वीरेन्द्र वीर विक्रम शाह

नेपालका दशौँ शाहवंशीय राजा

श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाह देव (वि.सं. २००२-२०५८, राजा महेन्द्रले युवराज वीरेन्द्रलाई बिरु भनेर बोलाउँथे।; नेपालमा राजा वीरेन्द्र भनेर चिनिन्छन्) नेपालका दशौँ शाहवंशीय राजा थिए। यिनले वि.सं. २०२८ देखि वि.सं. २०५८ सम्म नेपालको शासन गरेका थिए। उनका तीन जना सन्तान युवराज दीपेन्द्र शाह, अधिराजकुमारी श्रुति शाह तथा अधिराजकुमार निराजन शाहको रूपमा जन्मिएका थिए। वीरेन्द्रका दुई भाइ थिए धिरेन्द्र शाहज्ञानेन्द्र शाह। धीरेन्द्रको पनि राज दरबार हत्याकाण्डमा मृत्यु भएको थियो।[१]

वीरेन्द्र वीर विक्रम शाह
Birendra Bir Bikram Shah c. 1967 (restoration).jpg
राजा वीरेन्द्र
नेपालको राजा
शासनकाल२०२८ माघ १७ - १९ जेठ २०५८
पूर्वाधिकारीमहेन्द्र वीर विक्रम शाह
उत्तराधिकारीदीपेन्द्र वीर विक्रम शाह
जन्म२००२ पुस १४
नारायणहिटी दरवार, नेपाल
मृत्यु१९ जेठ २०५८
नारायणहिटी दरवार, नेपाल
पत्नीरानी ऐश्वर्य राज्यलक्ष्मी शाह
सन्तानदीपेन्द्र वीर विक्रम शाह
श्रुती राज्यलक्ष्मी शाह
निराजन वीर विक्रम शाह
घरानाशाह वंश
बाबुमहेन्द्र वीर विक्रम शाह
आमाइन्द्रराज्यलक्ष्मी देवी शाह
धर्महिन्दू

प्रारम्भिक जीवन र शिक्षासम्पादन

तत्कालीन युवराज महेन्द्र वीर विक्रम शाह देव र उनकी जेठी पत्नी राजकुमारी इन्द्रराज्यलक्ष्मी देवीका जेठा छोराको रूपमा वि.सं. २००२ पुष १४ मा काठमाडौँको नारायणहिटी राजदरबारमा वीरेन्द्रको जन्म भएको थियो।[२]

वीरेन्द्रले उनका भाइ ज्ञानेन्द्रसँग दार्जिलिङको सेन्ट जोसेफ स्कुलमा आठ वर्ष अध्ययन गरेका थिए। २०११ फागुन ३० मा उनीहरूका हजुरबुवा राजा त्रिभुवनको निधन भएको थियो र उनका पिता महेन्द्रले नेपाली राजगद्दी सम्हालेका थिए। बाबुको स्वर्गारोहणसँगै वीरेन्द्र नेपालका युवराज बनेका थिए।

वि.सं २०१५ मा वीरेन्द्र संयुक्त अधिराज्यको इटन कलेजमा भर्ना भएका थिए। वि.सं २०२० सम्म इटनमा अध्ययन गरेपछि उनी नेपाल फर्केका थिए।[३] पछि उनले २०२३ देखि २०२४ सम्म हार्वार्ड विश्वविद्यालयमा राजनीतिक सिद्धान्तको अध्ययन गर्नु पूर्व टोकियो विश्वविद्यालयमा केही समय बिताएर आफ्नो शिक्षा पूरा गरेका थिए।[४] वीरेन्द्र आफ्नो युवावस्थामा यात्रा गर्न रुचि राख्दथे। उनी क्यानडा, दक्षिण अमेरिका, अफ्रिका, भारतका धेरै भागहरू र अन्य थुप्रै एसियाली देशहरूको भ्रमणमा गएका थिए। उनी नेपाली कालिगढ र कला सङ्कलक तथा समर्थक पनि थिए। उनले पछि हेलिकप्टर उडाउन पनि सिकेका थिए।[५]

वीरेन्द्रले २०२६ फागुन १६ मा राणा परिवारकी छोरी ऐश्वर्या राज्य लक्ष्मीदेवीसँग विवाह गरेका थिए।[६] इतिहासको सबैभन्दा भव्य हिन्दू विवाह समारोहको रूपमा रहेको उक्त विवाहको लागि ९५ लाख अमेरिकी डलर खर्च भएको थियो।[७]

प्रारम्भिक शासनकालसम्पादन

वीरेन्द्रले पिता महेन्द्रको निधन पश्चात् २०२८ माघ १७ मा २७ वर्षको उमेरमा नेपाली राजगद्दी सम्हालेका थिए। आरोहणका क्रममा उनी प्रभावकारी ढङ्गले निरपेक्ष राजा थिए। राजनीतिक दलहरूमा प्रतिबन्ध लगाइएको देशलाई उनले वंशाणुगत रूपमा प्राप्त गरेका थिए। उनले पञ्चायत भनेर चिनिने स्थानीय र क्षेत्रीय परिषद्हरूको प्रणालीमार्फत शासन गरेका थिए।[५] राजाको हैसियतमा उनको पहिलो विदेश यात्रा २०३० असोज २६ मा भारत र त्यसको दुई महिना पछि चीनको भ्रमण गरेका थिए।[८] राजा बीरेन्द्रको राज्याभिषेकका अवसरमा आयोजित रात्रीभोजमा उनले नेपाललाई शान्तिक्षेत्र घोषित गरियोस् भनी प्रस्ताव राखेका थिए।

२०३७ को जनमत सङ्ग्रहसम्पादन

नेपाली काङ्ग्रेसका सरकारी प्रतिष्ठित नेताहरू पञ्चायत प्रणाली हटाउने प्रयास गरेकाले उनीहरूलाई गिरफ्तार गरिएको थियो। बढ्दो प्रजातन्त्र समर्थक आन्दोलनका कारण वीरेन्द्रले गैरदलीय र बहुदलीय व्यवस्थाबीच निर्णय गर्न जनमत सङ्ग्रह गर्ने घोषणा गरेका थिए।[५] जनमत सङ्ग्रह २०३७ वैशाख २० गते सम्पन्न भएको थियो। गैर-दलीय प्रणालीले ५५% र बहुदलीयले ४५% मत प्राप्त गर्दै पञ्चायती व्यवस्थाले जित हासिल गरेको थियो।[९] सोही दशकमा राजनीतिक सङ्गठनहरूमाथि लगाइएका बन्देजहरू कम भएका थिए र उदार विद्यार्थी नेतृत्वका समूहहरूले नेपालमा संवैधानिक परिवर्तनको माग गर्न थालेका थिए।[४][१०]

