लाङटाङ राष्ट्रिय निकुञ्ज
लाङ्टाङ राष्ट्रिय निकुञ्ज नेपालको मध्यमाञ्चल विकास क्षेत्रको नुवाकोट, सिन्धुपाल्चोक र रसुवा जिल्ला मा पर्ने राष्ट्रिय निकुञ्ज हो । यस निकुञ्जको स्थापना विसं २०३२मा भएको थियो। यो राष्ट्रिय निकुञ्ज राजधानी काठमाडौँबाट नजीकमा पर्ने दोश्रो राष्ट्रिय निकुञ्ज हो। प्रसिद्ध धार्मिक कुण्ड गोसाइँकुण्ड पनि यसै लाङ्टाङ राष्ट्रिय निकुञ्जमा पर्दछ ।
लाङ्टाङ राष्ट्रिय निकुञ्ज | |
---|---|
आईयूसीएन श्रेणी II (राष्ट्रिय निकुञ्ज) | |
![]() लाङ्टाङ राष्ट्रिय निकुञ्जमा अवस्थित गोसाइँकुण्ड क्षेत्र | |
रहेको स्थान | नेपाल |
नजिकको सहर | काठमाडौँ |
निर्देशांक | २८°१०′२६″N ८५°३३′११″E / २८.१७३८°N ८५.५५३१°Eनिर्देशाङ्कहरू: २८°१०′२६″N ८५°३३′११″E / २८.१७३८°N ८५.५५३१°E |
क्षेत्रफल | १,७१० किमी२ (६६० वर्ग माइल) |
स्थापना | विसं २०३२ (सन् १९७६) |
सरकारी संस्था | राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन मन्त्रालय |