सोभियत सङ्घ

सोभियत सङ्घ (रूसी भाषा: Сове́тский Сою́з, सोवेत्स्की सोयूज; ; औपचारिक नाम: सोभियत समाजवादी गणतन्त्रहरूको सङ्घ, Сою́з Сове́тских Социалисти́ческих Респу́блик, Union of Soviet Socialist Republics) सन् १९२२ देखि १९८१ सम्ममा युरेसियाको ठुलो भूभागमा विस्तृत एक देश थियो। सोभियत सङ्घ आफ्नो स्थापना देखि सन् १९९० सम्म साम्यवादी पार्टी (कम्युनिस्ट पार्टी) द्वारा शासित रहेको थियो। संवैधानिक रूपबाट सोभियत सङ्घ १५ स्वशासित गणतन्त्रहरूको सङ्घ थियो तर वास्तवमा पुरै देशको प्रशासन र अर्थव्यवस्थामा केन्द्रीय सरकारको कडा नियन्त्रणमा रहेको थियो। रूसी सोभियत सङ्घीय समाजवादी गणतन्त्र यस देशको सबभन्दा ठुलो गणतन्त्र र राजनीतिक, साँस्कृतिक र आर्थिक केन्द्र थियो यसकारण पुरै देशमा गहिरो रूसीकरण भएको थियो। सोही कारणले गर्दा विदेशमा पनि सोभियत सङ्घलाई प्राय जसो गल्तीले 'रूस' भनेर सम्बोधन गरिन्थ्यो।

सोभियत समाजवादी गणतन्त्रहरूको सङ्घ

Союз Советских Социалистических Республик
सोयुज सोभेत्स्किख सोत्सियालिस्तिचेस्किख रिस्पुब्लिक
सन् १९२२–सन् १९९१
सोभियत सङ्घको झण्डा
झण्डा
सोभियत सङ्घको निशाना छाप
निशाना छाप
आदर्श वाक्य: Пролетарии всех стран, соединяйтесь!
प्रोलेतारी व्सेख स्त्रान, सोएदिन्याइतेस​!
नेपाली: विश्वको मजदूर, एक हऔँ!
राष्ट्रिय गान: "इन्तरनासियोनाल"
(सन् १९२२–१९४४)
"सोभियत सङ्घको राष्ट्रगान"
(सन् १९४४–१९९१)
द्वितीय विश्वयुद्ध पछि सोभियत सङ्घ
द्वितीय विश्वयुद्ध पछि सोभियत सङ्घ
राजधानी
र सबैभन्दा ठूलो सहर
मस्को
आम भाषाहरूरूसी, धेरै जसो अन्य
धर्म
नास्तिकता
रैथाने(हरू)सोभियती
सरकारसङ्घ,
मार्क्सवाद-लेनिनवाद, साम्यवाद
महासचिव 
• सन् १९२२–१९५२
जोसेफ स्टालिन (प्रथम)
• सन् १९९१
भ्लादिमिर इभास्को (अन्तिम)
राष्ट्राध्यक्ष 
• सन् १९२२–१९३८
मिखाइल कालिनिन (प्रथम)
• सन् १९८८–१९९१
मिखाइल गोर्बाचोभ (अन्तिम)
सरकारी अध्यक्ष 
• सन् १९२२–१९२४
भ्लादिमिर लेनिन (प्रथम)
• सन् १९९१
इभान सिलायेभ (अन्तिम)
व्यवस्थापिकासर्वोच्च सोभियत
सङ्घीय सोभियत
राष्ट्रियताहरूको सोभियत
ऐतिहासिक कालप्रथम विश्वयुद्धको अन्तबाट शीतयुद्ध
• स्थापना सन्धी
३० दिसम्बर सन् १९२२
• सङ्घको विघटन
२६ दिसम्बर सन् १९९१
क्षेत्रफल
सन् १९९१२,२४,०२,२०० किमी (८६,४९,५०० वर्ग माइल)
जनसङ्ख्या
• सन् १९९१
293047571
मुद्रासोभियत रूबल (руб) (SUR) (SUR)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+२ देखि +१३
टेलिफोन कोड
इन्टरनेट डोमेन.su
पूर्ववर्ती
उत्तरवर्ती
रूसी सो.सं.स.ग.
पार-कोकस सो.सं.स.ग.
युक्रेनी सो.स.ग.
बेलारूसी सो.स.ग.
रूस
जर्जिया
युक्रेन
मोल्दोभा
बेलारूस
आर्मेनिया
अजरबैजान
कजाख्स्तान
उज्बेकिस्तान
तुर्कमेनिस्तान
किर्गिस्तान
ताजिकिस्तान
एस्टोनिया
लात्भिया
लिथुआनिया