प्रजातान्त्रिक कालसम्पादन

 
राजा वीरेन्द्र र भारतीय प्रधानमन्त्री राजीव गान्धी हात मिलाउँदै

वि.सं २०३७ सालपछि नेपालमा एकपछि अर्को हड्ताल र प्रजातन्त्र समर्थकद्वारा दङ्गा मच्चाइएको थियो। दङ्गाका कारण वीरेन्द्रले राजनीतिक दलमाथिको प्रतिबन्ध हटाएर २०४६ सालमा संवैधानिक राजा बन्ने सहमति गरेका थिए।[११] उनले प्रमुख प्रतिपक्षी गुटको प्रतिनिधित्व गर्न र राजनीतिक सुधारका लागि उनीहरूको मागलाई साम्य पार्न नयाँ संविधान तयार गर्न स्वतन्त्र संविधान सिफारिस आयोग गठन गरेका थिए। आयोगले उनलाई २०४७ भदौ २५ मा प्रस्तावित संविधानको मस्यौदा प्रस्तुत गरेको थियो। नयाँ संविधानले वीरेन्द्रलाई बहुदलीय लोकतान्त्रिक व्यवस्थासहितको संवैधानिक राजतन्त्रको प्रमुख बनाउने थियो। संविधानको मस्यौदा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र उनको मन्त्रिमण्डलबाट अनुमोदन भएको थियो।[१२] त्यसैले २०४७ कात्तिक २३ मा वीरेन्द्रले नयाँ संविधानले नेपाललाई संवैधानिक राजतन्त्रमा परिणत गरेको प्रष्ट पारेका थिए। संवैधानिक राजतन्त्रको रूपमा वीरेन्द्रलाई आफ्नो प्रजातान्त्रिक दृष्टिकोण र व्यवहारका साथै राजनैतिक दलहरूको समर्थताको प्राप्त गर्न असमर्थ रहेका कारण नेपाली जनयुद्ध रोक्न विफल भएका थिए।[१३] माओवादी विद्रोही र सरकारी सेनाबीच द्वन्द्व सुरु भएको थियो। यो युद्ध वि.सं २०५२ देखि २०६२ सम्म रहेको थियो।[१४]

उल्लेखनीय कार्य तथा सुधारका प्रयासहरूसम्पादन

कूटनीतिक अभियानसम्पादन

 
अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनसँग वीरेन्द्र वीर विक्रम शाह देव

भारत, चीनसोभियत सङ्घको अतिक्रमणका बावजुद उनी नेपालको स्वतन्त्रता कायम राख्न सफल भएका थिए। राजाको रूपमा उनको पहिलो विदेश भ्रमण २६ असोज २०३० मा भारत र त्यसको दुई महिनापछि चीन रहेको थियो।[१५] उनले मुस्ताङ क्रान्तिको क्रममा नेपालबाट मुस्ताङ र चीनबाट तिब्बतलाई टुक्रिनबाट रोकेका थिए। चीनविरुद्ध काम गर्ने खम्पा विद्रोहको निःशस्त्रीकरणले नेपाल–चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको थियो।[१६][१७] दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन र दक्षिण एसियाली खाद्य भण्डारको स्थापनाका लागि योगदानको दिएका थिए। आफ्नो शासनकालमा उनले काठमाडौँमा सार्क सचिवालय पनि स्थापना गर्न सफल भएका थिए।[१८][१९] उनले थप ४६ देशहरूसँग कूटनीतिक सम्बन्ध स्थापना गर्न सफल भएका थिए जसले कूटनीतिक सम्बन्धका लागि देशहरूको कुल सङ्ख्या ४९ बाट ९६ पुर्‍याएको थियो।[२०] उनले संयुक्त राष्ट्र सङ्घमा नेपाललाई शान्ति क्षेत्रको रुपमा प्रवद्र्धन गरी नेपालको तटस्थताको नीतिलाई थप मजबुत बनाएका थिए।[२१] एसियाका दुई शक्तिको बीचमा रहेको नेपालले दुवै देशसँग राम्रो सम्बन्ध राख्नुपर्ने उनको धारणा उनको थियो।[९]

शान्ति प्रवर्द्धनसम्पादन

उनले नेपालको ऐतिहासिक शान्ति स्थिति, गौतम बुद्धको जन्म र कुनै पनि विदेशी शक्तिसँग असंलग्न हुने ऐतिहासिक नीतिलाई ध्यानमा राखी नेपाललाई शान्ति क्षेत्र घोषणा गर्न प्रस्ताव गरेका थिए।[२२] यस प्रस्तावलाई संयुक्त राष्ट्र सङ्घका ११६ देशहरूले समर्थन गरेका थिए।[२०] पछि उनले वि.सं २०४२ सालमा मा "शान्ति कायम राख्ने प्रशिक्षण शिविर" को स्थापना गरेका थिए। यसलाई पछि २०५७ मा शान्ति सेनालाई तालिम दिनका लागि प्रशिक्षण संस्थानलाई पुनर्संरचना गरिएको थियो। पछि यसलाई वीरेन्द्र शान्ति सञ्चालन तालिम केन्द्र नामाकरण गरिएको थियो।[२३] यस संस्थालाई पछि प्रशिक्षण सङ्गठनको रूपमा पुनर्संरचना गरिएको थियो जसमार्फत नेपालले संयुक्त राष्ट्र सङ्घको सहयोगमा प्रशिक्षित, शान्ति स्थापना गर्ने सेनाहरू पठाउँदै यसको सक्रिय सदस्य बनेको थियो। यस भन्दा अगाडि २०३० सालमा राजा वीरेन्द्रले उत्तरी हिमालय क्षेत्रमा बसोबास गर्ने खम्पास विद्रोहलाई शान्तिपूर्ण तरिकाले निःशस्त्रीकरण गर्न, हतियार समर्पण गर्नेहरूलाई भूमि, पैसा र नागरिकता दिएर हातहतियार जफत गर्न सफल भएका थिए। यसरी आत्मसमर्पण नगर्नेहरूलाई तिब्बती क्षेत्रतिर जान निषेध गरिएको थियो।[१८][२४] वीरेन्द्रलाई देशमा माओवादी क्रान्तिलाई दबाउन शाही सेनाको प्रयोगलाई रोक्ने श्रेय पनि दिइन्छ, जसले स्थितिलाई अझ खराब बनाएको थियो र देशको शान्तिलाई बिथोलेको थियो।[१४][२५]

