फ्रान्स

पश्चिमी युरोपको देश

फ्रान्स (फ्रान्सेली उच्चारण: फ्राँस) युरोपमा रहेको एक देश हो। यसको राजधानी पेरिस हो। फ्रान्समा धेरै महत्त्वपूर्ण सहरहरू छन्। जसमध्ये केही हुन् आभिग्नोन, वोधु, लिज्ये, लिवोन, मार्सेइ , बोर्दो , र तुलुज।

फ्रान्सेली गणतन्त्र

République française[१]
फ्रान्सको झण्डा
झण्डा
फ्रान्सको निसाना छाप (unofficial)
निसाना छाप (unofficial)
आदर्श वाक्य: 
Liberté, Égalité, Fraternité
(Liberty, Equality, Fraternity)
राष्ट्रिय गान: "La Marseillaise"
उल्लेखित नक्सा  Metropolitan France  (dark green) – युरोप महादेश मा  (green & dark grey) – युरोपियन युनियन मा  (green)  —  [Legend]
उल्लेखित नक्सा  Metropolitan France  (dark green)

– युरोप महादेश मा  (green & dark grey)
– युरोपियन युनियन मा  (green)  —  [Legend]

Territory of the French Republic in the world (excl. Antarctica where sovereignty is suspended)

Territory of the French Republic in the world
(excl. Antarctica where sovereignty is suspended)

राजधानी
र सबैभन्दा ठूलो सहर
पेरिस
आधिकारिक भाषाहरूफ्रान्सेली
क्षेत्रीय भाषाहरू
(आधिकरिक
तथा अन्य भाषाहरू)
रैथाने(हरू)फ्रान्सेली
सरकारकेन्द्रिकृत शासन प्रणाली, अर्ध-राष्ट्रपतीय प्रणाली, गणतन्त्र
एमानुएल म्याक्रोन
म्यानुएल वाल्स
व्यवस्थापिकासंसद
सिनेट
राष्ट्रिय सभा
निर्माण
• Francia
४८६ (Unification by Clovis)
८४३ (Treaty of Verdun)
५ अक्टोबर १९५८ (5th Republic)
क्षेत्रफल
• जम्मा[३]
६,७४,८४३ किमी (२,६०,५५८ वर्ग माइल) (४१अौँ)
५,५१,६९५ किमी (२,१३,०११ वर्ग माइल) (४७th)
५,४३,९६५ किमी (२,१०,०२६ वर्ग माइल) (४७ अौँ)
जनसङ्ख्या
 (२०११)
• जम्मा[३]
६५,८२१,८८५[७] (२० अौँ)
६३,१३६,१८०[६] (२२ अौँ)
• घनत्व[८]
११६ /किमी2 (३००.४ /वर्ग माइल) (८९अौँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२०१० लगत
• जम्मा
$२.१४५ ट्रिलियन[९]
• प्रति व्यक्ति
$३४,०७७[९]
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)२०१० लगत
• जम्मा
$२.५८२ ट्रिलियन[९]
• प्रति व्यक्ति
$४१,०१८[९]
गिनी (२०१८)Positive decrease 28.5[१०]
न्यून
मानव विकास सूचकाङ्क (२०१९)वृद्धि 0.901[११]
धेरै उच्च · २६औ
मुद्राEuro,[१२] CFP franc[१३]
  (EUR,    XPF)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+१ (CET[८])
• ग्रीष्मकालिन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+२ (CEST[८])
सडक प्रयोगदायाँ
टेलिफोन कोड+३३1
इन्टरनेट डोमेन.fr[१४]
  1. The overseas regions and collectivities form part of the French telephone numbering plan, but have their own country calling codes: Guadeloupe +590; Martinique +596; French Guiana +594, Réunion and Mayotte +262; Saint Pierre and Miquelon +508. The overseas territories are not part of the French telephone numbering plan; their country calling codes are: New Caledonia +687, French Polynesia +689; Wallis and Futuna +681
  2. Spoken mainly in overseas territories

