पशुपति क्षेत्र विकास कोष
पशुपति क्षेत्र विकास कोष श्री पशुपतिनाथ मन्दिर क्षेत्रको बृहत्तर विकासका लागि कार्यरत संस्था हो। पशुपति क्षेत्रलाई यसको प्रतिष्ठा एवं गरिमा अनुरुप सुव्यवस्थित र विकसित पार्ने उद्देश्यले वि.सं. २०४३ सालमा एक अविच्छिन्न उत्तराधिकारवाला स्वायत्त संस्थाका रूपमा यस कोषको स्थापना भएको हो।[१] हाल यो पशुपति क्षेत्र विकास कोष ऐन २०४४ अन्तरगत सञ्चालित छ।[२]
यस कोषले पशुपतिनाथका दैनिक पुजापाठका अतिरिक्त विशेष पूजा र महाशिवरात्री, बालाचतुर्दशी, तीज लगायतका पर्वहरूमा हुने पूजाहरू व्यवस्थित गर्ने गर्दछ।[३]
अतिरिक्त सेवाहरू
सम्पादन गर्नुहोस्पशुपति क्षेत्र भित्र बृद्धाश्रम, घाट व्यवस्थापन तथा कृयापुत्री सेवा भवन लगायतका सेवाहरू रहेका छन्।[४]
लक्ष्मी प्रसाद प्रसाईँ कोषको भुतवुर्व सदस्य सचिव हुन्। [५]
हाल डा.गोविन्द टण्णन कोषको सदस्य सचिवको रूपमा कार्यरत छन्।,[६]
हालसम्मका सदस्य सचिवहरू
सम्पादन गर्नुहोस्- श्री चेतोनाथ गौतम
- श्री बसन्त चौधरी
- श्री गाेविन्द टन्डन
- श्री निर्मल कुइँकेल
- श्री सुशीलकुमार नाहटा
- श्री लक्ष्मीप्रसाद प्रसाईँ
- श्री गोविन्द टण्डन
- श्री प्रदीप ढकाल
क्षेत्र संरक्षण
सम्पादन गर्नुहोस्कोषको एक प्रमुख कार्य आफ्नो क्षेत्र संरक्षण गर्ने रहेको छ। यस क्षेत्रमा भएको व्यक्तिहरूको मिचाईँलाई अन्त्य गर्दै क्षेत्र भित्र बनेका निजी घरटहरा हटाउने काम कोषले जारी राखेको छ। कोषले हाल त्यस क्षेत्रभित्र रहेका २ सय ३८ घरपरिवारलाई हटाउने लक्ष्य राखेको छ जस मध्ये १ सय १९ घर हटाइसकेको छ ।[७]
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ http://pashupati.org.np/page.php?page=1 वेब्याक मेसिन अभिलेखिकरण २०१५-०६-२३ मिति
- ↑ पशुपति क्षेत्र विकास ऐन २०४४ नेपाल कानुन आयोग
- ↑ Maha preparations for Shivaratri at Pashupati वेब्याक मेसिन अभिलेखिकरण २०२२-०६-२७ मिति The Himalayan Times
- ↑ Kriyaputri Bhawan at Pashupati[स्थायी मृत कडी] Non Resident Nepalese Organization
- ↑ शसस्त्र प्रमुखमा श्रेष्ठ, पशुपति क्षेत्र विकास कोषमा प्रसाईको नियुक्ती[स्थायी मृत कडी] हाम्राकुरा डट कम
- ↑ http://www.pashupati.org.np/page.php?page=2 वेब्याक मेसिन अभिलेखिकरण २०१४-०९-१५ मिति
- ↑ [francenepal.info/article_view.php?id=752 पशुपति क्षेत्र गुरुयोजना परिमार्जनको तयारी] फ्रान्स नेपाल इन्फो
बाह्य सूत्र
सम्पादन गर्नुहोस्- पशुपति क्षेत्र विकास कोषको आधिकारिक वेवसाइट वेब्याक मेसिन अभिलेखिकरण २०१३-०८-१५ मिति