वातावरण संरक्षणसम्पादन

राजा वीरेन्द्र प्रकृतिप्रेमी र प्रकृति संरक्षणका महान् हिमायतीका रूपमा चिनिन्थे। उनकै शासनकालमा सरकारबाट प्रकृति संरक्षणको प्रचलन सुरु भएको थियो। तराईको व्यापक बसाइँसराइ र चोरी सिकारीका कारण गैँडाको सङ्ख्यामा आएको नाटकीय गिरावटले गर्दा सरकारले १३० जना सशस्त्र व्यक्तिहरूको गैँडा गस्ती बल र चितवनभरि पहरेदार चौकीहरूको सञ्जाल स्थापना गर्न उत्प्रेरित गरेको थियो। गैँडाको लोप हुन नदिन वि.सं २०२६ मा, चितवन राष्ट्रिय निकुञ्जलाई राजपत्राङ्कित गरी राष्ट्रिय निकुञ्ज कानून लागू गरिएको थियो र त्यसको अर्को ३ वर्ष सीमाङ्कन गरी २०२९ मा स्थापना गरिएको थियो।[२६][२७]

नेपालमा बाघ संरक्षण गर्ने उद्देश्यले २०३२ सालमा ३६८ वर्ग किलोमिटर क्षेत्रलाई शाही कर्णाली वन्यजन्तु आरक्षको रूपमा राजपत्राङ्कित गरिएको थियो भने पछि २०३८ मा शाही बर्दिया वन्यजन्तु आरक्षको रूपमा घोषणा गरिएको थियो। वि.सं २०४० मा बबई नदी उपत्यकालाई यस आरक्षित क्षेत्रमा थप गरिएको थियो।[२८] आरक्षमा फस्टाउँदै गएको पारिस्थितिकीय प्रणालीले पछि २०४४ मा यस क्षेत्रलाई राष्ट्रिय निकुञ्जको रूपमा घोषणा गरिएको थियो। नेपालको चौथो संरक्षित क्षेत्र लाङटाङ २०३२ मा स्थापना भएको थियो र यसलाई लाङटाङ राष्ट्रिय निकुञ्ज नामकरण गरिएको थियो। यसका लागि नुवाकोट, रसुवासिन्धुपाल्चोक जिल्लामा एक हजार ७१० वर्ग किलोमिटर क्षेत्रफल छुट्याइएको थियो।[२९] उनले २०३२ मा कोशी टप्पु वन्यजन्तु आरक्षको रूपमा अर्को वन्यजन्तु आरक्षलाई राजपत्राङ्कित गरेका थिए। सोही वर्ष उनले सुदूरपश्चिम क्षेत्रको तराई क्षेत्रमा शाही शुक्लाफाँट वन्यजन्तु आरक्षको स्थापना गरेका थिए, जसलाई पछि विस्तार गरि राष्ट्रिय निकुञ्जमा परिणत गरिएको थियो।[३०][३१] साथै हुम्ला, मुगुजुम्ला क्षेत्रका अद्वितीय वनस्पति र जीवजन्तुको संरक्षण गर्न र आफ्ना पिता राजा महेन्द्रको मुगु र जुम्ला जिल्लामा १०६ वर्ग किलोमिटरको आरक्षित क्षेत्र सहितको प्राचीन प्राकृतिक आरक्ष बनाउने सपना पूरा गर्न सोही वर्ष रारा राष्ट्रिय निकुञ्जको स्थापना गरिएको थियो जसमा प्रसिद्ध राराताल पनि समावेश छ।[२९][३२] सोही वर्ष पवित्र हिमालय परिदृश्यको भागको रूपमा स्थापित हुने अन्तिम राष्ट्रिय निकुञ्ज सगरमाथा राष्ट्रिय निकुञ्ज थियो जसले सोलुखुम्बु जिल्लामा १,१४८ वर्ग किलोमिटर क्षेत्र ओगटेको थियो।[३३]

वि.सं २०४० मा बझाङ, बाजुरा, अछामडोटीको २२५ वर्ग किलोमिटर क्षेत्रलाई नेपालको सुदूरपश्चिमाञ्चल क्षेत्रमा संरक्षित क्षेत्रको रूपमा छुट्याइएको थियो र यसलाई खप्तड राष्ट्रिय निकुञ्ज नामाकरण गरिएको थियो। सोही वर्ष उनले पर्सा वन्यजन्तु आरक्षको स्थापना पनि गरेका थिए, जसलाई पछि राष्ट्रिय निकुञ्जमा विस्तार गरिएको थियो। त्यसैगरी कर्णाली क्षेत्रको डोल्पामुगु जिल्लामा तीन हजार ५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज वि.सं २०४० मै स्थापना भएको थियो।[३४]

शिकार गर्ने शाही परम्परालाई सोखको रूपमा संरक्षण गर्ने, तर घट्दो वन्यजन्तु स्रोतलाई रोक्नका लागि उनले २०४३ मा तत्कालीन युवराज ज्ञानेन्द्रको अध्यक्षतामा आफ्ना पिताको स्मारकको रूपमा ढोरपाटन शिकार आरक्षको स्थापना भएको थियो। महेन्द्र ट्रस्टको स्थापनासँगै उनले अन्नपूर्ण संरक्षण क्षेत्र घोषणा गरेका थिए।[३५]

उनको प्रयासले वि.सं २०३५ मा सगरमाथा राष्ट्रिय निकुञ्ज र वि.सं २०४० मा चितवन राष्ट्रिय निकुञ्जलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सफल भएको थियो।[३६][३७] त्यस्तै, काठमाडौँ, ललितपुर र भक्तपुरका दरबार क्षेत्र, स्वयम्भूनाथ, बौद्धनाथ, पशुपतिनाथ मन्दिर, चाँगुनारायण मन्दिर जस्ता धार्मिक स्थललाई पनि २०३५ मानै सूचीकृत गरिएको थियो।[३८]

आर्थिक सुधारसम्पादन

 
नेपालको पुरानो शिक्षण अस्पताल, त्रिवि शिक्षण अस्पतालको एक भवन

दिगोविकास र वातावरण संरक्षणमा केन्द्रित रहेर २०३२ पुस १३ जनवादी गणतन्त्र चीनको सहयोगमा नेपालमा ट्रली बस प्रणालीको स्थापना गरिएको थियो। उनले २०२९ मा नेपालगञ्ज औद्योगिक क्षेत्र, २०३० मा पोखरा औद्योगिक क्षेत्र, २०३२ मा बुटवल औद्योगिक क्षेत्र, २०३५ मा भक्तपुर औद्योगिक क्षेत्र, २०२६ मा धनकुटा औद्योगिक क्षेत्र, २०३७ मा वीरेन्द्रनगर औद्योगिक क्षेत्र, २०४२ मा गजेन्द्रनारायण औद्योगिक क्षेत्र स्थापना गरि औद्योगिक क्षेत्र स्थापना गरेका थिए।[३९]

