मगर जाति

भुमिपुत्र मुलबासी मंगोल समुदाय

मगर जाति मुख्यतया नेपालको मध्य पहाडी भेगमा बसोबास गर्ने भोट बर्मेली मूलको प्रकृति पुजक जाति हो।[१] यिनीहरू खासगरी नेपालको मध्यपश्चिमान्चल तथा पश्चिमाञ्चलका पहाडस्थित रुकुम, प्युठान, रोल्पा, पाल्पा, नवलपरासीको उत्तरी क्षेत्रहरू, स्याङ्जा, तनहुँमा आदिमकाल देखि बस्दै आएका छन्। मगर जातिको मुख्य थरहरू थापा, राना, आले, पुन, रोका, घर्ती, बुढा भएपनि १६५० भन्दा धेरै उपथरहरू मगर जातिमा पाइन्छ। खस र मगर समुदायमा पहिले पहिले बिहेवारिको चलन थियो पछि पछि खसहरू बाहुन सङ सम्पर्क बढ्दै गयो र मगरहरू गुरुङहरू सङ सम्पर्क बढ्दै गयो र अलग अलग जातिको रूपमा चिनियो यद्यपि देशको सबैजसो भागमा खसहरू सगँ मगर जातिको उपस्थिति रहेको पाइन्छ। जनसङ्ख्याको हिसाबले नेपालको तेस्रो ठूलो जाति र जनजातिहरूको हकमा प्रथम श्रेणीमा पर्ने मगर समुदाय हो। नेपालको एकिकरणमा मगरहरू को धेरै ठूलो हात छ। सहयोगी मिलनसार, सोझो, इमानदार, साहसी मगरहरू सम्बन्धि रजौटाको काल देखि प्रचलित एउटा उखानै छ "दुःख परे मगर गाँऊ तिर पस्नु"

बसोबाससम्पादन

सिन्धुली, स्याङ्जा, तनहुँ, गुल्मी, प्युठान, रोल्पा, सल्यान लगायतका ठाउँहरूमा प्रमुख बसोबास रहेका मगरहरू अर्घाखाँची, रूपन्देही, काठमाडौँ, रामेछाप, महोत्तरी, स्याङ्जा,  पाल्पा, नवलपरासी, म्याग्दी, बाग्लुङ, पर्वत, डोल्पा, हुम्ला, सुर्खेत, धनकुटा, सिन्धुली, उदयपुर  संखुवासभा, गोर्खा लगायतका क्षेत्रहरूमा पनि बसोबास गर्दछन्। मगरहरूको बसोबास स्थितिलाई नियाल्दा नेपालको साविकको (१४ अञ्चल, ७५ जिल्ला) हाल ७ प्रदेश ७७ वटै जिल्लामा बाहुल्यता रहेको सबभन्दा ठूलो संख्या भएको जनजाती हो।

