मध्यपङ्क्ति (फुटबल)

सामान्य अर्थमा मध्यपङ्क्ति भन्नाले अग्रपंक्ति र रक्षापंक्तिको बिचको स्थान भन्ने बुझिन्छ। फुटबलमा मध्यपङ्क्तिबाट खेल्ने खेलाडीलाई मिड फिल्डर भनिन्छ। केहि मिड फिल्डरहरू रक्षात्मक भूमिकामा देखिन्छन् भने केहि मिडफिल्डर र फरवार्ड बिचको सिमाको यकिन स्थान नखुलाई खेल्ने गर्दछन। मिड फिल्डरको संख्या र भूमिका टोलीको संरचनामा निर्भर गर्दछ ; मैदानमा रहेका मिड फिल्डरहरू बटुलेर बनेको समूहलाई नै मध्यपङ्क्ति भनिन्छ। धेरै प्रशिक्षकहरूले कम्तिमा एउटा मिड फिल्डरलाई विपक्षी टोलीको आक्रमण माथि धावा बोल्न प्रयोग गर्छन, भने बाँकी मिड फिल्डरहरूलाई गोलको मौका सिर्जना गर्ने वा रक्षात्मक र आक्रामक दुवै क्षेत्रमा उत्तिकै सक्रिय रहेर खेल्न प्रशिक्षकले खटाउन सक्छ। मिड फिल्डर ती खेलाडी हुन् जो अन्य खेलाडीभन्दा बढी दुरी तय गर्दछन्।

फुटबल खेलमा मध्यपङ्क्तिको स्थान (निलो)

केन्द्रीय मध्यपङ्क्तिसम्पादन

केन्द्रीय मिड फिल्डर आक्रामक र रक्षात्मक मिड फिल्डरको पनि बिचबाट खेल्ने खेलाडी हुन्। यो स्थानबाट खेल्ने खेलाडीले आक्रामक मिड फिल्डर र फरवार्डलाई बल पास गर्ने प्रयास गर्छन् भने केहीले तिव्र गतिमा अगाडि बढेर पेनाल्टी क्षेत्रबाट आक्रमण गर्छन्।

"बक्स-टु-बक्स" मध्यपङ्क्तिसम्पादन

यो मिड फिल्डर केन्द्रीय मिडफिल्डर हो जो आफ्नो चालको कारण आक्रमण र रक्षात्मक दुवै क्षेत्रमा बलियो हुन्छ। त्यसकारण यी खेलाडीले आफ्नै रक्षात्मक घेरामा रहेर विपक्षीको प्रहार रोक्ने र विपक्षीको पेनाल्टी क्षेत्र नजिक बल पुर्याएर गोल गर्ने प्रयास गर्दछ।

रक्षात्मक मध्यपङ्क्तिसम्पादन

यस स्थानबाट खेल्ने खेलाडीले लगभग डिफेन्डरकै काम गर्छन् तर यी खेलाडीहरू रक्षात्मक घेराभन्दा केही अगाडि रहन्छन्। विपक्षीका प्रमुख खेलाडीलाई छेक्ने प्रयास यिनीहरूको हुन्छ।

विङ्गरसम्पादन

फुटबलमा विङ्गर (पाश्वखेलाडी) भन्नाले त्यस्ता खेलाडीलाई बुझिन्छ जो स्ट्राइकरको विङ्गबाट खेल्ने गर्दछन्। पहिले विङ्गरहरूलाई शुद्ध आक्रामक खेलाडी मानिन्थ्यो जसबाट पछाडी फर्किएर रक्षात्मक खेल खेल्ने अपेक्षा गरिँदैनथ्यो। यो शैली सन् १९६० तिर आएर परिवर्तन भयो। इङ्गलैन्डका प्रशिक्षक आल्फ राम्सेले इसं १९६६ को विश्वकपमा क्वार्टरफाइनल पछीका खेलहरूमा विङ्गरको प्रयोग गरेनन् जसलाई 'विङ्गलेस वन्डर्स' भनिन्छ जसले आधुनिक ४-४-२ ढाँचाको सुरूवात गर्यो। विङ्गरले स्ट्राइकर खेलाडीलाई हेड गोल को अवसर सिर्जना गर्ने काम गर्दछन्। विङ्गरहरू दुइ प्रकारका हुन्छन् - दायाँबाट खेल्नेलाई दायाँ विङ्गर र बायाँबाट खेल्नेलाई बायाँ विङ्गर भनिन्छ। वर्तमान समयमा लियोनेल मेस्सीलाई उत्कृष्ट दायाँ विङ्गर र क्रिष्टियानो रोनाल्डोलाई उत्कृष्ट बायाँ विङ्गर मानिन्छ।

सन्दर्भ सामग्रीहरूसम्पादन