फ्रान्स शताब्दीयौं देखि कला, विज्ञान, र दर्शनको वैश्विक केन्द्रको रुपमा रहेको छ। फ्रान्स युनेस्को विश्व सम्पदाको सङ्ख्यामा पाँचौ स्थानमा छ र प्रमुख पर्यटकीय गन्तब्य हो, २०१८ मा ८.९ करोड भन्दा अधिक विदेशी पर्यटक भित्राएको थियो । [१५] फ्रान्स जीडीपीको आधारमा सातौ ठूलो अर्थतन्त्र भएको विकसित देश हो । विश्व मामिलामा फ्रान्स संयुक्त राष्ट्र सुरक्षा परिषदको स्थायी सदस्य र आधिकारिक परमाणु हतियार भएको एक महाशक्ति हो[१६] । फ्रान्स युरोपेली युनियन, युरोजोन्, [१७]जी-सेभेन, उत्तर एट्लान्टिक सन्धि सङ्गठन / नेटो, विश्व व्यापार सङ्गठन, संयुक्त राष्ट्र संघको संस्थापक तथा नेतृत्वदायी सदस्य हो ।

जनसङ्ख्यासम्पादन

फ्रान्सेली जनता फ्रान्सेली भाषा बोल्दछन्। फ्रान्सका केही मानिसहरू बास्क, ब्रेटन, कातालान, कोर्सिकान, जर्मन, फ्लेमिस, ओक्थितान र आल्सातियन भाषाहरू बोल्दछन्।

भूगोलसम्पादन

राजनीतिसम्पादन

सरकारसम्पादन

   
एमानुएल माक्रोँराष्ट्रपति जँ क्यास्टेक्स

प्रधानमन्त्री

फ्रेन्च गणतन्त्र सुदृध प्रजातान्त्रिक परिपाटी भएको एकात्मक अर्ध-राष्ट्रपतीय प्रजातान्त्रिक गणतन्त्र हो [१८] यो पाँचौ गणराज्यको संबिधानको अनुमोदन २८ सेप्टेम्बर १९५८ मा जनमत सङ्ग्रहबाट गरिएको थियो । [१९] यसले कार्यपालिकाको अधिकारको सम्बन्ध संसदसंग बलियो संग जोडेको छ । कार्यकारी शाखामा दूई नेता हुन्छन् । यस गणराज्यका हालका राष्ट्रपति एमानुएल माक्रोँ, राष्ट्र प्रमुख छन्। राष्ट्रपतिको निर्वाचन वालिग मतदान बाट ५ वर्षको (औपचारिक रुपमा ७ वर्ष) कार्यकालको लागि गरिन्छ ।[२०] हाल प्रधानमन्त्री जँ क्यास्टेक्स छन् र उनी सरकार प्रमुख हुन् । hप्रधानमन्त्रीको चयन र नियुक्ति सरकारको नेतृत्वको लागि राष्ट्रपतिद्वारा हुन्छ ।

फ्रान्स युरोपियन सङ्गठनको सदस्य हो र यस सङ्गठनको सबैभन्दा ठूलो राष्ट्र हो। फ्रान्स आफ्ना धेरै पुराना स्मारकहरू र एतिहासिक ठाँउहरूका कारणले धेरै प्रशिद्ध छ। जस्तै लुभ्र संग्राहालय, आइफल टावर, विजयको गुम्वज, झिभेर्नी, भेर्साइको दरबारनोत्र दाम

फ्रान्सलाई 'क्षेत्र' र 'विभाग'मा राजनीतिक विभाजन गरिएको छ।

आन्तरिक राजनीतिसम्पादन

फ्रान्समा दक्षिणपन्थी दल तथा समाजवादी दल प्रमुख राजनीतिक दल हुन्।

२००७ को फ्रान्सेली राष्ट्रपतिको चुनावसम्पादन

मुख्य पृष्ठ:२००७ को फ्रान्सेली राष्ट्रपतिको चुनाव

फ्रान्समा मे ६ मा भएको राष्ट्रपति निर्वाचनमा दक्षिणपन्थी उम्मेद्वार निकोला सार्कोजी विजयी भए। दोस्रो चरणको निर्वाचनमा उनले ५३ प्रतिशत मत हासिल गरे। यसैगरी उनका प्रतिद्वन्दी समाजवादी पार्टीका उम्मेद्वार सेगोलेन रोयलले ४७ प्रतिशत मत हासिल गर्न सफल भइन। सेगोलेन रोयलको फ्रान्सको इतिहासमा पहिलो महिला राष्ट्रपति बन्ने सपना मे ६ को निर्वाचन संगै अन्त भएको छ। मे ६ आइतबार भएको निर्वाचनमा फ्रान्समा लगभग ८५ प्रतिशत मत खसेको थियो। यो निर्वाचनमा चार करोड ४५ लाख जनताले मतदानको अधिकार प्राप्त गरेका थिए। यसलाई फ्रान्सको इतिहासमै अत्यन्त उत्साहजनक मानिएको छ।

