गण्डकी प्रदेश सभा गण्डकी प्रदेशको एकसदनात्मक प्रदेश सरकार र कानून निर्माण गर्ने निकाय हो। नेपालको सात प्रदेशमध्ये एक गण्डकी प्रदेशको प्रादेशिक राजधानी कास्की जिल्लाको पोखरामा रहेको छ।[५] प्रादेशिक सभामा ६० जना विधायक सदस्यहरू छन् जसमध्ये ३६ जना पहिलो पटक मतदान मार्फत निर्वाचित हुन्छन् भने २४ जना समानुपातिक निर्वाचन प्रणाली तर्फबाट निर्वाचित हुने गर्छन्। यो सभाको अवधि पाँच वर्षको हुने गर्छ।[६]

गण्डकी प्रदेश सभा
दोस्रो गण्डकी प्रदेेश सभा
प्रकार
प्रकारगण्डकी प्रदेशको एकसदनात्मक व्यवस्थापिका
इतिहास
नयाँ कार्यकालको सुरुवात
वि.सं. २०७९ पुस १८
नेतृत्वकर्ता
सभामुख
कृष्णप्रसाद धिताल[१], माके
पदासीन: वि.सं. २०७९ पुस ३०
उपसभामुख
बिना कुमारी थापा[२], एमाले
पदासीन: वि.सं. २०७९ माघ २
मुख्यमन्त्री
खगराज अधिकारी, एमाले
पदासीन: वि.सं. २०७९ पुस २५[४]
प्रतिपक्ष दलको नेता
सुरेन्द्र पाण्डे[३], नेका
पदासीन: वि.सं. २०७९ पुस २५
संरचना
राजनीतिक दल
सरकार (३३)

प्रतिपक्ष (२७)

कार्यकाल अवधि
५ वर्ष
निर्वाचन
समानान्तर प्रणाली:
पछिल्लो निर्वाचन
२०७९
आउने निर्वाचन
२०८४
बैठक स्थल
सहरी विकास प्रशिक्षण केन्द्र, पोखरा, कास्की
वेबसाइट
pradeshsabha.gandaki.gov.np
संविधान
नेपालको संविधान

इतिहास सम्पादन गर्नुहोस्

गण्डकी प्रदेश सभा नेपालको संविधान २०७२ को धारा १७५ बमोजिम गठन भएको थियो। उक्त व्यवस्थाले मुलुकका प्रत्येक प्रदेशका लागि प्रादेशिक संसदको प्रत्याभूति गरेको छ। वि.सं. २०७४ सालमा गण्डकी प्रदेशको प्रदेश सभा निर्वाचन तर्फको ६० सिटका लागि सम्पन्न भएको थियो।[७] यस चुनावको परिणामस्वरूप नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गठबन्धनको विजय भएको थियो। वि.सं. २०७५ जेठ ३ मा यी दुई राजनीतिक दलहरू एकआपसमा गाभिएर नेपाल कम्युनिस्ट पार्टीको गठन भएको थियो जसको कारण यसले अत्याधिक बहुमत प्राप्त गरेको थियो।[८] पछि नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट पृथ्वी सुब्बा गुरूङको नेतृत्वमा गठबन्धन सरकारको गठन भएको थियो। नेकपा माओवादीका नेत्रनाथ अधिकारी[९] प्रदेश सभाका प्रथम सभामुख निर्वाचित भएका थिए भने प्रथम उप-सभामुख एमालेकी सृजना शर्मा थिइन्।[१०]

सभाहरूको सूची सम्पादन गर्नुहोस्

निर्वाचन वर्ष सभा कार्यकाल सुरुवात कार्यकाल अन्त्य सभामुख मुख्यमन्त्री राजनीतिक दल
२०७४ पहिलो सभा वि.सं. २०७४ माघ १८ वि.सं. २०७९ असोज १ नेत्रनाथ अधिकारी[११] पृथ्वीसुब्बा गुरुङ[१२](मन्त्रिपरिषद्) नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
कृष्णचन्द्र नेपाली पोखरेल(मन्त्रिपरिषद्) नेपाली कांग्रेस
२०७९ दोस्रो सभा वि.सं. २०७९ पुस १८ पदासीन कृष्णप्रसाद धिताल खगराज अधिकारी('मन्त्रिपरिषद्') नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)

