पुष्पकमल दाहाल

नेपालको प्रधानमन्त्री

पुष्पकमल दाहाल (जन्म: २०११ मङ्सिर २६, जन्मको नाम घनश्याम दाहाल[१], वा राजनीतिक नाम प्रचण्ड), नेपालको वर्तमान प्रधानमन्त्रीको रूपमा सेवा गर्ने एक नेपाली राजनीतिज्ञ हुन्। उनले यसअघि २०६५ साउन ३१ देखि २०६६ जेठ ११ सम्म पहिलो पटक र २०७३ साउन २० देखि २०७४ जेठ २४ सम्म दोस्रो पटक उक्त पद सम्हालेका थिए।[४][५][६] उनी २०७९ पुस १० गते नेपालको प्रधानमन्त्रीमा नियुक्त भए।[७]

पुष्पकमल दाहाल
Pushpa Kamal Dahal 2016.jpg
नेपालको ३३औँ प्रधानमन्त्री
पद बहाली
१० पुस २०७९
राष्ट्रपतिविद्यादेवी भण्डारी
पूर्वाधिकारीशेरबहादुर देउवा
कार्यकाल
२०७३ साउन २० – २०७४ जेठ २४
राष्ट्रपतिविद्यादेवी भण्डारी
सहायकविमलेन्द्र निधि
विजयकुमार गच्छदार
पूर्वाधिकारीखड्गप्रसाद ओली
उतराधिकारीशेरबहादुर देउवा
कार्यकाल
२०६५ साउन ३१ – २०६६ जेठ ११
राष्ट्रपतिरामवरण यादव
सहायकवामदेव गौतम
पूर्वाधिकारीगिरिजाप्रसाद कोइराला
उतराधिकारीमाधवकुमार नेपाल
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को अध्यक्ष
पद बहाली
२०७७ फागुन २४
पूर्वाधिकारीपद स्थापित (सर्वोच्च अदालतद्वारा पार्टी पुन:गठन)
कार्यकाल
वि.सं २०५० – वि.सं २०७४
पूर्वाधिकारीपद स्थापित
उतराधिकारीनेपाल कम्युनिस्ट पार्टीको गठन
नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष
कार्यकाल
वि.सं २०७४ – २०७७ फागुन २४
सहकर्मी with खड्गप्रसाद ओली
पूर्वाधिकारीपद स्थापित
उतराधिकारीसर्वाेच्च अदालतको फैसलाले पार्टी विघटन
प्रतिनिधि सभा सदस्य
पद बहाली
वि.सं २०७९
पूर्वाधिकारीबाबुराम भट्टराई
निर्वाचन क्षेत्रगोरखा २
कार्यकाल
२०७४ फागुन २० – २०७९ असोज
पूर्वाधिकारीकृष्णभक्त पोखरेल
निर्वाचन क्षेत्रचितवन ३
संविधान सभा सदस्य
कार्यकाल
२०७० माघ ७ – २०७४ असोज २८
पूर्वाधिकारीमहेन्द्र पासवान
उतराधिकारीनिर्वाचन क्षेत्र विघटित
निर्वाचन क्षेत्रसिराह ५
कार्यकाल
२०६५ जेठ १५ – २०६९ जेठ १५
पूर्वाधिकारीनिर्वाचन क्षेत्र स्थापित
उतराधिकारीराजेन्द्रकुमार केसी
निर्वाचन क्षेत्रकाठमाडौँ १०
व्यक्तिगत विवरण
जन्म
घनश्याम दाहाल (न्वारनको नाम) [१] छविलाल दाहाल [२][३]

(1954-12-11) ११ डिसेम्बर १९५४ (उमेर ६८)
ढिकुर प‍ोखरी, कास्की, नेपाल अधिराज्य
(हाल ढिकुर पोखरी, अन्नपूर्ण गाउँपालिका, कास्की, गण्डकी प्रदेश, नेपाल)
राजनीतिक दलनेकपा (माओवादी केन्द्र)(वि.सं २०५०–२०७४; २०७७–हाल)
अन्य राजनीतिक
संलग्नता
नेकपा (चौथो महाधिवेशन) (वि.सं २०३९ अगाडि)
नेकपा (मसाल) (वि.सं २०३९–२०४०)
नेकपा (मशाल) (वि.सं २०४०–२०४८)
नेकपा (एकता केन्द्र) (वि.सं २०४८–२०५२)
नेपाल कम्युनिस्ट पार्टी (वि.सं २०७५–२०७७)
नाता
मातृ शिक्षाप्रतिष्ठानकृषि तथा वन विश्वविद्यालय
वेबसाइटआधिकारिक वेबसाइट
उपनामप्रचण्ड