राजा वीरेन्द्रलाई मेलम्ची खानेपानी आयोजनाको योजना बनाउने श्रेय दिन सकिन्छ।[४०] गोरखकाली रबर उद्योग, उदयपुर सिमेन्ट उद्योग लिमिटेड, नेपाल मेटल कम्पनी, नेपाल फार्मास्युटिकल्स सबै उनको पालामा स्थापना भएका थिए। राजा वीरेन्द्र पशुपति क्षेत्र विकास कोषका संरक्षक थिए।[४१] २०३५ मा, नेपाल सरकार र उडिसा इन्डस्ट्रिज, भारतको संयुक्त लगानीमा दोलखा जिल्लाको लाकुरी डाँडामा म्याग्नेसाइट र टाल्क पाउडर उत्पादन गर्ने उद्देश्यले नेपाल ओरिएन्टल म्याग्नेसाइट कारखाना स्थापना गरिएको थियो।[४२] २०३९ मा उनले नेपाल–पाकिस्तान संयुक्त आर्थिक आयोगको स्थापना गर्न सफल भएका थिए जसले नेपालमा महत्वपूर्ण विदेशी लगानी भित्र्याएको थियो।

विश्व बैङ्क, कुवेतजापान सरकारको आर्थिक सहयोगमा वि.सं २०३८ सालमा ६० मेगावाट क्षमता सहित कुलेखानी जलविद्युत् आयोजना सञ्चालनमा आएको थियो।[४३]

२०३८ सालमै जापान अन्तर्राष्ट्रिय सहयोग नियोगको आर्थिक सहयोगमा त्रिवि शिक्षण अस्पताल स्थापना भएको थियो।[४४] नरदेवी आयुर्वेदिक अस्पताल भने ३०३० मा स्थापना भएको थियो।

उनले २०३२ मा स्टक र पूँजीको व्यापारको व्यवस्थापन, प्रवर्द्धन र समर्थन गर्न धितोपत्र विनिमय केन्द्रको स्थापना गरेका थिए जसलाई नेपाल स्टक एक्सचेन्ज भनेर चिनिन्छ।[४५]

वि.सं २०४१ मा नेपाल टेलिभिजन नामक नेपालको पहिलो टेलिभिजन च्यानल स्थापना गरि २०४२ मा फ्रान्सको सहयोगमा पहिलो च्यानल सञ्चालनमा ल्याइएको थियो। यी आर्थिक सुधारका कारण २०४२ सम्ममा २,०५४ औद्योगिक प्रतिष्ठानहरूले लगभग १,२५,००० श्रमिकहरूलाई रोजगारी दिएका थिए।

सडक र यातायातसम्पादन

वि.सं २०२८ मा गरिएको विभिन्न अध्ययनहरूले पहाडी र ग्रामीण क्षेत्रमा सडक सञ्जाल निर्माण गर्नु हवाई सम्पर्कभन्दा बढी खर्चिलो भएको देखाएको थियो।[४६] त्यसैले, तत्कालीन सरकारले ग्रामीण क्षेत्रहरूलाई विमानस्थलसँग जोड्ने र ट्राफिक प्रवाहको उच्च मात्रा भएको बेला मात्र सडक निर्माण गर्ने नीति लिएको थियो। यही नीतिअन्तर्गत २०२९ मा बाग्लुङ विमानस्थल (बलेवा विमानस्थल), ढोरपाटन विमानस्थल, महेन्द्रनगर विमानस्थल र रुकुम चौरजहारी विमानस्थल स्थापना भएका थिए।[४७] साँफेबगर विमानस्थल २०३१ मा स्थापना भएको थियो। सिमिकोट विमानस्थल २०३३, डोल्पा विमानस्थल २०३४ मा र रामेछाप विमानस्थल २०३५ मा स्थापना भएको थियो। डोटी विमानस्थल, जसलाई सिलगढी विमानस्थलको नामले पनि चिनिन्छ, २०२९ मा कालोपत्र गरिएको धावनमार्गसहित स्थापना भएको थियो। रारा विमानस्थलभनेर चिनिने ताल्चा विमानस्थल २०३१ मा निर्माण भएको थियो भने फुङलिङमा रहेको ताप्लेजुङ विमानस्थल, सुकेटार विमानस्थल, जिरी विमानस्थलफाप्लु विमानस्थल तथा बझाङ विमानस्थल २०३२ मा निर्माण भएको थियो। २०३६ मा रोल्पा विमानस्थल, २०३७ मा मनाङ विमानस्थल, २०४० मा बाजुरा विमानस्थल र २०४२ मा दार्चुला विमानस्थलको स्थापना गरिएको थियो।[४८]

त्यस्तै सोलुखुम्बु जाने लामोसाँघु–जिरी सडक २०४१ मा स्विस सरकारको सहयोगमा निर्माण सम्पन्न भएको थियो।[४९][५०]

कृषि प्रवर्द्धनसम्पादन

वीरेन्द्रको शासनकालमा सरकारले कृषि प्रवर्द्धनमा विशेष ध्यान दिएको थियो। फलस्वरूप, २०४७ सम्ममा लगभग ९०% जनसङ्ख्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषिमा संलग्न थिए। भृकुटी पल्प एन्ड पेपर लिमिटेडको स्थापना २०४१ मा कम्पनी ऐन २०२१ अन्तर्गत जनवादी गणतन्त्र चीनको सहयोगमा भएको थियो। कृषि भूमि र कृषि कार्यबलमा वृद्धिले खानाको आपूर्तिमा वृद्धि प्रदान गरेको थियो, जसको परिणामस्वरूप राम्रो पोषण सावित भएको थियो।[५१][५२] वि.सं २०१७ मा ५,००,००० टन मकै उत्पादन भएकोमा २०४७ मा यसलाई बढाएर १० लाख टन पुर्‍याइएको थियो। २०३८ मा चीनको प्राविधिक सहयोगमा नवलपरासीको सुनवलमा लुम्बिनी सुगर मिल्स निर्माण भएको थियो।[५३][४६] गोरखकाली रबर उद्योगको स्थापनासँगै झापा, इलाम र पूर्वी नेपालका अन्य धेरै स्थानहरूमा पहिलो पटक रबर खेती गर्न उत्प्रेरित गरेको थियो।[५४][५५][५६] त्यस्तै गरी भृकुटी पल्प एन्ड पेपर लिमिटेड, हेटौँडा कपडा उद्योग जस्ता कृषिमा आधारित उद्योगहरूको स्थापना र ठूलो सङ्ख्यामा गलैँचा र कपडा उद्योगहरू स्थापना गरिएको थियो जसले कच्चा कृषि उत्पादनलाई रूपान्तरण गर्नको लागि अर्थव्यवस्थामा ठूलो योगदान पुर्‍याएको थियो।[५७]

