राजेन्द्र विक्रम शाह

गीर्वाणयुद्ध विक्रम शाहको जेठ सुपुत्रका रूपमा वि.सं. १८७०मा जन्मेका श्री ५ राजेन्द्र तीन वर्षको उमेरमा वि.सं. १८७३मा नेपालका राजा भए। यिनको पालामा सत्ताप्राप्तिका लागि संघर्षको स्थिती चरम उत्कर्षमा पुगेको थियो । यिनकै पालामा भिमसेन थापाले आत्महत्या गर्नुपर्ने बाध्यता, माथवर सिंह थापागगन सिंहको हत्या भएको थियो । दरबारिया भाइ-भारदारहरू बीचको सत्तासंघर्षको चरमोत्कर्षले यसै समयमा कोत पर्व, भण्डारखाल पर्व, अलौ पर्व जस्ता घटनाहरू भए र कैयौँ निर्दोष मानिसहरू मारिए। यी राजा आफ्नो जीवनको लामो समयसम्म (वि.सं. १९०४ देखि १९३८ सम्म) शाही बन्दीका रूपमा जेलमा रहन पुगे। जंगबहादुरको विरोध गरेका कारण नै त्यसो हुन गएको थियो । यिनि काशी बस्दा जंगबहादुर विरोधी काम गरेको अभियोगमा राज्यच्युत हुनुका साथै वि. सं. १९०४ देखि १९३८ सम्म शाही बन्दीका रूपमा हनुमानढोकामा थुनिइ बन्दी अवथामा नै पछि १९३८ वि.सं.मा बिते।

राजेन्द्र विक्रम शाह
नेपालका राजा
Rajendra Bikram Shah.jpg
राजा राजेन्द्र विक्रम शाह
शासनकालविसं १८७३ मङ्सिर ०८ – १९०४ बैशाख ३१
पुर्वाधिकारीगीर्वाणयुद्ध विक्रम शाह
उत्तराधिकारीसुरेन्द्र विक्रम शाह
वंशशाह वंश
पितागीर्वाणयुद्ध विक्रम शाह
मातागोरक्ष राज्य लक्ष्मी देवी शाह
जन्मविसं १८७० मङ्सिर २०
वसन्तपुर, नेपाल
मृत्युविसं १९३८ श्रावण ३०[१]
भक्तपुर, नेपाल
धर्महिन्दु
राजा राजेन्द्र विक्रम शाह

वाल्यकालसम्पादन

वि सम्बत १८७३ मा गीर्वाणयुद्ध वीर विक्रम शाहको निधन भएपछी यिनी ३ वर्षको उमेरमा गद्दीमा बसेका थिए । यिनको नाबालक कालमा यिनकी हजुरआमा ललितत्रिपुरा सुन्दरीले नायबी र भीमसेन थापाले राजकाज चलाएका थिए । यिनका दुई रानी मध्ये जेठी साम्राज्यलक्ष्मी तर्फबाट दुई र कान्छी राज्यलक्ष्मीदेवीबाट दूई पुत्र जन्म भए ।

राजकाजसम्पादन

वि.सं. १८९४ पछि यिनले शासन आफ्नै हातमा लिए ।

शासनकालसम्पादन

भीमसेन थापासम्पादन

माथवर सिंह थापासम्पादन

मुख्य लेख : माथवर सिंह थापा

कोतपर्वसम्पादन

मुख्य लेख : कोतपर्व

कोतमा गगन सिंहको हत्यारा पत्ता लगाउन भारदारहरु जम्मा भएका थिए । रानीली वीरकिशोर पाण्डे माथि शंका गरी अभिमान सिंह बस्नेतलाई काट्न आदेश दिएकी थिइन् । राजा राजेन्द्रले वीर किशोर पाण्डे दोषी प्रमाणित नभएको भनेर उनको बचाव गरेका थिए । र उनी प्रधानमन्त्री फत्तेजंग शाहलाई बोलाउने भन्दै कोतबाट बाहिर निस्के । उनको अनुपस्थितिमा कोतमा भारदारवीच काटमार चल्यो ।

भण्डारखाल पर्वसम्पादन

काशीयात्रासम्पादन

अलौ पर्वसम्पादन

मुख्य लेख : अलौ पर्व

अलौ पर्व मा हार भएपछि उनलाई बन्दि बनाई काठमाडौँ ल्याइयो र हनुमानढोका दरबारमा नजरबन्दमा राखियो ।

नजरबन्दसम्पादन

मृत्युसम्पादन

चलचित्रसम्पादन

चलचित्र बसन्ती मा बि.एस राणाले राजा राजेन्द्रको भूमिका खेलेका छन् ।


सन्दर्भ सामग्रीहरूसम्पादन

  1. बाबुराम आचार्य (माघ २०७५), अब यस्तो कहिल्यै नहोस्, फाइनप्रिन्ट बुक्स, पृ: २२८, आइएसबिएन 978-9937-665-40-7 

यो पनि हेर्नुहोस्सम्पादन