माओवादी जनयुद्ध र त्यसपछिको शान्ति प्रक्रिया र नेपालको पहिलो संविधान सभाको समय वा पछि पनि दाहाल नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का अध्यक्षको रूपमा रहेका थिए।[८] संविधान सभा निर्वाचन, २०६४मा नेकपा (माओवादी) सबैभन्दा ठूलो दलको रूपमा उदाएको थियो र सोही वर्ष उनी प्रधानमन्त्री बनेका थिए।[९] तत्कालीन सेनाप्रमुख रूक्माङ्गद कटवाललाई बर्खास्त गर्ने उनको प्रयासको तत्कालीन राष्ट्रपति रामवरण यादवले विरोध गरेपछि उनले २०६६ वैशाख २१ मा पदबाट राजीनामा दिएका थिए।[१०]

व्यक्तिगत जीवन र प्रारम्भिक राजनीति

प्रचण्डको जन्म कास्कीको पोखरामा एक ब्राह्मण परिवारमा घनश्याम दाहालको रूपमा भएको थियो।[११][१२] म्याट्रिक परीक्षाको क्रममा आफ्नो नाम परिवर्तन गरेर पुष्पकमल दाहाल नबनाएसम्म उनलाई घनश्यामको रूपमा चिनिन्थ्यो।[१३][१४][१५][१६][१] प्रचण्डले आफ्नो बाल्यकालको अधिकांश समय चितवनमा बिताएका थिए। चितवनको रामपुरस्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थानबाट कृषिमा स्नातकोत्तर प्राप्त गरेका उनी अन्तर्राष्ट्रिय विकासका लागि संयुक्त राज्य अमेरिकाको एजेन्सी प्रायोजनमा जाजरकोटको ग्रामीण विकास परियोजनामा कार्यरत थिए।[१७]

उनले आफ्नो युवावस्थामा चरम गरिबीको सामना गरेका थिए। उनी बामपन्थी राजनीतिक पार्टीहरूमा आकर्षित हुन पुगेका थिए। उनी वि.सं २०४६ मा भूमिगत नेपाल कम्युनिस्ट पार्टी (चौथो महाधिवेशन) मा सामेल भएका थिए।[१८] उनी वि.सं २०५४ मा नेपाल कम्युनिस्ट पार्टी (मशाल)को महासचिव भएका थिए। यो पार्टी पछि नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बनेको थियो। वि.सं २०४६ मा प्रजातन्त्रको पुनस्थापनापछि पनि प्रचण्ड भूमिगत थिए। तत्कालीन समयमा उनलाई व्यापक रूपमा चिनिएको थिएन। उनले पार्टीको गुप्त शाखालाई नियन्त्रण गरेका थिए जबकि पछि उनको सहयात्री बनेका बाबुराम भट्टराईले संसदमा संयुक्त जनमोर्चाको प्रतिनिधित्व गरेका थिए।

माओवादी जनयुद्ध

 
पोखरामा सभालाई सम्बोधन गर्दै प्रचण्ड

बाबुराम भट्टराईले २०५२ माघ २१ गते नेपाली काङ्ग्रेसको तर्फबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ४० वटा मागको सूची दिएका थिए।[१९] 'राष्ट्रियता, लोकतन्त्र र जीविकोपार्जन' सँग सम्बन्धित मागहरूमा 'नेपाली उद्योग, व्यवसाय र वित्तमा विदेशी पूँजीको प्रभुत्व बन्द गर्ने, सन् १९५० को नेपाल–भारत सन्धि लगायत विभेदकारी सन्धिहरू खारेज (यहाँ सन् १९५० को भारत–नेपाल शान्ति तथा मैत्री सन्धिलाई उल्लेख गर्दै) र सामन्ती व्यवस्थाको नियन्त्रणमा रहेको जमिन जफत गरी भूमिहीन र घरबारविहीनलाई वितरण गरिनुपर्ने जस्ता विषय समेटिएका थिए। माग सम्बोधन नभएसँगै नेकपा (माओवादी)को नेतृत्वमा नेपालमा दस वर्षे जनयुद्ध २०५२ फागुन १ गते घोषणा भएको थियो। नेपालको राजतन्त्रलाई समाप्त र जनगणतन्त्र स्थापना गर्ने उद्देशका साथ यसको सुरुवात भएको थियो। विसं २०६३ साल मङ्सिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेसँग यस युद्ध समाप्त भएको थियो। यस भन्दा अगाडि, २०६३ वैशाख १३ सम्म, प्रचण्डले नेकपा (माओवादी)को सैन्य प्रयासलाई विशेष गरी पहाडी क्षेत्र र पश्चिम नेपालमा नियन्त्रणका क्षेत्रहरू स्थापना गर्न निर्देशन दिएका थिए।