२०१७ को फ्रान्सेली राष्ट्रपतिको चुनावसम्पादन

8 मे २०१७ को आइतबार भएको दोश्रो तथा अन्तिम चरणको मतदानमा पूर्व अर्थ मन्त्री एमानुएल म्याक्रोन फ्रान्सको नयाँ राष्ट्रपतिको रूपमा विजयी भएकाथिए । उनले आफ्नी प्रतिद्वन्द्वी मारिन ल पेनलाई ठूलै अन्तरले हराएका छन्। प्रक्षेपण गरिएका नतीजाहरुका अनुसार म्याक्रोनले झण्डै ६५ प्रतिशत मत पाएका थिए । उनकी प्रतिद्वन्द्वी मारिन ल पेनले झण्डै ३५ प्रतिशत मत पाएकी छन्।

उम्मेदवारसम्पादन

  • ३९ वर्षीय एमानुएल म्याक्रोनलाई पुरानो राजनीतिक वृत्तभन्दा बाहिरका उम्मेदवारको रूपमा हेरिएको थियो। मारिन ल पेन चाहिं कट्टर दक्षिणपन्थी नेतृ हुन् र उनले आफू विजयी भएमा फ्रान्सको सीमा नियन्त्रण गर्ने बताएकी थिइन्। यो चुनावमा खुला मूल्य मान्यता र राजनीतिक संस्थापनलाई चुनौती दिने अर्को प्रमुख मुलुक फ्रान्स हुन्छ वा हुँदैन भनेर संसारले हेरिरहेको छ। युरोपेली सङ्घ छाडने पक्षमा ब्रिटिश मतदाताहरूको निर्णय र अमेरिकी राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पको चयनपछि फ्रान्सेली राजनीतिले कस्तो मोड लेला भनेर हेरिएको थियो। गत अप्रिल २३ मा भएको पहिलो चरणको मतदानमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि अग्रस्थानमा रहेका म्याक्रोन र ल पेनबीच एक जनालाई छान्न आइतबार दोस्रो चरणको मतदान भएको हो। मुद्दा यो चुनावमा सबैभन्दा ठूलो मुद्दा बेरोजगारी रह्यो। २८ वटा इयु सदस्य मुलुकमध्ये फ्रान्समा सबैभन्दा धेरै—१० प्रतिशत -- बेरोजगारी दर छ। २५ वर्ष मुनिका प्रत्येक चार जनामा एक जना बेरोजगार छन्। सन् २००८ को आर्थिक मन्दी पछि फ्रान्सले निकै सुस्त प्रगति गरिरहेको छ। यस्तै श्रंखलावद्ध आतंकवादी आक्रमणपछि आप्रवासन र सुरक्षा पनि प्रमुख मुद्दा बनेका थिए।

धर्मसम्पादन

फ्रान्सको मुख्य धर्म रोमन क्याथोलिक भएता पनि फ्रान्स आधिकारिक रूपमा धर्म निरपेक्ष छ। यहा कुनै पनि शैक्षिक संस्थाहरूमा धार्मिक सद्भभाव झल्किने चिन्हरू लगाउन पाइंदैन।

खेलकुदसम्पादन

फ्रान्सको सबैभन्दा प्रशिद्ध खेल फुटबल हो। यहा निकै धेरै आन्तरिक फूटवल क्लवहरू रहेका छन्। यस्ता क्लवहरू बच्चाहरूका निम्ति समेत बनाइएका छन्। साना बालबालिकाहरूलाई विद्यालयहरूमा फूटवल सिकाउने उदेश्यले हप्ताको कम्तीमा एक दिन फूटवल खेलको अभ्यास गराउन विद्यालयहरूमा साना इकाइका क्लवहरू समेत सक्रिय रहेका हुन्छन्। त्यसो त यहाँ अन्य खेलहरूपनि प्रख्यात छन्।

