नेपाल अधिराज्य

नेपाल अधिराज्य वा गोरखा अधिराज्य वा असल हिन्दुस्तान, दक्षिण एसियाको एक हिन्दू राज्य थियो, जसको गठन वि.सं १८२४ मा नेपालको एकीकरणद्वारा भएको थियो।[५] खस ठकुरी राजपुत मूलको भएको दाबी गर्ने गोरखाका राजा पृथ्वीनारायण शाहद्वारा स्थापित यो वि.सं २०६३ मा नेपाली राजतन्त्रको उन्मूलन नभएसम्म २४० वर्षसम्म अस्तित्वमा रहेको थियो। [६]यस अवधिमा नेपाल औपचारिक रूपमा शाह वंशको शासनको अधीनमा रहेको थियो।[७]

नेपाल अधिराज्य
वि.सं १८२५–२०६४
नेपालको झण्डा
Pre-1962 Flag of Nepal
माथि: झण्डा (२०१८–२०६४)
तल: झण्डा (२०१८ पूर्व)
आदर्श वाक्य: जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी (संस्कृत)
आमा र जन्मभूमि स्वर्ण भन्दा पनि प्यारो हुन्छ
राष्ट्रिय गान: २०१८–२०६४:
"श्रीमान् गम्भिर नेपाली"

२०६४–२०६५:
"सयौँ थुङ्गा फूलका हामी"

१८६५ मा, नेपाल अधिराज्यको नक्सा
१८६५ मा, नेपाल अधिराज्यको नक्सा
२०६४ सालमा, नेपाल अधिराज्यको क्षेत्र
२०६४ सालमा, नेपाल अधिराज्यको क्षेत्र
वस्तु-स्थिति
  • संवैधानिक राजतन्त्र

बेलायती संरक्षण (वि.सं १८७२–१९७८)[१][२][३]

राजधानीकाठमाडौँ
२७°४२′उ॰ ८५°१९′पू॰ / २७.७००°N ८५.३१७°E / 27.700; 85.317निर्देशाङ्कहरू: २७°४२′उ॰ ८५°१९′पू॰ / २७.७००°N ८५.३१७°E / 27.700; 85.317
आम भाषाहरूनेपाली (आधिकारिक)
धर्म
हिन्दु धर्म (आधिकारिक)
रैथाने(हरू)नेपाली
सरकारएकात्मक पूर्ण राजतन्त्र
(१८२५–२०३६; २०५८; २०६१-२०६४)

एकात्मक संसदीय संवैधानिक राजतन्त्र
(२०४६–२०५८; २०५९-२०६१; २०६१–२०६४)

  • अस्थायी सरकारको अधिनमा
    (२०६३–२०६४)
महाराजधिराज 
• १८२५–१८३१
पृथ्वीनारायण शाह (first)
• २०५९–२०६४
ज्ञानेन्द्र शाह (अन्तिम)
प्रधानमन्त्री 
• १८५५–१८६०
दामोदर पाँडे (प्रथम)
• २०६१–२०६४
गिरिजाप्रसाद कोइराला (अन्तिम)
व्यवस्थापिका
  • राष्ट्रिय पञ्चाय
    (२०१७–२०४६)
  • संसद
    (२०१५–२०१७; २०४६–२०६१; २०६१–२०६४)
  • नेपालको अन्तरिम व्यवस्थापिका संसद
    (२०६३–२०६४)
महासभा
(२०१५-२०१७)
राष्ट्रिय सभा
(२०४६-२०५८)
प्रतिनिधि सभा
(२००७-२०१७; २०४६-२०४८)
इतिहास 
असोज १३, १८२५[४]
• थापा वंश
(शाह राजाको अधिनमा)
१८६२–१८९३ र
१८९९–१९०१
• पाँडे वंश
(शाह राजाको अधिनमा)
१८५५–१८६० र
१८९३–१८९६
• राणा वंश
(शाह राजाको अधिनमा)
१९०२–२००७
२०१७–२०४६
२०४६–२०६४
२०६५ जेष्ठ १५ २०६४
मुद्रा
पूर्ववर्ती
उत्तरवर्ती
१८२५:
गोरखा राज्य
१८२५:
मल्ल वंश