जनसङ्ख्यासम्पादन

वि. सं. २०४८ सालको जनगणनाअनुसार १३ लाख ३९ हजार ३ सय ८ र वि.सं. २०५८ सालको जनगणनाअनुसार १६ लाख २२ हजार ४ सय २१ कूल जनसङ्ख्या भएका मगरहरू पूरै नेपालको जनसङ्ख्याको ७.१४% छन्। वि.सं. २०५८ को जनगणना अनुसार मगरको कुल जनसङ्ख्याको ७४.६०% [[हिन्दु धर्म|हिन्दु]] धर्म मान्दछन् र २४.४७% मगरहरू बौद्ध धर्मावलम्वी छन् <ref>[http://www.cbs.gov.np/Population/Monograph/Chapter%2003%20%20Social%20Composition%20of%20the%20Population.pdf Central Bureau of Statistics (CBS) - Nepal]</ref> यो जातिको नेपाल एकिकरण अभियानमा अत्यन्त ठूलो भूमिका निभाएका थिए। [[लिम्बुवान]] युद्व हुदा लिम्बू सेनालाई पराजय पार्नेमा मगर सेनाको साहसलाई ठूलो भूमिका मानिन्छ। ठूला ठूला लडाईंका मोर्चाहरूमा गोर्खाली सेनाका रूपमा बहादुरी देखाउँदै यो जातिका युवाहरूले अन्य जातिसँग काँधमा काँध मिलाएर बहादुरी पूर्वक लडेर मातृभूमि नेपाललाई विदेशी शक्तिहरूबाट बचाएको इतिहास पाइन्छ। [[चित्र:Indigenous magar girls of Nepal.JPG|thumb|नेपाली मगर केटीहरू मगर पहिरनमा]] ==प्रकार== मगर समुदाय भाषागत आधारमा चार प्रकारमा बाँडिएको छ। कालीगण्डकी पूर्वको मगर ढुट बोल्ने मगर, कालीगण्डकी पश्चिमको [[खाम भाषा|मगर खाम]] बोल्ने मगर, डोल्पा जिल्लाका मगर काइके बोल्ने मगरहरू र पोईकेसहित। गण्डकी पूर्वलाई बाह्र मगरात र पश्चिमलाई अठार मगरात भनेर चिनिन्छ। बाह्र मगरातका मगरहरूको मुख्य थर थापा, राना र आले हो। अठार मगरातका मगरहरूको मुख्य थर पुन, घर्ती, बुढा र रोका हो। यसैगरी डोल्पा क्षेत्रमा बुढा,रोका र घर्तीको बसोबास रहेको छ। यिनै सात थरका मगरहरूका १६५० भन्दा धेरै उपथरहरू रहेका छन्। [[खस]] क्षेत्री र मगर को थर मिल्दो जुल्दो हुन्छ जस्तै। थापा, बुराथोकी/बुढाथोकी, राना, खड्का, घर्ति, खप्तरी, रोका, बुढा , लामिछाने, सिन्जाली, बराल, आदि <ref name="">http://www.magarsangh.org.np/</ref> =<nowiki>=इतिहास==

बाह्र मगरात राज्य र अठार मगरात राज्यमा दुई राजाहरू सबै राजाको राजा थिए र उनीहरूको राजवंशको नाम सेन/सेङ र खान/खाङ राजवंश थियो। समय बित्दै जाँदा, सेङ/सेन राजाहरू आफ्नो राज्य पाल्पाको पूर्व र दक्षिण दिशामा विस्तार गरे र खान राजाहरू भिरकोटको उत्तर र पूर्व तिर आफ्नो राज्य विस्तार गरे। पाल्पाका राजा हिन्दु धर्ममा परिवर्तन भएका पहिलो थिए र हिन्दु राजपूत राजा बने र भारतको सेन परिवारबाट उनको वंशको दाबी गरे। त्यसै गरी, भिरकोटका प्रमुख जो खान परिवारका थिए, धर्म परिवर्तन अस्वीकार गरे र एक शुद्ध मगर राजा बने। उनको नाम खान्चा खान थियो। दोस्रो राजकुमार जसको नाम मिन्चा खान थियो वा मगर भाषामा कान्छो राजा थियो, हिन्दु धर्ममा परिवर्तित भए। यस प्रकार, भिरकोटको दोस्रो राजकुमार एक हिन्दु राजपूत बने र उनको धार्मिक पुरोहितहरू उनलाई बाह्र मगरातको नुवाकोटको राजा बनाइयो। उनका जया खान, मिका खान, बिचित्रा खान, जगदेव खान र कुलमण्डन खान सन्तान थिए। यी राजाको समयदेखि, उनले खान आफ्नो परिवारको नाम जसले राजाको पद र अर्थ बोक्छ बदल्यो। भिरकोटका राजा खान्छा खानका सन्तानले हिन्दु धर्म स्वीकार गर्न अस्वीकार गरे र उनीहरूको आफ्नै जनजाति संस्कृति पालन गर्न सहमत भए, तर उनी आफ्ना सबै विषयहरू संग हिन्दु धर्म बाट यति प्रभावित भए कि सबै मगर जनजातिहरू आफ्नै जनजातिको शिक्षा लाई पछ्याउन छोडे। पुजारी र जन्म, विवाह र मृत्यु समारोह र हिन्दु धर्म मा रूपान्तरण को लागी बर्दाश्त गर्न सक्ने पाल्पा र भिरकोट को शान राजाहरू र खान राजाहरू को अदालत का अधिकारीहरू जो हिन्दु राजपूत बन्नुभयो र आफूलाई ठकुरीहरू लाई सम्मान गर्न को लागी हिन्दु पुजारीहरू को सिद्धान्त को पालन गरे। यस प्रकार, मगर राजाहरू र उनीहरूका अधिकारीहरू हिन्दु सभ्यता मा परिवर्तित भए।मगर गोरखा जिल्लाको प्रसिद्ध मनकामना मन्दिर, धरानको बुढा सुब्बा मन्दिर र स्याang्जा जिल्लाको आलमदेवी मन्दिर (नेपालका पूर्व शाह राजाहरूकी आमा देवी वा पारिवारिक देवता) का मुख्य पुजारी हुन्। मनकामना मन्दिरमा, विशेष गरी, पुजारी संत लखन थापा मगर को वंशज हुनु पर्छ, जो राम शाह को एक आध्यात्मिक मार्गदर्शक को रूप मा वर्णित छ, र उनी रानी संग एक धेरै घनिष्ठ सम्बन्ध थियो, जो देवी दुर्गा भवानी को एक अवतार मानीयो। , पार्वती का एक अवतार। [13] त्यसै गरी, भीरकोट, गहराउकोट, खिलु ,्ग, नुवाकोट, सातहुकोट, सारणकोट, ढोर, लमजुung, गोरखा कालिका, सल्यानकोट धादि alsoमा सरु, बराल, सारु, सारु, पुलामी, चुमी, दारलामी, दूधराना, भुसाल/मस्की, सरु/मगर पुजारीहरू छन्। क्रमशः राणा मगर वंश [33]