इतिहाससम्पादन

फ्रान्सको इतिहास निकै लामो छ। राजधानी पेरिस सहर एतिहासिक दृष्टिकोणले निकै सम्पन्न शहर हो। यो सहरमा ऐतिहासिक महत्त्वका दृष्टिले निकै भव्य र महत्त्वपूर्ण स्मारकहरू रहेका छन्। पहिलो र दोस्रो विश्व युद्धमा समेत बचेका यी ऐतिहासिक सम्पदाहरूको जगेर्ना गर्न सरकारले कुनै कसर बाकी राखेको छैन। शहरको बनावटमा पुरानै शैली झल्काउन सरकारले पेरिस लगायत मुख्य शहरहरूमा नया बनावटका घरहरू निर्माण गर्न दिएको छैन।

फ्रान्सेली राज्य क्रान्तिसम्पादन

मुख्य लेख: फ्रान्सेली राज्य क्रान्ति

राजा र जनताका बीचमा यस क्रममा नै सहर र ग्रामिण क्षेत्रका विभिन्न इलाकाहरूमा भिषण संघर्ष भयो । राजा उक्त संघर्षमा पराजित हुदै जान थाले पछि वर्खास्त गरिएका प्रधानमन्त्रीलाई पुनःस्थापना गर्दै जनता समक्ष माफी माग्दै उक्त क्रान्तिलाई मान्यता दिन वाध्य भए । कुलिन वर्ग र पादरी वर्गका प्रतिनिधिहरूले समेत जनताका प्रतिनिधिहरूलाई समर्थन गर्न वाध्य भएका थिए । उक्त क्रान्ति मार्फत राजतन्त्र समाप्त भयो र केही समय पछि राजालाई माफ माग्न लगाएर संवैधानिक राजाको रूपमा पुनःस्थापना गराए । सहर र ग्रामिण क्षेत्रका विभिन्न इलाकाहरूमा विभिन्न कम्युन निर्माण गरिए र उक्त कम्युनहरूको एउटा छाता सङ्गठन फेडेरेसन बनाइयो ।

उक्त महान क्रान्तिमा प्रयोग गरिएको नारा ‘भातृत्व, समानता र स्वतन्त्रता’ प्रत्येक नागरिकहरूको मुखबाट कठस्त सुनिन्थ्यो । ‘यहाँबाट स्वतन्त्र धर्तीको सुरुवात हुन्छ’ भन्ने नारा देशका विभिन्न भागहरूमा टाँगिएको थियो । क्रान्ति पछिको निर्मित संविधानमा लेखिएको वाक्याशं ‘डिक्लेरेसन अफ दि राइटस, म्यान एण्ड दि सिटिजन’ झनै चर्चित थियो । सबै नागरिक जन्मले बराबर हुन्छन् , अधिकार सबैका लागि बराबर हुन्छ । अभिव्यक्तिको स्वतन्त्रता आम जनतामा सबैलाई बराबर हुन्छ भन्ने जस्ता प्रावधानहरु क्रान्ति पछिको संविधानमा उल्लेख गरेको कारण नै फ्रान्सेली राज्य क्रान्ति जनताको क्रान्ति अर्थात सार्थक क्रान्ति थियो भनेर भन्न सकिन्छ ।

उक्त संविधानमा फ्रान्सका राजा एउटा सार्वभौमसत्ता सम्पन्न राष्ट्रको केवल सेवक हो भन्ने कुरा उल्लेख गरिएका कारण फ्रान्स एउटा सार्वभौम स्वतन्त्र राष्ट्रको रूपमा रुपान्तरण हुन पुग्यो । क्रान्ति पछिको क्रान्तिकारी सरकारले भू–कर, व्यक्तिगत सम्पति माथिको कर, उद्योग तथा व्यापारका लागि लाइसेन्स आदि जस्ता कदम अगाडि सार्दै जनताका कामहरु अगाडि बढाउँदै लगे । यस क्रममा नै संविधान अन्तर्गत रहेका राजाले जनताका प्रतिनिधिहरु र तीनका कार्यक्रमहरूमा षड्यन्त्र गर्न थाले पछि लुई १६ औँ राजालाई अन्ततः मृत्युदण्ड नै दिनु पर्‍यो । यसरी विश्वको क्रान्तिकारी इतिहासमा फ्रान्सको राज्यक्रान्ति अभुतपूर्व र अद्धितीय क्रान्तिको रूपमा इतिहासमा अंकित हुन पुग्यो ।