चौविसी राज्य
१८३०:
किराँत राज्य
१८३२:
सिक्किम राज्य
१८३६-:
बाइसे राज्य
१८४७:
डोटी राज्य
कुमाऊँ
१८६०:
गढवाल अधिराज्य
१८७२:
गढवाल अधिराज्य
सिक्किम अधिराज्य
२०६४:
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल
अचेलFlag of Nepal.svg नेपाल
Flag of India.svg भारत

वि.सं १८४८ मा राजकुमार बहादुर शाहको नेतृत्वमा नेपाली सेनाले तिब्बतमाथि आक्रमण गर्दै दिगार्चामा लुटपाट गगरेको थियो। त्यस पश्चात् दलाई लामा र चिनियाँ उच्च अधिकारीले सैन्य सहयोगका लागि चिनियाँ प्रशासनलाई खबर गरेका थिए। फुकाङगानको नेतृत्वमा चिनियाँ र तिब्बती सेनाले नेपालमाथि आक्रमण गरे पनि नुवाकोटमा असफल भएका थिए र वार्तामा गएका थिए।[३] चार काजीहरूमध्ये सबैभन्दा प्रभावशाली रहेका मुलकाजी दामोदर पाँडेलाई बहादुर शाहलाई हटाएर नियुक्त गरिएको थियो। मुलकाजी कीर्तिमान सिंह बस्न्यातले राजा गीर्वाणयुद्ध विक्रम शाहको रक्षा गर्न र पूर्वराजा रणबहादुर शाहलाई नेपालबाट टाढा राख्न प्रयास गरेका थिए।[८] १८६० फागुन २४ का दिन पूर्वराजा फर्केर मुख्तियार (प्रधानमन्त्री) बनेका थिए र दामोदर पाँडेलाई थानकोटमा मृत्युदण्ड दिइएको थियो।[९] वि.सं १८६२ मा रणबहादुर शाहको मृत्युपछि भएको भण्डारखाल पर्वले आधिकारिक मुख्तियार भीमसेन थापाको उदयलाई अगाडि बढाएको थियो जो सन् १८६२ देखि १९९२३ सम्म नेपालको वास्तविक शासक बनेका थिए।[१०] तथापि, उन्नाइसौँ शताब्दीको सुरुतिर भारतमा इस्ट इन्डिया कम्पनीको शासनको विस्तारले नेपाल अङ्ग्रेज युद्ध (१८७१ कात्तिक १८- १८७२ फागुन २४) निम्त्याएको थियो जसको परिणामस्वरूप नेपालको पराजित भएको थियो।[११] सुगौली सन्धि अन्तर्गत राज्यले आफ्नो आन्तरिक स्वतन्त्रता कायम राखेको थियो, तर नेपालले आफ्ना भूभागहरू गुमाउन पुगेको थियो। मेचीमहाकाली नदीलाई नेपाली भूभागको सीमाको रूपमा चिह्नित गरिएको थियो। सुगौली सन्धि अघिको राज्यको भूभागलाई कहिलेकाहीँ विशाल नेपाल पनि भन्ने गरिन्छ।[१२] राजनीतिक परिदृष्यमा मुख्तियार माथवरसिंह थापाको मृत्युले थापा आधिपत्यको अन्त्य गरी कोत पर्वको लागि पृष्ठभूमि खडा गरेको थियो। यसको परिणामस्वरूप खस (क्षेत्री) राणा वंशको उत्थान भएको थियो र १८९९ देखि २००७ सम्म अर्को शताब्दीका लागि नेपालको प्रधानमन्त्रीको पदलाई राणाहरूको परिवारमा वंशाणुगत बनाएको थियो। पहिलो राणा शासक जङ्गबहादुर राणाद्वारा राणा वंशको सुरुवात भएको थियो जसले राजालाई पनि नियन्त्रणमा लिएको थियो। राणा शासनमा निरंकुशता, आर्थिक शोषण र धार्मिक उत्पीडन रहेको मानिन्छ।[१३][१४]