राजनीतिक उपलब्धिसम्पादन

 
नेपालका ५ विकास क्षेत्र

राजा वीरेन्द्रको शासनकालमा २०३७ सालमा प्रजातन्त्रका लागि जनमत सङ्ग्रह भएको थियो, जसमा बहुदलीय व्यवस्था वा पञ्चायती व्यवस्था मध्ये कुन रोज्ने भन्ने बारेमा जनमत सङ्ग्रह गरिएको थियो। पञ्चायतकाल र राष्ट्रिय जनमत सङ्ग्रह अगाडि नै सन्तुलित विकास निर्माणका लागि राष्ट्रलाई ५ वटा विकास क्षेत्रमा विभाजन गरिएको थियो।[५८] मध्यावधि निर्वाचन, २०५१आम निर्वाचन २०५६ लाई उनको सुशासनको श्रेय दिन सकिन्छ। वीरेन्द्रले संविधानसँग सम्बन्धित कुनै पनि राजनीतिक मामिलामा सर्वोच्च अदालतसँग सल्लाह माग्ने गर्दथे। उनले प्रत्येक बिहीबार राजाप्रधानमन्त्रीबीच आफ्नो महलमा बसेर राज्यका विषयमा छलफल गर्ने संस्कृतिको विकास पनि गरेका थिए।[५९]

सामाजिक सुधारसम्पादन

कम साक्षरताको स्तरलाई राष्ट्रिय प्रगतिको मुख्य बाधकको रूपमा स्वीकार गर्दै राजा वीरेन्द्रले शिक्षा प्रणालीको विकासलाई आफ्नो राष्ट्रिय प्राथमिकता बनाएका थिए। वि.सं २०२८ देखि सुरु भएको पञ्चवर्षीय योजना मुख्यतः नयाँ शैक्षिक संस्था निर्माण र वर्तमान शिक्षा प्रणालीको दक्षता अभिवृद्धिमा केन्द्रित थियो। आफ्नो राज्याभिषेकको पावन अवसरमा राजा वीरेन्द्रले सबै नेपाली नागरिकका लागि प्राथमिक शिक्षा निःशुल्क हुने घोषणा गरेका थिए।[६०] त्यसै गरी, २०३४ मा शाही स्वीकृतिका साथ सबै शैक्षिक सामग्रीहरू शैक्षिक संस्थाहरूलाई निःशुल्क वितरण गर्न थालिएको थियो।[६१] राजा वीरेन्द्र शाही नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको संरक्षक बनेका थिए जसले देशमा विज्ञान र प्रविधिको विकासको क्षेत्रमा काम गरेको थियो। उनले देशको भाषा र संस्कृतिको जगेर्ना गर्न २०४२ मा, महेन्द्र संस्कृत विश्वविद्यालयको स्थापना गरेका थिए। नेपालमा वि.सं २०३३ मा सामाजिक व्यवहार सुधार ऐन (२०३३) अन्तर्गत दाइजो प्रथालाई अपराधीकरण गरिएको थियो। पञ्चवर्षीय योजना अन्तर्गत राजा वीरेन्द्रले राष्ट्रिय सेवाको नीति सुरु गरे जसमा स्नातकोत्तर गरेका विद्यार्थीले आफ्नो एक वर्षको सेवाग्रामीण क्षेत्रको विकास निर्माणमा योगदान गर्नुपर्ने व्यवस्था थियो। २०३२ असोज ६ मा उनले लागूऔषध (नियन्त्रण) ऐन, २०३३ जारी गरी देशमा हुने कुनै पनि प्रकारको लागुऔषधको व्यापार, ओसारपसार वा कुनै पनि प्रकारको ओसारपसारलाई निषेध गर्दै प्राकृतिक इतिहास सङ्ग्रहालयको स्थापना गरि इतिहास संरक्षणको प्रक्रिया सुरु गरेका थिए।[६२][६३]

विकास नीतिसम्पादन

वीरेन्द्रले जनसङ्ख्या र दैनिक सडक यातायातका आधारमा सडक विकास गर्ने र ग्रामीण क्षेत्रलाई विमानस्थलसँग जोड्ने नीति लिएका थिए। उनले विकासका लक्ष्यहरू प्राप्त गर्ने उद्देश्यले धेरै सरकारी संस्थाहरूको पुनर्गठन गरेका थिए। उनले सडक निर्माण, सरसफाइ, वैज्ञानिक तथा प्राविधिक तालिममा जोड दिएका थिए।[६४] केन्द्रीय योजना आयोगको बारेमा गरिएको एक व्यापक अध्ययनले २०२८ मा राष्ट्रिय योजना आयोगको पुनर्गठन र २०४३ मा भएको सानो परिवर्तनलाई आत्मसात गरेको थियो।[४६] सरकारी नीति मुख्यतया वातावरण संरक्षण, कृषि र शिक्षामा केन्द्रित थियो।

मृत्युसम्पादन

वीरेन्द्र र उनको पुरै परिवारलाई १९ जेठ २०५८ मा शाही भोजमा अधिराजकुमार दीपेन्द्रले गोली प्रहार गरेका थिए।[५२] वीरेन्द्रका कान्छा भाइ ज्ञानेन्द्र बाहेक यस हत्याकाण्डमा राजपरिवारका प्रायः सबै सदस्यहरू मारिएका थिए। तत्पश्चात् दीपेन्द्रलाई राजा घोषित गरिएको त्यसको केही दिनपछि त्यस हत्याकाण्डमा बन्दुकको गोलीले घाइते भएका कारण उनको मृत्यु भएको थियो। फलस्वरूप, ज्ञानेन्द्रलाई राजा बनाइएको थियो।

आलोचनासम्पादन

स्थिर अर्थतन्त्रसम्पादन

राजा वीरेन्द्रलाई विकास प्रेमी राजाका रूपमा सम्झिए पनि आफ्ना पिता राजा महेन्द्रजस्तै तीव्र विकासका प्रयासतर्फ देशलाई हाँक्न नसक्दा उनको पनि आलोचना गरिएको थियो। उनको राजनैतिक इच्छा थियो तर विकासका प्रयासहरू तीव्र गतिमा हासिल गर्न सकिने सीपको अभाव थियो। प्रकृति, संस्कृति र इतिहासको संरक्षणका लागि उनले गरेको प्रयासले देखाएको दिगो विकासको नीति आर्थिक विकासको बाधक बनेको थियो। पञ्चायती शासनले निरङ्कुश शासकको हैसियतमा शासन गर्दा अर्थतन्त्र ठप्प भएको थियो।[६५]

