टोपी
टोपी टाउको ढाक्नेगरी लगाउने कपडा वा छालाको पहिरन हो । यो शिर छोप्न, त्यसको शोभा बढाउन वा रक्षा गर्नाका निम्ति चाउलो (टोपीको घेरामाथिको भाग वा चक्का) र घेरा हाली सिइएको वस्त्र हो । टोपी पुरुषहरूले लगाउँछन् । नेपालीले प्राचीनकालदेखि टोपी लगाउने गरेको पाइन्छ ।
नेपाली टोपी
सम्पादन गर्नुहोस्नेपाली टोपी नेपालीहरूको राष्ट्रिय पोशाक हो । टोपी मुख्य रूपले नेपालको पहाडी भू-भागमा बसोबास गर्न प्रायः सबै थरीका मानिसहरूले परम्परागत रूपमा लगाउने गर्छन् । टोपीका कपडा घरेलु तानबाट बुनिन्छ । भक्तपुरमा कालो टोपी बनाइन्छ, जसलाई भादगाउँले टोपी भनिन्छ । पाल्पा, पोखरा र तेह्रथुममा ढाका टोपी बुनिन्छ । साधारण कपडाबाट पनि टोपी सिउने गरिन्छ । टोपीलाई शिरपोस पनि भनिन्छ ।
तस्वीरहरू
सम्पादन गर्नुहोस्-
नेपाली ढाका टोपी
-
नेपालमा बनिएको सनको टोपी
-
ऊनले बनेको टोपी
-
ढाका टोपी लगाएर दशैँको टिका लगाइदिदै एक नेपाली
-
समाजसेवी दयाबिर कंसाकार, ढाका टोपीमा