२००६ मा, नयाँ स्वतन्त्र गणतन्त्र भारतले एक मैत्री सन्धिमा हस्ताक्षर गरेको थियो जसमा दुवै राष्ट्र एक अर्काको सार्वभौमिकताको सम्मान गर्न सहमत भएका थिए। सोही वर्ष, भारतले राजा त्रिभुवनलाई समर्थन गर्न महत्त्वपूर्ण भूमिका खेलेको थियो जसलाई राणा प्रधानमन्त्री मोहन शमशेर जङ्गबहादुर राणालाई पदच्युत गर्न मद्दत गरेको थियो। सात सालको क्रान्तिले राणा शासनको अन्त्य गरेको थियो जसलाई राजा त्रिभुवनको समर्थन रहेको थियो।[१५]

राणा शासनको उन्मूलन पश्चात् सुधार लागू गर्न र संविधान पारित गर्न असफल प्रयासहरू भएका थिए। राजा त्रिभुवनको निधन भएसँगै नेपालको राजा बनेका महेन्द्रले २०१५ सालमा निर्वाचित संसद भङ्ग गर्दै २०१७ साल पुस १ गते निर्दलीय पञ्चायती व्यवस्था लागू गरेका थिए।[१६] २०२८ सालमा राजा महेन्द्रको निधन भएसँगै वीरेन्द्र नेपालको राजा बनेका थिए। पञ्चायती व्यवस्था २०४६ सालको आन्दोलनको माध्यमबाट उन्मूलन भएको थियो र नेपाल संवैधानिक राजतन्त्र मुलुक बनेको थियो। त्यसपछि, २०५२ सालमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को नेतृत्वमा जनयुद्ध आरम्भ भएको थियो र यो जनयुद्ध २०६२ सम्म १० वर्ष चलेको थियो।[१७] सोही अवधिमा २०५८ सालमा जेठ १९ गते, राजा वीरेन्द्रको वंश नाश हुने गरि दरबार हत्याकाण्ड भएको थियो जसले नेपाली राजतन्त्रको अवस्थालाई थप अस्थिर बनाएको थियो।[१८][१९]

दरबार हत्याकाण्डको फलस्वरूप राजा ज्ञानेन्द्र सिंहासनमा फर्किएका थिए। २०६२ मा उनको प्रत्यक्ष शासनले माओवादी विद्रोह र प्रजातन्त्र पक्षधर कार्यकर्ताहरूलाई एकताबद्ध गर्ने विरोध आन्दोलनलाई उक्साएको थियो।[२०] अन्ततः उनी प्रतिनिधि सभाको पुनस्र्थापना गर्न बाध्य भएका थिए र नेपालमा राजतन्त्र उन्मूलन भएको थियो।[२१] त्यस पश्चात्र अन्तरिम संविधान पारित भएको थियो। अर्को वर्ष अर्थात् २०६४ पहिलो संविधानसभा निर्वाचन सम्पन्न भएको थियो। २०६५ जेठ १५ मा, लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा गरिएको थियो।

राजतन्त्रको उन्मूलन हुनु अघिसम्म नेपाल विश्वकै एक मात्र देश थियो, जहाँ हिन्दू धर्मलाई आफ्नो राजकीय धर्मका रूपमा राखिएको थियो। गणतन्त्र बनेदेखि नै यो देश औपचारिक रूपमा धर्मनिरपेक्ष राष्ट्र बनेको छ।[२२][२३]