चाखलाग्दो कुरा के छ भने, कालिका का मुख्य पुजारी, लमजुung र गोरखा को राज्य को रक्षा गर्ने देवी, बोहरा मगरहरू पनि थिए; यो नोट गर्न हड्ताल छ कि कसरी मगरहरू धार्मिक कार्यहरू का प्रभारी ठकुरी शक्ति का स्रोत बाट जोडिएको छ। [१३]

धर्मसम्पादन

मगर जाति प्रकृति पुजक हुन्, अधिकांश मगरहरू एक किसिमको तिब्बती बौद्ध धर्मको अनुसरण गर्दछन्, लामा गुरु पुरोहितको रूपमा हुन्छन्। धार्मिक पदानुक्रम गठन। बौद्ध धर्म दक्षिणी जिल्लाहरूमा पनि संस्कृतिको एक महत्वपूर्ण हिस्सा रहेको छ, जहाँ मगरहरू हिन्दु धर्मको एक समिश्रित रूप हो कि हिन्दु परम्पराहरू संग पहिले प्राकृत र बौद्ध अनुष्ठान को संयोजन गरीएको छ। प्रकृतिपूजक विश्वास प्रणाली को हिस्सा बनेको छ; उनकी धामी (विश्वास नीलो या एक प्रकार का जादूगर) को भनिन्छ र उनकी झाँकरी (विश्वास निको पार्ने वा शमन को एक अन्य प्रकार) मगरहरूको परम्परागत आध्यात्मिक र सामाजिक नेता थिए। [34] मगरहरूको पुरोहितलाई भुषाल/वापा भनिन्छ, जसले धार्मिक गतिविधिहरू गर्दछ, सामाजिक र कृषि सम्बन्धी चाडपर्वहरू को आयोजना गर्दछ, परम्परा र रीतिरिवाजहरूमा सुधार ल्याउँछ, सामाजिक र उत्पादन प्रणाली लाई सुदृढ बनाउँछ, संसाधनहरूको व्यवस्थापन गर्दछ, समस्या र विवादहरू लाई व्यवस्थित गर्दछ र मनोरन्जन को लागी गतिविधिहरू लाई व्यवस्थित गर्दछ र सामाजिक एकता कायम राख्दछ ।