प्रशासनिक असफलतासम्पादन

इतिहासकारहरू पञ्चायती शासनमा राजा वीरेन्द्र असफल भएको कुरा औँल्याएका थिए। उनले आफ्नो कार्यकालमा धेरै विदेशी प्रत्यक्ष लगानी भित्र्याउन सकेनन् र उनले ल्याएका सबै कार्यक्रम वा उनले गरेका सबै सुधारहरू बाबुको विरासतको निरन्तरता थियो।[६६] उनले यसअघि बाबुआमाले स्थापना गरेका विभिन्न संगठनको पुनर्संरचना गर्नुका साथै बाबुआमाले परिकल्पना गरेका विभिन्न विकास योजना कार्यान्वयन गरेका थिए। तथापि, उनले देशमा कुनै आमूल परिवर्तन ल्याउन सकेनन्। यसबाहेक, केही इतिहासकारहरूले आफ्नो युगको दौरान गरिएको भातृ व्यापारलाई अवैध बनाउनुले बृहत् बेरोजगारी सृजना गरेको दाबी पनि गरेका छन् जुन अन्ततः माओवादी क्रान्तिको एउटा कारण बनेको थियो।[६७][६८]

सम्मानसम्पादन

राष्ट्रिय उपाधि

सन्तानहरूसम्पादन

नाम जन्म विवाह मृत्यु बच्चाहरू नातिनातिनाहरू
जीवनसाथी मिति
युवराजाधिराज दीपेन्द्र २०२८ असार १३[६९] कुनै विवाह गरिएको थिएन २२ जेठ २०५८ (उमेर २९),

सैनिक अस्पताल, काठमाडौँ[५२][७०]

छोराछोरी छैनन्
अधिराजकुमारी श्रुति २०३३ असोज २९ कुमार गोरखशमशेर जङ्गबहादुर राणा २०५४ वैशाख २५ २०५८ जेठ १९ (उमेर २५),

नारायणहिटी राजदरबार[१४]

गिरवाणी राज्य लक्ष्मीदेवी नातिनातिनाहरू छैनन्
सुरंगाना राज्य लक्ष्मीदेवी
अधिराजकुमार निराजन २०३५ कात्तिक २० विवाह नभएको २०५८ जेठ १९ (उमेर २२),

नारायणहिटी राजदरबार[१४]

छोराछोरी छैनन्

स्मारकहरूसम्पादन

राजा वीरेन्द्रको स्मृतिमा थुप्रै संरचना, संस्था र सम्मानार्थ विभिन्न निर्माणहरू गरिएको छ। विसं २०६३ मा संसद् पुनःस्थापन र २०६५ मा राजतन्त्रको अन्त्य भएपछि उनको नाममा खडा भएका स्मारकको नाम परिवर्तन गरिएको थियो। २०६३ सालको राजनीतिक परिवर्तनपछि राजाको नाममा निर्माण भएको राजमार्गलाई लोकमार्गको नाममा राख्ने प्रयास गरिएको थियो।

 
राजा वीरेन्द्र र रानी ऐश्वर्यको शालिक
  1. वीरेन्द्रको शालिक (नेपालगञ्ज)
  2. वीरेन्द्रको शालिक (दाङ)[७१][७२]
  3. वीरेन्द्रको शालिक, वीरेन्द्रनगर (सुर्खेत )
  4. वीरेन्द्रको शालिक, स्वर्गद्वारी ( शिवपुरी )
  5. वीरेन्द्रको शालिक, जावलाखेल (ललितपुर )
  6. वीरेन्द्रको शालिक, बिन्ध्यवासिनी मन्दिर (पोखरा)
  7. श्री वीरेन्द्र माध्यमिक विद्यालय, झापा
  8. श्री वीरेन्द्र सार्वजनिक विद्यालय, मोरङ
  9. वीरेन्द्र माध्यमिक विद्यालय, बैतडी
  10. वीरेन्द्र माध्यमिक विद्यालय, स्याङ्जा
  11. वीरेन्द्र माध्यमिक विद्यालय, नुवाकोट
  12. वीरेन्द्र माध्यमिक विद्यालय, पर्वत
  13. वीरेन्द्र सैनिक आवासीय महाविद्यालय, भक्तपुर
  14. वीरेन्द्र स्मारक कलेज , धरान
  15. श्री वीरेन्द्र अस्पताल
  16. वीरेन्द्र स्मारक कप
  17. वीरेन्द्र बहुमुखी क्याम्पस, चितवन
  18. वीरेन्द्र शान्ति परिचालन तालिम केन्द्र
  19. वीरेन्द्रनगर
  20. वीरेन्द्रनगर, चितवन
  21. वीरेन्द्रनगर जेसिस
  22. वीरेन्द्रनगर विमानस्थल
  23. वीरेन्द्र चोक , (वीरेन्द्रनगर)
  24. वीरेन्द्र चोक, कागेश्वरी मनोहरा नगरपालिका
  25. वीरेन्द्र चोक , फुङलिङ
  26. वीरेन्द्र चोक, धरान
  27. वीरेन्द्र चोक, तुलसीपुर, (दाङ)[७३][७४]
  28. वीरेन्द्र ताल , गोरखा
  29. वीरेन्द्र सङ्ग्रहालय, काठमाडौँ दरबार क्षेत्र
  30. वीरेन्द्र बियर, ज्युरिख[७५]

