वीरेन्द्र वीर विक्रम शाह

नेपालका दशौँ शाहवंशीय राजा
(राजा बीरेन्द्र बाट पठाईएको)

श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाह देव (वि.सं. २००२-२०५८, राजा महेन्द्रले युवराज वीरेन्द्रलाई बिरु भनेर बोलाउँथे।; नेपालमा राजा वीरेन्द्र भनेर चिनिन्छन्) नेपालका दशौँ शाहवंशीय राजा थिए। यिनले वि.सं. २०२८ देखि वि.सं. २०५८ सम्म नेपालको शासन गरेका थिए। उनका तीन जना सन्तान युवराज दीपेन्द्र शाह, अधिराजकुमारी श्रुति शाह तथा अधिराजकुमार निराजन शाहको रूपमा जन्मिएका थिए। वीरेन्द्रका दुई भाइ थिए धिरेन्द्र शाहज्ञानेन्द्र शाह। धिरेन्द्रको राज दरबार हत्याकाण्डमा मृत्यु भएको थियो।[१]

वीरेन्द्र वीर विक्रम शाह
Birendra Bir Bikram Shah c. 1967 (restoration).jpg
राजा वीरेन्द्र
नेपालको राजा
शासनकाल२०२८ माघ १७ - १९ जेठ २०५८
पुर्वाधिकारीमहेन्द्र वीर विक्रम शाह
उत्तराधिकारीदीपेन्द्र वीर विक्रम शाह
पत्नीरानी ऐश्वर्य राज्यलक्ष्मी शाह
सन्तानदीपेन्द्र वीर विक्रम शाह
श्रुती राज्यलक्ष्मी शाह
निराजन वीर विक्रम शाह
वंशशाह वंश
पितामहेन्द्र वीर विक्रम शाह
माताइन्द्रराज्यलक्ष्मी देवी शाह
जन्म२००२ पुस १४
नारायणहिटी दरवार, नेपाल
मृत्यु१९ जेठ २०५८
नारायणहिटी दरवार, नेपाल
धर्महिन्दू

प्रारम्भिक जीवन र शिक्षासम्पादन

तत्कालीन युवराज महेन्द्र वीर विक्रम शाह देव र उनकी जेठी पत्नी राजकुमारी इन्द्रराज्यलक्ष्मी देवीका जेठा छोराको रूपमा वि.सं. २००२ पुष १४ मा काठमाडौँको नारायणहिटी राजदरबारमा वीरेन्द्रको जन्म भएको थियो।[२]

वीरेन्द्रले उनका भाइ ज्ञानेन्द्रसँग दार्जिलिङको सेन्ट जोसेफ स्कुलमा आठ वर्ष अध्ययन गरेका थिए। २०११ फागुन ३० मा उनीहरूका हजुरबुवा राजा त्रिभुवनको निधन भएको थियो र उनका पिता महेन्द्रले नेपाली राजगद्दी सम्हालेका थिए। बाबुको स्वर्गारोहणसँगै वीरेन्द्र नेपालका युवराज बनेका थिए।

वि.सं २०१५ मा वीरेन्द्र संयुक्त अधिराज्यको इटन कलेजमा भर्ना भएका थिए। वि.सं २०२० सम्म इटनमा अध्ययन गरेपछि उनी नेपाल फर्केका थिए।[३] पछि उनले २०२३ देखि २०२४ सम्म हार्वार्ड विश्वविद्यालयमा राजनीतिक सिद्धान्तको अध्ययन गर्नु पूर्व टोकियो विश्वविद्यालयमा केही समय बिताएर आफ्नो शिक्षा पूरा गरेका थिए।[४] वीरेन्द्र आफ्नो युवावस्थामा यात्रा गर्न रुचि राख्दथे। उनी क्यानडा, दक्षिण अमेरिका, अफ्रिका, भारतका धेरै भागहरू र अन्य थुप्रै एसियाली देशहरूको भ्रमणमा गएका थिए। उनी नेपाली कालिगढ र कला सङ्कलक तथा समर्थक पनि थिए। उनले पछि हेलिकप्टर उडाउन पनि सिकेका थिए।[५]