त्यसपछिको राजनीतिक वार्तामा ४० वटा मागलाई घटाएर २४ मा झारिएको थियो।[२०]

बाह्रबुँदे सम्झौता

२०६२ मङ्सिर ७ मा प्रचण्ड र सातदलीय गठबन्धनले '१२ बुँदे सहमति' जारी गरेका थिए जसमा नेकपा (माओवादी) र २०४८ सालको संसदीय निर्वाचनमा ठूलो बहुमत प्राप्त गरेका पार्टीहरूबीच सहमतिका क्षेत्रहरू व्यक्त गरिएको थियो। यस दस्तावेजमा राजा ज्ञानेन्द्रको तानाशाही राजतन्त्र नै नेपालको प्रगतिको प्रमुख बाधक रहेको उल्लेख गरिएको थियो। माओवादी मानव अधिकार, प्रेस स्वतन्त्रता र बहुदलीय शासन प्रणालीप्रति प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख थियो। यसले आत्मआलोचना र माओवादी र सात दलको विगतका गल्ती नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गरेको थियो।

शान्ति प्रक्रिया पश्चात्

माओवादी जनयुद्ध दौडान थुप्रै युद्धविरामहरू भएका थिए। २०६३ वैशाख १३ मा, प्रचण्डले ९० दिनको घोषित अवधिको साथ युद्धविरामको घोषणा गरेका थिए। ६२/६३ मा, काठमाडौँ र अन्य स्थानमा हप्तौँसम्म चलेको व्यापक विरोध प्रदर्शनपछि राजा ज्ञानेन्द्रले २०६१ माघ १९ मा स्थापना गरेको व्यक्तिगत अधिनायकत्व त्याग्न र विघटन भएको संसद्को पुनस्र्थापना गर्न बाध्य भएका थिए।

त्यसपछि सात दलीय गठबन्धनले नयाँ सरकार गठन गरेको थियो र राजतन्त्र उन्मुलन भएको थियो। संसद् र नयाँ सरकारले युद्धविरामलाई समर्थन गर्दै बाह्रबुँदे सहमतिका आधारमा माओवादीसँग वार्ता सुरु गरेको थियो। दुवै पक्ष नयाँ संविधान लेख्न र नयाँ संविधान सभाको निर्वाचन गर्ने कुरामा सहमत भएका थिए।

सार्वजनिक उपस्थिति

वि.सं २०६२ सालमा, माओवादीका अध्यक्ष प्रचण्ड र अर्का वरिष्ठ नेता बाबुराम भट्टराई भारतको पञ्जाबमा भएको माओवादी बैठकको अध्यक्षता गरेपछि वीरगञ्ज हुँदै नेपाल प्रवेश गरेका थिए। त्यसपछि उनीहरू पार्टीले विभिन्न स्थानमा आयोजना गरेका विभिन्न कार्यक्रममा सहभागी भएका थिए।[२१] सात दलीय गठबन्धनसँग राजनीतिक सम्झौता हुनुअघि प्रचण्डले सार्वजनिक रूपमा उपस्थित हुन अस्वीकार गरेका थिए। माओवादीहरू आफ्नो शक्ति खोस्नुको साटो राजतन्त्रको अन्त्य गर्नुपर्छ भन्ने आफ्नो मागमा अडिग थिए।

माओवादी नेता कृष्णबहादुर महराले सातदलीय गठबन्धन र राजाबीच गत २०६३ वैशाख ११ गते गोप्य सहमति भएको र भविष्यमा कुनै न कुनै रुपमा राजालाई राजसंस्था कायम राख्ने आश्वासन दिएको दाबी गरेका थिए। २०६३ जेठ २३ का दिन तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेपालको पछिल्लो राजनीतिक परिवर्तनका लागि भारतसँग सहयोग माग्न चारदिने भ्रमणका लागि भारत गएका थिए। माओवादी अध्यक्ष दाहालले देशभित्रको राजनीतिक विवाद समाधान नगरी आफूहरूले कुनै पनि आर्थिक सहयोग नमाग्ने र भारतीय जेलमा रहेका माओवादी कैदीलाई अविलम्ब रिहा गर्न माग गरेका थिए।