भेष-भुषा‍‍सम्पादन

भुमिपुत्र, प्रकृति पुजक मगरहरू पुरुषहरूले पहिरन भोटो–कछाडसँगै निलो पटुकी र भाङ्ग्रा, शीरमा टोपी वा फेटा र महिलाहरूले मखमली चोली, छिट्को गुन्यु, टिकिस, पहेँलो/निलो पटुकी, गलामा पहेँलो/हरियो पोते साथैमा कण्ठमाला/मुगामाला, शिरमा शिरफूल, कानमा माडवारी/ढुंग्री, नाकमा बुलाकी आदि लगाउने गर्छन्।

भाषासम्पादन

आकर्षक विशेषता भएका मगरहरू आफ्नै भाषा बोल्दछन्। भोट–बर्मेली भाषा अन्ततर्गत पर्ने मगरहरूको भाषालाई ढुट, खाम/पाङ र काईके गरी ३ भागमा वर्गिकरण गरिएको छ। तिनै थरिका भाषालाई मगर भाषा भनिन्छ। आफ्नै मगर भाषा का अलावा नेपाली भाषा पनि बोल्दछन्।

लिपिसम्पादन

मगर जातिको आफ्नै लिपि रहेको छ जसलाई "अक्खारिक" लिपि भनिन्छ ।

संवत्सम्पादन

हरेक माघ १ गते बाट नयाँ मगर संवत् सुरु हुन्छ जसलाई मिनाम ल्हेसको रुपमा भव्यताको साथ मनाउने गर्दछन् ।

चाड पर्वसम्पादन

मगरहरू आफ्नै मौलिक संस्कृतिमा रमाउने गर्दछन मुख्य चाडहरु मिनाम ल्हेस माघे सङ्क्रान्ति(चेली पुज्ने), चन्डी पूर्णिमा, भुमे/भुम्या/भूँयार, राके तिवार, चैते दशै हो साथै दशै, तिहार जस्ता पर्वहरू पनि धुमधामले मनाउने गर्दछन्।

प्रमुख नाचसम्पादन

१.कानराहा-कौराह-कौरा

(तनहुँ पाल्पा, गोर्खा, स्याङ्जा, नवलपुर, नवलपरासी, चितवन, रुपन्देही)

२. जिवै मामा/ज्यो मारे

(रुकुम, रोल्पा, गुल्मी, स्याङ्जा, पाल्पा)

३.नचरा,

४.पैस्यारु, ५.टप्पा,६.मारुनी, ७.मयुर, ८.सारङ्ग्या, ९.हुर्रा,१०.पाङ्दुरे, ११.झाम्रे, १२.झपा,

१३.रोदि, १४.जुयी, १५.वजाँरे ,

१६.डिग्रे, थकाने, फाक, झोल्यानि, नानिला, झाक्रि, (पुर्वी रुकुम)

दिवस तथा उत्सवसम्पादन

मगर समुदायले फागुन २ गते नेपालको प्रथम शहिद लखन थापा मगर स्मृति दिवस, साउन ५ गते स्वर्गीय गायक अरुण थापा स्मृति दिवस साथै फागुन १५ गते मगर दिवस भव्यताको साथमा मनाउदै आइरहेको छ।

पेशासम्पादन

मगर समुदायमा पनि अन्य जनजातिहरू जस्तै कृषि पेशामा आश्रित रहेको छ। अधिकांश मगर समुदायहरू खेती–किसानी गर्दछन्। घरमा गाई, भैंसी, भेडा, बाख्रा, सुँगुर र कुखुरा पनि पाल्ने गर्दछन्। विकट भेकका मगरहरू डोको, मान्द्रो, गुन्द्री, नाम्लो, चकटी, घामपानीबाट ओत लाग्न बाँसको चोया र ठूलो पातले बुनेर बनाएर ओढ्ने स्यागु (घुम) बुन्ने गर्दछन्। यसका साथै मगरहरू घर निर्माण कला, खानीको काम, ढुङ्गा काट्ने काम आदिमा पनि सिपालु रहेका हुन्छन्। घर निर्माण र खेती किसानीका अतिरिक्त सेना(लाहुरे) समेतमा मगरहरूको विशेष बाहुल्यता रहेको पाइन्छ। हालका दिनहरूमा अस्पताल, इन्जिनियरिङ, शैक्षिक, सुरक्षा, पत्रकारिता, कानुनी, विकास निर्माण, राजनीतिक क्षेत्रहरूमा पनि संलग्न रहेको पाइन्छ।

