बीसौँ शताब्दी
ग्रेगोरी पञ्चाङ्ग (क्यालेन्डर) अनुसार, इसाको २०औँ शताब्दी १ जनवरी १९०१[१] देखि ३१ डिसेम्बर २०००[२] सम्मको शताब्दी थियो। केही इतिहासकारहरूले १९१४ देखि १९९२ सम्म लाई संक्षिप्त बीसौं शताब्दीको पनि नाम लिन्छन्।
२०औँ शताब्दीमा यस्ता घटनाहरूको शृङ्खला हावी भयो जसले विश्व इतिहासमा महत्वपूर्ण परिपर्तनहरू ल्यायो र युगलाई पुन परिभाषित गर्यो : स्पेनीस फ्लु महामारी , पहिलो विश्वयुद्ध र दोस्रो विश्व युद्ध, परमाणु उर्जा र अन्तरिक्ष अन्वेषण , राष्ट्रवाद र वि-उपनिवेशीकरण, शीतयुद्ध र शीत युद्ध पश्चातको द्वन्द; अन्तरसरकारी संगठन र यातायात र सुचना प्रविधिको विकासको माध्यमबाट सांस्कृतिक आदानप्रदान ; गरिबी निवारण र विश्व जनसंख्या वृद्धि , वातावरण विनाश ;[३][४] मोस्फेट ट्रान्जिसटर र इन्टिग्रेटेड सर्किटको कारणले डिजिटल क्रान्ति। २०औँ शताब्दीमा उर्जा उत्पादन, सुचना र चिकित्मासा प्रविधि ठूलो विकास देखियो जसले १९८० को दशकको उत्तरार्धमा विश्वव्यापी कम्युटर संचार र जेनेटिक परिवर्तन सम्भव गरायो।
बीसौं शताब्दीमा मानव जीवनको प्रायः सबै पक्षहरू परिवर्तन भए।
बीसौं शताब्दी समय बितेको रेकर्डको अनुसार सन् १९०१ - २००० सम्म चलेको शताब्दी थियो।
- औसत मृत्यु
- औसत शिशु मृत्यु
- फैलिने रोग
- औसत उमेर
- प्रसूति हुँदा आमाको औसत मृत्यु
उल्लेखनीय उन्नति र घटनाहरू
सम्पादन गर्नुहोस्विज्ञान र प्रविधि
सम्पादन गर्नुहोस्- स्वचालित गाडीहरू सामान्य यात्राको माध्यम भए।
- उडान उपकरण र जेट इञ्जिनको आविष्कारले संसारलाई "सानो" हुन सम्भव भयो। अन्तरिक्ष उडानले ब्रह्माण्डको ज्ञान बढायो र उपग्रह मार्फत विश्वव्यापी सञ्चार सम्भव भयो।
युद्ध र राजनीति
सम्पादन गर्नुहोस्- बढ्दो राष्ट्रवाद र बढ्दो राष्ट्रिय जागरूकता पहिलो विश्वयुद्धका मुख्य कारणहरू थिए। यस शताब्दीमा दुई विश्व युद्धहरू थिए जसमा जर्मनी, फ्रान्स, इटली, जापान, संयुक्त राज्य अमेरिका र बेलायत लगायत सबै विश्वशक्तिहरू सामेल भएका थिए। प्रथम विश्वयुद्धले विशेष गरी पूर्वी यूरोपमा धेरै देशहरूको जन्म भयो।
- रुसमा साम्यवाद बढ्यो र रूसी क्रान्ति भयो। दोस्रो विश्वयुद्ध पछि कम्युनिज्म विश्वव्यापी राजनीति साम्यवाद यो विश्वमा एक प्रमुख शक्ति बन्न पुग्यो जुन पूर्वी यूरोप, चीन, ईन्डोचाइना र क्युबा लगायत सारा संसारभरि फैलियो। यसले पश्चिमी विश्वसँग शीत युद्धको नेतृत्व गर्यो जुन अमेरिकाको नेतृत्वमा थियो।
- १९८० को दशकको अन्तमा साम्यवादको पतनले अमेरिकालाई विश्वको एक मात्र महाशक्ति बनायो। यसै कारण सोभियत सङ्घ र युगोस्लाभिया विभिन्न राष्ट्रहरूमा बिखन्डन भए जसमा धेरै राष्ट्रवाद फैलिएको थियो।
- साम्राज्यवादको अन्त्यसँगै अफ्रिका र एसियाका धेरै देशहरू स्वतन्त्र भए। यस शीत युद्धको समयमा, तिनीहरू मध्ये केहि आफ्नो रक्षाको लागि अमेरिकाको साथ जोडिए भने केहि सोभियत सङ्घ र केहि चीन सँग जोडिए।
