41; 88.93
देशFlag of Bangladesh.svg बङ्गलादेश
विभागराजशाही
सरकार
 • सङ्घीय परिषद्नाटोर-१, नाटोर-२, नाटोर-३, नाटोर-४
क्षेत्रफल
 • जम्मा१,९००.१९ किमी (७३३.६७ वर्ग माइल)
जनसङ्ख्या
 (२०११)
 • जम्मा१,७०६,६७३
 • घनत्व९००/किमी (२,३००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशको प्रमाणिक समय)
हुलाक अङ्क
६४००

भूगोलसम्पादन

 
पाबना जिल्ला र नाटोर जिल्लामा रहेको चलन बिल

नाटोर बङ्गलादेशको उत्तरी क्षेत्रमा पर्ने एक जिल्ला हो र यो जिल्ला २४°२५' देखि २४°५८' उत्तर अक्षांश र ८८°२३' देखि ८९°१०' पुर्व देशान्तरणमा अवस्थित छ। नाटोर जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १८९६.०५ वर्ग किलोमिटर ओगटेको छ। यस जिल्लालाई बगुडानउगाँले उत्तरबाट घेरेको छ भने यस जिल्लाको दक्षिणमा पाबनाकुष्टिया जिल्ला रहेका छन्। त्यस्तै गरी यस जिल्लाको पूर्वमा पाबनाशिराजगञ्ज जिल्ला रहेका छन् भने पश्चिममा राजशाही जिल्ला रहेको छ। पद्मा, बरल, नगर आदि यस जिल्लाका प्रमुख नदिहरू हुन्।[४][५][६]

इतिहाससम्पादन

 
उत्तरा गनभबोन प्रवेशद्वार

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा सुरु भएको थियो भने युद्धका बेला यस क्षेत्रमा बसोबास गर्ने उर्दू मातृभाषीहरू (राजाकार) र पाकिस्तानी सेनाले यहाँ रहेका बङ्गाली मातृभाषा भएका स्थानीय मानिसहरूको सामूहिक हत्या, घरटहरामा आगजनी, महिला माथी दुर्ववहार, सामूहिक बलात्कार गरी आतङ्क मच्चाएका थिए।[७] १९ मार्च १९७१ का दिन पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु बीच नाटोर सदर उपजिल्लामा प्रत्यक्ष गोली हानाहान तथा युद्ध भएको थियो जहाँ पाकिस्तानी सेनाको प्रमुख अधिकारी आसलम र इसाक सहित ४० सेनाको मृत्यु भएको थियो। ३० मार्च १०७१ का दिन पाकिस्तानी सेना र बङ्गलादेशी लडाकु बीच लालपुर उपजिल्लामा प्रत्यक्ष गोली हानाहान भएको थियो जहाँ ८० लडाकुको ज्यान गएको थियो भने ३२ जना घाइते भएका थिए। चामाटिया गाउँमा भएको युद्धमा पनि ३ बङ्गलादेशी लडाकुको मृत्यु भएको थियो। १२ अप्रिलमा भएको युद्धमा १० मुक्तियोद्धाहरू सहिद भएका थिए।[८] पाकिस्तानी सेनाले १९ अप्रिल १९७१ का दिन यस जिल्लाका १०० सर्वसाधारणहरूको सामूहिक हत्या गरेका थिए जसमा दिलिप कुमार सरकार, डा महिन्द्रानाथ सरकार र नवाराम मजुम्दार समावेश छन्। ३ मे देखि २७ जुलाई १९७१ सम्म पाकिस्तानी सेनाले यस जिल्लाका सबै लालपुर उपजिल्लाका उत्तर बङ्गाल चिनी उद्योग, रामकृष्णपुर, बिलमारीया हाट, निल कुठी जस्ता ठाउँहरूमा आक्रमण गरी लगभग ५००० जना सर्वसाधारणहरूको हत्या गरेका थिए। वीर प्रतिक आजाद आलीको नेतृत्वमा रहेको बङ्गलादेशी लडाकु र पाकिस्तानी सेना बीच नविरपाडा गाउँमा प्रत्यक्ष गोली हानाहान हुँदा १६ पाकिस्तानी सेना मारिएका थिए। ३ डिसेम्बर १९७१ का दिन पाकिस्तानी सेनाले महेशपुरका ३६ सर्वसाधारणहरूको सामूहिक हत्या गरेका थिए।[९]