कानराहा/कौरासम्पादन

मगर समुदाय भित्र साँस्कृतिक विविधता पाइन्छ। यिनिहरू साँस्कृतिक रूपमा निकै सम्पन्न छन् मगर जातीमा कौरा नाचको प्रचलन शताब्दिऔ पुरानो भएको कुरा इतिहास ले भन्दछ १९८० साल तिर मगरात राज्य(हाल गण्डकी प्रदेश) तनहुँ को रिसिङ् मगर गाउबाट सुरु भएको पाइन्छ यो नाच र गीतको नाम मगर ढुट भाषा बाट नामाकरण भएको प्रमाणहरु छन । गाउघरको दैनिकी बातावरण अनुसार युवा युवती तन्नेरी , तरुनीहरु दिनभरी घास दाउरा, मेलापात गरि थकित भइ बेलुका पख दिनभरि को थकाइ बिर्साउन मनोरंजन गर्ने प्रचलन अनुसार युवा हरुको समुह आपसमा सर सल्लाह गरि आज कसको घरमा नाचगान गर्नजाने हो ? भन्ने सल्लाह बमोजिम आफ्ना दमाली केटिहरुको घरमा केटाहरु खैजडी , डम्फु, मादल , मुरली, मजुरा, आदि वाद्यवादन सामाग्रीहरु लिएर लिएर नाच गानकोलागि केटीको घर आगनमा पुगी सकेपछी हामि आयौ है भनेर कानराहा है कानराहा भन्ने चलन थियो । मगर भाषामा कानराहा अर्थात् हामी आयौ है नाचगानको लागि भनेर जानकारी दिने चलन हो । कान राहा कान राहा (हामी आयौ,हामी आयौ) भन्दा भन्दै यो नाचको नामै कान राहा बन्न पुग्यो । पछी कान-राहा अपभ्रम्श भएर " कौराहा " शब्द बनेको हो र कौराहा बाट आजभोली " कौरा " कौडा भएको हो । कौरामा पुरुषहरु गाउने र बजाउने गरिन्छ भने महिलाहरु नाच्ने गरिन्छ ।

हुर्रा नाचसम्पादन

हुर्रा नाच एकदमै लोकप्रिय रहेको छ। हुर्रा नाचलाई द्यौसी पनि भनिने गरिन्छ। हुर्रा नाचलाई ‘देउस्याहा’ अर्थात देवी नाच भनेर पनि भनिने गरिन्छ। मगर भाषामा ‘देउ’ भनेको देव र ‘स्याहा’ भनेको नाच हुन्छ। देउस्याहा नै अपभ्रंस भई देउसी(द्यौसी) रहन गएको विज्ञहरूको मत छ। ‘हुर्रा’ एक मगर प्रतिष्ठानले जन्माएको नाम भएको बताइन्छ। मगर भाषामा ‘हुर्र’ भनेको मज्जा र ‘राहा’ भनेको आयो हुन्छ। रोमाञ्च अथवा आनन्दको अत्ति शिखरमा पुग्ने बेलामा मच्चिदै ‘हुर्र हा....वा हूरर्रै’ भनिने गरेको बताइन्छ। यो नाचलाई देउसी र हुर्रा जे भनेर नामाकरण गरिए पनि यो एक पौराणिक नाच भएकोमा कसैको दुईमत छैन। पश्चिममा तत्कलीन शासकहरूबाट राज्य खोसिएपछि भाग्दै पूर्वतीर छिरेका मगरहरूले यो नाच आफैँले जन्माएको बताइएको छ।

