माओवादी जनयुद्ध

माओवादी जनयुद्ध नेपालको सशस्त्र द्वन्द्व हो जुन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)नेपाल सरकार बीच २०५२ साल देखि २०६३ सम्म चलेको थियो।[१३] युद्धको अवधिमा यो सशस्त्र द्वन्द्वकालको रूपमा परिचित थियो।[१४]

माओवादी जनयुद्ध
Ktm2006-malema.JPG
मालेमावाद र प्रचण्ड पथ जिन्दावाद लेखिएको एक भित्ताचित्र
मिति२०५२ फागुन १ – २०६३ मङ्सिर ५
(१० वर्ष, ९ महिना, १ हप्ता र १ दिन)
स्थान
परिणाम

विस्तृत शान्ति सम्झौता[७]

योद्धा

नेपाल नेपाल अधिराज्य
(नेपाल सरकार)

समर्थक:
चीन चीन[१]
पाकिस्तान पाकिस्तान[२]
बेल्जियम बेल्जियम[३]
संयुक्त अधिराज्य संयुक्त अधिराज्य[४]
संयुक्त राज्य अमेरिका अमेरिका[४]
भारत भारत[५]

नेकपा माओवादी

समर्थक:
भारत कम्युनिस्ट पार्टी (माओवादी)
श्रीलङ्का कम्युनिस्ट पार्टी (माओवादी)[६]
सेनापतिहरू
नेपाल नेपालको राजा:
वीरेन्द्र वीर विक्रम शाह (२०२८–५८)
ज्ञानेन्द्र वीर विक्रम शाह (२०५८–६५)
नेपाल नेपालको प्रधानमन्त्री:
शेरबहादुर देउवा (२०५२–५३; २०५८–५९; २०६१–६१)
लोकेन्द्रबहादुर चन्द (२०५३–५४; २०५८–६०)
सूर्य बहादुर थापा (२०५४–५५; २०६०–६१)
गिरिजाप्रसाद कोइराला (२०४८–५१; २०५५–५६; २०५६–५८)
कृष्णप्रसाद भट्टराई (२०५६–५६)
नेपाल नेपालको प्रधानसेनापति:
धर्मपालवरसिँह थापा (२०५२–५६)
प्रज्वल शम्शेर जबरा (२०५६–२०५८)
प्यारजङ्ग थापा (२०५८–६३)
रूक्माङ्गद कटवाल (२०६३–६६)
नेपाल प्रहरी महानिरीक्षक:
मोतिलाल बोहरा (४९–५३)
अच्युतकृष्ण खरेल (२०५३–५३; २०५४–५७)
ध्रुवबहादुर प्रधान (२०५३–५४)
प्रदीप शम्शेर राणा (२०५७–५८)
श्याम भक्त थापा (२९५८–६३ )
ओम विक्रम राणा (२०६३–६५)
प्रचण्ड
(पुष्पकमल दाहाल)
बाबुराम भट्टराई (लालध्वज)
मोहन वैद्य (किरण)
नन्दकिशोर पुन
(पासाङ)
रामबहादुर थापा
(बादल)[८]
नेत्रविक्रम चन्द
(विप्लव)[९]
शक्ति
९५,००० ५०,०००
मृत्यु र क्षति
४,५०० मृत्यु[१०] ८,२०० मृत्यु (छापामार)[१०]
समग्रमा १७,८०० को मृत्यु[११]
१,३०० बेपत्ता[१२]

विद्रोह नेकपा-माओवादीले यस आन्दोलनलाई २०५२ फागुन १ गते नेपाली राजतन्त्रलाई समाप्त र जन गणतन्त्र स्थापना गर्ने उद्देशका साथ यसको सुरुवात गरेको थियो। विसं २०६३ साल मङ्सिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेसँग यस युद्ध समाप्त भएको थियो।[१५] यो द्वन्द्वलाई मृत्युदण्ड, नरसंहार, अपहरण र अन्य युद्ध सम्बन्धित अपराध र मानवता विरुद्धका कार्यहरूले प्रतिनिधित्व गरेको छ। उक्त विद्रोहको परिणामस्वरूप नागरिक, विद्रोही, सेना र प्रहरी लगायतका १७,००० भन्दा बढी व्यक्तिहरूको मृत्यु भएको थियो र अधिकांश रूपमा हजारौँ ग्रामीण भूभागका मानिसहरूको आन्तरिक विस्थापन भएको थियो।[११] बेपत्ता पारिएका मानिसहरूका लागि बेपत्ता छानबिन र सत्य निरूपणका लागि दुई छुट्टाछुट्टै आयोग बनेका थिए। सत्य निरूपण तथा मेलमिलाप आयोगमा यस सम्बन्धित ६४,००० उजुरीहरू दर्ता भएका थिए जस मध्ये झन्डै ४,००० को मात्रै प्रारम्भिक अनुसन्धानको काम सम्पन्न भएको बताइएको छ। बेपत्ता आयोग अन्तर्गत परेका ३,००० भन्दा बढी उजुरीहरूमा पनि छानबिन भइरहेको बताइएको छ।[१६] अनौपचारिक क्षेत्र सेवा केन्द्रका अनुसार, मृतकहरू मध्ये १,६६५ महिला हुन्।[१७]