- संसारको अरबी भागमा रहेको यहूदी राष्ट्र इजरायलको स्थापनाले यस क्षेत्रको द्वन्द्व उत्पन्न गर्यो। अरबी देशहरूमा रहेका ठूला तेल कुवाहरूले पनि यसमा उनीहरूको प्रभाव बनायो।
बीसौं शताब्दीका पाँच ठूला दुर्घटनाहरू
सम्पादन गर्नुहोस्घटना | समयकाल | जनधनको क्षति |
---|---|---|
दोस्रो विश्वयुद्ध र एडोल्फ हिटलरको राज्य | १९३३-१९४५ | होलोकास्ट सहित ५ करोड भन्दा बढीको मृत्यु, जसमा युरोपको दुई तिहाइ यहूदी समुदाय मारिए (६० लाख)। |
माओ त्से तुङ् को राज्य र चीनमा भएको अनिकाल | १९४९-१९७६ | लगभग ५ करोडको ज्यान गयो |
जोसेफ स्टालिनको राज्य | १९२४-१९५३ | २ करोड भन्दा बढीको मृत्यु भयो |
पहिलो विश्व युद्ध | १९१४-१९१८ | १.५ करोड भन्दा बढीको मृत्यु भयो |
रूसी गृहयुद्ध | १९१८-१९२१ | ८५ लाख भन्दा बढीको मृत्यु भयो |
संस्कृति र मनोरन्जन
सम्पादन गर्नुहोस्२०औँ शताब्दीमा चलचित्र कलाको एक माध्यम बन्यो। पहिलो आधुनिक चलचित्र घर पिट्सबर्गमा १९०५ मा बन्यो। [५] हलिउड अमेरिकी चलचित्र निर्माणको केन्द्र बन्यो। पहिलेको चलचित्रहरू स्यामस्वेत हुन्थे भने १९२० को दशक पश्चात रङ्गीन चलचित्रहरू निर्माण सम्भव भयो।
- चलचित्र, संगीत र मिडिया फेसन र साझा जीवनको सबै पक्षहरूमा चित्रित थिए। अमेरिकामा बनेका चलचित्रहरूमा अत्यधिक पैसाको कारण, त्यहाँका चलचित्रहरू धेरै लोकप्रिय भए, जसको कारण अमेरिकी संस्कृति द्रुत रूपमा विश्वभर फैलियो।
- शताब्दीको उत्तरार्धमा अमेरिका र युरोपमा राजनीतिक अधिकार पाइसकेपछि यस शताब्दीमा महिलाहरू स्वतन्त्र भए।
- आधुनिक कलाले नयाँ रूपहरू सिर्जना गर्यो।
- खेलकुद समाजको महत्त्वपूर्ण हिस्सा भयो। दूरदर्शनमा खेलहरू पनि धेरै लोकप्रिय भयो।
बीसौं शताब्दीमा धेरै पैसा कमाउने चलचित्रहरू
सम्पादन गर्नुहोस्- टाइटानिक (१९९७)
- स्टार वार्स (१९७७)
- स्टार वार्स एपिसोड १: द फेन्टम् मेन्स
- ई.टी. द एक्स्ट्रा-टेर्रेस्ट्रियल (१९८२)
- जुरासिक पार्क (१९९३)
धेरै प्रशंसित चलचित्र
सम्पादन गर्नुहोस्- बेटलशिप पोटेमकिन (१९२५)
- सिटिजन केन (१९४१)
- सायको (१९६०)
- द विजर्ड ओफ ओज (१९३९)
- २००१: अ स्पेस ओडिसी (१९६८)
- द गडफादर (१९७२)
- इट्स अ वन्डरफ़ुल लाइफ (१९४६)
रोग र औषधि
सम्पादन गर्नुहोस्- आधुनिक औषधीको धेरै राम्रो हुनुका बावजुद , इन्फ्लूएन्जामा १९१८ - १९१९ मा २.५ करोड मानिस को ज्यान गयो (स्पेनिश फ्लू), जबकि एड्सले धेरै खासगरि अविकसित देशमा उपचार नगरेकोले यस शताब्दीमा शताब्दीमा मारेको छ।
- औषधीमा भएका विकासहरू जस्तै एन्टिबायोटिकको उपलब्धताले रोगबाट मर्नेहरूको संख्या घटायो। गर्भनिरोधक औषधि र अङ्ग प्रत्यारोपण अनुसन्धान गरियो। क्लोनिंग सम्भव भयो।
प्रमुख व्यक्तिहरू
सम्पादन गर्नुहोस्विश्व नेता
सम्पादन गर्नुहोस्- इदी अमिन, युगांडा
- नेल्सन मंडेला, दक्षिण अफ्रिका
- रोबर्ट मुगाबे, जिम्बाबे
- गमाल अब्देल नासेर, इजिप्त
- कर्नल मुअम्मर गद्दाफी, लिबिया