हुर्रा नाचको उद्गम स्थल धनकुटा जिल्लाको मुढेबास रहेको बताइन्छ। हुर्रा नाच विशेषगरी तिहारको अवसर पारेर नाचिने गरिन्छ। धनकुटामा अन्नबाली पाक्न ढिलो भएको खण्डमा अन्नबाली पाके पश्चात सफल्तापूर्वक भित्र्याइएको खुसीयालीमा यो नाच नाचिने गरेको बताइन्छ। धनकुटामा विशेषतः भोटेहरूले मादल बनाएर मगरहरूलाई जिम्मा लगाउने गर्दछन्। मादल पाएपछि मगरहरू सौरे बजारको बीचमा रहेको बलिराज(कथित ठूलो ढुङ्गा)लाई झ्याली, मादल र मुरलीको गुञ्जायमानका साथ फेरो लगाएर गाउँ–गाउँ गएर नाच्ने गर्दछन्। गाउँ जाने बेलामा गीत गाउनेको स्वर नसुकोस् अनि मादलनको तानाबाना नचुँडियोस् भनेर सरस्वति देवीको लागि एउटा भाले चल्ला उठाउने गर्दछन् र पछि नाचगानको कार्यक्रम सकेर फर्केपछि पूजा गर्ने गर्दछन्। अर्को गाउँमा गएर नाचगान गरेर सकिएपछि बिदावारीको क्रममा त्यहाँको गाउँलेले नाँच्न–गाउन आउनेहरूको बाटो कुनै भूतप्रेत वा केहीले नछेकोस्, खोलानाला राम्ररी पार भएर जानु भनी जोडा बन्दुक पड्काएर बिदाई गर्ने गर्दछन्।

हुर्रा नाचको लागि ठूलो आँगनमात्र उपयुक्त हुने गर्दछ। किन भनें हुर्रा नाच्नका लागि ५० भन्दा बढी मान्छेहरू तम्तयार भएर बसेका हुन्छन्। नाचको बीचमा ४/५ वटा ठूलो मादल रन्काइने गरिन्छ। त्यहि मादलको तालमा ताल मिलाउँदै नाच्ने गर्दछन्। हुर्रा नाचमा छोटी कदमे, दुई कदमे र तीन कदमे गरी तीनवटा कदम नाच नचाइन्छ। मादलेहरू, भट्याउनेहरू दुई कदमे नाच्ने गर्दछन्, त्यहीँ तालमा बुढाबुढीको लस्कर तीन कदमे नाच्ने गर्दछन् त्यस्तै युवायुवति, बालबच्चाहरू हात समाएर गोलो बनाई छोटी कदमे नाच्ने गर्दछन्। यस नाचमा एकअर्काको हात समातेर मादलको एउटै तालमा खुट्टाको चलाई मिलाई नाच्नुपर्ने हुन्छ। यो नाच नाच्दा ‘देशै रमाइलो’ भनेर नाच्ने गरिन्छ। ‘देशै रमाइलो’ भनेको एउटा थोंगो हो। यो नाच नाच्दा ‘देशै रमाइलो’ भन्ने पंक्ति जोडेर गीत गाउनुपर्ने हुन्छ।

विवाह चलनसम्पादन

मगर समुदायको विवाह प्रसङ्ग एकदमै रोचक रहेको छ।मगरहरू विवाह गर्दा आफ्नो जात भित्रै गर्ने गर्दछन्। मगर जातिमा दुई प्रकारको विवाह संस्कार प्रचलनमा रहेको देखिन्छ। ति हुन : मागी विवाह र भागी विवाह।

क) मागी विवाह : मगर जातिमा मामाको छोरी र फुपुको छोरा बिच विवाह हुने प्रचलन रहेको छ। “गुन्द्रुकलाई पकाउनु पदैर्न, सालीलाई फकाउनु पर्दैन भनेझैं मामाको छोरीलाई फुपुको छोराले विवाह गर्न पाउने पहिलो हक लाग्दछ। मगर जातिमा मातृसत्तात्मक पारिवारिक व्यवस्था रहेकोले केटाले विवाह गर्नका लागी केटीको घरमा माग्न जानु पर्दछ।