वीरेन्द्रले २०२६ फागुन १६ मा राणा परिवारकी छोरी ऐश्वर्या राज्य लक्ष्मीदेवीसँग विवाह गरेका थिए।[६] इतिहासको सबैभन्दा भव्य हिन्दू विवाह समारोहको रूपमा रहेको उक्त विवाहको लागि ९५ लाख अमेरिकी डलर खर्च भएको थियो।[७]

प्रारम्भिक शासनकालसम्पादन

वीरेन्द्रले पिता महेन्द्रको निधन पश्चात् २०२८ माघ १७ मा २७ वर्षको उमेरमा नेपाली राजगद्दी सम्हालेका थिए। आरोहणका क्रममा उनी प्रभावकारी ढङ्गले निरपेक्ष राजा थिए। राजनीतिक दलहरूमा प्रतिबन्ध लगाइएको देशलाई उनले वंशाणुगत रूपमा प्राप्त गरेका थिए। उनले पञ्चायत भनेर चिनिने स्थानीय र क्षेत्रीय परिषद्हरूको प्रणालीमार्फत शासन गरेका थिए।[५] राजाको हैसियतमा उनको पहिलो विदेश यात्रा २०३० असोज २६ मा भारत र त्यसको दुई महिना पछि चीनको भ्रमण गरेका थिए।[८] राजा बीरेन्द्रको राज्याभिषेकका अवसरमा आयोजित रात्रीभोजमा उनले नेपाललाई शान्तिक्षेत्र घोषित गरियोस् भनी प्रस्ताव राखेका थिए।

२०३७ को जनमत सङ्ग्रहसम्पादन

नेपाली काङ्ग्रेसका सरकारी प्रतिष्ठित नेताहरू पञ्चायत प्रणाली हटाउने प्रयास गरेकाले उनीहरूलाई गिरफ्तार गरिएको थियो। बढ्दो प्रजातन्त्र समर्थक आन्दोलनका कारण वीरेन्द्रले गैरदलीय र बहुदलीय व्यवस्थाबीच निर्णय गर्न जनमत सङ्ग्रह गर्ने घोषणा गरेका थिए।[५] जनमत सङ्ग्रह २०३७ वैशाख २० गते सम्पन्न भएको थियो। गैर-दलीय प्रणालीले ५५% र बहुदलीयले ४५% मत प्राप्त गर्दै पञ्चायती व्यवस्थाले जित हासिल गरेको थियो।[९] सोही दशकमा राजनीतिक सङ्गठनहरूमाथि लगाइएका बन्देजहरू कम भएका थिए र उदार विद्यार्थी नेतृत्वका समूहहरूले नेपालमा संवैधानिक परिवर्तनको माग गर्न थालेका थिए।[४][१०]

प्रजातान्त्रिक कालसम्पादन

 
राजा वीरेन्द्र र भारतीय प्रधानमन्त्री राजीव गान्धी हात मिलाउँदै

वि.सं २०३७ सालपछि नेपालमा एकपछि अर्को हड्ताल र प्रजातन्त्र समर्थकद्वारा दङ्गा मच्चाइएको थियो। दङ्गाका कारण वीरेन्द्रले राजनीतिक दलमाथिको प्रतिबन्ध हटाएर २०४६ सालमा संवैधानिक राजा बन्ने सहमति गरेका थिए।[११] उनले प्रमुख प्रतिपक्षी गुटको प्रतिनिधित्व गर्न र राजनीतिक सुधारका लागि उनीहरुको मागलाई साम्य पार्न नयाँ संविधान तयार गर्न स्वतन्त्र संविधान सिफारिस आयोग गठन गरेका थिए। आयोगले उनलाई २०४७ भदौ २५ मा प्रस्तावित संविधानको मस्यौदा प्रस्तुत गरेको थियो। नयाँ संविधानले वीरेन्द्रलाई बहुदलीय लोकतान्त्रिक व्यवस्थासहितको संवैधानिक राजतन्त्रको प्रमुख बनाउने थियो। संविधानको मस्यौदा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र उनको मन्त्रिमण्डलबाट अनुमोदन भएको थियो।[१२] त्यसैले २०४७ कात्तिक २३ मा वीरेन्द्रले नयाँ संविधानले नेपाललाई संवैधानिक राजतन्त्रमा परिणत गरेको प्रष्ट पारेका थिए। संवैधानिक राजतन्त्रको रूपमा वीरेन्द्रलाई आफ्नो प्रजातान्त्रिक दृष्टिकोण र व्यवहारका साथै राजनैतिक दलहरूको समर्थताको प्राप्त गर्न असमर्थ रहेका कारण नेपाली जनयुद्ध रोक्न विफल भएका थिए।[१३] माओवादी विद्रोही र सरकारी सेनाबीच द्वन्द्व सुरु भएको थियो। यो युद्ध वि.सं २०५२ देखि २०६२ सम्म रहेको थियो।[१४]