अर्थतन्त्रसम्पादन

गत २५ वर्षदेखि फ्रान्स सरकारको बजेट घाटामा चलिरहेको छ। तरपनि यो संसारको आठौँ धनि मुलुक मध्ये एक हो। यहाँ भित्र भित्रै निकै ठूलो गरिवी बढेर गएको छ।

यहां कम्तीमा हप्ताको ३५ घन्टा काम गर्नुपर्छ। यति काम गरेवापत सरकारले न्यूनतम आम्दानी लगभग एक हजार यूरो हुने बताएको छ। तर यो पैसा यहांको महगो जीवनशैली धान्न अपर्याप्त रहेको छ।

बाहिरी लिङ्कहरूसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन


  युरोपेली संघ

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. The country's long name in its regional languages include:
  2. (फ्रान्सेली) Ministère de la culture et de la communication – Délégation générale à la langue française et aux langues de France, "DGLF – Langues régionales et " trans-régionales " de France", Culture.gouv.fr, अन्तिम पहुँच २७ जनवरी २०१० 
  3. ३.० ३.१ Whole territory of the French Republic, including all the overseas departments and territories, but excluding the French territory of Terre Adélie in Antarctica where sovereignty is suspended since the signing of the Antarctic Treaty in 1959.
  4. (फ्रान्सेली) French National Geographic Institute data.
  5. French Land Register data, which exclude lakes, ponds and glaciers larger than 1 km² (0.386 sq mi or 247 acres) as well as the estuaries of rivers.
  6. (फ्रान्सेली) INSEE, Government of France, "Population totale par sexe et âge au 1er janvier 2011, France métropolitaine", अन्तिम पहुँच २० जनवरी २०११ 
  7. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named population
  8. ८.० ८.१ ८.२ Metropolitan France only.
  9. ९.० ९.१ ९.२ ९.३ "France", International Monetary Fund, अन्तिम पहुँच २६ अप्रिल २०११ 
  10. "Gini coefficient of equivalised disposable income – EU-SILC survey", ec.europa.eu/eurostat, Eurostat, अन्तिम पहुँच १५ अक्टोबर २०१९ 
  11. "Human Development Report 2020" (अङ्ग्रेजीमा), United Nations Development Programme, १५ डिसेम्बर २०२०, अन्तिम पहुँच १५ डिसेम्बर २०२० 
  12. Whole of the French Republic except the overseas territories in the Pacific Ocean.
  13. French overseas territories in the Pacific Ocean only.
  14. In addition to .fr, several other Internet TLDs are used in French overseas départements and territories: .re, .mq, .gp, .tf, .nc, .pf, .wf, .pm, .gf and .yt. France also uses .eu, shared with other members of the European Union. The .cat domain is used in Catalan-speaking territories.
  15. "France posts new tourist record despite Yellow Vest unrest", France 24, १७ मे २०१९। 
  16. Jack S. Levy, War in the Modern Great Power System, 1495–1975, (2014) p. 29
  17. "Europa Official Site – France", EU, अन्तिम पहुँच २८ अक्टोबर २०१४ 
  18. "Constitutional Limits on Government: Country Studies – France", Democracy Web: Comparative studies in Freedom, मूलबाट २८ अगस्ट २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० सेप्टेम्बर २०१३ 
  19. Helen Drake (२०११), Contemporary France, Palgrave Macmillan, पृ: ९५, आइएसबिएन 978-0-333-79243-8, डिओआई:10.1007/978-0-230-36688-6 
  20. "Le quinquennat : le référendum du 24 Septembre 2000" [The 5-year term: referendum of 24 September 2000] (फ्रान्सेलीमा), मूलबाट १२ अगस्ट २०१०-मा सङ्ग्रहित।