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "दरबार हत्याकाण्डको १७ वर्ष पूरा, रहस्य गर्भमै" (नेपाली) भाषा)। अनलाइन खबर। सङ्ग्रह मिति २० अप्रिल २०२२ 
  2. "सन्दर्भ पुस १४ : सम्झनामा राजा वीरेन्द्र", पहिलो पोस्ट, १४ पुष २०७१, अन्तिम पहुँच १५ जेष्ठ २०७९ 
  3. "King Birendra of Nepal", डेली टेलिग्राफ, २३ अगस्ट २००१, अन्तिम पहुँच २१ जुलाई २००८ 
  4. ४.० ४.१ "Birendra: Nepal's monarch of change", BBC, २ जुन २००१, अन्तिम पहुँच २१ जुलाई २००८ 
  5. ५.० ५.१ ५.२ Crossette, Barbara (३ जुन २००१), "Birendra, 55, Ruler of Nepal's the Hindu Kingdom", द न्युयोर्क टाइम्स, अन्तिम पहुँच २१ जुलाई २००८ 
  6. Mainali, Pramod (२०००), Milestones of History, पृ: १११, आइएसबिएन 99946-960-4-1 
  7. "Marriage of Convenience", टाइम, ९ मार्च १९७०, मूलबाट १४ फेब्रुअरी २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जुलाई २००८ 
  8. "King Birendra's Historic China Visit", मूलबाट २३ जुलाई २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ जुलाई २०१५ 
  9. ९.० ९.१ Malhotra, Inder (४ जुन २००१), "King Birendra of Nepal", The Guardian, अन्तिम पहुँच २१ जुलाई २००८ 
  10. "King Birendra Credentials" 
  11. "The Constitution of 1990", Country Studies, अन्तिम पहुँच २१ जुलाई २००८ 
  12. Malhotra, Inder (४ जुन २००१), "King Birendra of Nepal A ruler much loved by his people, he bowed to popular will and surrendered absolute power", The Guardian 
  13. VIEWPOINT (२०२२-०६-०२), "13 Reasons Why Former King Birendra Shah Is the Most Loved Monarch of Nepal", NEPWAVE (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०७-१६ 
  14. १४.० १४.१ १४.२ १४.३ श्रेष्ठ, किरणकृष्ण (१९ जेष्ठ २०७७), "अधिराजकुमारी श्रुतिसँग सम्झनाका चार पल", सेतोपाटी, अन्तिम पहुँच १५ जेष्ठ २०७९ 
  15. "King Birendra's Historic China Visit", मूलबाट २३ जुलाई २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ जुलाई २०१५ 
  16. "खम्पा काण्ड : नेपालबाट मुस्ताङलाई टुक्य्राएर तिब्बत कब्जा गर्न विदेशीले गराएको विद्रोह !", स्वदेश नेपाल (नेपालीमा), २०२०-०१-२८, अन्तिम पहुँच २०२२-०७-२३ 
  17. देवकी विष्ट, "खम्पा विद्रोह' मा लिपुलेक नजिक लडाईं लडेका एक प्रहरीको संस्मरण", ब्रेक एन लिङ्स (नेपालीमा), अन्तिम पहुँच २०२२-०७-२३ 
  18. १८.० १८.१ Basnyat, Prem Singh, "A forgotten history", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०७-२२ 
  19. Basnyāta, P. (२००७), Nepalese Army in Tibetan Khampa Disarming Mission, Sarwochcha Man Singh Basnyat, आइएसबिएन 978-99946-2-863-6 
  20. २०.० २०.१ "Diplomatic achievements of King Birendra: From Peace Zone Proposal to expansion of foreign relations", Nepal Press (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०७-१६ 
  21. "NRC0015 – Nepali foreign policy and Zone of Peace: an attempt at neutrality? – NIPoRe" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०७-१६ 
  22. Magazine, New Spolight, "Late King Birendra And His Demand For "Peace Zone"Status For Nepal.", SpotlightNepal (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०७-१६ 
  23. "BPOTC | वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र", bpotc.nepalarmy.mil.np, अन्तिम पहुँच २०२२-०७-१६ 
  24. Saxena, Shobhan (२००८-०३-३०), "The legion of Betrayed Warriors", द टाइम्स अफ इन्डिया (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०७-२३ 
  25. विरेन्द्रले माओवादी विरुद्ध किन सेना चालेनन् ? (नेपालीमा), अन्तिम पहुँच २०२२-०७-१७ 
  26. Gurung, K. K. (1983). Heart of the Jungle: the Wildlife of Chitwan, Nepal. André Deutsch, London.
  27. Adhikari, T. R. (2002). The curse of success. Habitat Himalaya - A Resources Himalaya Factfile, Volume IX, Number 3.
  28. Majupuria, T. C., Kumar, R. (1998). Wildlife, National Parks and Reserves of Nepal. S. Devi, Saharanpur and Tecpress Books, Bangkok. आइएसबिएन ९७४-८९८३३-५-८
  29. २९.० २९.१ Bhuju, U. R., Shakya, P. R., Basnet, T. B., Shrestha, S. (२००७), Nepal Biodiversity Resource Book. Protected Areas, Ramsar Sites, and World Heritage Sites, Kathmandu: International Centre for Integrated Mountain Development, Ministry of Environment, Science and Technology, in cooperation with United Nations Environment Programme, Regional Office for Asia and the Pacific, आइएसबिएन 978-92-9115-033-5 
  30. Majupuria, T.C.; Kumar, R. (१९९८), "Royal Sukla Phanta Wildlife Reserve", Wildlife, National Parks and Reserves of Nepal, Bangkok: S. DeviSaharanpur and Tecpress Books, पृ: 237–240, आइएसबिएन 974-89833-5-8 
  31. Basnet, H.; Thakuri, D.C.; Bhetwal, K.; Joshi, D.; Poudyal, L.P. (२०१९), "Recent records of threatened birds in the Sukilaphanta Grassland, Suklaphanta National Park, Nepal, with particular focus on White-throated Bushchat Saxicola insignis and Finn's Weaver Ploceus megarhynchus", Birding Asia (32): 93–96। 
  32. "Nepali Times | The Brief » Blog Archive » Remembering Rara" (en-USमा), अन्तिम पहुँच २०२२-०७-२० 
  33. Gurung, C. P.; Maskey, T. M.; Poudel, N.; Lama, Y.; Wagley, M. P.; Manandhar, A.; Khaling, S.; Thapa, G.; Thapa, S.; Wikramanayake, E. D. (२००६), "The Sacred Himalayan Landscape: Conceptualizing, Visioning, and Planning for Conservation of Biodiversity, Culture and Livelihoods in the Eastern Himalaya", in McNeely, J. A.; McCarthy, T. M.; Smith, A.; Whittaker, O. L.; Wikramanayake, E. D., Conservation Biology in Asia, Kathmandu: Nepal Society for Conservation Biology, Asia Section and Resources Himalaya Foundation, पृ: 10–20, आइएसबिएन 99946-996-9-5  |name-list-style= प्यारामिटर ग्रहण गरेन (सहायता)
  34. Bhuju, U. R., Shakya, P. R., Basnet, T. B., Shrestha, S. (२००७), Nepal Biodiversity Resource Book. Protected Areas, Ramsar Sites, and World Heritage Sites, Kathmandu: International Centre for Integrated Mountain Development, Ministry of Environment, Science and Technology, in cooperation with United Nations Environment Programme, Regional Office for Asia and the Pacific, आइएसबिएन 978-92-9115-033-5 
  35. Croes, K. D. (2006). Conserving the king: Inverting the origin story of the Annapurna Conservation Area Project of Nepal. HIMALAYA, the Journal of the Association for Nepal and Himalayan Studies, 26(1), 6.