उल्लेखनीय कार्य र सुधारका प्रयासहरूसम्पादन

मृत्युसम्पादन

वीरेन्द्र र उनको पुरै परिवारलाई १९ जेठ २०५८ मा शाही भोजमा अधिराजकुमार दीपेन्द्रले गोली प्रहार गरेका थिए।[१५] वीरेन्द्रका कान्छा भाइ ज्ञानेन्द्र बाहेक यस हत्याकाण्डमा राजपरिवारका प्रायः सबै सदस्यहरू मारिएका थिए। तत्पश्चात् दीपेन्द्रलाई राजा घोषित गरिएको त्यसको केही दिनपछि त्यस हत्याकाण्डमा बन्दुकको गोलीले घाइते भएका कारण उनको मृत्यु भएको थियो। फलस्वरूप, ज्ञानेन्द्रलाई राजा बनाइएको थियो।

आलोचनासम्पादन

स्थिर अर्थतन्त्रसम्पादन

राजा वीरेन्द्रलाई विकास प्रेमी राजाका रूपमा सम्झिए पनि आफ्ना पिता राजा महेन्द्रजस्तै तीव्र विकासका प्रयासतर्फ देशलाई हाँक्न नसक्दा उनको पनि आलोचना गरिएको थियो। उनको राजनैतिक इच्छा थियो तर विकासका प्रयासहरू तीव्र गतिमा हासिल गर्न सकिने सीपको अभाव थियो। प्रकृति, संस्कृति र इतिहासको संरक्षणका लागि उनले गरेको प्रयासले देखाएको दिगो विकासको नीति आर्थिक विकासको बाधक बनेको थियो। पञ्चायती शासनले निरङ्कुश शासकको हैसियतमा शासन गर्दा अर्थतन्त्र ठप्प भएको थियो।[१६]

प्रशासनिक असफलतासम्पादन

इतिहासकारहरू पञ्चायती शासनमा राजा वीरेन्द्र असफल भएको कुरा औँल्याएका थिए। उनले आफ्नो कार्यकालमा धेरै विदेशी प्रत्यक्ष लगानी भित्र्याउन सकेनन् र उनले ल्याएका सबै कार्यक्रम वा उनले गरेका सबै सुधारहरू बाबुको विरासतको निरन्तरता थियो।[१७] उनले यसअघि बाबुआमाले स्थापना गरेका विभिन्न संगठनको पुनर्संरचना गर्नुका साथै बाबुआमाले परिकल्पना गरेका विभिन्न विकास योजना कार्यान्वयन गरेका थिए। तथापि, उनले देशमा कुनै आमूल परिवर्तन ल्याउन सकेनन्। यसबाहेक, केही इतिहासकारहरूले आफ्नो युगको दौरान गरिएको भातृ व्यापारलाई अवैध बनाउनुले बृहत् बेरोजगारी सृजना गरेको दाबी पनि गरेका छन् जुन अन्ततः माओवादी क्रान्तिको एउटा कारण बनेको थियो।[१८][१९]

सम्मानसम्पादन

राष्ट्रिय उपाधि

सन्तानहरूसम्पादन

नाम जन्म विवाह मृत्यु बच्चाहरु नातिनातिनाहरू
जीवनसाथी मिति
युवराजाधिराज दीपेन्द्र २०२८ आषाढ १३[२०] कुनै विवाह गरिएको थिएन २२ जेठ २०५८ (उमेर २९),

सैनिक अस्पताल, काठमाडौँ[१५][२१]

छोराछोरी छैनन्
अधिराजकुमारी श्रुति २०३३ असोज २९ कुमार गोरखशमशेर जङ्गबहादुर राणा २०५४ वैशाख २५ २०५८ जेठ १९ (उमेर २५),

नारायणहिटी राजदरबार[१४]

