नेपालको मन्त्रिपरिषद्

हाल कार्यरत नेपालको मन्त्रीमण्डल

मन्त्रिपरिषद् वा सङ्घीय कार्यपालिका नेपालको सङ्घीय सरकारको कार्यकारी निकाय होर प्रधानमन्त्री मन्त्रिपरिषद् प्रमुख हुन्। वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल हुन्।[१]

स्थापना सम्पादन गर्नुहोस्

नेपालको संविधान २०७२ अनुसार नेपालको प्रधानमन्त्री नेपालको राष्ट्रपतिबाट नियुक्त हुने गर्दछ। नेपालको प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले समावेशीकरणको सिद्धान्तका आधारमा सङ्घीय संसद्का सदस्य मध्येबाट पच्चीस जनाभन्दा बढी सदस्य नरहने गरी मन्त्रिपरिषद् गठन गर्ने व्यवस्था रहेको छ।[२]

हटाइने आधार सम्पादन गर्नुहोस्

नेपालको संविधान अनुसार मन्त्रीद्वारा पद छाड्ने वा हटाइने आधारहरू निम्न रहेका छन्:[३]

  • लिखित राजिनामा दिएमा,
  • प्रधानमन्त्रीले पदमुक्त गरिदिएमा,
  • प्रधानमन्त्रीको कार्यालय खाली भएमा,
  • मन्त्रिको निधन भएमा।

वर्तमान मन्त्रिपरिषद् सम्पादन गर्नुहोस्

वर्तमान मन्त्रिपरिषद्: तेस्रो दाहाल मन्त्रिपरिषद्
गठन भएको मिति
: वि.सं. २०७९ पुस ११[४]

क्र.सं. कार्यविभाजन नाम पदभार ग्रहण पदभार अन्त्य वेबसाइट
मन्त्रिपरिषद्
१. नेपालको प्रधानमन्त्री
अरू सबै मन्त्रालयहरू कसैलाई छुट्याइएको छैन।
पुष्पकमल दाहाल वि.सं. २०७९ पुस ११ पदासिन आधिकारिक वेबसाइट
२. उपप्रधानमन्त्री
रक्षा मन्त्री
पूर्णबहादुर खड्का वि.सं. २०७९ चैत्र १७[५] पदासिन आधिकारिक वेबसाइट
३. उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ वि.सं. २०७९ पुस ११ पदासिन आधिकारिक वेबसाइट
गृह मन्त्री[क] वि.सं. २०७९ चैत्र १७[५]
४. कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसाल वि.सं. २०७९ चैत्र १७[५] पदासिन आधिकारिक वेबसाइट
५. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राई वि.सं. २०७९ चैत्र १७[५] पदासिन आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०२३-०१-१७ मिति
६. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी वि.सं. २०७९ चैत्र १७[५] पदासिन आधिकारिक वेबसाइट
७. अर्थ मन्त्री प्रकाशशरण महत वि.सं. २०७९ चैत्र १७[५] पदासिन आधिकारिक वेबसाइट
८. महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री महिन्द्र राय यादव वि.सं. २०७९ चैत्र १७[५] पदासिन आधिकारिक वेबसाइट
९. ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेत वि.सं. २०७९ चैत्र १७[५] पदासिन आधिकारिक वेबसाइट
१०. सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा वि.सं. २०७९ माघ ३[१०] पदासिन आधिकारिक वेबसाइट[dead link]
११. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती वि.सं. २०७९ माघ ३[१०] पदासिन आधिकारिक वेबसाइट
१२. सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी वि.सं. २०७९ माघ ३[१०] पदासिन आधिकारिक वेबसाइट
१३. भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला वि.सं. २०७९ चैत्र १७[५] पदासिन आधिकारिक वेबसाइट
१४. भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ वि.सं. २०७९ चैत्र १७[५] पदासिन आधिकारिक वेबसाइट
१५. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल वि.सं. २०७९ चैत्र १७[५] पदासिन आधिकारिक वेबसाइट
१६. सहरी विकास मन्त्री सिता गुरुङ वि.सं. २०७९ चैत्र १७[५] पदासिन आधिकारिक वेबसाइट
१७. परराष्ट्र मन्त्री नारायण प्रकाश साउद वि.सं. २०८० बैशाख ३[११] पदासिन आधिकारिक वेबसाइट
राज्य मन्त्री
१८. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री सुशिला सिर्पाली ठकुरी वि.सं. २०७९ माघ ३[१०] पदासिन आधिकारिक वेबसाइट
१९. भौतिक पूर्वाधार तथा यातायात राज्य मन्त्री नन्दा चपाई वि.सं. २०८० बैशाख ३[११] पदासिन आधिकारिक वेबसाइट
स्रोत:[१२](वि.सं. २०८० बैशाख ३ मा अद्यावधिक)

टिप्पणीहरू सम्पादन गर्नुहोस्

  1. श्रेष्ठलाई वि.सं. २०७९ पुस ११ मा उपप्रधानमन्त्रीभौतिक पूर्वाधार तथा यातायात मन्त्री नियुक्त गरिएको थियो। वि.सं. २०७९ चैत्र १७ मा उनी उपप्रधानमन्त्रीगृह मन्त्रीको रूपमा सेवा गर्दै छन्।[६][७][८][९]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "दाहालले लिए प्रधानमन्त्रीको शपथ", कान्तिपुर समाचार (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-२० 
  2. "नेपालको संविधान", कानुन आयोग, अन्तिम पहुँच ७ जुन २०१७ 
  3. "नेपालको संविधान २०७२", नेपाल कानुन आयोग (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-२० 
  4. "चिनौं पुष्पकमल दाहाल नेतृत्व सरकारका २३ मन्त्री !", कान्तिपुर टेलिभिजन (नेपालमा), अन्तिम पहुँच २०२३-०४-२० 
  5. ५.०० ५.०१ ५.०२ ५.०३ ५.०४ ५.०५ ५.०६ ५.०७ ५.०८ ५.०९ ५.१० ५.११ "प्रचण्डद्वारा मन्त्रिपरिषद् विस्तार, नेपाली कांग्रेसका पूर्णबहादुर खड्का उपप्रधानमन्त्री बने", बिबिसी समाचार नेपाली (नेपालीमा), २०२३-०३-३१, अन्तिम पहुँच २०२३-०४-२० 
  6. "नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-०१ 
  7. "भौतिक मन्त्री नारायणकाजी श्रेष्ठले गरे पदभार ग्रहण", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-०१ 
  8. "नारायणकाजी श्रेष्ठ गृहमन्त्री बन्दै!", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-०१ 
  9. "चौथो पटक मन्त्री बन्दा नारायणकाजी दोस्रो पटक गृहमन्त्री", कान्तिपुर समाचार (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-०१ 
  10. १०.० १०.१ १०.२ १०.३ "राष्ट्रपतिसमक्ष नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण", गोरखापत्र अनलाइन (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-२० 
  11. ११.० ११.१ "एकीकृत समाजवादीबाट नन्दा चपाई बनिन् राज्यमन्त्री", बाह्रखरी (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-२० 
  12. "मन्त्रिपरिषद्", नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-२० 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्