जनसाङ्खिकिसम्पादन

सन् २०११ को राष्ट्रिय जनगणना अनुसार यस जिल्ला कुल जनसङ्ख्या ६,९८४,४७ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ३,५३२,०१ छ भने महिलाको जनसङ्ख्या ३,४५२,४६ रहेको छ। यस जिल्लाको जनधनत्व ७५६ प्रति वर्ग किलोमिटर रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मका मानिसहरूको जनसङख्या ५,४९७,०२ रहेको छ भने हिन्दु धर्मको जनसङ्ख्या १,४८३,३९ छ। त्यस्तै गरी बुद्ध धर्मको जनसङ्ख्या १८६, ईसाई धर्मको २१ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या १९९ रहेको छ। यस जिल्लामा सन्थाल, मुण्डा, मुसहर आदि जनजातिहरू बसोबास गर्छन्। सन्स २०१५ को तथ्याङ्क अनुसार, जिल्लामा १९६१ मस्जिद, २१८ हिन्दु मन्दिर, १२ गिर्जाघर र ६ चिहानहरू रहेका छन्। घासीपिरको चिहान, सालामपुर र बाउडा शाही मस्जिद, भेलालाबाडिया शाह बागुको चिहान र मस्जिद, मायार मस्जिद, चापिला शाही मस्जिद, बुधपाडा हयरत इसाम शाश आलमको मस्जिद, हजरत शाह सुफी बोरहान उद्दिनको चिहान, सोना पीरेको चिहान, पाँच पीरेको चिहान, बड बाघा माजार शरीफ, रहिम साधुरको चिहान (गुरुदासपुर उपजिल्ला), बुडा पिरको चिहान, जयकालीबाडि मन्दिर, (नाटोर सदर उपजिल्ला), श्री श्री राधा रामन र श्री श्री नारायण बिगराहो टेगोर देव मन्दिर (सिङ्डा उपजिल्ला), श्री फकिर चन्द गोसाई आश्रम (लालपुर उपजिल्ला) आदि यस जिल्लाका प्रमुख धार्मिक स्थलहरू हुन्। [१०]

अर्थतन्त्रसम्पादन

 
नाटोर जिल्लामा रहेको गहुँ बारी

यस जिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस जिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस जिल्लामा धान, गहुँ, मकै, खुर्सानी, तोरी, प्याज, उखु, आलु तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस जिल्लामा मुख्यतया आँप, केरा, लिची, खरबुजा, कटहर आदि उत्पादन हुँदै आएको छ। यस जिल्लाले मुख्यतया धान, लिची, आँप, लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस जिल्लामा १६५ हाट बजार तथा मेला सञ्चालनमा रहेका छन्। [११]

सन्स २०१५ को तथ्याङ्कको अनुसार, यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती जसमा जिल्लाकै ७०.५९% मानिसहरू संलग्न छन् । यस जिल्लाका मानिसहरू अन्य जस्तै ३.०१% मजदुरी, व्यापार र उद्योगमा ५.०२%, वाणिज्यमा १०%, सञ्चार र यातायातमा २.७४%, विप्रेषणमा ०.२१%, सरकारी कार्यलयहरूमा ४.४५% ,धर्म सेवामा ०.१२% र अन्यमा ११.३८% रहेका छन्।[१०]

शिक्षासम्पादन

यस जिल्लाको कुल साक्षरता दर ४१.६% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४५.५% छ भने महिलाको साक्षरता दर ३७.४% रहेको छ। यस जिल्लामा ५९ क्याम्पस, १ प्राविधिक शिक्षण संस्था, २७४ माध्यमिक विद्यालय, ७०१ प्राथमिक विद्यालय र २३७ मदरसाहरू रहेका छन्। यस जिल्लाका प्रख्यात तथा लोकप्रिय शिक्षण संस्थाहरू यस प्रकार छन्; नवाव सिराज-उद-दल्लाह सरकारी क्याम्पस (सन् १९६५), बिलचलन सहिद सामसुज्जोहा क्याम्पस (सन् १९६९), कालाम डिग्री क्याम्पस, लालपुर महाविद्यालय, गोपालपुर डिग्री क्याम्पस, आब्दुलपुर सरकारी क्याम्पस, बिल हालति त्रिमोहनी डिग्री क्याम्पस, इकबाल डिग्री क्याम्पस, बराइग्राम डिग्री महाविद्यालय (१९७०), बनपाडा डिग्री क्याम्पस (सन् १९८५), राजापुर डिग्री क्याम्पस (सन् १९९५), मौखाडा महिला डिग्री क्याम्पस (सन् १९९६), बनपाडा कृषि तथन प्राविधिक क्याम्पस (सन् २०००) (बाडाइग्राम उपजिल्ला), माजमर शरिफ प्राविधिक तथा व्यापार व्यवस्थापन महपरिला क्याम्पस (सन् २००१), गोपालपुर पौर प्राविधिक तथा बिएम क्याम्पस (सन् २००२), चकनाजिरपुर व्यवसायीक क्याम्पस (सन् २००२), दिघापातिया पिएन उच्च विद्यालय, नाटोर महाराजा जगदीन्द्र नाथ उच्च विद्यालय (सन् १८८४), ललोर उच्च विद्यालय (सन् १९०१), कालाम उच्च विद्यालय (सन् १९२४), चकनजिरपुर उच्च विद्यालय (सन् १९२५), नाटोर सरकारी छात्र उच्च विद्यालय (सन् १९४४), बाडाइग्राम पाइलट उच्च विद्यालय (सन् १९५४), राजापुर उच्च विद्यालय (सन् १९५४), लुइस उच्च विद्यालय (सन् १९५९), सिकरपुर आलिया मदरसा (गुरुदासपुर उपजिल्ला) आदि।[१२]