गिरवाणी राज्य लक्ष्मीदेवी नातिनातिनाहरू छैनन्
सुरंगाना राज्य लक्ष्मीदेवी
अधिराजकुमार निराजन २०३५ कार्तिक २० विवाह नभएको २०५८ जेठ १९ (उमेर २२),

नारायणहिटी राजदरबार[१४]

छोराछोरी छैनन्

स्मारकहरूसम्पादन

राजा वीरेन्द्रको स्मृतिमा थुप्रै संरचना, संस्था र सम्मानार्थ विभिन्न निर्माणहरू गरिएको छ। विसं २०६३ मा संसद् पुनःस्थापन र २०६५ मा राजतन्त्रको अन्त्य भएपछि उनको नाममा खडा भएका स्मारकको नाम परिवर्तन गरिएको थियो। २०६३ सालको राजनीतिक परिवर्तनपछि राजाको नाममा निर्माण भएको राजमार्गलाई लोकमार्गको नाममा राख्ने प्रयास गरिएको थियो।

 
राजा वीरेन्द्र र रानी ऐश्वर्यको शालिक
  1. वीरेन्द्रको शालिक (नेपालगञ्ज)
  2. वीरेन्द्रको शालिक (दाङ)[२२][२३]
  3. वीरेन्द्रको शालिक, वीरेन्द्रनगर (सुर्खेत )
  4. वीरेन्द्रको शालिक, स्वर्गद्वारी ( शिवपुरी )
  5. वीरेन्द्रको शालिक, जावलाखेल (ललितपुर )
  6. वीरेन्द्रको शालिक, बिन्ध्यवासिनी मन्दिर (पोखरा)
  7. श्री वीरेन्द्र माध्यमिक विद्यालय, झापा
  8. श्री वीरेन्द्र सार्वजनिक विद्यालय, मोरङ
  9. वीरेन्द्र माध्यमिक विद्यालय, बैतडी
  10. वीरेन्द्र माध्यमिक विद्यालय, स्याङ्जा
  11. वीरेन्द्र माध्यमिक विद्यालय, नुवाकोट
  12. वीरेन्द्र माध्यमिक विद्यालय, पर्वत
  13. वीरेन्द्र सैनिक आवासीय महाविद्यालय, भक्तपुर
  14. वीरेन्द्र स्मारक कलेज , धरान
  15. श्री वीरेन्द्र अस्पताल
  16. वीरेन्द्र स्मारक कप
  17. वीरेन्द्र बहुमुखी क्याम्पस, चितवन
  18. वीरेन्द्र शान्ति परिचालन तालिम केन्द्र
  19. वीरेन्द्रनगर
  20. वीरेन्द्रनगर, चितवन
  21. वीरेन्द्रनगर जेसिस
  22. वीरेन्द्रनगर विमानस्थल
  23. वीरेन्द्र चोक , (वीरेन्द्रनगर)
  24. वीरेन्द्र चोक, कागेश्वरी मनोहरा नगरपालिका
  25. वीरेन्द्र चोक , फुङलिङ
  26. वीरेन्द्र चोक, धरान
  27. वीरेन्द्र चोक, तुलसीपुर, (दाङ)[२४][२५]
  28. वीरेन्द्र ताल , गोरखा
  29. वीरेन्द्र सङ्ग्रहालय, काठमाडौँ दरबार क्षेत्र
  30. वीरेन्द्र बियर, ज्युरिख[२६]

