राजा राममोहन राय

राजा राममोहन राय (२२ मई १७७२– २७ सितंबर १८३३) लाई भारतीय पुनर्जागरण को अग्रदुत र आधुनिक भारतको जनक पनि भन्ने गरिन्छ । भारतीय सामाजिक र धार्मिक पुनर्जागरण को क्षेत्रमा उनको विशिष्ट स्थान रहेको छ । राजा राममोहन राय ब्रम्ह समाजको संथापक , भारतीय भाषाको प्रेसका प्रवर्र्तक , जनजागरण र सामाजिक सुधार आन्दोलनका प्रणेता तथा बङ्गालमा नव–जागरण युगका पितामह थिए ।[१] उनले भारतीय स्वतन्त्रता संग्राम र पत्रकारिता को कुशल संयोगले दुई वटै क्षेत्रमा राम्रो गति दिएका थिए । राजा राममोहन रायको आन्दोलनले जहाँ पत्रकारितालाई चमक दिएका थिए त्यहीं उनको पत्रकारिताले आन्दोलनलाई सहि दिशानिर्देशन गरेको थियो । राजा राममोहन रायको दूरदर्शिता र बैचारिकताका सयौं उदाहरण इतिहासमा उल्लेख गरिएका छन् । हिन्दी भाषा प्रति राजा राममोहन रायको धेरै स्नेह थियो ।

राजा राममोहन राय बस्ट चित्र

जिवनीसम्पादन

राजा राममोहन रायको जन्म बङ्गालमा सन् १७७२ मा एक ब्राहम्ण परिवारमा भएको थियो । किशोरावस्थामा उनले धेरै ज्ञान हासिल गरेका थिए । किशोरावस्थामा उनले धेरै भ्रमणहरु गरेका थिए । राजा राममोहन रायले १८०३–१८१४ सम्म ईष्ट इन्डिया कम्पनीको लागि काम पनि गरेका थिए । उनले ब्रम्हा समाजको स्थापना गरेर तथा विदेश (इंग्लैण्ड तथा फ्रान्स) को भ्रमण पनि गरेका थिए ।

 
राजा राममोहन राय १९६४ को भारतिय टिकटमा

भाषा अनुवादसम्पादन

उपनिषद्, अंग्रेजी अनुवाद गर्ने पहिलो व्यक्ति ब्रह्म समाजका संस्थापक तथा संस्कृत, अंग्रेजी, र फारसीका विद्वान राजा राममोहन राय (सन् १७७५–१८३३) हुन्,जसलाई भारतमा सती प्रथाको अन्त गर्ने अगुवा व्यक्ति मानिन्छ । बेलायत जाने उनी पहिलो हिन्दु मानिन्छन् । समुद्र यात्रा र विधर्मीको देशमा गए जात जाने कट्टर बङ्गाली समाजमा त्यो एक क्रान्तिकारी कदम थियो ।

पत्रकारितासम्पादन

राजा राममोहन रायले “ब्रम्हामैनिकल म्याग्जिन” , “संवाद कौमुदी”, मिरात–उल–अखबार, बंगदूत जस्ता स्तरिय पत्रपत्रिकाका सम्पादन–प्रकाशन पनि गरेका थिए । बंगदूत एउटा अनौठो पत्रिका थियो । यो पत्रिकामा बांग्ला, हिन्दी र फारसी भाषाको एक साथै प्रयोग गरिने गरिन्थयो । राजा राममोहन रायका जुझारु र सशक्त व्यक्तित्व प्रदान गरने खालका लेख रचनाहरु हुने गर्थे ।

कुरीतिहरूको विरुद्ध संघर्षसम्पादन

राजा राममोहन रायले ईस्ट इन्डिया कम्पनी को नोकरी छोडेर, उनले आफुलाई राष्ट्र सेवक को रूपमा पस्तुत गरेका थिए । भारतको स्वतन्त्रता प्राप्तिको लडाई बाहेक उनको लडाइ देश भित्रका नागरिकसँग पनि थियो । जुन मानिसहरु अन्धविश्वास र कुरीतिहरूमा अल्झेका थिए । राजा राममोहन रायले देशमा विध्यमान बाल – विवाह , सती प्रथा, जातिवाद, कर्मकाण्ड, पर्दा प्रथा आदि को धेरै विरोध गरेका थिए । प्रचारको क्षेत्रमा अलेक्जेंडर डफले धेरै सहायता गरेका थिए । आधुनिक भारतको निर्माता, सबै भन्दा बढी सामाजिक – धार्मिक सुधार आन्दोलनहरूको संस्थापक,ब्रम्ह समाज, राजा राम मोहन राय सती प्रणाली र सामाजिक कुरीतिहरूको उन्मुलनमा उनको महत्त्वपूर्ण योगदान रहेको छ ।

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य लिङ्कहरूसम्पादन

[[श्रेणी:]]