पृष्ठभूमि र सुरुवाती चरणसम्पादन

२०४६ सालमा, निर्दलीय पञ्चायती शासनको अन्त्य हुँदै बहुदलीय व्यवस्था आएको थियो। तात्कालिक समयको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र यसको वैधानिक मञ्च संयुक्त जनमोर्चा र अन्य सङ्गठनहरूले राजतन्त्रको विरुद्धमा विभिन्न कार्यक्रमहरू गर्दै आएका थिए। सशस्त्र द्वन्द्वको माध्यमबाट राजतन्त्रको अन्त्य गर्नु र नयाँ जनवादी व्यवस्था कायम गर्ने उद्देशका साथ जनयुद्धको घोषणा २०५२ साल फागुन १ गते भएको थियो।[१८] विद्रोह सुरु गर्नु अगाडि, तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० बुँदे माग राख्दै जनयुद्धको सङ्खघोष गरिएको थियो। रोल्पा, रुकुम लगायतका पहाडी जिल्लाहरूमा आधार इलाका बनाएको माओवादीले देशव्यापी रूपमा विभिन्न स्थानमा रहेका प्रहरी चौकी र सरकार संयन्त्रहरूमा आक्रमण गरेको थियो। जनयुद्धको प्रभाव देशव्यापी रूपमा पर्न गएको थियो जसका कारण तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले दमनको रणनीति लिएर अगाडि बढेको थियो। युद्धरत नेताहरूको टाउकाको मुल्य समेत निर्धारण गरिएको थियो। [१९]

शसस्त्र संघर्षको समयरेखासम्पादन

२०५२ सालसम्पादन

  • २०५२ माघ २२ गते तत्कालिन नेकपा samyukta jana morcha nepal ko तर्फबाट बाबुराम भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० बुँदे ज्ञापनपत्र पेश[२०]
  • फागुन १ गते शशस्त्र युद्ध सुरु

२०५३ सालसम्पादन

  • पुष १९ - रामेछाप बेथान चौकी आक्रमण

२०५४ सालसम्पादन

२०५५ सालसम्पादन

  • फागुन २१- एमाले रुकुम सांसद यदु गौतमको हत्या

२०५६ सालसम्पादन

  • पुष १९- जुम्ला प्रहरी चौकी आक्रमण

२०५७ सालसम्पादन

  • ९ असोज - डोल्पा सदरमुकाम दुनै आक्रमण

२०५८ सालसम्पादन

  • २०५८ जेठ १९ नारायणहिटी दरवार हत्याकाण्डमा राजा बीरेन्द्र सहितको हत्या
  • २०५८ असार २८ - रोल्पाको होलेरी पुलिस चौकीमा आक्रमण, १ को मृत्यु ५९ प्रहरी माओवादी नियन्त्रणमा
  • साउन १० - युद्धरत दुवै पक्षबाट यु्द्धबिराम घोषणा [२१]
  • २०५८ मंसीर ७ - युद्धबिराम भङ्ग, दाङको घोराहीमा नेपाली सेनाको व्यारेकमा माओवादी द्वारा आक्रमण गरी धेरै हात हतियार कब्जा
  • २०५८ मंसीर देशभर संकटकाल लागू भएको घोषणा
  • २०५८ फागुन ४ गतेको राति  : अछाम सदसरमुकाम मंगलसेनमा भीषण आक्रमण / मंगलसेन दरबार ध्वस्त

२०५९ सालसम्पादन

२०६० सालसम्पादन

२०६१ सालसम्पादन

  • साउन १७ - पत्रकार डेकेन्द्र थापाको माओवादी द्वारा दैलेखमा हत्या
  • माघ १९ - राजा ज्ञानेन्द्रबाट देउवा सरकार बर्खास्त गरी शासन सत्ता हातमा लिइयो। राजाकै अध्यक्षतामा मन्त्रीमण्डल गठन
  • संसदवादी राजनीतिक दलहरूको आन्दोलन सुरू
  • चैत २५-२६- खाराको दोस्रो लडाइँ

