मेलम्ची खानेपानी आयोजना

मेलम्ची खानेपानी आयोजना राष्ट्रिय गौरवको परियोजना हो । यो परियोजनाले काठमाडौँ उपत्यकामा दैनिक १७ करोड लिटर पानी आपूर्ति गर्नेछ । यसको लागि परियोजनाले सिन्धुपाल्चोक मेलम्ची नगरपालिकाको मेलम्चीमा रहेको मेलम्ची ; यांग्री र लार्के नदिलाई डाइभार्ट गर्छ । यो आयोजनालाई एसियाली विकास बैङ्कले आर्थिक सहयोग प्रदान गरेको छ ।

Melamchi River

इतिहास सम्पादन गर्नुहोस्

वि.सं २०४८ सालको निर्वाचनको चुनावी घोषणामा; प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले काठमाडौँमा मेलम्चीको पानी ल्याउने घोषणा गरेका थिए । त्यस यताको निर्वाचनमा मेलम्ची खानेपानी सबै दलको साझा एजेण्डा बन्ने गरेको थियो । वि.स. २०७७ फागुन २२ गते मेलम्ची खानेपानी आयोजना काे पानी काठमाडाैमा प्रधानमन्त्रि के पि शर्मा अाेलि द्वारा स्वागत गरिएकाे छ। यस सँगै मेलम्चीकाे पानी पिउने काठमाडाैकाे सपना पुरा भएकाे छ।

वि.स. २०७७ चैत्र २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी वितरणको शुभारम्भ गरेकी छिन् । भृकुटीमण्डपमा बनाइएको ढुंगेधारामा पानी खसालेर भण्डारीले काठमाडौं उपत्यकामा औपचारिक रुपमा खानेपानी वितरणको सुरुवात गरेकी हुन् । चैत २५ गतेबाट नै काठमाडौंका विभिन्न स्थानमा मेलम्चीको पानी वितरण सुरु भएको थियो । [१]

निर्माण कार्य सम्पादन गर्नुहोस्

विवाद सम्पादन गर्नुहोस्

समस्या सम्पादन गर्नुहोस्

ठेकेदार सम्पादन गर्नुहोस्

 
मेलम्ची खानेपानी

मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको इटालियन ठेकेदार कम्पनी सिएमसीले पाएको थियो । सिएमसीले काम छाडेर हिंडेपछी सरकारले धरौटी रकम रु. ३ अर्ब जफत गरेको छ । सरकारले बाँकी काम नेपाली सेनालाई दिने तयारी समेत गरेको छ ।

महत्त्वपूर्ण घटनाक्रम सम्पादन गर्नुहोस्

  • वि.स. २०५२ – मेलम्चि खानेपानि लिमिटेड काे स्थापना।
  • वैदेशिक सहायताः एशियालि विकास बैंक द्वारा ऋण प्रदान
  • वि.स. २०५५ – अायाेजनाकाे सुरूवात
  • २०५८/०५९ – भाैतिक निर्माण कार्यकाे शुभारम्भ
  • क्षमताः दैनिक १७ कराेड लिटर पानि काठमाडाै अायात

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "धारा खोलेर मेलम्चीको पानी वितरणको औपचारिक शुरुवात, तस्विरमा हेर्नुहाेस्" वेब्याक मेसिन अभिलेखिकरण २०२१-०४-०२ मिति, NMB News, अन्तिम पहुँच चैत्र २०, २०७७ ।

बाह्य स्राेत सम्पादन गर्नुहोस्

१. मेलम्ची खानेपानी आयोजना सम्पन्न / लाेक सेवा तयारी