इन्द्र राज्यलक्ष्मी देवी शाह
इन्द्रराज्य लक्ष्मी देवी शाह (२५ जुलाई १९२६ – ४ सेप्टेम्बर १९५०) तत्कालीन नेपालका युवराज महेन्द्र वीर विक्रम शाहकी पत्नी तथा युवराज्ञी थिइन्। उनी राजा वीरेन्द्र वीर विक्रम शाह र राजा ज्ञानेन्द्र वीर विक्रम शाह, अधिराजकुमार धीरेन्द्र वीर विक्रम शाह, र अधिराजकुमारी शान्ति राज्य लक्ष्मी देवी, शारदा राज्य लक्ष्मी देवी र शोभा राज्य लक्ष्मी देवीकी आमा थिइन्।
इन्द्र राज्यलक्ष्मी देवी शाह | |||||
---|---|---|---|---|---|
युवराज्ञी | |||||
जन्म | Hari Bhawan | २५ जुलाई १९२६||||
मृत्यु | ४ सेप्टेम्बर १९५० Narayanhity Royal Palace, Kathmandu, Nepal | (उमेर २४)||||
जीवनसाथी | महेन्द्र वीर विक्रम शाह (m. 1940–1950, her death) | ||||
सन्तान | अधिराजकुमारी शान्ति राज्य लक्ष्मी देवी, र शारदा राज्य लक्ष्मी देवी वीरेन्द्र वीर विक्रम शाह ज्ञानेन्द्र वीर विक्रम शाह शोभा राज्य लक्ष्मी अधिराजकुमार धीरेन्द्र वीर विक्रम शाह[१][२] | ||||
| |||||
बाबु | हरिशमशेर जंगबहादुर राणा | ||||
आमा | मेघा कुमारी |
जीवन
सम्पादन गर्नुहोस्उनी नेपालको पहिलो पत्नी महेन्द्र (१९२०–१९७२) थिइन्। युवराज्ञी इन्द्र कुलीन राणा परिवारकी हुन् र जनरल हरिशमशेर जंगबहादुर राणा र उनकी पत्नी मेघा कुमारी राज्य लक्ष्मीकी छोरी थिइन्। [३]
उनको विवाह १४ वर्षको उमेरमा सन् १९४० मे ८ मा युवराज महेन्द्रसँग भएको थियो, तर ४ सेप्टेम्बर १९५० मा २४ वर्षको उमेरमा उनको मृत्यु भयो। उनले आफ्नो मृत्यु अघि तीन छोरा र तीन छोरीलाई जन्म दिएकी थिइन्। धिरेन्द्रलाई जन्म दिनेे बेलामा अत्यधिक रक्तस्राव को कारण उनको मृत्यु भयो। [४] युवराज्ञीको मृत्युपछि नेपालमा पहिलो प्रसूति गृहको निर्माण भयो। चारबुर्जा दरबारको परिसरमा निर्माण गरिएको र १९५९ अगस्टमा उद्घाटन भएको अस्पतालको प्रवेशद्वारमा उनको अर्द्ध-कदको सालिक राखिएको छ। [५]
इन्द्रको मृत्यु भएको दुई वर्षपछि उनकी कान्छी बहिनी रत्नले युवराज महेन्द्रसँग विवाह गरिन् ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "King Mahendra of Nepal"।
- ↑ "Late King Mahendra with his family"। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०७-२३ मिति
- ↑ Himalaya
- ↑ Indian Express
- ↑ Pmwh