२०६२ सालसम्पादन

  • बाँदरमुडे घटना २०६२ जेठ २३ - चितवनको माडी स्थित बाँदरमुडे भन्ने ठाउँमा सर्वसाधारण चढेको यात्रुबस माओवादीले थापेको विद्यूतीय धरापमा परी ४१ जना सर्वसाधारणको मृत्यु।
  • २०६२ मंसिर - दिल्लीमा ७ पार्टी र माओवादी बीच १२ बुँदे समझदारी माओवादी शसस्त्र युद्ध रोकेर शान्तिपूर्ण आन्दोलनमा आउन सहमत
  • २ माघ - थानकोट पुलिस चौकी आक्रमण
  • २३ चैत्र - सर्लाही मलंगवा आक्रमण- सेनाको हेलिकोप्टर ध्वस्त
  • २४ चैत्र - दोस्रो जनआन्दोलन सुरू

२०६३ सालसम्पादन

  • शान्तिपूर्ण जनआन्दोलन २ मा माओवादी सहभागी
  • चैत्र ८ राजा ज्ञानेन्द्रबाट शाही घोषणा आन्दोलन झन् तीब्र
  • चैत्र ११ राजा ज्ञानेन्द्रबाट संसद पुनर्स्थापित भएको घोषणा लोकतन्त्र हासिल
  • विस्तृत शान्ति सम्झौता
  • प्रचण्ड भूमिगत जीवनबाट सार्वजनिक

२०६४ सालसम्पादन

२०६५ सालसम्पादन

२०७० सालसम्पादन

२०७२ सालसम्पादन

असफलताको कारणहरूसम्पादन

फौजी बाटोमा असफलसम्पादन

प्रहरीलाई सजिलै जितेका माओवादीले सेनालाई हराउन सकेनन् ।

आधार इलाका नबन्नुसम्पादन

माओवादीले गाउँ देखि जिल्ला र केन्द्र तहसम्मको जनसरकार बनाई जनसत्ता र जनअदालत चलाए पनि ती मुलतः प्रतीकात्मक र अस्थायी प्रकृतिका थिए। उनीहरूले मुलुकको ८० प्रतिशत भूभाग कब्जा गरेको दाबी गरेपनी ती क्रान्ति कालीन चीनमा माओले बनाएजस्तो आधार इलाका थिएनन् ।

अन्तर्राष्ट्रिय समर्थनको अभावसम्पादन

माओवादीले अपेक्षित अन्तर्राष्ट्रिय समर्थन पाउन सकेनन् । क्रान्ति सफल पार्न भारत चीन जस्ता छिमेकी वा अमेरिका जस्तो महशक्तिको समर्थन चहिन्थ्यो। जुन प्राप्त भएन। २००१ सेप्टेम्बर ११ को अल कायदा आक्रमण पछि त विश्व परिदृश्य बदलियो। आतंकवाद विरुद्ध अन्तर्राष्ट्रिय अभियान चलाउने अमेरिकी विदेश नीतिको असर माओवादीमा पनि पर्यो। चीनले माओवादीलाई "सरकार विरोधी तत्त्व"को संज्ञा दिदै यस मामिलामा आफूलाई सदैव असंलग्न राख्यो। भारतीय खुफिया "र" को केही सहयोग मिले पनि भारतीय संस्थापनले औपचारिक समर्थन गरेन।

जनताको प्रतिकारसम्पादन

२०६१ मङ्सिर मा दैलेखको दुल्लुमा आम जनताले अभियानकै रूपमा माओवादीको प्रतिकार गरे। लगत्तै नौमुलेमा गाउँलेले माओवादी नेता खड्गबहादुर विक सहित २०० जति माओवादी कार्यकर्तालाई समातेर प्रशासनमा बुझाइदिए।
२०६२ जेठ २३ मा चितवनको माडीमा माओवादीको विद्युतीय धरापमा परेर एउटा यात्रु बसका ३९ जना निर्दोष नागरिक मारिए। त्यो घटनाले माओवादी नेतृत्वलाई थप रक्षात्मक र हतोत्साहित बनायो ।

अपराधिक र अराजक प्रवृतिसम्पादन

माओवादीको सङ्गठन र छापामार बढे पनि अपराधिक र अराजक प्रवृतिले बढावा पायो। यो यति झाँगियो कि माओवादी नेतृत्वले थाम्नै नसक्ने अवस्था आयो।