ख) भागी विवाह : मगर जातिमा केटाले आफुलाई मन पर्ने केटीलाई घरमा माग्न नगई भगाएर लैजाने प्रचलन रहेकोछ। केटाले केटीलाई भगाएर घरमा लगेपछि दुलहीलाई घरभित्र भित्र्याउने गरिन्छ। यस क्रममा दुलाहाको घरमा कुटुम्बले घरको दैलो लिपपोत गरी कुखुराको भाले काटेर दुलही भित्र्याउने गरिन्छ। उक्त दिन ईष्टमित्र बोलाई दुलाहा दुलहीलाई टीका लगाई आशिर्वाद दिने र भोज खाने गरिन्छ। यसरी भगाएर लगेको ३ दिन भित्र केटाको घरबाट रोटी, रक्सी, भातीको जांड र दही सहितको सगुन लिएर केटीको घरमा सोधनी (गीनक्हे) जानु पर्ने हुन्छ।

यदि ३ दिन भित्र केटीको घरमा सोध्नी (गीनक्हे) नगएको खण्डमा केटीको माईती पक्षले आफनो छोरी हराएको आरोपमा संबन्धित निकायमा उजुरी समेत दायर गर्न सक्ने संभावना रहेको हुन्छ। सोधनी (गीनक्हे) जाने दिनमा केटा पक्षका अनुभवी, चलाख र बोल्न सक्ने ब्यक्तिहरु केटीको घरमा गएर केटी पक्षसंग केटीमा आफुहरुले बुहारी बनाउन लगेको ब्यहोरा अति नै नम्र भएर जाहेर गर्नु पर्ने हुन्छ। केटा पक्षले आफना कुराहरु राखी सकेपछी केटी पक्षका राजी खुशी भएको खण्डमा केटा पक्षकाले लगेको रोटी, रक्सी, भातीको जांड र दहि उनीहरुले स्वीकार गर्दछन। यसरी कोशेली स्वीकार गरी सकेपछी विवाह पक्को भएको मानिन्छ।

ग) विवाहमा मातृसत्तात्मक प्रभाव : मगर जातिको पारिवारिक ब्यवस्थापनमा महिलाहरुको स्थान महत्वपूर्ण रहेको हुन्छ। घरायसी कार्य विभाजन तथा निर्णय प्रकृयामा महिलाहरुको भूमिका अपरिहार्य रहेको हुन्छ। त्यस्तै गरी विवाह संस्कारमा पनि महिलाहरुको स्थानलाई सवोर्परि रुपमा लिईएको हुन्छ। केटा पक्ष र केटी पक्ष बिच विवाह गर्ने दिन निश्चित भएपछि उक्त दिनमा जन्ती तथा निम्तालुहरुलाई भोज खुवाउनका लागी विवाहको अघिल्लो दिन केटी पक्षले मागे अनुसार चामल, मासु, रोटी, रक्सी तथा आवश्यक सरसामानहरु केटाको घरबाट पुर्याउनु पर्ने हुन्छ। विवाहको दिन केटीको घरमा संपूर्ण वैवाहिक कार्यक्रमहरु सम्पन्न गर्ने गरिन्छ। अरु जातिमा झैं मगर जातिमा केटीको घरबाट दाईजो दिनु पर्ने कुरा अनिवार्य रहंदैन।

घ) मावलीहरुको महत्वपर्ण स्थान : विवाहको दिन दुलहीको घरमा केटीको मामा मावलीहरुको स्थान अत्यन्त महत्वपुर्ण रहेको हुन्छ। दुलाहा सहितको जन्ती केटीको घरमा पुग्ने बेलामा स्वागत द्धारमा माईती पक्षले चिरागले स्वागत गरी सकेपछि मावली खलकले अक्षताले जन्ती पर्सिए पछि मात्र जन्तीहरुले विवाह घरमा प्रवेश पाउंदछन। उक्त दिन दुलहीको घरमा पाक्ने खानाका परिकारहरु मध्ये मावली खलकका लागी विशेष प्रकारले तयारी गरी खुवाउनु पर्ने हुन्छ, यसलाई मावली खुवाउने भनिन्छ। दुलाहाको घरबाट पनि मावलीहरुका लागी खशी, रोटी, रक्सी, भातीको जांड र दही आदि कोशेलीको रुपमा लैजानु पर्ने हुन्छ।