- थियोडोर रूजवेल्ट, अमेरिका
- फ्र्याङ्क्लिन डिलानो रुजबेल्ट, अमेरिका
- ड्वीट डेभिड आइजेनहावर, अमेरिका
- जोन एफ केनेडी, अमेरिका
- रिचर्ड निक्सन, अमेरिका
- रोनल्ड रेगन, अमेरिका
- बिल क्लिन्टन, अमेरिका
- विल्फ्रिड लारियर, केनेडा
- विलियम ल्योन म्याकेन्जी किङ, केनेडा
- पिएर ट्रुडो, केनेडा
- अर्नेस्ट चे ग्वेभारा, क्यूबा
- फिडेल क्यास्ट्रो, क्यूबा
- महात्मा गान्धी, भारत
- माओ त्से तुङ्, चीन
- देङ शियाओ पिङ, चीन
- पोलपोट, कम्बोडिया
- इन्दिरा गान्धी, भारत
- भीमराव अम्बेडकर, भारत
- मोहम्मद अली जिन्नाह, पाकिस्तान
- महातिर मोहम्मद, मलेशिया
- जवाहरलाल नेहरू, भारत
- हिरोहितो, जापान
- हो चि मिन्ह , भियतनाम
- सन यात सेन, चीन
- चियाङ काइसेक, चीन
- सुकार्नो , इन्डोनेशिया
- ली कुआन यु, सिंगापूर
- कमाल अतातुर्क , टर्की
- आर्थर नेविल चाम्बरलेन , संयुक्त अधिराज्य
- विन्स्टन चर्चिल, संयुक्त अधिराज्य
- मार्गरेट थ्याचर, संयुक्त अधिराज्य
- फ्रान्ज फर्दिनानड , अस्ट्रियाको आर्कड्युक , अस्ट्रिया हंग्रेरी
- कैजार विलियम द्वितीय, जर्मनी
- एडल्फ हिटलर, जर्मनी
- हेल्मुट श्मिट, जर्मनी
- हेल्मुट कोल, जर्मनी
- गेर्हार्ड श्र्योडर , जर्मनी
- बेनिटो मुसोलिनि, इटली
- फ्रान्सिस्को फ्रान्को, स्पेन
- जोसेफ् पिल्सुड्स्की, पोल्यान्ड
- जोसिप ब्रोज टिटो, युगोस्लाभिया
- ओलोफ पाल्मे, स्वीडन
- निकोलाई चाउचेस्कु, रोमानिया
- लेक वालेसा, पोल्यान्ड
- गमाल अब्देल नासेर, इजिप्ट/ संयुक्त अरब गणतन्त्र
- अनवर सादात, इजिप्ट / संयुक्त अरब गणतन्त्र
- डेभिड बेन गुरियोन, इजरायल
- गोल्डा मेयर, इजरायल
- मेनाकेम बेगिन, इजरायल
- हफेज अल असद, सिरिया
- सद्दाम हुसेन , इराक
- राजा हुसेन, जोर्डन
अर्थशास्त्र र व्यापार
सम्पादन गर्नुहोस्- जोन मेनार्ड कीन्स
- जोन केनेथ गालब्रेथ
- मिल्टन फ्राइडम्यान
- हेनरी फोर्ड
- थोमस जे. वाटसन
- बिल गेट्स
- स्टिभ जब्स
दशक र वर्ष
सम्पादन गर्नुहोस्यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Twentieth Century's Triumphant Entry". The New York Times. January 1, 1900
- ↑ "The 21st Century and the 3rd Millennium When Did They Begin?", United States Naval Observatory, अन्तिम पहुँच २०१३-०६-०७। वेब्याक मेसिन अभिलेखिकरण २०१९-१०-०२ मिति
- ↑ Wilson, E.O., The Future of Life (2002) (आइएसबिएन ०-६७९-७६८११-४). See also: Leakey, Richard, The Sixth Extinction : Patterns of Life and the Future of Humankind, आइएसबिएन ०-३८५-४६८०९-१
- ↑ "The Sixth Extinction – The Most Recent Extinctions", मूलबाट २०१५-१२-१८-मा सङ्ग्रहित। वेब्याक मेसिन अभिलेखिकरण २०१५-१२-१८ मिति
- ↑ "You saw it here first: Pittsburgh's Nickelodeon introduced the moving picture theater to the masses in 1905", Pittsburgh Post-Gazette, १८ जुन २००५, अन्तिम पहुँच ११ फेब्रुअरी २०१८।