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "दरबार हत्याकाण्डको १७ वर्ष पूरा, रहस्य गर्भमै" (नेपाली) भाषा)। अनलाइन खबर। सङ्ग्रह मिति २० अप्रिल २०२२ 
  2. "सन्दर्भ पुस १४ : सम्झनामा राजा वीरेन्द्र", पहिलो पोस्ट, १४ पुष २०७१, अन्तिम पहुँच १५ जेष्ठ २०७९ 
  3. "King Birendra of Nepal", डेली टेलिग्राफ, २३ अगस्ट २००१, अन्तिम पहुँच २१ जुलाई २००८ 
  4. ४.० ४.१ "Birendra: Nepal's monarch of change", BBC, २ जुन २००१, अन्तिम पहुँच २१ जुलाई २००८ 
  5. ५.० ५.१ ५.२ Crossette, Barbara (३ जुन २००१), "Birendra, 55, Ruler of Nepal's the Hindu Kingdom", द न्युयोर्क टाइम्स, अन्तिम पहुँच २१ जुलाई २००८ 
  6. Mainali, Pramod (२०००), Milestones of History, पृ: १११, आइएसबिएन 99946-960-4-1 
  7. "Marriage of Convenience", टाइम, ९ मार्च १९७०, मूलबाट १४ फेब्रुअरी २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जुलाई २००८ 
  8. "King Birendra's Historic China Visit", मूलबाट २३ जुलाई २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ जुलाई २०१५ 
  9. Malhotra, Inder (४ जुन २००१), "King Birendra of Nepal", The Guardian, अन्तिम पहुँच २१ जुलाई २००८ 
  10. "King Birendra Credentials" 
  11. "The Constitution of 1990", Country Studies, अन्तिम पहुँच २१ जुलाई २००८ 
  12. Malhotra, Inder (४ जुन २००१), "King Birendra of Nepal A ruler much loved by his people, he bowed to popular will and surrendered absolute power", The Guardian 
  13. VIEWPOINT (२०२२-०६-०२), "13 Reasons Why Former King Birendra Shah Is the Most Loved Monarch of Nepal", NEPWAVE (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०७-१६ 
  14. १४.० १४.१ १४.२ श्रेष्ठ, किरणकृष्ण (१९ जेष्ठ २०७७), "अधिराजकुमारी श्रुतिसँग सम्झनाका चार पल", सेतोपाटी, अन्तिम पहुँच १५ जेष्ठ २०७९ 
  15. १५.० १५.१ दीक्षित, कनकमणि (१९ जेठ २०७७), "कसले मार्‍याे राजा वीरेन्द्रलाई ?", हिमाल खबर, अन्तिम पहुँच १५ जेष्ठ २०७९ 
  16. Khadka, Narayan (१९९१), "Nepal's Stagnant Economy: The Panchayat Legacy", Asian Survey 31 (8): 694–711, आइएसएसएन 0004-4687, जेएसटिओआर 2645224, डिओआई:10.2307/2645224 
  17. भट्टराई, कमलदेव, "Six decades of American aid", द अन्नपूर्ण एक्सप्रेस (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०७-२३ 
  18. शर्मा, सार्थक मणि (२०१५-०९-०३), "High time to lift ban", नेपाली टाइम्स, अन्तिम पहुँच २०२२-०७-२३ 
  19. Can WATER Change Nepal's FUTURE? - VisualPolitik EN (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०७-२३ 
  20. शाह, विवेकप्रताप (२० जेठ २०७२), "​दीपेन्द्रको चरित्र र जेठ १९ को रहस्यबारे तत्कालीन सैनिक सचिव यसो भन्छन्", पहिलो पोस्ट, अन्तिम पहुँच १५ जेष्ठ २०७९ 
  21. "यस्तो थियो राजदरबार हत्याकाण्डको ‘यथार्थ विवरण’", हिमालखबर, १९ जेठ २०७७, अन्तिम पहुँच १५ जेष्ठ २०७९ 
  22. "१५ बर्षपछि तुलसीपुरमा वीरेन्द्रको शालिक पुनर्स्थापना", अनलाइनखबर, २०७८ चैत १४, अन्तिम पहुँच १५ जेष्ठ २०७९ 
  23. केसी, गोविन्द (१४ पुस २०७८), "१६ वर्षपछि वीरेन्द्रको शालिक", नागरीक, अन्तिम पहुँच १५ जेष्ठ २०७९ 
  24. भट्टराई, खगेन्द्र (२०७६ मङ्सिर ११), "राजा वीरेन्द्रले बसाएको वीरेन्द्रनगर", नयाँ पत्रिका, अन्तिम पहुँच १५ जेष्ठ २०७९ 
  25. शाही, दिपकजंग (११ भदौ २०७६), "वीरेन्द्रको शालिक बेवारिसे लडाएर बनाइयो उनको नामको चोक", सेतोपाटी, अन्तिम पहुँच १५ जेष्ठ २०७९ 
  26. swissinfo.ch, "Swiss brewery defends choice of Nepalese monarch on beer bottle", SWI swissinfo.ch (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०६-३० 
पूर्वाधिकारी
महेन्द्र वीर विक्रम शाह
नेपालको राजा
२०२८-२०५८
उत्तराधिकारी 
दीपेन्द्र वीर विक्रम शाह