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "History of Kingdom of Nepal", मूलबाट १२ मार्च २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ अप्रिल २०१७ 
  2. "History of Nepal: A Sovereign Kingdom", Official website of Nepal Army, मूलबाट २८ डिसेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ अप्रिल २०१७ 
  3. ३.० ३.१ "Nepal and Tibetan conflict", Official website of Nepal Army, मूलबाट २० डिसेम्बर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ अप्रिल २०१७ 
  4. Subba, Sanghamitra (२० डिसेम्बर २०१९), "A future written in the stars", Nepali Times (en-USमा), मूलबाट ३१ जनवरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ जनवरी २०२१ 
  5. बाबुराम आचार्य; योगी नरहरिनाथ (२०१४), बडामहाराजधिराज पृथ्वीनारायण शाहको दिव्य उपदेश, काठमाडौँ: श्रीकृष्ण आचार्य, पृ: ४, ५, आइएसबिएन 978-99933-912-1-0 
  6. Kirkpatrick, Colonel (१८११), An Account of the Kingdom of Nepaul, London: William Miller, पृ: 382–386, अन्तिम पहुँच १७ अक्टोबर २०१२ 
  7. Karl J. Schmidt (२० मे २०१५), An Atlas and Survey of South Asian History, Routledge, पृ: 138–, आइएसबिएन 978-1-317-47681-8, मूलबाट १६ फेब्रुअरी २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ फेब्रुअरी २०१७ 
  8. Pradhan 2012, पृष्ठ 12.
  9. राष्ट्रभक्तिको झलक : पाँडे वंशको भूमिका (वि.सं. १५६९-१९०४) ; भीमबहादुर पाँडे
  10. Acharya 2012, पृष्ठ. 71–72.
  11. बाबुराम आचार्य (फागुन २०६१), अब यस्तो कहिल्यै नहोस्, फाइनप्रिन्ट बुक्स, पृ: १९५, आइएसबिएन 978-9937-665-40-7 
  12. "पुस्तक समीक्षा : विशाल नेपाल बनाउन ‘गोर्खाज’को योगदान", लोकपथ (नेपालीमा), अन्तिम पहुँच २३ भदौ २०७९ 
  13. Dietrich, Angela (१९९६), "Buddhist Monks and Rana Rulers: A History of Persecution", Buddhist Himalaya: A Journal of Nagarjuna Institute of Exact Methods, मूलबाट १ अक्टोबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ सेप्टेम्बर २०१३ 
  14. Lal, C. K. (१६ फेब्रुअरी २००१), "The Rana resonance", Nepali Times, मूलबाट २८ सेप्टेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ सेप्टेम्बर २०१३ 
  15. सविन शर्मा, "२००७ सालको क्रान्ति नै आधुनिक नेपालको जग", जनता पाटी (नेपालीमा), अन्तिम पहुँच २३ भदौ २०७९ 
  16. "२०१७ साल पुस १ : कुहिरो लागेको त्यो दिन राजा महेन्द्रले कसरी गरेका थिए 'कु'?", नेपाल लाइभ (नेपालीमा), अन्तिम पहुँच २३ भदौ २०७९ 
  17. "जनयुद्ध : जीत र हारका बीस वर्ष", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २३ भदौ २०७९ 
  18. "दरबार हत्याकाण्डको १७ वर्ष पूरा, रहस्य गर्भमै", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २३ भदौ २०७९ 
  19. विष्णु प‍ोखरेल, "दरबार हत्याकाण्ड: यी हुन् नेपालमा सत्ता परिवर्तन गराउने चर्चित घटना", बीबीसी नेपाली (नेपालीमा), अन्तिम पहुँच २३ भदौ २०७९ 
  20. मातृका पौडेल, "ज्ञानेन्द्र शाहले गरेको त्यो गल्ती !" (नेपालीमा), अन्तिम पहुँच २३ भदौ २०७९ 
  21. "माघ १९: ज्ञानेन्द्र शाहको त्यो ‘राजनीतिक कु’", देश सञ्चार (नेपालीमा), अन्तिम पहुँच २३ भदौ २०७९ 
  22. "Why Monarchy is necessary in Nepal?", मूलबाट १२ अप्रिल २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ नोभेम्बर २००९ 
  23. George Conger (१८ जनवरी २००८), "Nepal moves to become a secular republic", Religious Intelligence, मूलबाट ३० जनवरी २००९-मा सङ्ग्रहित।