इतिहाससम्पादन

स्थापनासम्पादन

सोभियत सङ्घ स्थापनाको प्रक्रिया सन् १९१७ को रूसी क्रान्तिको साथ सुुरु भएको थियो। रूसी साम्राज्यको जार (सम्राट) लाई सत्ताबाट हटाएपछि भ्लादिमिर लेनिनको नेतृत्वमा बोल्सेभिक पार्टीले सत्ता कब्जा गरेेेेको थियो तर बोल्सेभिक-विरोधी श्वेत आन्दोलनको साथ गृहयुद्धमा फस्न पुगेेेेको थियो। बोल्सेभिक लाल सेनाले गृहयुद्धको समयमा त्सारको पतनको फाइदा उठाउँदै रूसबाट स्वतन्त्र घोषणा गरेका राज्यहरूलाई पनि कब्जा गरेको थियो। सन् १९२२ को डिसेम्बरमा बोल्सेभिकको पूर्ण जीत हासिल गरेपछि र लेनिनले रूस, युक्रेन, बेलारुसकोकस क्षेत्रलाई समायोजन गरी सोभियत सङ्घको स्थापनाको घोषणा गरेेेेका थिए।[१]

सङ्क्षिप्त इतिहाससम्पादन

मिति घटना
सन् १९१७ अप्रिल लेनिन र अन्य क्रान्तिकारी जर्मनीबाट रूस फिर्ता।
सन् १९१७ अक्टोबर बोल्सेभिकद्वारा अलेक्सान्दार केरेन्स्कीको सत्ता पलट र मस्कोमा अधिकार।
सन् १९१८-२० बोल्सेभिक र विरोधि गृहयुद्ध।
सन् १९२० पोल्यान्डसँग युद्ध
सन् १९२१ पोल्यान्डसँग शान्ति सन्धि, नयाँ आर्थिक नीति, बजार अर्थव्यवस्थाको वापसी, स्थिरता।
सन् १९२२ रूस, बेलारूस र कोकेसस (सन् १९३६ बाट जर्जिया, अर्मेनिया, अजरबैजान) क्षेत्रको मिलन; सोभियत सङ्घको स्थापना।
सन् १९२२ जर्मनीद्वारा सोभियत सङ्घलाई मान्यता प्रदान।
सन् १९२४ सोभियत सङ्घमा सर्वहारा तानाशाहीको नयाँ संविधान लागू। लेनिनको मृत्यु, जोसेफ स्टालिनद्वारा सत्तामा नियन्त्रण।
सन् १९३३ अमेरिकाद्वारा सोभियत सङ्घलाई मान्यता प्रदान।
सन् १९३४ सोभियत सङ्घ राष्ट्र सङ्घमा सहभागी।
सन् १९३९ अगस्ट नाजी-सोभियत अनाक्रमण सन्धि; द्वितीय विश्वयुद्ध आरम्भ।
सन् १९४१ जुन जर्मनीद्वारा सोभियत सङ्घ माथि हमला
सन् १९४३ स्टालिनग्रादको लडाइँमा जर्मनीको हार
सन् १९४५ सोभियत सैनिकद्वारा बर्लिन कब्जा, याल्टा र पोट्सड्यामम सम्मेलनबाट जर्मनी विभाजित गरेर पूर्वी जर्मनीपश्चिमी जर्मनीको निर्माण। जापानको आत्मसमर्पण र द्वितीय विश्वयुद्धको समाप्ति
सन् १९४८-४९ बर्लिन नाकाबन्दी। पश्चिमी सेना र सोभियत सेनाबीच सङ्घर्ष
सन् १९४९ सोभियत सङ्घद्वारा परमाणु बम निर्माण। चीनको कम्युनिस्ट सरकारलाई मान्यता प्रदान
सन् १९५०-५३ कोरियाली युद्ध ; सोभियत सङ्घ र पश्चिम बीच सम्बन्धमा तनाव
सन् १९५३ मार्च स्टालिनको मृत्यु। निकिता ख्रुश्चेभ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको प्रथम सचिव
सन् १९५३ सोभयत सङ्घद्वारा आफ्नो पहिलो हाइड्रोजन बम परिक्षण
सन् १९५५ वार्सा सन्धि