प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेपाल फर्केपछि उनले प्रचण्ड र बाबुरामसँग सिधै उच्चस्तरीय वार्ता गर्नुपर्नेमा जोड दिएका थिए। तर, अध्यक्ष प्रचण्ड र अर्का वरिष्ठ नेताले भट्टराईले कोइरालाको आग्रह अस्वीकार गरेका थिए।

२०६३ जेठ ३१ गते, कृष्णप्रसाद सिटौला निजी हेलिकप्टरबाट कास्कीको पहाडी गाउँ सिक्लिस पुगेका थिए। सिटौला त्यहाँ पुग्दा नेकपा (माओवादी)ले गाउँमा आमसभा गर्ने योजना बनाइरहेको थियो। वरिष्ठ नेतासँग चार घण्टा लामो छलफलपछि सिटौलाले उनीहरूलाई काठमाडौँ ल्याउने तयारी गरेका थिए। २०६३ असार २ गते, सिटौला प्रचण्ड र भट्टराईलाई लिन पोखरा उडेका थिए। प्रचण्ड, उनकी पत्नी र भट्टराईलाई प्रधानमन्त्री निवास लगिएको थियो। माओवादी अध्यक्ष प्रचण्डले भने, 'त्यो दिन काठमाडौँमा पहिलो दिन म सार्वजनिक रुपमा देखा परेँ, मैले हल्का निलो रङको सुट लगाएँको थिए। मलाई हल्का निलो सबैभन्दा बढी मनपर्छ। २५ वर्ष भूमिगत र १० वर्षको युद्धपछि प्रचण्डको जीवनमा यो मोड आएको थियो।

सरकार र माओवादी विद्रोहीबीच आठ बुँदे सहमति भएको थियो। प्रधानमन्त्रीसँगको वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले विगतका असफलताका बाबजुद शान्ति वार्ता अघि बढेको बताएका थिए। विद्रोही नेताको सार्वजनिक उपस्थितिले नेपालमा सनसनी मच्चाएको थियो। उक्त सम्झौता 'ऐतिहासिक' भएको उल्लेख गर्दै प्रचण्डले संविधानसभाको निर्वाचनपछि नेपाल छिट्टै गणतन्त्रमा रूपान्तरण हुने बताएका थिए। राजतन्त्रको अन्त्यपछि उनी नेपालका पहिलो प्रधानमन्त्री बनेका थिए।

अन्तरिम सरकार

२०६३ असार २ गते, तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग प्रचण्डको भेट भएको थियो, जुन एक दशकभन्दा बढी समयपछि उनको पहिलो राजधानी काठमाडौँ भ्रमण मानिएको थियो।[२२][२३] यस बैठकको परिणामस्वरूप संसद विघटन गर्न, नेकपा (माओवादी)लाई नयाँ अन्तरिम सरकारमा सामेल गर्न, नयाँ संविधानको मस्यौदा तयार गर्न र ग्रामीण नेपालमा सञ्चालित नेकपा (माओवादी)को "जनसरकारहरू" विघटन गर्न विस्तृत शान्ति सम्झौता भएको थियो।[२४] दुवै पक्ष अन्तर्राष्ट्रिय निगरानीमा पछि निःशस्त्रीकरण गर्न पनि सहमत भएका थिए। २०६४ असोज १ मा, नेकपा (माओवादी) ले संसदद्वारा गणतन्त्रको घोषणा र निर्वाचनमा समानुपातिक प्रतिनिधित्वको प्रणालीको माग गर्दै संविधान सभाको निर्वाचन अघि गठबन्धन सरकार छोडेको थियो। निर्वाचनपछि राजतन्त्रको अन्त्य गर्ने र निर्वाचनमा आंशिक समानुपातिक प्रतिनिधित्वको व्यवस्था गर्ने सहमति भएपछि नेकपा (माओवादी) पुनः सरकारमा सामेल भएको थियो।[२५]

२०६७ माघ २० मा प्रधानमन्त्रीका लागि भएको निर्वाचनमा प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट उम्मेदवारी दिएका थिए तर पछि उनले आफ्नो उम्मेदवारी फिर्ता लिएर नेकपा (एमाले)का प्रधानमन्त्री पदका उम्मेदवार झलनाथ खनाललाई समर्थन गरेका थिए। उनकै समर्थनमा ६ महिनाभन्दा लामो कामचलाउ सरकारलाई हटाएर खनाल नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका थिए।

