हज

इस्लाम धर्मालम्वीहरूको मक्का को तिर्थ यात्रा

हज (/hædʒ/; अरबी: حج Ḥaǧǧ "तिर्थयात्रा") वार्षिक रूपमा हुने  इस्लाम तिर्थयात्रीहरूको मक्का सम्मको तिर्थ यात्रा हो र यो यात्रा हरेक इस्लाम धर्मालम्वीहरू जो शारिरीक रूपमा सबल छन् तथा आफू नहुँदाको परिवारको खर्च धान्न सक्ने व्यक्तिको लागि आफ्नो जीवनकालमा कम्तिमा एक पटक गर्नु पर्ने अनिवार्य तिर्थयात्रा हो ।[१][२][३] यो इस्लाम धर्मको पाँच स्तम्बहरू मध्ये एक स्तम्ब हो । हज विश्वको सबैभन्दा ठूलो वार्षिक भेला हो ।[४][५] 

हाजीको अल-हरम मस्जिदमा तीर्थयात्रीहरू
काबाको चारै तिर घडीको उल्टो दिशामा सात पटक घुम्दै

हज गर्नको लागि शारिरीक तथा आर्थिक रूपमा सक्षम हुने अवस्थालाई इस्लाममा इस्तिता'अह भनिन्न र यो अवस्थामा पुग्ने मुसलमानलाई मस्तानी भनिन्छ । हजले मुस्लिमहरूको एकता तथा आफुलाई परमेश्वर (अल्लाह) लाई निहित गर्ने भावलाई प्रदर्शन गर्दछ ।[६][७] हज शब्दको अर्थ "यात्रा गर्ने सोच" भन्ने हुन्छ, यसले दुबै वाहिरी र भित्री यात्रालाई जनाउँदछ । [८]

यो तिर्थयात्रा धु अल-हिज्जाहको ८ औ देखि १२ औ दिनमा हुने गर्दछ, जुन इस्लामिक पात्रोको अन्तिम महिनामा पर्दछ । इस्लामी पात्रो चन्द्र पात्रो भएकोले पश्चिमी देशहरूमा प्रयोग हुने ग्रेगोरियन पात्रो भन्दा एघार दिन कम हुन्छ, त्यही भएर ग्रेगोरियन पात्रोमा हजको मिति हरेक वर्ष फरक हुने गर्दछ । इहरम एक विशेष आध्यात्मिक अवस्थितीको जसमा मुलसमानहरू हजको दौरान हुने गर्दछ । यस अवस्थामा तिर्थयात्रीहरूले दुईटा सेतो कपडा र केही काम वा व्यवहारबाट अलग हुने गर्दछ । [६][९][१०]

७ औँ शताब्दी देखि हज इस्लामी पैगंबर मुहम्मदको जीवनसँग जोडिएको छ तर मुसलमानहरूका अनुसार मक्काको तिर्थयात्राको यो तिर्थ हजारौ वर्ष देखि इब्राहिमको समय देखि नै चलेको मान्यता रहेको छ । तिर्थयात्रीहरू लाखौ मानिसहरूको भेलामा सहभागि हुन्छन् । जसले एक साथ हजको हप्तामा मक्कामा जम्मा भएर त्यहाँ विभिन्न् धर्मविधीहरूमा भाग लिने गर्दछन्; प्रत्येक व्यक्ति एक घनाकार भवन काबाको चारै तिर घडीको उल्टो दिशामा सात पटक घुम्ने गर्दछ, अल सफा र अल मारवाह नाम गरेको पहाडको बिचमा अगाडि र पछाडि हिड्ने गर्दछ, जमजमको कुवाको पानी पिउने गर्छन्, अराफातको पहाडको मैदानमा उठेर जागाराम बस्नको लागि जान्छन् र एउटा शैतानलाई ढुङ्गा हान्ने परम्परा पुरा गर्न ढुङ्गा हान्ने गर्दछन् । त्यस पश्चात तिर्थयात्रीहरूले आफ्नो कपाल फाल्छन्, पशु बलि दिन्छन् र यस पश्चात ईद उल-अधा नामको तीन दिनसम्मको वैश्विक उत्सव मनाउने गर्दछन् । [११][१२]

चित्र दिर्घा सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Long, Matthew (२०११), Islamic Beliefs, Practices, and Cultures, Marshall Cavendish Corporation, पृ: ८६, आइएसबिएन 978-0-7614-7926-0, अन्तिम पहुँच २ सेप्टेम्बर २०१४  একের অধিক |accessdate=|access-date= উল্লেখ করা হয়েছে (सहायता); একের অধিক |ISBN=|isbn= উল্লেখ করা হয়েছে (सहायता)
  2. Nigosian, S. A. (२००४), Islam: Its History, Teaching, and Practices, Indiana: Indiana University Press, पृ: ११०, आइएसबिएन 0-253-21627-3  একের অধিক |ISBN=|isbn= উল্লেখ করা হয়েছে (सहायता)
  3. Berkley Center for Religion, Peace, and World Affairs - Islam See drop-down essay on "Islamic Practices"
  4. Mosher, Lucinda (२००५), Praying: The Rituals of Faith, Church Publishing, Inc., पृ: १५५, आइएसबिएन 9781596270169, अन्तिम पहुँच १८ सेप्टेम्बर २०१४  একের অধিক |accessdate=|access-date= উল্লেখ করা হয়েছে (सहायता); একের অধিক |ISBN=|isbn= উল্লেখ করা হয়েছে (सहायता)
  5. Katz, Andrew (१६ अक्टोबर २०१३), "As the Hajj Unfolds in Saudi Arabia, A Deep Look Inside the Battle Against MERS", Time, अन्तिम पहुँच १७ अक्टोबर २०१३ 
  6. ६.० ६.१ Nigosian, S. A. (२००४), Islam: Its History, Teaching, and Practices, Indiana: Indiana University Press, पृ: १११, आइएसबिएन 0-253-21627-3  একের অধিক |ISBN=|isbn= উল্লেখ করা হয়েছে (सहायता)
  7. Hooker, M. B. (२००८), Indonesian Syariah: Defining a National School of Islamic Law, Institute of Southeast Asian Studies, पृ: २२८, आइएसबिएन 9789812308023, अन्तिम पहुँच ६ अक्टोबर २०१४  একের অধিক |accessdate=|access-date= উল্লেখ করা হয়েছে (सहायता); একের অধিক |ISBN=|isbn= উল্লেখ করা হয়েছে (सहायता)
  8. Adelowo, E. Dada, सम्पादक (२०१४), Perspectives in Religious Studies: Volume III, Ibadan: HEBN Publishers Plc, पृ: ३९५, आइएसबिएन 9789780814472  একের অধিক |ISBN=|isbn= উল্লেখ করা হয়েছে (सहायता)
  9. "ihram", Encyclopædia Britannica, २०१४, अन्तिम पहुँच ६ अक्टोबर २०१४ 
  10. "Ihram - Summary", Hajj Portal, अन्तिम पहुँच २० नोभेम्बर २०१३  वेब्याक मेसिन अभिलेखिकरण २१ जुलाई २००८ मिति
  11. Karen Armstrong (२०००,२००२), Islam: A Short History, पृ: 10–12, आइएसबिएन 0-8129-6618-X 
  12. "BBC - Religion & Ethics - Eid el Adha", अन्तिम पहुँच डिसेम्बर २००७, डिसेम्बर ३०, २०१२ 
"https://ne.wikipedia.org/w/index.php?title=हज&oldid=1169406" बाट अनुप्रेषित