ङ) वर्नौली दिने चलन : विवाहको दिन जन्तीहरुलाई खाना सत्कारका लागी व्यवस्थित ढंगले बस्ने व्यवस्था गरिन्छ। यस कक्रममा माईती पक्षका केटीहरुले जन्तीहरुलाई हात धुलाई दिने गर्दछन। त्यस पछि सगुनका रुपमा रोटी, मासु भातीको जांड र रक्सीले स्वागत गरि सकेपछि खाना खान दिईन्छ। खाना खाई सकेपछि माईती पक्षले सालको पातबाट तयार पारेको आकर्षक टपरी वर्नौली, नाच गान र हाउभाउ सहित जन्ती पक्षलाई हस्तान्तरण गरिन्छ। त्यस्तै गरी दुलाहाको बाबा, दुलाहा र लोकन्तेलाई मूल्य अंकित सालको पातको झोला हस्तान्तरण गरिन्छ। त्यस पछि उनीहरुले नाच गान र हाउ भाउ सहित उक्त झोलामा अंकित मूल्य सहितको पैसा सोही झोला राखेर माईती पक्षलाई फिर्ता गर्नु पर्ने हुन्छ।

त्यस पछी लोकन्ते वा जन्ती पक्षले तोकेको कुनै व्यक्तिले वर्नौलीमा राखिएको संगुरको दाह्रा मुखमा च्यापेर बाघको अभिनय गर्दै भान्सामा गई त्यहां यही प्रयोजनका लागी राखिएको विशेष प्रकारको खाना खोजेर खाने प्रयत्न गर्नु पर्दछ भने माईती पक्षबाट एक जनाले कुकुरको अभिनय गर्दै उक्त बाघलाई भान्सा भित्र छिर्न दिनु हुंदैन। यस प्रकारको अभिनय र नाच गान सहित वैवाहिक कार्यक्रम सकिए पछि माईती पक्षबाट बिदा पाए पछि दुलही लिएर जन्ती दुलाहाको घर फर्किने गरिन्छ।

जन्म संस्कारसम्पादन

मगर समुदायमा घरमा बच्चाहरु जन्मिदा हर्ष बढाई गर्ने गरिन्छ। बच्चा जन्मि सकेपछि कतै ७ दिन त कतै ११ दिन सुत्केरो बार्ने चलन रहेकोछ। न्वारनका दिन कोहीले बाहुन पण्डित त कोहीले वापा वा भूषाल मगर पण्डित राखेर चोखिने गरिन्छ। यस क्रममा जुन सुकै पण्डित राखेर चोखिने गरिए पनि कुटुम्बको महत्वपर्ण भूमिका रहेको हुन्छ।

मृत्यु संस्कारसम्पादन

मगर समुदायमा कुनै व्यक्तिको मृत्यु भयो भने मृतकको दाह संस्कार गरिन्छ र ७ वा १३ दिन सम्म मृतकको छोरा, बुहारी र छोरीहरु किरिया बसी मृतकको आत्माको चिर शान्तिका लागी धुप, दियो बालेर दिनमा एक पटक मात्र अलिनो खाना खाएर बस्ने गर्दछन। १३औं दिनका दिन चोखिने क्रममा बाहुन पण्डित वा वापा वा भुषाल राखेर पुजा गरी चोखिने गरिन्छ।सम्पादन

लोक बाजाहरूसम्पादन

मगर जातिका बाजाहरूमा खैँजरी, मादल , अलङका, कुटकुटे, मचेटा, दुन्दी, च्याखुरेबाजा, केतुकी बाजा, छेलर, पैजन, दरबङा, रिङ, डम्फु, दमाहा, मरुली, डौदी, झ्याली आदि मुख्य छन्।

उल्लेख्य व्यक्तित्वहरूसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. हागन, टोनी (२०५८), नेपालको चिनारी, हिमाल किताब, पृ: ४८, आइएसबिएन 9993313130