१९५६ सोभियत सेनाद्वारा हङ्गेरी विद्रोहको दमन, मध्य पूर्वमा स्वेज सङ्कट
सन् १९५७ पहिलो अन्तरिक्ष यान स्पूतनिक धरतीको कक्षमा प्रक्षपण, चीनको पश्चिमसँग बढ्दो निकटताले दुई कम्युनिस्ट देश बीच दुरी उत्पन्न।
सन् १९६० सोभियत सङ्घले अमेरिकाको जासूसी जहाज यु-२ गिरावाट
सन् १९६१ युरी गागरिन अन्तरिक्षमा जाने पहिलो व्यक्ति (मानव) बने
सन् १९६१ अक्टोबर ३० जार बम्बाको परिक्षण
सन् १९६२ क्युबामा सोभियत मिसाइल पहुँच
सन् १९६३ सोभियत सङ्घद्वारा अमेरिका र ब्रिटेनको साथ परमाणु सन्धि, अमेरिका र सोभियत सङ्घ बीच हट-लाइन स्थापित।
सन् १९६४ ख्रुश्चेभको स्थानमा लियोनिद ब्रेझनेभद्वारा पदभार ग्रहण
सन् १९६९ सोभियत र चिनियाँ सेनामा सीमा विवाद
सन् १९७७ नयाँ संविधानबाट लियोनिद ब्रेझनेभ राष्ट्रपति चुनिए
सन् १९८२ ब्रेझनेभको निधन, केजीबी प्रमुख युरी आन्द्रोपोभले सत्ता सम्हाले
सन् १९८२ युरी आन्द्रोपोभको निधन, कोन्सटान्टिन चेरनेन्कोले सत्ता सम्हाले
सन् १९८५ मिखाइल गोर्बाचोभ कम्युनिस्ट पार्टीको महासचिव बने, खुलापन र पुनर्निर्माणको नीति सुरुवात
सन् १९८६ चरनोबिल परमाणु दुर्घटना, युक्रेन र बेलारूसको ठुलो क्षेत्र विकिरणबाट प्रभावित
सन् १९८७ सोभियत सङ्घ र अमेरिकाबीच मध्यम दूरीको परमाणु मिसाइल नष्ट गर्ने समझौता
सन् १९८८ मिखाइल गोर्बाचोभ राष्ट्रपतिमा नियुक्त। कम्युनिस्ट पार्टीको सम्मेलनमा निजी क्षेत्रको लागि ढोका खोल्ने सहमति
सन् १९८९ अफगानिस्तानबाट सोभियत सेनाको फिर्ता।
सन् १९९० सोभियत कम्युनिस्ट पार्टीमा एक पार्टीको सत्ता अन्त्य गर्न मतदान, बोरिस येल्तसिनद्वारा सोभियत कम्युनिस्ट पार्टीको सदस्यता त्याग
सन् १९९१ अगस्ट रक्षा मन्त्री दिमित्री याजोभ, उप राष्ट्रपति गेनादी यानायेभ र केजीबी प्रमुखद्वारा राष्ट्रपति मिखाइल गोर्बाचोभ हिरासतमा, तीन दिन पछि यी सबै गिरफ्तार, येल्तसिनद्वारा सोभियत रूस कम्युनिस्ट पार्टी प्रतिबन्धित, युक्रेनलाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता प्रदान र नयाँ देशद्वारा स्वतन्त्रता घोषणा
सन् १९९१ सेप्टेम्बर 'काङ्ग्रेस अफ पिपल्स डिप्युटीज' द्वारा सोभियत सङ्घको विघटनको लागि मतदान
सन् १९९१ डिसेम्बर ८ रूस, युक्रेन र बेलारूसका नेताद्वारा स्वतन्त्र राष्ट्रको राष्ट्रमण्डल निर्माण
सन् १९९१ डिसेम्बर २५ मिखाइल गोर्बाचोभद्वारा पदबाट राजनीमा, अमेरिकाद्वारा स्वतन्त्र सोभियत राष्ट्रलाई मान्यता प्रदान
सन् १९९१ डिसेम्बर २६ रूसी सरकारद्वारा सोभियत सङ्घको कार्यालय सञ्चालन