समितिहरू सम्पादन गर्नुहोस्

नेपालको संविधानको धारा १९५ मा प्रदेश सभाहरूलाई कार्यसञ्चालन कार्यविधिको व्यवस्था गर्न विशेष समितिहरू गठन गर्ने अधिकार प्रदान गरिएको छ।

क्र.सं समिति सदस्यता
कार्य व्यवस्था परामर्श ११
व्यवस्थापिका १३
सार्वजनिक खाता १३
वित्त र विकास १४
प्रदेश मामिला ११

हालको संरचना सम्पादन गर्नुहोस्

राजनीतिक दल संसदीय दलको नेता सिट[१३]
नेपाली कांग्रेस सुरेन्द्रराज पाण्डे २७
नेपाल कम्युनिस्ट पार्टी (एमाले) खगराज अधिकारी २२
नेपाल कम्युनिस्ट पार्टी (माके) हरिबहादुर चुमान
राष्ट्रिय प्रजातंत्र पार्टी
नेपाल कम्युनिस्ट पार्टी (एस)
जम्मा ६०

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. राणा मगर, दुर्गा, "गण्डकीको सभामुखमा कृष्णप्रसाद धिताल निर्वाचित", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०७९ चैत्र २ 
  2. "गण्डकीको उपसभामुखमा बिना थापा निर्वाचित", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२३-०३-१६ 
  3. "गण्डकीको कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी", नागरिक समाचार (नेपालीमा), अन्तिम पहुँच २०२३-०३-१६ 
  4. "खगराज अधिकारी बने गण्डकीका मुख्यमन्त्री, आजै शपथ", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०७९ चैत्र २ 
  5. "नाम ‘गण्डकी’, राजधानी ‘पोखरा’", नागरिक दैनिक, २१ जेठ २०७८, अन्तिम पहुँच २३ जेठ २०७५ 
  6. "भाग–१४ प्रदेश व्यवस्थापिका"कानुन आयोग (नेपाली) भाषा)। सङ्ग्रह मिति २५ मार्च २०२१ 
  7. "कुन प्रदेशमा को बन्दैछन् मुख्यमन्त्री ? यस्ता छन् दाबेदार"अन्नपूर्ण पोस्ट (नेपाली) भाषा)। सङ्ग्रह मिति २५ मार्च २०२१ 
  8. "नेकपाको संसदीय शक्तिः केन्द्रमा सहज बहुमत, पाँचवटा प्रदेशमा दुई तिहाइ"पहिलो पोस्ट (नेपाली) भाषा)। सङ्ग्रह मिति २५ मार्च २०२१ 
  9. "नेत्रनाथ अधिकारी प्रदेश ४ को सभामुखमा निर्वाचित"अन्नपूर्ण पोस्ट (नेपाली) भाषा)। सङ्ग्रह मिति २६ मे २०२१ 
  10. अमृत सुवेदी। "प्रदेश ४ को उपसभामुखमा एमालेकी सिर्जना शर्मा विजयी" (नेपाली) भाषा)। अनलाइन खबर। सङ्ग्रह मिति २६ मे २०२१ 
  11. "प्रदेश–४ को सभामुखमा नेत्रनाथ अधिकारी निर्वाचित"हिमाल खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति २ जुन २०२१ 
  12. "पृथ्वीसुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्री नियुक्त"हिमाल पोस्ट (नेपाली) भाषा)। सङ्ग्रह मिति २ जुन २०२१ 
  13. "गण्डकीमा २७ सिटसहित कांग्रेस पहिलो दल, सत्तारुढ गठबन्धनलाई सहज बहुमत", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२२-१२-०६