चट्टोग्राम [४] बङ्गलादेशको एउटा प्रमुख बन्दरगाह र दोश्रो सबैभन्दा ठुलो सहर हो ।[५] चट्टोग्राम एउटा गहिरो पानीको प्राकृतिक बन्दरगाह हो । बङ्गालको खाडीको पूर्वी तट र कर्णफुली नदीको मुहानमै स्थित यो सहर देशको दक्षिणी क्षेत्रमा पर्दछ । सन् २०११ मा यसको अनुमानित जनसङ्ख्या ६५ लाखभन्दा बढी रहेको थियो ।[६] दक्षिण एसियामा यो वाणिज्य, उद्योग र पानीजहाजको एउटा प्रमुख केन्द्र हो । यो संसारकै सबैभन्दा तीव्र गतिले विकसित भइहेको महानगरहरू मध्ये एक हो ।

चट्टोग्राम
চট্টগ্রাম
चट्टोग्रामका धरोहरहरू
उपनाम(हरू): 
बङ्गलादेशको द्वार,[१] बङ्गलादेशको आर्थिक राजधानी
देश बङ्गलादेश
विभागचट्टोग्राम विभाग
जिल्लाचट्टोग्राम जिल्ला
स्थापना१३४०
सहर सूचीकृत१८६३[२]
सरकार
 • प्रकारमेयर परिषद
 • अङ्गचट्टोग्राम सहर निगम
 • सहर मेयरमञ्जुर आलम
क्षेत्रफल
 • महानगर१६८.०७ किमी (६४.८९ वर्ग माइल)
जनसङ्ख्या
 (२०११)
 • महानगर६५०००००
 • महानगर
४००९४२३
 • मूलबासी नाम
चट्टोग्राम्गीयन
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी प्रमाणिक समय)
हुलाक कोड
४०००
फोन कोड३१
वेबसाइटचट्टोग्राम सहर निगम

परापूर्वकाल देखिनै चट्टोग्रामको यस प्राचिन प्राकृतिक बन्दरगाहले बङ्गालबंगालको खाडीको प्रमुख व्यापारिक केन्द्रको लागि एउटा प्रवेशद्वारको रूपमा कार्य गरेको छ । यस बन्दरगाहले मध्य पूर्व, दक्षिण पूर्व एसिया, युरोपचीनको व्यापारीहरूलाई आकर्षित गरेको छ । अरब अन्वेषक इब्न-बतुता, भेनिसको व्यापारी निकोलो डे' कोन्टी र चीनी एडमिरल झेङ ही समेत कयौँ ऐतिहासिक यात्री यस बन्दरगाह भएर आवत जावत गरेका छन् । १६औँ शताब्दिमा पोर्चुगाली साम्राज्यमा यसलाई पोर्टो ग्रान्डे डी बेङ्गालाको नामले चिनिन्थ्यो । ब्रिटिश इस्ट इन्डिया कम्पनीले बङ्गालको अन्तिम स्वतन्त्र नवाबलाई युद्धमा हराएपछि सन् १७६० मा यस बन्दरगाहमा आफ्नो नियन्त्रण लिएको थियो । १९औँ शताब्दीमा ब्रिटिश राजको अनुसार, आधुनिक चट्टोग्राम बन्दरगाहको विकासको लागि असम-बङ्गाल रेलवेको निर्माण गरियो । दोश्रो विश्व युद्धमा बर्मा अभियानको समयमा यो मित्र राष्ट्रको सेनाको लागि एउटा महत्त्वपूर्ण आधार बन्न पुग्यो ।[७] सन् १९४७ मा बेलायती भारतको विभाजन पछी, चट्टोग्राम पूर्वी पाकिस्तानको क्षेत्र बन्न पुग्यो। सन् १९७१ मा बङ्गलादेश मुक्ति युद्धको सुरुवातमा बङ्गलादेशको स्वतन्त्रताको घोषणा चट्टोग्रामबाटै गरिएको थियो।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. [१] वेब्याक मेसिन अभिलेखिकरण २०१४-०२-०१ मिति
  2. "History of Chittagong City Corporation", Chittagong City Corporation, अन्तिम पहुँच २०१३-०५-२६  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०८-१३ मिति
  3. "Area, Population and Literacy Rate by Paurashava –2001", Bangladesh Bureau of Statistics, अन्तिम पहुँच २००९-०९-१८ 
  4. Mahadi Al Hasnat (२ अप्रिल २०१८), "Mixed reactions as govt changes English spellings of 5 district names", Dhaka Tribune, अन्तिम पहुँच ८ अप्रिल २०१८ 
  5. http://www.lloydslist.com/ll/sector/containers/article428456.ece
  6. http://www.chittagongchamber.com/
  7. Chittagong, Asia and Oceania:International Dictionary of Historic Places [२]