स्टालिन र द्वितीय विश्वयुद्धसम्पादन

सन् १९२४ मा लेनिनको मृत्यु पश्चा जोसेफ स्टालिन सत्तामा आएका थिए। उसले सोभियत सङ्घमा औद्योगीकरण गर्दै केन्द्रीकृत आर्थिक व्यवस्था बनाएका थिए। कृषि र अन्य व्यवसायहरूको सामूहिकीकरण गरिएपछि खेत तथा जमिनहरू किसानहरूको निजी सम्पत्ति नभई राष्ट्रको सम्पत्ति भए भने त्यस माथि किसानहरूको गुट सरकारी निर्देशनमा काम गर्न लागेका थिए। यसै केन्द्रीकृत अर्थव्यवस्थालाई द्वितीय विश्वयुद्धमा लडाई लड्नको लागि प्रयोग गरियो जसबाट सोभियत सङ्घको जीत भएको थियो। स्टालिनले आफ्नो शासनकालमा साम्यवादी पार्टीको धेरै जसो सदस्य र नेताहरूलाई अलग गरेर हत्या पछि उनले सोभियत सङ्घको धेरै समुदायहरू माथि पनि अत्याचार गरेका थिए।

द्वितीय विश्वयुद्धमा सुरुमा जर्मनी र सोभियत सङ्घमा एक सन्धी थियो जसको अन्तर्गत उनीहरूले पोल्यान्डलाई दुई भागमा बाँडेका थिए भने क्रोसी क्षेत्रमा सोभियत सङ्घलाई प्राप्त भएको थियो। सन् १९४१ मा जर्मनीले यस सन्धिको विपक्षमा रहेर सोभियत सङ्घमा हमला गरेको थियो। यसबाट सोभियत सङ्घ मित्रपक्ष शक्ति गुट संयुक्त राज्य अमेरिकाब्रिटेनको साथ गएपछि यस गुटले जर्मनीको विरुद्ध लडेेेको थियो। जर्मनी-सोभियत युद्ध निकै भयङ्कर थियो र यसमा २.७ करोड सोभियत नागरिकहरूको मृत्यु भएको थियो। अन्तमा सोभियत सङ्घ विजयी भएपछि पूर्वी युरोपको धेरै जसो देश (पोल्यान्ड, हङ्गेरी, चेकोस्लोभाकिया, रोमानिया, बुल्गारिया र पूर्वी जर्मनी)मा उसको नियन्त्रण भएको थियो।