समयानुक्रम

पूर्वाधिकारी
गिरिजा प्रसाद कोइराला
नेपालको प्रधानमन्त्री
अगस्ट् १८, २००८ देखि मे ४, २००९
उत्तराधिकारी 
माधब कुमार नेपाल
पूर्वाधिकारी
खड्गप्रसाद ओली
नेपालको प्रधानमन्त्री
१९ साउन २०७३ देखि
उत्तराधिकारी 
शेरबहादुर देउवा

सन्दर्भ सामग्रीहरू

  1. १.० १.१ १.२ "पुष्पकमल दाहाल प्रचण्डको पहिलो टेलिभिजन अन्तरवार्ता (पूरा एपिसोड) सेप्टेम्बर २००६" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०३-१२ 
  2. "From the hinterlands to Singha Durbar: A perspective on PM Pushpa Kamal Dahal - OnlineKhabar English News" (अङ्ग्रेजीमा), ४ अगस्ट २०१६, अन्तिम पहुँच २०२२-०२-२१ 
  3. Rohde, David (२००२-१२-२९), "Insurgents Create Growing Instability in Nepal", The New York Times (अङ्ग्रेजीमा), आइएसएसएन 0362-4331, अन्तिम पहुँच २०२२-०२-२१ 
  4. "Nepali Congress party president elected as 40th prime minister of Nepal - Xinhua | English.news.cn", news.xinhuanet.com, मूलबाट ६ जुन २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ जुन २०१७ 
  5. "Pushpa Kamal Dahal 'Prachanda' Resigns As Nepal Prime Minister", NDTV.com, अन्तिम पहुँच २२ जुन २०१७ 
  6. Pokharel, Tilak; Sengupta, Somini (१५ अगस्ट २००८), "Nepal Elects a Maoist to Be the Prime Minister", The New York Times (अङ्ग्रेजीमा), आइएसएसएन 0362-4331, अन्तिम पहुँच २२ जुन २०१७ 
  7. "राष्ट्रपतिद्वारा प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त", बीबीसी (नेपालीमा), अन्तिम पहुँच १५ मङ्सिर २०७९ 
  8. "Nepal raises conflict death toll", २२ सेप्टेम्बर २००९ बीबीसी]], अन्तिम पहुँच २४ मार्च २०१८ 
  9. "Ex-rebels' chief chosen as Nepal's new PM", Associated Press International Herald Tribune), 15 August 2008।
  10. "Nepal PM quits in army chief row", BBC News, ४ मे २००९, अन्तिम पहुँच ४ मे २००९ 
  11. "CPN Maoist Chairman Pushpa Kamal Dahal elected as 39th Prime Minister of Nepal", Xinhuanet, मूलबाट ५ अगस्ट २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ डिसेम्बर २०१७ 
  12. "Prachanda elected Prime Minister of Nepal", The Hindu, अन्तिम पहुँच १३ डिसेम्बर २०१७ 
  13. "Profile: Prachanda, from commander to prime minister." Chinaview.cn, 15 August 2008
  14. Nepali PM Prachanda Sworn In. English.cri.cn. Retrieved 3 September 2011.
  15. "It will be nostalgia time for Prachanda in India", मूलबाट १७ जुन २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ अक्टोबर २०१५ . news.indiainfo.com. 13 September 2008
  16. Prachanda’s family calls वेब्याक मेसिन अभिलेखिकरण २५ जुलाई २०११ मिति. Nepali Times. Retrieved 3 September 2011.
  17. Somini Sengupta, and he was also a high school teacher in Aarught of Gorkha district."Where Maoists Still Matter", The New York Times, 30 October 2005.
  18. [१] वेब्याक मेसिन अभिलेखिकरण ३ डिसेम्बर २००८ मिति
  19. बाबुराम भट्टराई, "40 Point Demand", South Asia Intelligence Review, 4 February 1996
  20. "Maoists Demand Interim Constitution," वेब्याक मेसिन अभिलेखिकरण २७ सेप्टेम्बर २००८ मिति Kathmandu Post, 28 April 2003
  21. "Profile: Prachanda, from commander to prime minister."Chinaview.cn, 15 August 2008
  22. "Maoists to join Nepal government," BBC, 16 June 2006
  23. "Power Play," वेब्याक मेसिन अभिलेखिकरण १२ जनवरी २००९ मिति The Times of India 3 November 2001
  24. Maseeh Rahman, "After a decade of fighting, Nepal's Maoist rebels embrace government," The Guardian, 17 June 2006
  25. "Nepal Maoists rejoin cabinet after monarchy deal," Reuters, 30 December 2007

बाह्य कडीहरू