सन्दर्भ सामग्रीसम्पादन

  1. "Chinese Deliver Arms to Nepal 2005" 
  2. "Nepal gov't procuring military articles from China, Pakistan", globalsecurity.org, IRNA। 
  3. "Une polémique éclate en Belgique sur une vente d'armes au Népal", La Croix, २६ अगस्ट २००२ – www.la-croix.comद्वारा। 
  4. ४.० ४.१ Miglani, Sanjeev (१८ अगस्ट २००३), "Nepal's Maoist cauldron draws foreign powers closer", Reuters, मूलबाट २९ मे २०१८-मा सङ्ग्रहित। 
  5. Pradhan, Gyan, Nepal's civil war and its economic costs, Publisher: Center for International and Global Studies, Lindenwood University Press, पृ: ११८। 
  6. "CCP Maoist support" 
  7. "अनुसूची ४ – नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बीच भएको विस्तृत शान्ति सम्झौता" (नेपाली) भाषा)। नेपाल कानुन आयोग। सङ्ग्रह मिति ३ जनवरी २०२१ 
  8. "रामबहादुर थापा 'बादल' : 'जनयुद्ध'का मिथक पात्रदेखि गृहमन्त्रीसम्म"लोकान्तर (नेपाली) भाषा)। सङ्ग्रह मिति ३ जनवरी २०२१ 
  9. "विप्लवले रोजेको 'अप्ठ्यारो' बाटो"शिलापत्र (नेपाली) भाषा)। सङ्ग्रह मिति ३ जनवरी २०२१ 
  10. १०.० १०.१ Ed Douglas. "Inside Nepal's Revolution". National Geographic Magazine, पृष्ठ ५४, नोभेम्बर २००४।
  11. ११.० ११.१ "सशस्त्र द्वन्द्वका समयमा राज्य र माओवादी दुबै पक्षबाट १७ हजार ८ सयको मृत्यु भएको खुलासा"हिमाल खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति ३ जनवरी २०२१ 
  12. "बेपत्ता पारिएकाहरुका परिवारको जीवन कष्टकर"बिबिसी नेपाली (नेपाली) भाषा)। सङ्ग्रह मिति ३ जनवरी २०२१ 
  13. "जनयुद्ध सुरु गर्ने दिन प्रचण्ड र बाबुराम कहाँ थिए ? (भिडियोसहित)"नागरिक द‌ैनिक (नेपाली) भाषा)। सङ्ग्रह मिति ३ जनवरी २०२१ 
  14. "सशस्त्र द्वन्द्वकाल" (नेपाली) भाषा)। धनगढी अनलाइन। सङ्ग्रह मिति ३ जनवरी २०२१ 
  15. "विस्तृत शान्ति सम्झौताका १२ वर्ष : २०७५ मंसिर ५ गते"रातोपाटी (नेपाली) भाषा)। सङ्ग्रह मिति ३ जनवरी २०२१ 
  16. "नेपाल शान्ति सम्झौताः द्वन्द्वपीडितको गुनासो '१२ वर्षमा खोला पनि फर्किन्छ भन्छन्, १४ वर्ष भयो तर न्याय पाएका छैनौँ'"बिबिसी नेपाली (नेपाली) भाषा)। सङ्ग्रह मिति ३ जनवरी २०२१ 
  17. सागर चन्द। "माओवादी 'जनयुद्ध'मा महिला"फरकधार (नेपाली) भाषा)। सङ्ग्रह मिति ३ जनवरी २०२१ 
  18. "जनयुद्ध सुरुवातको समीक्षा र सरकारी दमन"घटना र विचार (नेपाली) भाषा)। सङ्ग्रह मिति ४ जनवरी २०२२ 
  19. "जनयुद्धमा कसको 'टाउका'को मुल्य कति, यस्तो सुचना छापिएको थियो" (नेपाली) भाषा)। राजनीति। सङ्ग्रह मिति ४ जनवरी २०२२ 
  20. पहाडी, कृष्ण (२०७४ फागुन १), "माओवादी ‘जनयुद्ध’ को श्राद्ध", कान्तिपुर दैनिक, अन्तिम पहुँच ७ जून २०१८ 
  21. https://en.wikipedia.org/wiki/Nepalese_Civil_War
  22. http://nepalihimal.com/article/1546
  23. https://www.kantipurdaily.com/pradesh-5/2018/06/06/152825832585872396.html
  24. http://kathmandutoday.com/2016/01/160805.html

बाह्य कडीहरूसम्पादन