सत्यजित राय (बङ्गाली: সত্যজিত রায় or সত্যজিৎ রায় Shottojit Rae सत्याजीत रे; २ मे १९२१ – २३ अप्रिल १९९२) भारत का प्रख्यात चलचित्रशिल्पी हुन। जसलाई 20 औं शताब्दीका उत्कृष्ट फिल्म निर्देशकहरूमा गनिन्छ। [१] उहाँ कला र साहित्यको संसारमा प्रसिद्ध कोलकाता (तत्कालीन कलकत्ता) को एक बंगाली परिवारमा जन्मनुभएको थियो। उनले प्रेसिडेन्सी कलेज र विश्व भारती विश्वविद्यालयमा पढेका थिए। उनले व्यावसायिक चित्रकारको रूपमा आफ्नो करियर सुरु गरे। फ्रान्सेली फिल्म निर्देशक जीन रेनोइसलाई भेटेपछि र लन्डनमा इटालियन फिल्म लाड्रि डि बाइकिलेट (द साइकल चोर) हेरेपछि उनको फिल्म निर्देशनमा रुचि बढ्यो।

सत्यजित राय
सत्यजित रायको तस्बीर
जन्म(१९२१-०५-०२)२ मे १९२१
कलकत्ता, भारत
मृत्यु२३ अप्रिल १९९२(1992-04-23) (उमेर ७०)
कलकत्ता, भारत
पेशाचलचित्र निर्देशक, निर्माता, लेखक, गीतकार, संगितकार
कार्यकाल1950–1991
जीवनसाथी
(
वि १९४९⁠–⁠१९९२)
सुकुमार राय र सुप्रभा राय, सत्यजित रायका आमाबाबु (1914)
सन् १९४० मा राय

रायले आफ्नो करियरमा फिचर फिल्म, डकुमेन्ट्री र छोटो फिल्म सहित ३७ वटा फिल्म निर्देशन गरेका थिए । उनको पहिलो चलचित्र पथर पाँचालीले कान्स फिल्म फेस्टिभलमा "उत्कृष्ट मानवीय दस्तावेज" सहित कुल एघार अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्यो। स्क्रिप्ट लेखन, कलाकार खोज्ने, पृष्ठभूमि संगीत लेख्ने, छायांकन, कला निर्देशन, सम्पादन र प्रचार सामग्री सिर्जना गर्ने चलचित्र निर्माणसँग सम्बन्धित धेरै काम राय आफैंले गरेका छन् । चलचित्र निर्माण बाहेक उनी कथाकार, प्रकाशक, चित्रकार र चलचित्र समीक्षक पनि थिए । रायले आफ्नो जीवनमा भारत रत्न सहित धेरै पुरस्कार प्राप्त गरे।

प्रारम्भिक जीवन र शिक्षा सम्पादन गर्नुहोस्

सत्यजित रायको जन्म कलकत्ता (अहिले कोलकाता) मा सुकुमार राय र सुप्रभा रायको घरमा भएको थियो। सत्यजित दुई वर्षको हुँदा उनको बुबा सुकुमार रायको मृत्यु भयो। [२] रे आफ्ना हजुरबुवा उपेन्द्रकिशोर राय चौधरीको घरमा हुर्केका थिए । उनी सानैदेखि मेसिन र मुद्रण प्रक्रियाबाट आकर्षित भएका थिए र उपेन्द्रकिशोर राय चौधरीले सुरु गरेको बाल पत्रिका सन्देशको उत्पादन प्रक्रियामा विशेष चासो लिए। [३]आफ्नो स्कूलको समयमा, उनले सिनेमामा हलिउड निर्माणहरू देखे।[४] चार्ली च्याप्लिन, बस्टर किटन, ह्यारोल्ड लोयड, अर्न्स्ट लुबिचका कामहरू र द थिफ अफ बगदाद र अंकल टम्स केबिन जस्ता चलचित्रहरूले उनको दिमागमा स्थायी छाप छोडे।[४] उनले पश्चिमी शास्त्रीय संगीतमा गहिरो रुचि विकसित गरे। [५] १९४० मा, उनकी आमाले उहाँलाई रवीन्द्रनाथ टैगोरद्वारा स्थापित शान्तिनिकेतनको विश्व-भारती विश्वविद्यालयमा अध्ययन गर्न आग्रह गर्नुभयो।


यी पनि हेर्नुहोस सम्पादन गर्नुहोस्


बाह्य लिङ्कहरू सम्पादन गर्नुहोस्

  1. "राय, सत्यजित", Encyclopædia Britannica, एंसाइक्लोपीडिया ब्रिटैनिका इंकॉर्पोरेशन, <http://www.britannica.com/eb/article-9062818>।  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता); |accessmonth= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. Robinson 2004, पृष्ठ 28.
  3. Robinson 2004, पृष्ठ 29.
  4. ४.० ४.१ Robinson 2004, पृष्ठ 37.
  5. Robinson 2004, पृष्ठ 42.