शीत युद्धसम्पादन

मुख्य लेख : शीतयुद्ध

पूर्वी यूरोपमा आफ्नो नियन्त्रणको अधीन देशहरूको साथ सोभियत सङ्घले एक साम्यवादी सैन्य मित्रपक्ष बनाएको थियो जसलाई वार्सा सन्धी गुटको नामबाट चिनिन्छ। यसको विपक्ष अमेरिकाको नेतृत्वमा पश्चिमी देशहरूको गुट थियो। दुवै विपक्षीहरूको बीच शीत युद्ध जारी रहेको थियो।

स्टालिनको मृत्यु पश्चात् विभिन्न साम्यवादी नेताहरूमा सर्वोच्च नेता बन्ने खिचातानी भएपछि निकिता ख्रुश्चेभ सत्तामा आएका थिए। सत्तामा आएपछि ख्रुस्चेभले स्टालिनको सबैभन्दा कठोर​ तानाशाही नीतिहरूलाई उल्टाएका थिए।

सोभियत सङ्घ अन्तरिक्ष अनुसन्धानमा सबैभन्दा अगाडि निस्किएको थियो। सन् १९५७ मा उनले विश्वको सबैभन्दा पहिलो कृत्रिम उपग्रह स्पुतनिक पृथ्वीको आसपास कक्षामा पुर्‍याएका थिए। सन् १९६१ मा सोभियत वायु-सैनिक युरी गागरिन पृथ्वीबाट माथि अन्तरिक्षमा पुग्ने सबैभन्दा पहिलो मानव बनेका थिए।

सन् १९६२ मा क्युबा मिसाइल सङ्कटमा अमेरिका र सोभियत सङ्घको बीच निकै गम्भीर तनाव बनेेेेेेेेपछि उनीहरू परमाणु प्रलयको अवस्थामा पुगेका थिए। सन् १९७० को दशकमा सोभियत-अमेरिकी सम्बन्धमा तनाव कम भएपनि सन् १९७९ मा जब सोभियत सङ्घले अफगानिस्तानमा हस्तक्षेप गर्दै त्यहाँ आफ्नो सैनिक पठाएपछि यी दुई देश बीच सम्बन्ध बिग्रिन सुरु भएको थियो।

सोभियत सङ्घको अन्त्यसम्पादन

अफगानिस्तानमा सोभियत नियन्त्रणको विरुद्ध विद्रोह र गृहयुद्ध लगातार जारी रहँदै अन्तत: सन् १९८९ मा सोभियत सैनिक त्यहाँबाट लक्ष्य पूरा नगरी देश फर्किएका थिए। देशमा आर्थिक सङ्कट निरन्तर जारी रहँदा र विदेशी सम्बन्ध पनि पेचिलो बनेको थियो। अन्तिम सोभियत नेता मिखाइल गोर्बाचोभले देशमा ग्लास्नोस्त नामक राजनीतिक खुलापनको आर्थिक ढाँचाको बदल्ने नीतिको अन्तर्गत सुधार गर्ने कोशिश गरेतापनि उनी विफल बनेका थिए। सन् १९९१ को डिसेम्बरमा उनको विचारधाराको विरुद्ध राज्यविप्लवको कोशिश भएतापनि त्यसलाई दबाइएको थियो। यस घटना पछि सोभियत सङ्घ विघटन भएको थियो र उसको १५ गणतन्त्र सबै स्वतन्त्र देशको रूपमा अगाडि आएका थिए। सोभियत सङ्घको विघटन पश्चात् अन्तर्राष्ट्रिय सन्धिहरूमा रूसलाई सोभियत सङ्घको उत्तराधिकारीको मान्यता दिइएको थियो।

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. World and Its Peoples: Europe, pp. 1362, Marshall Cavendish, 2009, ISBN 9780761479000, ... Resistance grew into civil war in which several different movements participated, but the Red Army and the anti-Soviet voluntary White Army were the main combatants ... The declaration of the creation of the Union of Soviet Socialist Republics (USSR, or Soviet Union) was signed on December 30, 1922 ...

बाह्य कडीहरूसम्पादन