नेपाल संस्कृत विश्वविद्यालय

I have of nb v bib v nc S, *683,*

नेपाल संस्कृत विश्वविद्यालय(अङ्ग्रेजीः Nepal Sanskrit University) नेपालमा संस्कृत शिक्षालाई सर्वसुलभ बनाई संस्कृत वाङ्मयभित्रका आध्यात्मिक मूल्य–मान्यता, तथा उदात्तभावलाई समयको माग अनुरूप प्रवाहित गराउने उद्देश्यले दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका-१७, बेलझुन्डी दाङमा बि. सं. २०४३ साल मंसिर २५ गतेका दिन विधिवत् रूपमा नेपाल संस्कृत विश्वविद्यालय (तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालय) को स्थापना भएको हो । नेपालमा संस्कृत शिक्षाको संस्थागत एवं तहगत विकास गर्ने केन्द्रका रूपमा विकसित गर्ने उद्देश्यअनुरूप तत्कालीन राजा महेन्द्र वीरविक्रम शाहले सुरुवात गरेको कामलाई राजा वीरेन्द्र वीरविक्रम शाहको सक्रियता तथा संस्कृत अनुरागी नेपाली जनताको त्याग र अथक परिश्रमबाट हालको नेपाल संस्कृत विश्वविद्यालयको स्थापना भएको हो ।

नेपाल संस्कृत विश्वविद्यालय
नेपाल संस्कृत विश्वविद्यालय
Former name
महेन्द्र संस्कृत विश्वविद्यालय
स्थापनाबि. सं. २०४३ साल मंसिर २५
Chancellorनेपालका प्रधानमन्त्री
Vice-Chancellorप्रा. डा. भिम प्रसाद खतिवडा
Students२,१०० []
स्थान
तुलसीपुर उपमहानगरपालिका-१७, बेलझुन्डी दाङ
,
वेबसाइटnsu.edu.np
नेपाल संस्कृत विश्वविद्यालयको काठमाण्डाैं स्थित कार्यालय

स्थापनाका उद्देश्यहरू

सम्पादन गर्नुहोस्
  • नेपालमा उच्च तहसम्म सुव्यवस्थित किसिमले संस्कृत शिक्षाको पठन–पाठन गराई दक्षजनशक्ति उत्पादन गर्ने,
  • संस्कृत विद्याले विविध क्षेत्रमा प्राप्त गर्दै आएका विशेष उपलब्धिहरूलाई समयानुसार अध्ययन, अनुसन्धान, संरक्षण र सम्वद्र्धन गर्दै ‘वसुधैव कुटुम्बकम्, सर्वे भवन्तु सुखिनः’जस्ता उदात्त भावना प्रवाहित गराउने,
  • सामाजिक आश्यकता अनुसार संस्कृत वाङ्मयमा अन्तर्निहित शास्त्रीय तथा प्रायोगिक विषयहरू आयुर्वेद, योग तथा प्राकृत चिकित्साजस्ता बहुउपयोगी विषयको अध्ययन, अनुसन्धान तथा प्रशिक्षण गराई ज्ञान–विज्ञानका पक्षहरूलाई उजागर गर्ने,
  • प्राचीन वाङ्मयमा निहित परम्परागत धर्म, नैतिक मूल्य–मान्यता, सदाचार र सच्चरित्रको परिपालना गर्दै संस्कार, सभ्यताजस्ता विशिष्टताको खोजी गरी तिनको संरक्षण र सम्बद्र्धन गर्ने,
  • विश्वविद्यालयलाई ज्ञान विज्ञानको समन्वय केन्द्रका रुपमा विकसित गर्ने ।

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्

यी पनि हेर्नुहोस

सम्पादन गर्नुहोस्