केही प्रसिद्ध स्थलहरूसम्पादन

 
रानी भवानीको दरबार, नाटोर जिल्ला

नाटोर जिल्लाको एक प्रमुख पर्यटकीय स्थल रानी भवानीको दरबार हो। रानी भवानी एक महान सामाजिक कार्यकर्ता थिएन्। उनी बङ्गलादेशमा महिलाहरूको लागि शिक्षा फैलाउने अग्रणी थिइन्।[१३] यो ऐतिहासिक दरबार पुरानो बस बिसौनी नजिकै अवस्थित छन्। यस क्षेत्र वरपर क्याम्पस, एक विद्यालय, र रानी भवानीको नामबाट राखिएको अन्य संस्था पनि छन्। रानी भवानीको दरबार एउटा अद्भुत तालले घेरिएको।

 
उत्तर गणभवनको प्रवेश द्वार

उत्तर गणभवन (डोघापोटिया राजबारीको नामले पनि परिचित) स्वदेशी तथा विदेशी पर्यटकहरूका लागि सबैभन्दा लोकप्रिय पर्यटकीय स्थल हो। प्राचीन इतिहासका अनुसार नाटोरका राजाले यहीँ बसोबास गर्ने गर्थे भने हाल यस दरबारलाई उत्तर गणभवन भनिन्छ र बङ्गलादेशका राष्ट्रपतिको आधिकारिक निवासहरू मध्ये एक हो। यो ठूला मैदानहरूमा अवस्थित छ र यस भवनमा सजावटी ढोकाहरू, ठूलो बगैचा, र सयौँ कोठाको रहेका छन्। यस भवन वरपर एक ताल छ र केही भव्य मूर्तिकला पनि रहेका छन्। यो नाटोर जिल्ला सहरबाट ३ किलोमिटरको दुरीमा अवस्थित छ।[१४][१५][१६][१७]

प्रशासनसम्पादन

प्रशासकीय नटोर उप-विभाग सन् १८४५ मा राजशाही जिल्लाको अधिनमा स्थापित गरिएको थियो र सन् १८६९ मा नगरपालिका निगममा पदोन्नति गरिएको थियोे। यस उप-विभागलाई सन् १९८४ मा जिल्लामा रुपान्तरण गरिएको थियो। यस जिल्लामा हाल ७ उपजिल्लाहरू रहेका छन् जसमध्ये सबैभन्दा ठूलो उपजिल्ला सिङ्डा (५२८.४६ वर्ग किलोमिटर) हो भने सबैभन्दा सानो उपजिल्ला बागातिपाडा (१३९.३७ वर्ग किलोमिटर) हो। यस जिल्लाका उपजिल्लाहरू यस प्रकार छन्;

 
सहिद स्मारक

[१८]

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "नाटोर जिल्लाको आधिकारिक वेबसाइट", बाङ्लापिडिया, २ फेब्रुअरी २०१८, अन्तिम पहुँच १० फेब्रुअरी २०१८ 
  2. "नाटोर जिल्लाको नक्सा", म्यापहिल। 
  3. "नाटोर जिल्लाको नक्शा", म्यापकार्टा। 
  4. "नाटोर जिल्लाको पूर्व विवरण", द फुल विकि। 
  5. "नाटोर जिल्ला", खुजबो। 
  6. "नाटोर जिल्ला जानकारी", आइपिएफएस। 
  7. Natorer Gaurab (The Glory of Natore), edited by Md. Mokshuder Rahman, A Publication of Natore District Administration, December 1989.
  8. নাটোর জেলার ওয়েবসাইটে "জেলার পটভূমি" वेब्याक मेसिन अभिलेखिकरण २०१४-०२-२६ मिति শীর্ষক নিবন্ধ
  9. দৈনিক প্রথম আলো শহীদ সাগরের তীরে নিবন্ধ
  10. १०.० १०.१ "নাটোর জেলা", बाङ्लापिडिया 
  11. "Natore District", स्निपभ्यु। 
  12. "नाटोर जिल्लामा रहेका विद्यालय तथा शिक्षण संस्थाहरू", गोभरिजल्टबिडी। 
  13. एबिएम महमुद (सन् २०१२), "रानी भवानी", in सिरजुल इसलाम र अहमद जामाफ, बाङ्लापिडिया: बङ्गलादेशको राष्ट्रिय ज्ञानकोष (दोस्रो संस्करण), बङ्गलादेश। 
  14. "HOTEL LIST OF NATORE DISTRICT", होटेलमोटेल। 
  15. "नाटोर जिल्लाका पर्यटकीय स्थलहरू", टुरिष्टप्लेस। 
  16. "नाटोर जिल्लाका लोकप्रिय स्थलहरू", द बङ्गलादेश। 
  17. "Heritage of Natore", हेरिटेज अफ नाटोर। 
  18. महम्मद जाकिरा (२१ मे २०१४), "59.47% vote in 6th phase upazila polls", ढाका ट्रिब्युन, अन्तिम पहुँच २३ नोभेम्बर २०१४ 
  19. "नाटोर जिल्लाका उपजिल्ला, सङ्घ परिषद् र गाउँहरू", काबिरहाट। 

बाह्य कडीहरूसम्पादन