सगरमाथा राष्ट्रिय निकुञ्ज

सगरमाथा राष्ट्रिय निकुञ्ज पूर्वी नेपालको सोलुखुम्बु जिल्लाको उत्तरी भागमा छ जसले सगरमाथा, ल्होत्से, नुप्त्से, चो यु, आमादब्लम हिमालहरू तथा यस वरिपरिको क्षेत्रको ओगटेको छ। यसको क्षेत्रफल ११४८ वर्ग कि.मि. छ । यो इ.सं. १९७६ मा स्थापना गरिएको हो। यस निकुञ्ज क्षेत्रलाई इ.सं. १९७९ देखि विश्व सम्पदा सूचीमा सूचिकृत गरिएको छ ।[१][२] यो निकुञ्ज १८०० मि. देखि ८८४८ मि. सम्मको उचाईमा रहेको छ । यहाँ कस्तुरी मृग, थार, घोरल, लङ्गूर बाँदर,मोनाल, हॉइटे उइङ्ग्ड ग्रस बिक्ड, हर्न लार्क, टिबेटन स्नो कक, चुग आदि पक्षी पाइन्छन्। यो क्षेत्रभित्र बसोबास गर्ने मानिसहरूको सङ्ख्या करिब ३,००० छ । जसमा मुख्य रूपले शेर्पा जातीको मानिसहरूको बसोवास रहेको छ । यहाँको मुख्य बसोबास क्षेत्रहरू नाम्चे बजार, खुम्जुङ, थामे, थेङ्बोचे, स्याङ्बोचे आदि हुन्।

सगरमाथा राष्ट्रिय निकुञ्ज
Sagarmatha National Park
Changtse, Everest West Shoulder, Mount Everest, Nuptse, Nepal, Himalayas.jpg
सगरमाथा राष्ट्रिय निकुञ्ज
सगरमाथा राष्ट्रिय निकुञ्ज Sagarmatha National Park स्थानको नक्सा देखाउंदै
सगरमाथा राष्ट्रिय निकुञ्ज Sagarmatha National Park स्थानको नक्सा देखाउंदै
रहेको स्थाननेपाल
निर्देशांक२७°५७′५५″उ॰ ८६°५४′४७″पू॰ / २७.९६५२८°N ८६.९१३०६°E / 27.96528; 86.91306निर्देशाङ्कहरू: २७°५७′५५″उ॰ ८६°५४′४७″पू॰ / २७.९६५२८°N ८६.९१३०६°E / 27.96528; 86.91306
क्षेत्रफल१,१४८ किमी (४४३ वर्ग माइल)
स्थापनाजुलाई १९, १९७६
सरकारी संस्थाराष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन मन्त्रालय
किसिमप्राकृतिक
मापदण्डvii
नामाङ्कित१९७९
सन्दर्भ क्रम सङ्ख्या१२०
राज्य पार्टी नेपाल
क्षेत्रएसिया-प्रशान्त

==इतिहास==sagarmatha

चित्रदीर्घासम्पादन

यो राष्ट्रिय निकुञ्जको केही चित्रहरू :-

सन्दर्भ सामग्रीहरूसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन

  1. विश्व सम्पदा क्षेत्र
  2. विश्व सम्पदा क्षेत्रहरूको सूची

बाह्य कडीहरूसम्पादन