  36. Centre, UNESCO World Heritage, "Sagarmatha National Park", UNESCO World Heritage Centre (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०८-११ 
  37. Centre, UNESCO World Heritage, "Sagarmatha National Park", UNESCO World Heritage Centre (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०८-११ 
  38. Centre, UNESCO World Heritage, "Kathmandu Valley", UNESCO World Heritage Centre (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०८-११ 
  39. Khatri, M. B. (2018). Industrial development in Nepal: Problems and prospects. Economic Journal of Nepal, 41(3-4), 25-40.
  40. Magazine, New Spolight, "MELAMCHI PROJECT Water At The Tap", SpotlightNepal (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०६-३० 
  41. "RAOnline Reports on Nepal - The Royal Tragedy", www.raonline.ch, अन्तिम पहुँच २०२२-०६-३० 
  42. "Govt making efforts to revive Nepal Orind Magnesite", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०७-२३ 
  43. "Nepal | History, Population, Flag, Language, Map, & Facts | Britannica", www.britannica.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०७-२६ 
  44. "About – Institute of Medicine" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०७-१७ 
  45. "Nepal Stock Exchange", www.nepalstock.com.np, अन्तिम पहुँच २०२२-०८-११ 
  46. ४६.० ४६.१ ४६.२ Yang, Eunmo (२००७), "Modernization of Nepal under the Shah Dynasty, 1951-1991", www.zum.de, Korean Minjok Leadership Academy International Program, अन्तिम पहुँच २०२२-०७-२६ 
  47. "Timeline of Nepal Aviation, glimpse from 1949 to 2020", Aviation Nepal (अङ्ग्रेजीमा), २०२०-११-२१, अन्तिम पहुँच २०२२-०७-२४ 
  48. Adventures, Third Rock, "Airports in Nepal - 50 Places That Connect the Country to the World", Third Rock Adventures (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०७-२४ 
  49. SHRESTHA, PRAGYA (२००५), "The great green road", archive.nepalitimes.com, अन्तिम पहुँच २०२२-०७-२६ 
  50. "Switzerland - Nepal: A close partnership lasting more than 50 years - Nepal | ReliefWeb", reliefweb.int (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०७-२६ 
  51. Chitrakar, Tara Devi (२०१२), "Performance of Bhrikuti Paper and Pulp Limited: Before and After Privatization", PYC Nepal Journal of Management 5: 44–54 – Public Youth Campusद्वारा। 
  52. ५२.० ५२.१ ५२.२ दीक्षित, कनकमणि (१९ जेठ २०७७), "कसले मार्‍याे राजा वीरेन्द्रलाई ?", हिमाल खबर, अन्तिम पहुँच १५ जेष्ठ २०७९ 
  53. "NEPAL GETS HELP OF EAST AND WEST; Aid Projects were sped by China, Russia, U. S. and India.", The New York Times (en-USमा), १९६४-०१-१३, आइएसएसएन 0362-4331, अन्तिम पहुँच २०२२-०७-२६ 
  54. "Rubber industry readied for operation in Jhapa", Khabarhub (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०७-३० 
  55. Poudel, M., Adhikari, P., Dhungana, S., Paudel, S., Thapa, K., Bidari, A., & Manandhar, R. (2020). Economics of rubber production in Jhapa, Nepal. Journal of Agriculture and Natural Resources, 3(1), 198-208.
  56. BHANDARI, TILAK (२०२१-०३-०१), "Saving Rubber Industries and Save Environment in Nepal", TILAK 
  57. Kharel, K. R., & Upadhyaya, Y. M. (2021). Contribution of Cottage and Small Scale Industries for Boosting Nepalese Economy. Tribhuvan University Journal, 36(01), 45-57.
  58. Khadka, Narayan (१९९१), "Nepal's Stagnant Economy: The Panchayat Legacy", Asian Survey 31 (8): 694–711, आइएसएसएन 0004-4687, जेएसटिओआर 2645224, डिओआई:10.2307/2645224 
  59. "King Birendra's 30-year reign- Nepali Times", archive.nepalitimes.com, अन्तिम पहुँच २०२२-०७-१७ 
  60. "Thirty years of King Birendra's reign- Nepali Times", archive.nepalitimes.com, अन्तिम पहुँच २०२२-०७-१६ 
  61. Janjua, S. J. (2006). THE ROLE OF FREE COMPULSORY PRIMARY EDUCATION POLICY FOR THE POLITICAL DEVELOPMENT IN NEPAL. Strategic Studies, 26(1), 100–131. http://www.jstor.org/stable/45242336
  62. diwakar (२०२१-०५-२५), "Narcotics law in Nepal: Everything you need to know about - OnlineKhabar English News" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०७-१८ 
  63. Mahat, Sunny, "How the ban came about andhow long it will stay in place", The Annapurna Express (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०७-१८ 
  64. Montgomery, Paul L. (१९७५-०२-२४), "King With a Sense of Mission", The New York Times (अङ्ग्रेजीमा), आइएसएसएन 0362-4331, अन्तिम पहुँच २०२२-०७-२४ 
  65. Khadka, Narayan (१९९१), "Nepal's Stagnant Economy: The Panchayat Legacy", Asian Survey 31 (8): 694–711, आइएसएसएन 0004-4687, जेएसटिओआर 2645224, डिओआई:10.2307/2645224 
  66. भट्टराई, कमलदेव, "Six decades of American aid", द अन्नपूर्ण एक्सप्रेस (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०७-२३ 
  67. शर्मा, सार्थक मणि (२०१५-०९-०३), "High time to lift ban", नेपाली टाइम्स, अन्तिम पहुँच २०२२-०७-२३ 
  68. Can WATER Change Nepal's FUTURE? - VisualPolitik EN (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०७-२३ 
  69. शाह, विवेकप्रताप (२० जेठ २०७२), "​दीपेन्द्रको चरित्र र जेठ १९ को रहस्यबारे तत्कालीन सैनिक सचिव यसो भन्छन्", पहिलो पोस्ट, अन्तिम पहुँच १५ जेष्ठ २०७९ 
  70. "यस्तो थियो राजदरबार हत्याकाण्डको ‘यथार्थ विवरण’", हिमालखबर, १९ जेठ २०७७, अन्तिम पहुँच १५ जेष्ठ २०७९ 
  71. "१५ बर्षपछि तुलसीपुरमा वीरेन्द्रको शालिक पुनर्स्थापना", अनलाइनखबर, २०७८ चैत १४, अन्तिम पहुँच १५ जेष्ठ २०७९ 
  72. केसी, गोविन्द (१४ पुस २०७८), "१६ वर्षपछि वीरेन्द्रको शालिक", नागरीक, अन्तिम पहुँच १५ जेष्ठ २०७९ 
  73. भट्टराई, खगेन्द्र (२०७६ मङ्सिर ११), "राजा वीरेन्द्रले बसाएको वीरेन्द्रनगर", नयाँ पत्रिका, अन्तिम पहुँच १५ जेष्ठ २०७९ 
  74. शाही, दिपकजंग (११ भदौ २०७६), "वीरेन्द्रको शालिक बेवारिसे लडाएर बनाइयो उनको नामको चोक", सेतोपाटी, अन्तिम पहुँच १५ जेष्ठ २०७९ 
  75. swissinfo.ch, "Swiss brewery defends choice of Nepalese monarch on beer bottle", SWI swissinfo.ch (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०६-३० 
पूर्वाधिकारी
महेन्द्र वीर विक्रम शाह
नेपालको राजा
२०२८-२०५८
उत्तराधिकारी 
दीपेन्द्र वीर विक्रम शाह